~पल हिरा~
संघर्ष गरी फूलेर झर्नु परने रितै रहेछ
योबन रित्याएर सुबास् छर्नुपर्ने जातै रहेछ
भमराको लाक्पा सहनु बिना बातै रहेछ
आँफै मरेर अरुलाई सजाउने नियतै नै यस्तै रहेछ Continue reading
~पल हिरा~
संघर्ष गरी फूलेर झर्नु परने रितै रहेछ
योबन रित्याएर सुबास् छर्नुपर्ने जातै रहेछ
भमराको लाक्पा सहनु बिना बातै रहेछ
आँफै मरेर अरुलाई सजाउने नियतै नै यस्तै रहेछ Continue reading
हामी हेर्छौं
लेनिनको तस्वीर तर वास्तवमा उनी
सजीव भएर उभ्भिन्छन्
पित्रृभूमिको रुपमा !
त्यसैले
ध्यान दिएर हेर
रोटी र नूनमा,
इस्पात खाने भट्टीमा,
बिजुलीघरका
चम्किला बत्तीमा, Continue reading
~शिशिर पराजुली~
भाग-१
आकाशले भरखरै घुम्टो खोलेको छ । क्षितिज बाट पनि भरखरै वास्ना ओर्लेको छ । म एकैछिन अघि गोधुलीको यात्रामा निस्किएको थिएँ । अहिले साँझ छिप्पिदै जाँदा म आफ्नो कोठामा फर्किसकेको छु । म गोधुलीको यात्रा बाट फर्कँदा कोठामा लाइन थिएन । मैले मैनबत्ती खोजेर बालेँ अनि कोठाको एक कुना च्यापेर मोबाइलमा ध्यान केन्द्रित गर्न थालेँ । समय बिते संगै केहि घण्टामा मेरो कोठामा बलेको मैनबत्ती निभ्ने आँटेको थियो । कोठामा मैनबत्तीको प्रकाशले देखिए सम्मको ठाउँमा मैले आफ्नो नजर डुलाएँ ।
मेरो आँखा त्यो मैनको छेवैमा राखिएको एउटा फाइलमा पर्यो । त्यहाँ मैले आफ्नो सपनाको फाइल राखेको छु । त्यो फाइल भरि मैले असंख्य सपना सँगालेको छु । यदि सपना देख्नु कमजोरी नै हो भने मैले धेरै कमजोरी Continue reading
~अष्टनारयण धिमाल~
का फोम पाखा आतुङलाऊ कासेहेङ बोन्हाको दोइसोता जिम्पाका
एला खाङखा काङको आते तु हाजारको कोक्रो चोल्ही जामाल दोईली
का फोम पाखा झोराको दामादामा तेतेङ पढिली हानिका
एला खाङखा देराको जामालहेङ पढिली याउका गारि नानि लोका । Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
मेरो यो दिलको द्ववारमा
दन्किरहेको ज्वार
अनि अनुहारका यि गालाहरुमा
जलिरहेको ज्वाला दवाउन
अनि बर्सौदेखी यी नदिनालाहरुहुँदै
कालापानीको किनारमा बलिरहेको
सिमानाको सङ्गघारमा सल्किरहेको
आगो निभाउन Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
अधबैसे उमेरमै आफ्नु बुवाको
असमायिक निधन भएसङ्गै
उन्को जीवन,घर परिवार
अनि उन्को सिङ्गो सन्सार
शोक सन्तप्त भावबिह्वल छ ऐले ।
छोराहरु थिएनन
केवल छोरिहरु थिए
म आज यो अन्दाज गर्न सक्दिन कि Continue reading
~राजव~
कतैबाट उसलाई फ्र्यान्ज काफ्काले हेरिरहेको रहेछ । ऊ भिसा काउन्टरको क्लर्कको कुरो सुन्दै थियो । अमेरिकी भिसाको लागि यो उसको सातौँ प्रयास थियो । काउन्सलरको क्लर्कले उसलाई पहिले जे सुनाएको हो त्यही सुनाइरहेको थियो, ‘तपाईं अमेरिका जानुपर्ने कुनै कारण देखिएन, सरी ।’
‘घुम्न जाने हो सर,’ उसले भनेको थियो । क्लर्कका ओठ पूर्वतः व्यंग्यपूर्ण लोप्रिएका थिए । त्यसको अनुहार एक कुटिल नाजीको झैँ लागिरहेको थियो उसलाई । उसको ओठ, मुख सुक्दै थिए । क्लर्क भन्दै थियो, ‘तपाईं फर्कनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, सरी ।’ Continue reading
