~आशिष उदास~
मेरो बाजेले गोरु जोत्नु भो
बाँझो खेत खन्नु भो
र भाग्य उमार्नु भो
तर मेरो बाजेले
जुन खेतमा भाग्य उमार्नु भो
त्यो खेत मेरो हो भन्नु पाएन
Continue reading
~आशिष उदास~
मेरो बाजेले गोरु जोत्नु भो
बाँझो खेत खन्नु भो
र भाग्य उमार्नु भो
तर मेरो बाजेले
जुन खेतमा भाग्य उमार्नु भो
त्यो खेत मेरो हो भन्नु पाएन
Continue reading
~पुकार पारदर्शी~
भुँड़ीमा उत्पाद मचाएकाले
यसपाली डल्ले खोर्सानीलाई
खाद्य दण्ड संहिता 1568054 धारा अन्तर्गत
मुद्दा दर्ता गरी अचारको बोइममा सुरक्षित हालियो।
प्रिय मुख्यमन्त्री
गाउँमा हामी कानुनको खेती गर्छौँ नी।
गाउँमा लागु हुने धारा दुईटै मात्र हो
धोबी धारा र शुद्ध धारा Continue reading
~रवि प्राञ्जल~
हुने खाने त्यता तिर ।
हुँदा खाने यता तिर ।
उतैतिर चल्छ सुवास
चल्छ हावा जता तिर । Continue reading
~गोधूलि दिनेश~
भिड बजार
लुगा जुत्ता किन्ने कि?
प्वाल खल्तीमा ।१।
स्वच्छ आकाश
चङ्गा चैट गर्ने कि?
झर्यो भुईँमा ।२। Continue reading
~सदानन्द अभागी~
आशामा नै समायौ रमायौ
आशामा नै सबैलौ गुमायौ
राम्रोमाता नराम्रो न हालौं
जानेरै हो, खरावै सुनायौ Continue reading
~कोमल प्रसाद श्रेष्ठ मल्ल~
होस यो मित्रता अजय अमर सुगन्धित फूल सरी ।
मन फक्राउदै नाच नाच सधै साहित्यकै रङ्ग छरि ॥
नाउ चलाउ त्यस्तो साहित्य सागरमा नथाक कहिले पनि । Continue reading
~नगेन्द्र शर्मा~
नगेन्द्र शर्माको पुख्र्यौली थलो तेह्रथुमको साबिक सिम्ले गा.वि.स. पोक्लावाङ् हो । नगेन्द्र शर्माको जन्म वि.सं. १९८७ साल मंसिर ७ गते दार्जिलिङ, खरसाङको डाउहिल देवीस्थान भन्ने ठाउँमा भएको थियो । नगेन्द्र शर्मा (ढुङ्गाना) भए पनि उहाँले लेखनमा जात थर लेख्ने गर्नुहुन्न र ‘नगेन्द्र’ मात्रै नगेन्द्र शर्माको लेखनको परिचय हो ।
नगेन्द्र शर्माका बुवाको नाम नन्दप्रसाद शर्मा ढुङ्गाना र आमाको नाम हरिप्रिया शर्मा ढुङ्गाना (सापकोटा) हो । उहाँका बुवा पोक्लावाङ्बाट खरसाङ बसाइ सर्नुभएको थियो । नगेन्द्र शर्माका दाजुभाइ खलक अहिलेसम्म पनि पोक्लावाङमै छन् । नगेन्द्र शर्माले सन् १९६१ मा कलकत्ताबाट एल.एल. बी र वि.सं. २०२१ मा त्रि.वि.वि.बाट नेपालीमा एम.ए. गर्नुभएको हो थियो । उहाँका प्रमुख कृतिहरूमा नगेन्द्रका निबन्ध सन् १९६२, अण्डादेखि भ्यागुतोसम्म, बनारसमा बेचिएकी बहिनी, तर्क–वितर्क, मैझारो, सम्झाउनी बिर्साउनी, छासमिस मासमिस, नेपाली जनजीवन र कथा क्यानडा, अनुस्मरण (आत्मकथा) समेत निबन्ध र संस्मरणहरू छन् । Continue reading
~डा.मधु माधुर्य~
एक्लो सगरमाथा –
ठिंग उभिनुको कुनै अर्थ छैन अब
पग्लेर थुप्रै हिमालहरु
वागमती ‘टुकुचा’ बगिरहेछ …
विसर्जनको प्रवाहसंगै Continue reading
~इश्वरवल्लभ~
कविता पनि त
एउटा क्षोभ हो, तृष्णा हो
आदिवासी गुफा हो, र
भित्रसम्म ओर्लिन्छ, छुन खोज्छ
अक्षरहरूको भ्रान्ति चाक्षुष पन्नामा
मनमा तर Continue reading
~मधुश्री~
“आमा मेरो जरुरी वैठकमा जानु छ । महिला अधिकारबादी र हाम्रो महिला संगठनको सहकार्यमा धेरै काम गर्नु छ । त्यसैको सुरुवात हो आज । बेलुका अलि ढिलो हुन्छ कि घर आईपुग्न । उहँलाई पनि मैँले भनेको छु ।” दिब्या झोला बोकेर तयार भैसकेकी थिई । उसले औपचारिकता निभाउँनु थियो । निभाई । उसकी सासू, जेठानीहरु तिनै जनाले ओठ लेब्र्याए । सासूले पनि औपचारिकता निभाई ” ठिकै छ । बेलामा आउँनु ।” ऊ बाहिर निस्कि र ओजल परि । उनिहरु हेरिरहेकै थिए । कुन्नी के के सोचे । मुखामुख गरे । उठेर भित्र पसे । Continue reading
~धीरेन्द्र प्रेमर्षि~
लोकतन्त्र आउनुपर्छ, भनाइ हैन गराइमा
यतिमात्र के भनेथेँ, आगो बल्यो तराईमा
सँगसँगै काँधमाथि सूर्य बोकी ल्याको हैन !
