किराँती दन्त्यकथा : धाननाचको उत्पत्ति

~सङ्कलक: शिवकुमार श्रेष्ठ~

प्राचीनकालमा लिम्बू किरातीहरू जङ्गलमा फलफूल तथा कन्दमूल खोजेर पशुपन्छीको सिकार गरेर आफ्नो जीविका चलाउने गर्दथे । खेतीपाती गर्न नजानेको हुनाले उनीहरूलाई अन्नका बारेमा केही पनि थाहा थिएन । सधैँ जङ्गलमा फलफूल तथा कन्दमूल खोज्न जानुपर्ने र सिकार गरेर आफ्नो जीविका गर्नुपर्ने भएकोले उनीहरूलाई ठुलो दु:ख थियो । उनीहरूको यो दुःख देखेर एक दिन ‘फेल्लेरे फेम्पुना’ चराले उनीहरूलाई भन्यो- “तिमीहरूमा अखण्ड साहस, बल, बुद्धि र काम गर्ने क्षमता छ । म तिमीहरूलाई खेतीपाती गर्ने उपाय सिकाइदिन्छु । त्यसैले खेतीपाती गर र अन्न जम्मा गरेर Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : मेरो देश डिजिटल भयो अब

~बि.कुलुङ रंगबुले राई~

भ्रष्टाचारी, काला धन राख्ने व्यापारी
घुसखोरी,ट्याक्स चोरी गर्नेहरूलाई
बुलेटट्रेनमा खाँदेर
कालापानी पठाईदैँछ
त्यसैले
मेरो देश डिजिटल भयो अब
माग्नेको हातमा मोवाईल
थाँङनेको झोलामा ट्यापलेट Continue reading

Posted in कविता | Tagged | Leave a comment

केशबलोचन शर्माका पच्चिस हाइकु/सेन्र्यु

~केशबलोचन शर्मा~

‘आमा’

१. ब्रम्हाण्ड पो हौं
के भनेर पुकारौं
आमा – जननी ।

२. दया कि खानी
परिवार कि दासी
मायालु आमा । Continue reading

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

बालकथा : बिचरो कौवा

~हरिप्रसाद भण्डारी~

जङ्गलको बीचमा एउटा रूख थियो । रूखको हाँगामा कौवाको गुँड थियो । गुँडमा रहेका चल्लाहरू उड्ने तयारी गर्दै थिए ।

एउटा चल्लो गुँडबाट बाहिर निस्केर हाँगामा बसेको थियो । त्यस्तैमा नजिकै अर्को हाँगामा एउटी काली चरी आएर बसी ।

“तिम्री आमा त्यो कौवा होइन, म हुँ । आऊ, मसँगै जाऊँ । बहिनीलाई पनि लिएर आऊ ।” चल्लातिर हेर्दै काली Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : परदेशी वर

~धर्म सापकोटा राजु~

खासमा विनोदमा जम्माजम्मी दुईटा कुराहरू मात्र मैले खोजेजस्ता भेटाएकी थिएँ । तर यिनै दुईटा कुराहरू नै मैले उसलाई मन पराउनका लागि पर्याप्त भए । पहिलो कुरा ऊ र उसका सम्पूर्ण परिवार विदेशमा बस्थे, दोस्रो उनीहरू, हामीहरू र मेरो दिदीको परिवारभन्दा निकै सम्पन्न थिए । बस मलाई योभन्दा बढ़ी अरू केही चाहिएको थिएन ।

हाम्रो चार जनाको परिवार, हामी दुई दिदी बहिनी, म घरकी कान्छी छोरी । मलाई धेरै जनाले दिदी भन्दा राम्री छौ भनेको सुनेकी छू । पाँच वर्षअघि दिदीको बिहे भइसकेपछि मेरो नाम बिहेको प्रतिक्षा सूचीमा परिसकेको थियो । तर, कान्छी छोरी भएर पनि होला बुवाआमाले मेरो बिहेका लागि खासै हतारो गर्नुभएको छैन । बिहे गर्ने समय नआए पनि म भने अहिलेदेखि नै आफूलाई मनपर्ने केटाको खोजीमा थिएँ । यस बिचमा प्रेम र बिहेका Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाटक : क्षितिजपारीका कथाहरू

