~भीम राई~
हाम्रो दाम्पत्य जीवनको भरयाङ २० वर्षे उकालीमा चढ्दै थियो । तिनै २० औं वैवाहिक वार्षिकोत्सव मनाउनका लागि पानीजहाज यात्रामा जाने ताराले निर्णय गरेपछि, ११ मार्च २००७ मा हामी बार्सोलोना पुगेका थियौं ।
अर्कोदिन थोम्पसनको एउटा पानीजहाज ‘आइल्याण्ड एस्कयाप’ चढेर बार्सोलोनादेखि टुलन लाग्यौं । हामी टुलन पुग्दा त्यहाँको मौसम पटक्कै राम्रो थिएन । मध्यान्हसम्म घाम लजाएर नवदुलही झैं घुम्टो ओढेर बादलभित्र लुकिरह्यो । तर, मध्यान्हपछि एकछिन देखापरयो अनि निमेषभरमै बिलाइहाल्यो ।
टुलनमा भएको त्यति बिरमाइलो मौसमलाई, हामीले जित्न सकिरहेको थिएनौं । तर, बेलुकीपख पानीजहाज Continue reading →