~नेत्र तामाङ~
जीउभरि साबुन लगाएर माडिसकेपछि यकरले जगबाट पानी उध्याउने खोजे । तर बाल्टी भेटिएन । आँखामो पिरो लागिसकेको थियो । हातले चारैतिर खोज्दा पनि बाल्टी भेटिएन । यसो हेरेको, बाल्टी ‘प्यान’ नजिकै घोप्टो परेको थियो ।
‘चर्पीको ढोका चुकुल लगाएकै थिएँ, बल्टी कसले घोप्टाइदियो होला ? उनलाई अचम्म लाग्यो । चर्पीको धारामा पानी पनि आउँदैन थियो । पानी लिन दुईतला तल झर्नुपथ्र्यो । अब कसरी नुहाउने ? यति सोच्दा सोच्दै उनी आफै हाल्ले झैं लाग्न थाल्यो ।
‘हेल्प मि,’ उनी बेस्सरी चिच्याए । बाहिर आउन ढोका खोल्ने प्रयास गरे । चर्पी नै हल्लिरहेको थियो । बल्लबल्ल खुल्यो । चुकुलले उनको हातमा घाउ बनायो । Continue reading