~ज्ञानेन्द्र रसाइली~

सुन्दर भविष्यको सपना बोकेर बुढा भएका आमाबुबाको न्यानो काख, जीवन संगिनीको मायालु साथ अनि आफ्नो मुटुभन्दा प्यारा सन्तानहरूलाई चटक्कै छोडेर रोजगारीको सिलसिलामा विदेशिने युवाहरूको भीड गतिलै छ । त्यै भीडमा परेर १ वर्ष अगाडी बिदेशिएको एउटा युवा हो सफल । बाँकी कथा यसरी शुरु हुन्छ ।

अंक–१

(१२ घण्टे कामदेखि थाकेर आएपछि हतार–हतार गर्दै श्रीराम राइस कुकरमा चामल पखाल्न लाग्छन्, हर्कजीत सब्जी केलाउन र गोकुल मर–मसला तयार गर्न लाग्छन् तर सफल भने आउने बित्तिकै मोबाइलतिर व्यस्त हुन्छन् ।) Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

लघुकथा : पूँजी

~डा. पुष्करराज भट्ट~

ऊ कामबाट फर्केर कोठामा के फर्केको थियो, घरबाट फोन आयो, “मलाई त कोरोना लागेको छ, छिट्टै घर आउनुहोस् ।”

श्रीमतीको फोन आएसँगै ऊ अत्यन्त आतियो । भोलिपल्ट बिहान काम गर्ने ठाउँको कम्पनीको मेनेजरसँग विदा माग्यो।

”अहिले विदा दिन मिल्दैन । कामदारको कमी भएको बेला कसरी विदा दिनु ? बरु घरतिर कुनै आफन्त, Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

ऋषि बस्ताकोटीका दश मुक्तक

~डा. ऋषि बस्ताकोटी~

हिजो रावण थियो, राम बनायौ आज,
अँध्यारो दिनेलाई घाम बनायौ आज,
हनुमानजी पहाड त बोक्यौ उसैका लागि-
तर आफ्नै भने बदनाम बनायौ आज ।

*****************************

सम्पत्तिको कुरा गर्छौ, मैले त भनिदिएँ जे जति छन्,
सर्वहाराको अरु के नै हुन्छ र, मात्र एक श्रीमती छन्, Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कथा : पहिलो लाभ

~अलेक्जान्ड्रा कोलोन्ताई~

अक्टुवर १९१७ तुफानी थियो, आकाश मिरमिरे उज्यालो र सफा वादलले ढाकेको थियो । स्मोल्नीको उद्यानमा रुखहरुको टुप्पाहरु तेज हावाको झोक्काहरुमा झुमिरहेको थियो । आफ््नो अंतहीन गल्लीहरुको रमझम, निकै उज्यालो र अपर्याप्त ढंगले सज्जित हलहरुको साथ स्मोल्नीको भवनमा काम यति जोडतोडले भइरहेको थियो लाग्थ्यो संसारमा पहिले कहिल्यै भएको थिएन ।

दुई दिन पहिले मात्र सत्ता सोभियतहरुलाई हस्तान्तरण भएको थियो । शित प्रासाद मजदूरहरु र सैनिकहरुको कब्जामा थियो । केरेन्स्की सरकारको अव कुनै अस्तित्व थिएन । तर हामी सबै के महसुस गरिरहेका थियौं भने यो त मात्र त्यो कठिन सिंढीको पहिलो खुड््कीलो हो । त्यो खुड््कीलो भएर मेहनतकस जनताहरुको मुक्ति Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

Poem : Yet

~Gopal Birahi~

Turn a little back and see, my friend!
That baby-hood stayed behind,
And youngness is standing ahead,
Those heydays of childhood are completed, Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : अनुभूति

~विमला तुम्खेवा~

तिम्रो स्पर्श
कैयौं वर्षदेखि यहीँ कतै मभित्र अल्झिरहेछ
र, अल्झिरहेछ
त्यतिबेलै सुकिजानुपर्ने यो आँसुको मुहान