~सुरेन्द्र राना~
जिन्दगीलाई दुई टुक्रामा बाँडेर
एक टुक्रा आफु, एक टुक्रा अरु साँची सहेछु
सायद जिन्दगी पनि अंश लाग्दो रहेछ
अलिकति आफू, अलिकति अरु बाँची रहेछु Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
अस्लि जिन्दगी बाच्नलाइ यहाँ पहिचान,पर्खनुपर्छ
यति सुन्दर जिन्दगी बाचेर पनि चिहान,पर्खनुपर्छ
प्लेन छुटोस म बिदेस जान्न,आखामै हेरेर हासेको छु Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
निल्नु अघाबै घाटि अनि चपाउदा दात याद गर
र बोल्दा जहिल्यै पनि आफ्नु औकात याद गर
लकडानले जागिर र बाढी पहिरोले घर खोसियो Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
निरन्तर उता पानी परिरहेछ
झरझर एता आँसु झरिरहेछ
तिमिले छाडेर गएपछी,तिमिले हो तिमिले
अरे यार यो मान्छे यहाँ दिउसै ढलिरहेछ
झरझर उता पानी निरन्तर परिरहेछ
Continue reading
~Manoj Bogati~
Translation : Suraj Dhadkan
Word doesn’t have wing
it doesn’t need wing even to fly
like a bird does
it may fly wingless, though
reaches elsewhere, it wants.
A person
who touch the word, touch the life there
who get the word, get the life ever Continue reading
~सुधीर छेत्री~
मैला भरिया झुल्दैछ
चियादोकानको बन्द झरापअघि।
चिसो मृत्युको खोला स्वाट्ट पसेको छ
सहरबाट त्यसको शरीरभित्र।
धमिला गल्लीहरू
छातीमा चकमन्नता चेपेर
पिसाबको गन्ध सुँघ्दै
दयनीय आँखाले
डङ्गुर कुचैला हेरिरहेछ। Continue reading
~गोपालप्रसाद रिमाल~
एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन्
मेरो रवाफ सहनै सकिनन्।
म तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन्
ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन्।
तिनी जङ्गली युगकी रहिछिन्, बर्बरता तिनको धर्म रहेछ,
म मानिसको अगिल्तिर के टिक्थिन्? Continue reading
~अश्रु सिन्धुलीय~
१. सामान्य बेलामा जस्तो छैन उनको चालढाल। अनुहारमा चमक छ र हिँडाइमा फुर्ती पनि। लुगा पनि विहेमा लगाउने जस्तो चमकदार र विशेष लगाएको पाएँ। अनि छोरी पनि सँगै छन्। उनकै छोरी भनेर त अनुमान मात्र गर्ने हो किनभने आमासँग कतै अनुहार मिल्दैन तर एउटी आमाले मेरी छोरी भनेपछि मान्नै पर्यो। छोरीको नामचाहिँ अलि अप्ठेरो जस्तो लाग्यो। भन्छिन्- ‘यो छोरीले मलाई पाल्नुपर्ने हुनाले यसको नाम मैले पाली राखेको।’
पाली त भाषा पनि हो अनि हाम्रा पहाडका घरतिर पहिले पहिले दलानमा पानी नपरोस् भनेर पाली गाँस्ने चलन Continue reading
~देवेन्द्र खेरेस~
एक किलाे हेल्मेट
दुई किलाे बुट
र चार किलाे राइफलको जिन्दगी
म बाँचे भने
बाँच्ने छ मेराे युग Continue reading
~एच सि एन्डरसन~
अनुवादकः शान्तदास
लौ, अब कथा सुन्नुहोस् ।