आज किन दर्छौ साथी हामीलाई पराइमा Continue reading
~अनिता भण्डारी पौडेल~
तियाली १
कोहि मर्छन सिसाको गोलीले
कोही मर्छन उर्लेको खोलीले
कोहि मर्छन नमिठो बोलीले
तियाली २ Continue reading
~उज्ज्वल बमजन~
कोलम्बसहरू
फर्किएनन् फेरि-फेरि
युद्धहरू द्वन्द्वहरू
क्रुसेडहरू जेहादहरू
क्रान्ति प्रतिक्रान्ति
उपनिवेशवाद बेरोजगारी
प्राकृतिक प्रकोप Continue reading
~जय क्याक्टस~
ए दाजु, फेरिफेरि आउँदै गर्नुहोस् है, नमरी बॉंचे कालले सॉंचे फेरि
भेट्दै गरौँला। रने दङ्ग पर्यो।
– शिवकुमार राई
……..तर कहिल्यै भेट्न गएन
भ्याएन पनि।
फीनिक्स समय यो Continue reading
~नवराज सुब्बा~
यो दुनियाँमा
दुःख दिने बाहेक
अरू थोक नै के छ र
भोक भन या गरीबी
बन्द भन या हडताल
सत्ता भन या प्रतिपक्ष
सबै सबै दुःखै दिने चीज
मात्र त हुन् नी मेरा निम्ति
मलाई खुशी बाँड्ने त Continue reading
~सिर्जना दुवाल~
सेता परेवा आकाशमा उडेको हेर्दा
सपनाबाट ब्युँझेकी
कृष्णेकी बूढी आमा
छोरा आउने प्रतीक्षामा
मृत्युसँग लड्दै बाँचिरहेकी छिन्
हिजो राति एकनाशले परेको पानीबाट
घर ध्वस्त भई
सडकमा अलपत्र परेका रामलाल
साना लालाबाला हेर्दै छ Continue reading
~राजु स्याङ्तान~
म थुनिएको छु
यतै गाउँमा
तिमी हरायौ
उतै बिरानो सहरमा
लकडाउनको पहिलो साँझ
फोनमा भनेका थियौ–
‘इँटाभट्टाको साहुले
कामबाट निकाल्यो Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
बिन्ती आज मेरो यो छातिमा बन्दुक नपड्काउ
मेरो देसमा दिपावली छ
बरु आउ तिमी पनि मेरि बहिनिको टीका लगाउ
मेरो देशमा दिपावलि छ
दाजुहरु हातमाहतियार र गर्धनमा गन बोकेर भन्छन(२)
भाइ भारतका गान्दि बोलाउ
र यो देसका बुद्दहरुलाइ जगाउ
बरु आउ तिमी पनि मेरि बहिनिको टीका लगाउ Continue reading
~मनीषा गौचन~
हो, म उसको हत्या गर्ने निर्णयमा पुगेको छु । यसका कारणहरू निम्न छन्,
उसका आँखा
उसका आँखाले आक्रमण गरेको पहिलो दिन, पूर्वमा घाम पहेँलो पहेँलो भएर उदाउँदै थियो । अस्पतालको क्याबिन नम्बर २०८ मा म मेरी बिरामी आमाको कुरुवा भएर बसेको थिएँ । आमा कुनाको बेडमा निदाइराख्नुभएको थियो । क्याबिनमा अक्सिजनको पाइपभित्र उहाँको सास खेलिरहेको मधुरो आवाज गुञ्जिरहेको थियो । झ्यालनिर म एउटा किताबका पानाहरू पल्टाउँदै थिएँ । त्यही झ्यालबाट देखिने गरी ऊ दायाँतिर लागेकी थिई । हिँडदाहिँड्दै उसले नपत्याउने गरी मेरा आँखामा आफ्ना आँखाका किरणहरू Continue reading
~Mohan Thakuri~
Translation : Raja Puniani
Even the colored tiny dreams
Don’t belong to me. I think so.
