समीक्षा : कालेबुङको उपन्यासबारे एक छोटो अध्ययन

~नवीन पौड्याल~

विषयप्रवेश –

साहित्येहासका विभिन्न प्रकार हुन्छन् । स्थलगत वा क्षेत्रीय साहित्यिक सर्वेक्षण पनि यसको एउटा प्रकार हो। यस्तो साहित्येतिहासको निम्ति आवश्यक कुरा हो। यसको आफ्नै महत्त्व हुन्छ। यसले कुनै एउटा जिल्ला वा त्यसभन्दा सानो भूभागको साहित्यिक गतिविधि र योगदानको सर्वेक्षण गरिएको हुन्छ। यसले तत्तत स्थानका प्रायः सबैलाई समेट्ने गरेको पाइन्छ। यसमा प्रवृत्तिपरकभन्दा सर्वेक्षणपरक तत्त्व हुन्छ।

लेखक परिचय-

रत्न कुमार शर्मा (फुयेंल) एकजना सिर्जनशील, जाँगरिला र दक्ष लेखक हुन्। उनक जन्म सन्….. मा कालिम्पोङको ………… मा भएको हो। उनी प्रणामी बालिका बिद्या मन्दिरमा धेरै वर्ष सेवारत भएपछि केही वर्षयता सेवानिवृत्त, स्वतञ्त्र, लेखनगत र सक्रिय जीवन बिताउनु हुँदैछ। साहित्यको सेवा गर्ने र समाजको निम्ति केही ठोस काम गर्न हुट्‌हुटी भएका एक सर्जक हुन्। आफ्नो लेखनमा कार्यमा सदा सरिक हुने, जागरूक रहने फुयेंलज्यू युवाहरूका निम्ति प्रेरणास्रोत हुन। नेपालको कुनै एउटा पत्रिकामा प्रकाशित पहिलो कविता यस्तै लाग्छ (सन् १९७१) देखि साहित्यमा सेवा गर्दै आएका हुन्। यस्तै हालसम्म उनका नौवटा पस्तक हामीले पाइसकेका छौं। उनका प्रकाशित पुस्तकहरूमा ‘तिम्रो प्रतीक्षामा’ (उपन्यास), ‘तिरस्कार’ (उपन्यास), ‘आइमाईको मन’ (उपन्यास), ‘बाध्यतै बाध्यता’ (उपन्यास), ‘मूर्ति चोरिएको मन्दिर’ (नाटक), ‘परिस्थितिले जन्माएका दागहरू’ (नाटक), ‘अभिव्यक्तिका रङ्गहरू’ (कवितासङ्ग्रह), बाल कवितासङ्ग्रह’ (कविता) र हालैको ‘कालेबुङको उपन्यास’ (संक्षिप्त इतिहास)। उनी नेपाली साहित्य अध्ययन समिति, कालेबुङ, साहित्य प्रकाशन परिषद्, कालेबुङ, गोर्खा दुःख निवारक सम्मेलन, कालेबुङ आदि जस्ता साहित्यिक संस्थामा सक्रिय छन् भने भारतीय गोर्खा परिसङ्घका पनि सक्रिय सदस्य हुन्। यस हिसाब उनी एक सफल साहित्यकार र सांगठनिक कर्मठ व्यक्ति हुन्। साहित्यका क्षेत्रमा उनी एक उपन्यासकार, नाटककार र कवि हुन्। हालैमा प्रकाशित कालेबङको उपन्यास लेखनले उनलाई एक समीक्षक र साहित्येतिहासकार पनि बनाएको छ।

कालेबुङको परिचय –

भारतको पश्चिम बङ्गाल राज्यको २०१६ मा गठित नयाँ जिल्ला कालिम्पोङ हो। यसका आधिकारिक नाम कालिम्पोङ भए पनि जनजिब्रामा प्रचलित नाम कालेबुङ हो। यो द्राघिमाङ्श 27.59° उत्तर र 88.4695 ° पूर्व रहेको सुरम्य पहाडी स्थान हो। कालेबुङ जिल्लाको मुख्य शहर कालेबुङ बजार हो भने अन्य ससाना बजारहरू छन्। यसका जम्मा तीनवटा खण्ड छन्- कालेबुङ १, कालेबुङ २ र गोरूबथान। कालेबुङ जिल्लामा लगभग १५ लाख जनसङ्ख्या रहको छ। यसभित्र जम्मा …. वटा ग्राम पञ्चायत र तीनवटा चियाकमान रहेका छन्। यसको सिमाना पूर्वमा भोटाङ, पश्चिममा दार्जिलिङ, उत्तरमा सिक्किम र भुटान, दक्षिणमा सिलगडी र जलपाईगढी रहेका छन्। कालेबुङको आफ्नै इतिहास, भूगोल, जीवनयापन, सामाजिक व्यवस्था, राजनैतिक, भूभाषिक र आर्थिक स्थिति छ। जलवायुको हिसाबले कालेबुङ नातिशितोष्ण छ भने यहाँका मानिसहरूको कृषिमा निर्भर छ। चारैतिर गाउँ-बस्ती रहेको कालिम्पोङको आफ्नै अस्तित्व, महत्व र गरिमा छ।

