गजल : सहँदैन

~सुजन बुढाथोकी ‘कान्छा’~

लुटपाट हत्याहिम्सा काटमार र बलत्कार सहँदैन
मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहँदैन

त्यो भारतिय भतुवा हो,जो बोल्दैन त्यो गद्दार हो(२)
आफ्नै देसमाथि कुठाराघात,कुनै इमान्दार सहँदैन

कित त्यो गोर्खाली हो नभए नेपोलियन बोनापार्ट(२)
जो जितिरहन्छ बिस्वयुद्दमा कदापी हार सहँदैन

पैसाको भेलै बगाए पनि तिमिलाइ खेदाइ नै रहन्छ२
त्यो कुकुर अपराधिहरुको नालायक अनुहार सहँदैन

हाम्रो प्रेम बिवाह सम्भब छैन मेरो घर नआउ नबराज२
हामी छेत्री हौ,तिम्रो तल्लो जात मेरो परिवार सहँदैन

हामी कोरोना लाग्दा पनि पिसिआर नपाएर मर्छौ(२)
सरकार सिङ्गापुर पुग्छ एउटा सानू बुखार सहँदैन

बुहारि छे म छु र नाति छ धेरै काम नगर्नु है,आमा(२)
बिमारी हुनु भयो भने बुढो शरिरले बिमार सहँदैन

यदि,तिमी रोयौ भने तिमिसङ्गै कोहि रोइरहेको हुनेछ(२
नरोउ,मेरो यो मन कसैको आखामा आँसु धार सहँदैन

आमा नै हुन अथवा जमिन कित स्वयम भगवान(२)
जो बाहेक यो दुनियामा कोहि सन्सारको भार सहँदैन

usaबिरुद्द लादेन र इरानले हतियार यसैले उठायो(२)
अति भएपछि,ज्यादती कसैले पनि बारम्बार सहँदैन

सानु भनेर अरिङ्गागाल र सर्पको प्वालमा हात नघुसाउ(२
मर्लाउ,गोर्खौली हौ हामी जो कदापी बैरिको प्रहार सहँदैन

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.