I am frightened
I am skeptic
To listen to the stranger thudding footsteps
Somewhere inside me. Continue reading
~‘इखालु’ रमेश~
एक अंगालो सपना बोकेर
अतृप्तीका डोबहरुमा चर्हयाँउँदै
पिडा र ग्लानीले थिच्चीएर
पल पल बिछोडमा भाँच्चीएर
भो नबस अव प्यासमा
त्यो वालुवाको रासमा ॥ Continue reading
~प्रकास थाम्सुहाङ~
सुन्छु
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
आजकल उजाड-उजाड भएको छ रे
विगतमा,
केही वर्षो वियोगपछि
जब म मेरो प्यारो गाउँ फर्किन्थें Continue reading
~गणेश शर्मा~
भूमिका
क्षितिजको राँकोलाई मैले खण्ड काव्य नाउँ राखेको छु । यसले अन्याय अत्याचारको पातपतिंगरले छोपेर श्वास फेर्न कठिन परेका शोषित पिडित वर्गलाई मुक्त पार्दै सम्पूर्ण शोषणका पातपतिंगरहरु राँकोले उडाएर नव बिहानी ल्याउँन वर्ग चेतनाको क्षितिजलाई स्वच्छ बनाउँन मद्दत गर्छ कि भन्ने आशा लिएको छु । यो भन्दाबढी चाहीं समालोचक र पाठकवृन्दको दृष्टिकोणमा निर्भर गर्ने कुरा हो ।
-लेखक
पहिलो सर्ग
हावा चल्यो सर्सरी पूर्वबाट । Continue reading
~ममता मृगतृष्णा~
सेतो कपडा ओड्नेको सपना हुँदैन रे
लाखौं हुन्छन् वरिपरि आफना हुँदैन रे।
एउटै मान्छे मरि जाँदा संसार भासिने उन्को
परिवार नामको त्यो वृक्ष अब घना हुँदैन रे। Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
हामी बसेको यो जमिन
र यो सानू समुन्द्रसतहदेखि
अलिपर आन्द्रा महासागर छ
जहाँ ,डल्फिन माछा बस्छ ।
हामि बसेको सागरदेखि
सबैभन्दा टाढा
त्यो सातसमुन्दर पर Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
मान्छे रक्सीले लड्दैन लड्ने त मातले हो मातले
तिम्रो आत्मै दरो छैन भने केही गर्दैन त्यो हातले
जरुरी छैन मलाइ तिम्रो बिचारलाई बुझनलाई Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
जब यो फुल प्रकृति र जिवन हराबरा हुन्छ
तब चौतर्फी दुस्मनहरु हुन्छन र भमरा हुन्छ
बियाँ हु,त्यो दिन पक्कै पनि फल फलाउनेछु Continue reading
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
कैले हाँस्छ्यौ कुरा सुनी मख्ख परी नाच्छ्यौ
कतिदिन यसै गरी माइती देशमा बाँच्छ्यौ
प्यारा निर्मल भनिकन च्वाक्क म्वाइँ खान्छ्यौ
भोलि फेरि भेटौं भनी बिदा भई जान्छ्यौ Continue reading
~तोषल दाहाल‘अल्पभाषी’~
पुस्तकका पानापानामा
भविस्यको खोजि गरिरहेका मेरा नयनहरु
पहिलो जम्का भेटमै
एकोहोरिएर नियाल्छन्
अरु दुई नयनहरुलाई
जुन नयनहरुबाट पराबर्तित हुन्छ Continue reading
~प्रेम राई परिक्षित~
जीवनको
रङ्ग बदल्न खोज्छु
जीवनले फेरि पनि
आफैलाई रङ्ग्याईदिन्छ
आफ्नै रङ्गहरुले
पोतिदिन्छ लतपत
बेढङ्गका रङहरुले
मन नपरे पनि स्विकारिरहन्छु Continue reading
~कोमल भट्ट~
सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेल भरी
लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेल भरी
प्रस्तोता लाई हटाएर लाज र शरम पचाउँदै
आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेल भरी Continue reading