कालेबुङको उपन्यासको संक्षिप्त अध्ययन –

यस वर्ष २०१९ को अन्तमा कालेबुङका एक जाँगरिला साहित्यकार रत्न कुमार फुयेंलको नयाँ कृति कालेबुङको उपन्यास हाम्रो सामु देखा परेको छ। यसमा कालेबुङका लेखक र कालेबुङबाट प्रकाशित उपन्यासहरूको इतिहास केलाइएको छ। पारसमणि प्रधानको अनूदित उपन्यास हिरण्मय चरित्र (१९१८) को प्रकाशनपछि कालेबुङ नेपाली उपन्यासको मानचित्रमा पस्नसकेको थियो। प्रस्तुत पुस्तिकामा कालेबुङका उपन्यास भनेर दुईवटा अर्थमा लिइएको पाइन्छ – कालिम्पोङका लेखक र कालेबुङमा प्रकाशित भएको उपन्यास। यसमा कालेबुङबाट प्रकाशित र कालेबुङका लेखकहरूको उपन्यासहरूको एकसरो सर्वेक्षण छ।

पुस्तिका पढ्दा हामीलाई दुईचार विशेष कुरा थाहा लाग्छ –

५.१. कालिम्पोङबाट दार्जिलिङ र नेपालको सरह उल्लेखनीय, माइलखुट्टी सिद्ध भएको उपन्यास प्रकाशित भएको पाइन्न। भ्रमर, मुलुकबाहिर, लङ्गडाको साथी, आज रमिता छ झैं उल्लेखनीय उपन्यास भने प्रकाशित भएको पाइन्न। यद्यपि आज रमिता छ उपन्यासको प्रकाशन भने कालेबुङकै गोरूबथानको हो।

५.२. कालेबुङबाट हालसम्म ४६ वटा मात्र उपन्यास प्रकाशित भएका छन्। यहाँका उपन्यासकारहरूका सूचि हेर्दा पारसमणि प्रधान, धर्मरत्न बौद्ध, नरबहादुर दाहाल, जय धमाला, भूषण हुमागाइँ, ज्ञान सुतार, भगीरथ रावत, सलोन कार्थक, अनिल गुरूङ, दिल सुब्बा, प्रकाश राणा, शिवशमशेर रसाइली, मोहन दुखुन, रत्नकुमार शर्मा, देव भण्डारी, ललित परियार, दिनेश खाती, प्रदीप गुरूङ, हायमनदास राई, छुदेन काबिमो देखा परेको उल्लेख गरेका छन्। यद्यपि यसमा हेमकान्त भण्डारीको नाम छुटेको पाइयो। उनका पनि दुईवटा उपन्यासहरू – मृत्युपछि (१९८४) र आजभोलि (१९८५) प्रकाशित भएका छन्। यसका साथै यसमा गोपाल धितालको अन्य एक दुईवटा, हाइमनदास राईको कुण्डल (२०१४) उपन्यासको नाम छुटेको हुनुपर्छ।

५.३. कालिम्पोङबाट पनि केही लोकप्रचलित उपन्यास लेखन पाइन्छ। प्रकाश राना, दिल सुब्बा, अनिल गुरूङ, जय धमाला यसतर्फ सक्रिय देखिन्छन्। संख्यात्मक हिसाबले प्रकाश राणालाई कालेबुङका प्रकाश कोविद भन्ने सकिन्छ। उनका .वटा उपन्यास प्रकाशित देखिन्छन् भने जय धमालाका पनि…वटा उपन्यास प्रकाशित छन्।

५.४. कालेबुङबाट अनूदित उपन्यास लेखन अति अल्प देखियो। पारसमणि प्रधानको हिरण्मय चरित्र र भाइचन्द प्रधानको ड्र्याकुला उल्लेखनीय छ। अन्य भने शिवशमशेर रसाइलीको विराज दुलही र पुष्पोद्यान (२००१) स्वस्तिका छेत्रीको सती () मात्र पाइयो।

५.५. कालेबुङमा सत्तर-अस्सीको दशकमा उपन्यास लेखन निकै प्रचलित थियो। उपन्यास पठन र बिक्री पनि निकै उच्च थियो।