मसँग Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेश

~अर्जुन उपाध्याय~

दिनभरी दलिएछु , गुन्दै मनमा नानाथरी ।
ज्यानै दिई गर्दा पनि , सुख छैन क्षण भरी ।।

अनौठा छन त्यहाँ मैले , गर्नुपर्ने कामहरु ।
असफलताको सुचीमा , भए मेरा नामहरु ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उसलाई थाहा थियो

~पवित्रा लामा~

जब ऊ हिँड़ेथ्यो आफ्नो घरबाट
आँखाभरि, मुटुभरि, छात्तीभरि
बोकेर सपना बासभूमिको
ऊ जान्दथ्यो,
यो उसको अन्तिम यात्रा हो
यो उसको अन्तिम लड़ाईँ हो।

उसले छोइराख्यो देउता थान Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रगताम्य अभिषेककालागि

~कोमल प्रसाद श्रेष्ठ मल्ल~

उस्तै उस्तै
परेड ताण्डपका
नास बिनासका राता रेखाहरु
बस्ति बस्तीका
अंग अंग बटारिदै
स्वप्नील सपना अन्त्यष्टिमा
झुण्डिदैछ फासिका डोरि झै
मनुवाका आरोह अवरोहमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

विचार मन्थन : वेदान्त-दर्शन र द्वन्द्वात्मक भौतिकवाद

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

वेदान्त-दर्शन र मार्क्सीय-दर्शन बीचमा कुनै अन्तरसम्बन्ध खोज्नु सहज काम नहोला; तर रोचक काम चाहिँ निश्चयनै हो । एकथरीले अर्काथरीलाई जान्ने-बुझने प्रयासै नगर्ने र विचारको द्वन्दलाई शत्रुतापूर्ण भौतिक आक्रमण बनाउन कत्ति नहिच्किचाउने अहिलेको परिस्थितिमा यो कार्य थाल्नुअघि दुबैथरी अतिवादीका प्रहार खप्ने क्षमता नभई यसमा हात हाल्नु अझ खतरनाक हुन सक्दछ । खोजिपसेमा वेदान्त-दर्शन र मार्क्सीय-दर्शन बीचमा दार्शनिक बहसका अनेक पक्षहरू भेटिइने र त्यसले उपलब्धि हासिल हुने निश्चित छ । Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : नेताजी काम कमाल

~इन्द्रकुमार ‘विकल्प’~

साम, दाम, दण्ड, भेद नेताजी काम कमाल
भ्रष्टाचारी दुराचारी नेताजीका नाम कमाल

जनतामा राम नामी खोकिलामा छुरा लुकाई
सुरा सुन्दरीका सँगै नेताजीका साम कमाल Continue reading

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : संसार चेली रहेछ

~सदानन्द अभागी~

संसार चेली रहेछ
आकार वेली रहेछ

साकार आकार हेर
माहान ठेली रहेछ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : अन्धकारको देशबाट

~अनिता भण्डारी पौडेल~

सम्झिदैछु तिमीलाई यो अन्धकारको देशबाट
गाँस बाँस कपास अभाव, हाहाकारको देशबाट

कोही खान देउ भन्छन कोही बाँच्न देउ भन्छन
कुर्सीमै निदाईरहने कुम्भकर्ण सरकारको देशबाट Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मैभित्र आफ्नो प्रतिरूप छैन

~गोविन्दराज विनोदी~

छन् काम नै यी न त कामजस्ता
छन् नाम नै यी न त नामजस्ता
छन् राम नै यी न त रामजस्ता
छन् जो सबै नै बदनामजस्ता

बिहानमा छैन नयाँ बिहानी
छन् रातजस्ता दिनका कहानी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुग्लान

~पल हिरा~

पोल्टा भरी खुशी को भिक्ष्या भर्न
मुग्लान नै भासिनु पर्ने बाध्यता
चुर्लुम रिन को थैली बोकी
क्षितिज पारीको सुख खोज्नु
बिकल्प नै के थियो र ?
मुठी भरी बर्कौला सरि सिटमोल Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : बतासे सहरमा बादलको गेट !