सडकछेउको एउटा गाउँमा गर्मीका लागि भनेर बनाइएको एउटा घर थियो, तपाईले त्यस घरलाई देख्नुभएको होला । त्यसका अगाडिपट्ट सेतो काठेबार लगाएको सानो फूलबारी थियो र चउरमा सेता पहेँला ससाना प्याउली फूल हावामा फरफर गर्दै नाचिरहेका थिए । फूलवारीमा फुलिरहेका फूलहरूले न्यानो घाम पाइरहेजस्तै घाँसको चउरमा फुलिरहेका ती सेता र पहेँल प्याउली फूलहरूले पनि घामबाट न्यानो माया पाइरहेका थिए । त्यसो भएकाले नै होला एक दिन बिहान एउटा प्याउली फूलले आफ्ना सेता पत्रहरू फिजाउँदै तिनका वीच रहेको सूर्यजस्तै देखिने सानो पहेँलो भाग प्रदर्शन गरिरहेको थियो ।
घाँसको माझ लुकिरहेको यस सानो फूललाई अरु कसैले हेरेनन् भन्ने कुरा कहिल्यै उसको मन Continue reading
~टंक वनेम~
बाँच्नेहरुको लागि
इतिहासको निर्माण हुँदै गरेको बेला
ज्ञान,बिज्ञान र धन दौलत
भारतवर्षबाट अन्यत्र जान्थ्यो
धोका,षड्यन्त्र,फट्याई र कुटनीति
युरोपबाट एशिया आउँथ्यो
त्यही स्वर्ण र पावनभूमिलाई
पाश्चात्यहरुको गिद्धे दृष्टिले Continue reading
~डा. विदुर चालिसे~
परीक्षाकाे सङ्घारमा पुस्तकका पाना पल्टाइरहेका बेहाेसी दुई छात्राहरूमा किताबी ज्ञानभन्दा मनाेगत लेपनमा वरिपरि घुमिरहेका दृश्यहरू झल्किरहन्थे । उनीहरूमा एक अापसी रूपमा रहेका खास लज्जा भन्ने कुरा काेठाका वरिपरि सकिएका थिए ।उनीहरू मनमाैजी पाराले बाेलिरहन्थे । सुन्ने काेही थिएनन् । परीक्षाकाे पाठ साइन्स याने विज्ञान थियाे । यत्तिकै मा एउटीले अनायास बकी ।
–“चङ्गा जस्तै उड्न पाए !” Continue reading
~चोक गुरुङ~
सम्झेर ल्याउँदा झझल्को आउँछ हिडेको बाटोमा
मरेर पनि के लानु छ र मिल्नु छ माटोमा
मरेको भोलि पुरानो लुगा कपुरमा राख्दछ Continue reading
~सौरभ कार्की~
तिम्रो हातमा छ लाठी ।
कम्मरमा छ बन्दुक ।
खुट्टामा छ बुटजुत्ता ।
त्यही जुत्ताको तलुवामुनि
सदियौँदेखि कुल्चिएका छौ तिमीले – मेरो अस्तित्व ।
लाठी तिम्रै, Continue reading
~प्रदीप परियार~
मैले तिमीलाई
गरिब, दलितको झुप्रा र झुपडीमा आउ भनेको थिएँ
तर तिमी त
केही सांसद, मन्त्रीहरूको महलमा मात्र पुगेछौ ।
मैले तिमीलाई Continue reading
~राजु स्याङ्तान~
ए जिउँदा मान्छेहरू !
मेरो शरीरको पोस्टमार्टम गर्नुअघि
एउटा आग्रह छ
कृपया
मेरो शरिरलाई चक्कु र कैँचीले होइन
कलमले पोस्टमार्टम गर
मेरो हृदयमा दबाइएको
देशभित्रको अर्को देश
पर्गेल्न सक्दैनौ चक्कुले
सक्छौ भने कृपया
कलमले पोस्टमार्टम गर Continue reading
~राजव~
डेभिडको छाया आफ्नो घरको लनअगाडि ठिंग उभिएको छ । कुनै बतासले उसलाई यहाँ भर्खर ल्याएर छाडेको थियो ।
मध्याह्न सुरु हुने वेला छ । हिमआँधी र कठ्यांग्रिने दिनका डिप्रेसिभ चिसो महिनाहरू बितिसकेका छन् । ढल्दो मे महिनाको दिन हो । मन रमाउने दिनहरू सुरु भएका छन् ।