५.६. कालेबुङमा नारी उपन्यासकार पनि शून्यप्रायः देखियो। अनूदित क्षेत्रमा स्वस्तिका छेत्रीको सती उपन्यास र मौलिकतर्फ सुष्मा शर्माको सृष्टि (२०११) मात्र पाइयो।

५.७. भगीरथ रावतका बास सल्किरहेछ, माटोको माया भने गोर्खाको इतिहासबारेको गहकिला र उल्लेखनीय उपन्यास हुन्। प्रदीप गुरूङको पोस्टर र लात भने सफल सूत्रउपन्यास हो। बालश्रममाथि केद्रित गरेर लेखिएको रत्नकुमार शर्माको बाध्यतै बाध्यता उपन्यास हो।

५.८. लेखक जहाँसुकैको भए पनि कालेबुङबाट प्रकाशित भनेर यहाँ उल्लेख गरिएको छ। इन्द्रबहादुर राईको आज रमिता छ, नकुल काजीको सागर, व्यथित सिपाहींको म विवश छु प्रकाश कोविदका तीन उपन्यास आदिलाई कालेबुङकै मानिएको छ।

५.९. कालेबुङबाट सन् १९८१ देखि २००४ सम्म अति अल्प उपन्यास प्रकाशित भए।

५.१०. यस पुस्तिका इन्द्रबहादुर राईको आज रमिता छ, हाइमनदास राई किरातको होय च्याङबा, रत्नकुमार फुयेंलकै तीन उपन्यास, भगीरथ रावतको बास सल्किरहेछ, देव भण्डारीको कथा आफ्नै, प्रदीप गुरूङको पोस्टर र लात, ज्ञान सुतारको करूणा भाउजू र छुदेन काबिमोको फातसुङ उपन्यासबारेमा केही मात्रामा प्रकाश पारिएको छ भने अन्यका बारेमा उपन्यास र लेखकको नामोल्लेख मात्र गरिएको छ।

५.११. कालेबुङबाट व्यावसायिक रूपमा उपासक प्रकाशन, सागर प्रकाशन र सरिता प्रकाशनले मात्र उपन्यास प्रकाशित गरेको तथ्य पाइयो। अन्य प्रायः आफ्नै खर्चमा उपन्यास प्रकाशित भएका रहेछन्।

६. कालेबुङकै उपन्यासकार र उनीहरूका उपन्यास सूचि यस्तो देखियो-

६.१. पारसमणि प्रधान – राधारानी (१९१९),

६.२. धर्मरत्न बौद्ध (यमी) –समाजको यौटा झलकमा (१९३८)

नरबहादुर दाहाल- मध्यरातको तारा (१९६५)

ज्ञान सुतार – यौवन लुटिएपछि (१९६६), पर्खिदिने है माया (१९७९), करूणा भाउजू ()

दिल सुब्बा

सलोन कार्थक-अशेष प्रीत (१९७०), बिहानको तारा (१९७०)

जय धमाला-

प्रकाश राणा-

भूषण हुमागाईँ-

मोहन दुखुन

भगीरथ रावत

देव भण्डारी

देवकुमार प्रधान

गोपाल धिताल

हेमकान्त भण्डारी

शिवशमशेर रसाइली- १९९७

दिनेशखाती

ललित परियार – माटोको मोल (१९९७)

हायमनदास राई किरात – होय च्याङ्बा, कुण्डल देउराली (२०१७)

प्रदीप गुरूङ पोस्टर र लात

कुबेर छेत्री- आँसुको मोल

सुष्मा शर्मा – सृष्टि (२०११)

छुदेन काबिमो- फातसुङ (२०१९)

  1. कालेबुङका उपन्यासहरूको उपन्यास संख्या वितरण-
  2. प्रकाश राना –सातवटा, जय धमाला – छवटा, ज्ञान सुतार- तीनवटा, रत्नकुमार फुयेंलका -चारवटा, देव भण्डारी – तीनवटा, दिल सुब्बा – तीनवटा, मोहन दुखुन दुईवटा, भूषण हुमागाईँ- तीनवटा, हाइमनदास राई किरात- तीनवटा, गोपाल धिताल- दुईवटा, हेमकान्त भम्डारी – दुईवटा, बाँकीका एकेकवटा उपन्यास प्रकाशित छन्।
  3. प्रस्तुत पुस्तिकामा कतै कतै अङ्ग्रेजी शब्दको अनावस्यक र्रयोग जस्तै लेटेस्ट लेटेस्ट मोडेल लेखिएको पाइयो। यसको बद्ली नेपाली शब्द नै प्रयोग गर्न सकिने थियो।
This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.