~कृष्ण बजगाईं~

बतासे सहर शिकागोतिर कार बतासिन थाल्यो । सन्तोष लामिछनेले स्टेरिङ समाएका छन्, कार भित्र छौं डा. भरत लामिछने र म । नोभेम्बर महिनाको तेस्रो साताको चिसो बिहानमा सूर्यले धर्तीमा पाइला राखिसकेको थियो । माइनस ७ डिग्री सेल्सियस तापक्रम भएको कठ्यांग्रिने जाडोमा हिउँको बर्को ओढेको म्याडिसन सहरको सिमाना नाघ्न आटेका थियौं । र हुइँकिदै थियौ माइनस तीन डिग्री सेल्सियस तापक्रम भएको अर्को चिसो सहर शिकागो तिर । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : साइनो

~दुर्गा कार्की~

लमजुङ तुर्लुङकोट …..
सररर हावा चल्यो लाँकुरीको बोट …..

पिंढीको थाममा झुण्डिएको रेडियोमा बीमाकुमारी दुराको सुरिलो स्वर बाटोसम्मै सुनियो । तगारो खुल्लै थियो । घाम तापिरहेका बाख्राका पाठा मदेखि तर्सिएर बुर्कुसी मार्दै आमा भएतिर गए । गोठको माउ करायो ।

पिंढीमा बसिरहेकी हजुरआमालाई बोलाएँ । भर्खरै दाहिने आँखाको मोतिविन्दुको अपरेशन गरेकाले होला, चिन्नुभएन । हुन त अब दृष्टि–स्मृति दुवै धमिलिने बेला भयो । ९६ हिउँद बर्खा पार गरिसक्नुभो । बलेसीका Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिक्रीमा एउटा खाट

~महेन्द्र महक~

तपाइँ विवाहित हो वा अविवाहित?

विवाहित हो भने यस कथाको मार्मिक अन्त्य अन्तर्बोध गर्न सहज हुनेछ।

खैर, पूँजीवादले बजारमा उपलब्ध गराएका ‘विवाह’का विकल्पहरुको स्वर्गीय अनुभव गर्नुभएको छ भने यो कथाको गहिराई नाप्न सक्नुहुन्छ।

पाठक महोदय! तपाइँ विवाहित हो भने सवाल बन्छ– Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : थुक

~कृष्ण बजगाईं~

उसलाई एक हुल मानिसले खुब पिटे । उसलाई पिट्ने र मूकदर्शक भएर रमिता हेर्नेबाहेक त्यहाँ तेस्रो पक्षको उपस्थिति थिएन । पिटाइले ऊ घाइते भएको थियो । उसलाई अस्पतला लैजानु पर्दथ्यो । तर त्यस हिंसक हुलले उसलाई गाउँको प्रहरी चौकीमा पुर्यायो । र उसका विरुद्ध किटानी जाहेरी दिइयो ।

जाहेरी पढिसकेपछि घाइते अवस्थामै प्रहरीले उनलाई केरकार गर्न सुरु गरे । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मरुभूमिकी महारानी

~सुरेन उप्रेती~

मरुभूमिकी महारानी आख्यानकार गगनसिँह थापाको लघु उपन्यास हो।यो पुस्तकमा जम्मा असी पेज मात्र रहेकाछन।आकारको दृस्टीले सानो देखिन्छ।तर यसले राजनितिक बिचार,दर्शन,राष्ट्र,राष्ट्रियता,र प्रकृतिका बिभिद सृजना र श्रृङगारहरुलाई एउटै धागोमा उनेर वजनदार माला गाँसेको छ।हिमालको फेदीमा जन्मिएको एउटा जिज्ञाशु किशोर राजस्थानको मरुभूमिमा पुग्छ।उसलाई शिक्षाको भोक छ।पाँचकक्षा पढेको प्रमाणले भर्ना हुँदैन र परिक्षा लिइन्छ।परिक्षामा राम्रो गरेको हुनाले कक्षा सातमा भर्ना हुन्छ।टोपीको कारण अफिसमा Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