आकाशको रंगमा कुनै दखल छैन । धर्तीमा घामले पूरै विस्तार पाएको छ । म्यापल, ओक, सिकामोर, फ्रेक्सिनसलगायत रूखहरूमा पात लागिसकेका छन् । तिनको हरितिमा घाम पाएर चम्किएका छन् । एकदम मोहक क्षण छ । डेभिडको छाया सोच्छ, ‘यस वेला यो आनन्द लिन किन कोही निस्केका देखिँदैनन् ?’ Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
मैले जिवनमा सबैतिर
असफलता भोगे
केवल असफलता…………
योजना थियो, सपना थियो
पुर्वपरिकल्पना थियो
म थिए
बाटो थियो
र लछ्य थियो
जब,हिड्दा हिड्दै अचानक लढियो
तब मैले मेरि Continue reading
~दिर्घ सुमन~
खुशी ! म कहाँ आउ है
कति प्यारी तिमी ।
उनले भनिन् तिमी पढ म आउने छु
मैले पढे तिनी आइनन्
उनले वाचा गरिन् राम्रो जागिर खाउ म आउने छु
मैले जागिर खाए तर तिनी आइनन्
घर खोई तिम्रो ? म आउन लाई
सकि नसकि घर बनाए तैपनि आइनन् ।
मैले फेरि अनुरोध गरे Continue reading
~कृष्ण धरावासी~
हाम्रो तिर्खा मेट्नका लागि हैन, नत्र त पानीले घाँटी भिजेपछि तृप्ति भई जाने थियो ; हाम्रो खोजी प्राप्तिका लागि हैन, नत्र त प्राप्तिपछि विराम चिह्न देखिने थियो। त्यसो भए केका लागि त हाम्रो खोजी र तिर्खाहरू ? सायद यसको जवाफ छैन। हामीले जीवनमा कहिल्यै पनि आफ्नो वास्तविक अभाव, आवश्यकता र तृष्णालाई चिन्न सकेका छैनौँ। हामीले कहिल्यै पनि हाम्रो दुर्भाग्यको कारणलाई खोजेका छैनौँ। केवल हामी चिच्याइरहेछौं सत्य र वास्तविकताभन्दा धेरै टाडा उभिएर।
हामी सत्यलाई कुल्चेर सत्य खोज्छौं, हामी वास्तविकतालाई नाघेर अघि बढ्छौं, हामी जीवनको घाँटी निमोठेर बाँच्न चेष्टा गर्छौं। सायद त्यसैले होला सृष्टिको आरम्भदेखि नै हामीले यथार्थ र सत्यका पुजारीहरूलाई क्षमा गर्न सकेनौँ। सायद त्यसैले होला क्रस, वीष र फाँसीमा हामीले हाम्रो जीवन र सत्यलाई झुण्ड्याएर हाँस्न सक्यौँ। Continue reading
~राइमाण्डु~
तिमीले
जसरी लिनु छ यो जिन्दगी लाई त्यसरी लिन सक्छौ ।
अलिकती आँसु छ ।
अलिकती पीडा छ ।
केही त्यान्द्रो खुशी छ ।
जसरी लिन चाहन्छौ त्यसरी लिन सक्छौ ।
तिमीले
जसरी भाग लाउनु छ यो मनलाई त्यसरी लाउन सक्छौ । Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
मैले तिमिलाइ हरेक दिन सम्झिए
अनि आएर
नदिकिनारको छेबैमा बसेको थिए
खोलाको बगरमा घर बनाएर
तिम्रै सुन्दर
अनुहार हेर्नलाइ ।
तरङ्गगित छालहरुको बहावमा Continue reading
~पुण्य गौतम ‘विश्वास’~
राजधानीको पाँचतारे होटलमा चल्दै थियो भव्य सेमिनार
ऊ र म दुवै सहभागी
ऊ धुरीको पदमा विराजमान/म धूलोबाट उठेको अञ्जान
उसले सुरु गर्यो/शान्तिको श्वास फेर्दैछ गाउँ
मैले सुरु गरें/अझै अशान्त छ गाउँ
उसले थप्यो/सभ्यतातर्फ दौडियो गाउँ
मेरो प्रतिवाद/उपभोक्ता संस्कृतिले आक्रान्त हुँदैछ गाउँ । Continue reading
~डा.मधु माधुर्य~
सृजनाको शृंखला न हो
अन्त्य गर्दै युगको –
धमिलो आहाल – साम्राज्य
शुरु हुन्छ –
मेरो कविता !
र थाम्न नसकी Continue reading
~विक्रम सुब्बा~
उता चिडियाखाना छ
र्सपहरु छन, गोहीहरु छन्
स्याल र भालूहरु छन्
गिद्धहरु छन्
Continue reading