अनूदित कविता : व्यवस्थापन

~कुँवर नारायण~
अनुवाद : गौतम राई

हिजो फेरि एक हत्या भयो
भयानक परिस्थितिमा ।
म अस्पताल गएँ
वास्तवमा त्यो ठाउँ अस्पताल थिएन ।
त्यहाँ मेरो डाक्टरसँग भेट भयो
तर, त्यो मान्छे डाक्टर थिएन ।
उसले नर्ससँग केही भन्यो
तर, त्यो महिला नर्स थिएन । Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : म र मेरो अस्तित्व

~अभय~
अनुवाद : प्रा.डा.मुकेशकुमार चालिसे

म तपाईँको आँकडाको बस्तु होईन, न त तपाईँको भोट बैँक
म तपाईँको परियोजना होइन, न त विदेशी अजायवघरको बस्तु
न त म बाली भित्र्याउन पर्खिएको बिकुवा आत्मा हुँ,
न त तपाईँका सिध्दान्तहरू परिक्षणगर्ने प्रयोगशाला हुँ,
म त न तपाईँको तोपका मसला हुँ अथवा अदृश्य कामदार
अथवा केन्द्रीय भारतीय बासस्थानको तपाईँका मनोरञ्जनका साधन हुँ Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लोक नैतिक कथा : कालिदास र सरस्वती

~सङ्कलन : अज्ञात~

कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो ।

कालिदास : कृपया, पानी दिएर पुण्य कमाउनुहोस् । Continue reading

Posted in नैतिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गजल : वाचा गरेर भुल्न

~राजेन्द्र चोथाले~

मलाई पनि सिकाऊ वाचा गरेर भुल्न
प्रत्येक ऋतु पिच्छे रङ फेरेर फुल्न

सक्दिन म सहन आँसुहरू कसैको
रुँदा अरूका आँखा खुसीहरू बटुल्न Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : फूल र क्षण

~गोपालप्रसाद रिमाल~

“फूल झर्दछ, फुल्दछ
फुल्दछ, झर्दछ”
तर त्यो फूल जसले
छाती थापी फक्रेथ्यो
त्यो थोपालाई तृप्ति दिने
जब जगमा अमृत झरेथ्यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार क्वारेन्टाइन जान्न म ।

~सुजन बुढाथोकी ‘कान्छा’~

सरकार
क्वारेन्टाइन जान्न म।
दिनडाहडै बलत्कार हुन्छ त्यहा
भर्खर कलकलाउदो
बैसालु यौवनमा टेकेकी केटि हु ।
रहर छैन मलाइ बलत्कृत भएर बाच्न
सरकार यसैले म कैले पनि
क्वारेन्टाइन जान्न ।

सरकार एकैओछ्यान एकैठाममा किचन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बार्दलीको एउटा अनुहार

~महेश पौड्याल~

अरु बिसौनीमा दुई मिनेट रोक्ने बस ओखारपौवामा दस मिनटभन्दा पनि बढी रोकिन्थ्यो । यात्रुहरू ओर्लने र चढ्ने काम सकिएपछि पनि चालक गाडी कुदाउने सुर नै गर्दैनथ्यो । नयाँ नयाँ भएको हुनाले सहचालक चालकसँग खासै कुरा गर्दैनथ्यो । ऊ एकोहोरो बसको छेउ पिटिरहन्थ्यो । यात्रुहरू केहीबेर चुप लाग्थे, तर केहीबेरपछि रोकाइ असामान्य लागेपछि कराउने थाल्थे, “गुरुजी, जौँ न हो, अब त । ढिलो भयो ।”

अनि बल्ल चालक स्टेरिङ घुमाउन थाल्थ्यो । काठमाडौँबाट त्रिशूली जाँदा होस् वा त्रिशूलीबाट काठमाडौँ, ओखरपौवाको यस बिसौनीमा उनीहरूको रोकाइ सधैँ नै लामो रहन्थ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment