कविता : तिमी नारी आधुनिक यूगको

~स्वर्निम गुरुङ~

उठ जाग !
हे नारी सबै
त्यो भीषण अन्ध्यारो यूग
बिति सक्यो।
छोरीको जन्म हारेको कर्म
उक्ति यो पुरानो भईसक्यो।
सबल छौ, सक्षम छौ
शिक्षाको ज्योति देखेकी छौ।
पिल्सिएर ,गुम्सिएर
अब बस्न होइन
निडर बन् ,स्वनिर्भर बन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बेड नं. ३०४ बाट

~डा. जीवेन्द्रदेव गिरी~

छु म अहिले
कोबिड वार्डमा
बेड नं. ३०४ मा
गङ्गालाल हृदय केन्द्रमा
बिहानै आउँछिन् सफाइ गर्न प्रिय बहिनी
आधुनिक कूचो बोकेर
जिउ छोपेको पोसाकमा
अनुहार चिन्दिन म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्वतन्त्रता

~धर्म सापकोटा राजु~

राती १० बजेसम्म पनि छोरा घर नफर्केपछि कमलालाई मनमा भित्र डर लाग्न थाल्यो । डराउदै लोग्नेलाई भनि -“हेर्नुस न दश बजिसक्यो छोरा अझै आएन । कहॉं गएहोला आज यतिबेलासम्म ?”

“ह्या तिमी पनि के नचाहिने कुरा गर्या ? आज भ्यालेन्टाईन डे थाहा छैन ? बाहिर रमाईलो गर्दै होला नि साथीहरुसँग एकैछिनमा आईहाल्छ नि । ‘डन्ट वरी’ लोग्नेले खासै वास्ता गरेन । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : यो मात कस्तो

~इन्द्रकुमार ‘विकल्प’~

नप्यूँदैमा लागेको यो मात कस्तो
तिमी बिना चाहेको यो रात कस्तो

टाढा—टाढा धेरै टाढा गयौ टाढा
टाढैबाट पसारेको हात कस्तो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुष्कर लोहनीका चौध हाइकु

~पुष्कर लोहनी~

टुक्रुक्क बस्छ
समय खेलाएर
फोहरि हात !
****************
खुला रहेछ
हावाले पल्टाउँदा
जमेको पानी !
****************
जाडो भागेछ
दाउरा सल्केपछि
तातो मकल ।
****************
धुवाँको मुस्लो
घुसारेँ काठै पनि
बल्न सकेन । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

Translated Story : My mother Bhagirathaa

~Khagendra Sangraula~
Translation : Manjushree Thapa

A person’s name is very much a private medium through which to contact the world, a medium through which to interact with the world. Each person is a distinct singularity of the social whole, as well as an autonomous power. Our name is the medium of the emanation of our particularity, of our autonomy. Yet my mother was nameless: nameless, and in a sense, without recognition. I realized this in a way that pierced my heart after she passed away at my house in Kathmandu. Continue reading →

Posted in Translated Story | Tagged , | Leave a comment

Translated Poem : I’m crushing my ages

~Manjul~
Translation : Manjushree Thapa

I’m crushing my ages
along with these stones
my days and nights
my wishes and dreams

I myself
am being crushed Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

व्यङ्ग्य : चिप्ले

~कृष्ण शर्मा सुमु~

हुन त चिप्लो भन्ने बितिकै हजुरलाई खोलामा लेउ लागेको वा लडेको याद आयो होला। नभा बेसरी सब्जीमा तेल हालेर सब्जी नि बिग्रेको चिप्लो तेलको खाना आहा ..sss आजकल कुरा नगर्नु सब्सिडी नपसे पनि घर घरमा ग्यास नभएको मान्छे पो छ कि छैन भनु त रु ग्यास पनि बिमारीमध्यको एक निको नहुने रोग रहेछ,बिना सब्सिडी वाला। कुनै ग्यारेन्टी नभएको बिमारी । कतिबेला कसैलाई पनि हुनसक्ने। आजकल म पनि होसियार भएको छु यो चिप्लो ठाउँमा हिँडन। Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : निष्ठुरी किन बानि सिकाएनौ

~ममता मृगतृष्णा~

आफ्नो जस्तै निष्ठुरी किन बानि सिकाएनौ ।।
किन तिम्ले गरेजस्तै मलाई हानी सिकाएनौ ।।

तिम्रो याद दिन रात आइरहन्छ, किन यहाँ
लाग्छ यिनलाई तिमिले बैमानी सिकाएनौ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता सङ्ग्रह : च्याउको जंगल

~विप्लव ढकाल~


त्यो आइमाई Continue reading →

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

गजल : सिङ्गै एउटा रात थियो

~ममता मृगतृष्णा~

तिमी थियौ म थिंए, सिङ्गै एउटा रात थियो
नशा होइन तर पनि कुन्नि के को मात थियो|

त्यो अनौठो काउकुति त्यो झश्काइ छुवाईमा
मेरो अंग अंग छुने केवल तिम्रो हात थियो | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : कब्रस्तान

~गोपाल विरही~

आज खैरे पनि अचानक विरामी प¥यो । बिहानदेखि अहिले भर्खरसम्म त ऊ राम्रै वा स्वस्थजस्तो नै देखिएको थियो । तर, यताबाट उता र उताबाट यता उठबस गरिरहेको छ अहिले ऊ । उसले आफू पनि सेतेजस्तै रोगबाट ग्रस्त रहेको सङ्केत दिइरहेको छ । सेते अर्थात् उसको भाइ पनि क्षणभरमै हृष्टपुष्ट र स्वस्थ थियो । तर, क्षणभरमै उसले हामीलाई छाडेर गएको पनि हो । हिजोमात्रै सेते परलोक हुनु र, फेरि आज खैरे छट्पटाउन थाल्नुले हामीलाई अवाक् तुल्यायो । खैरेलाई झट्पट् अस्पताल लानुपर्छ भन्ने कुरा मैले र बहिनीले उठायौ“ । बुबाले ‘केही क्षण विचार गरौ“’ भनिरहनुभएको र, नशालु झारपात खाएको हुन सक्ने आशङ्का गरी परम्परागत मान्यतानुसार चूक (अमिलो) पनि खुवाइदिनु भएकाले हामीले केही बेर पख्र्यौ“ । तर खैरेले कुनै प्रतिक्रिया जनाएन । ऊ झन् उफ्री–उफ्री छट्पटाउन थाल्यो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुश्मा

~महेश पौड्याल~

सहरको स्कुल गाउँको जस्तो हुँदो रहेनछ । गाउँमा शिक्षकमाथि खासै औँला उठ्दैनन् । सहरमा त सबै अभिभावकहरू पनि पढालिखा र सचेत हुँदा रहेछन् । मात्रा रड्कियो कि आइपुगिहाल्छन् गुनासो गर्न ।
आफू त गाउँले मान्छे, सहरका यति धेरै कुरा बुझ्न निकै समय लाग्यो । पाँच वर्षसम्म एउटै स्कुलमा पढा पछि अब भने विद्यार्थी र अभिभावकलाई केही हदसम्म बुझेँ भनेजस्तो लाग्यो ।

स्कुलले अभिभावक दिवस् मनाउने निर्णय ग¥यो । सहरको स्कुल, ताम्झाम् नहुने त कुरै भएन । बैठक Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जाँडको झोक

~विमला तुम्खेवा~

सबै सम्झिँदा झोक मात्र चलेर आउँछ
र,
मैले खाएँ आज रक्सी।
घर मैले सम्हाल्नुपर्ने
यो घुमाउरो डाडाँभन्दा ठूलो पिर बोकेर
रातदिन मै जोतिनुपर्ने
मै दबिनुपर्ने
तिम्रो स्वर चाहिँ सधैं चर्को हुने। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : किनाराहरूमा

~रवि प्राञ्जल~

वारि एउटा किनारा छ
पारि एउटा किनारा छ
म वीचमा छु किनाराहरुको

एउटा किनारामा घाम छ
एउटा किनारामा जून छ
दुवै किनाराहरू स्थिर छन्
म बीचमा छु र अस्थिर छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : काल-दृश्य

~डा.मधु माधुर्य~

…. कसले गर्छ आज-भोली परायाको हित ?
भित्र-भित्रै लाए सबले स्वार्थसंग मित !
जता जाऊ, त्यता हेर पैसा कै छ जीत
स्वर्ग, मर्त्य, पाताल गाउँछन् यमराज कै गीत

चिप्लो बोली मानिसको सस्तो भाउ छ हाटमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : संसद आक्रमण

~उज्ज्वल बमजन~

संविधानको सिरेटोले
बेस्सरी हानेको छ
उसको विपन्न नाङ्गो आङमाथि।

सयदिने रोजगारले उड़ाएको
गाउँले धूलोको तुवॉंलोभित्र रूमल्लिएर
स्वजलधारा परियोजनाको गङ्गोत्री मरूभूमिमा
बलबहादुर अनि बुधवाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनलाई मेरो स्वागत

~इश्वरवल्लभ~

त्यसदिन अलिकति गीत गाइरहन मन लागेको थियो
वरिपरि सबै उल्लसित र हरियो भइरहेको थियो,
मैले एउटा कलिलो हाँगा समाएर
हावामा हल्लाएको पनि हुँ – कसैलाई स्वागत गरेझैं गरेर
म क्षितिजबाट आउनेहरुलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यौद्धा

~मधुश्री~

बढ्दैछ चाप यौद्धाको मन ईस्पात बन्दैछ
फुट्दैछ बाँध धैर्यको यहाँ मसाल बल्दैछ

धोकाले मिच्या सिमाना खोज्दै उठ्दैछ बीर त्यो
पसिना सँगै रगत छर्दै उठ्दैछ शीर त्यो Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : नरभूपाल जन्माउने कसरत

~धीरेन्द्र प्रेमर्षि~

संसारमा धेरैथरीका प्रतियोगिताहरू हुन्छन् । संसारको के कुरा, संसारभरकिा अधोगामी प्रतियोगिताहरू त अचेल हाम्रै देशमा पनि छ्यालब्याल हुन थालेका छन् । सुन्दरी प्रतियोगिता भनेर शिशु सुन्दरीदेखि सासू सुन्दरीसम्मका प्रतियोगिता गराउन हामी खप्पिस भइसकेकै छौँ । यी प्रतियोगिताहरूको बजारभाउ पैसावालहरूले तय गर्ने हुनाले तिनको छनोटमा प्रतियोगिताका लागि प्रायः सुन्दरहरू कमै पर्ने गरेका छन् । यद्यपि, सुन्दरहरूका लागि पनि केही बजारमुखी प्रतियोगिता हुँदै नभएका चाहिँ होइनन् । मिस्टर नेपाल भनेर केही वर्षअघिसम्म नेपालमै पनि प्रतियोगिता हुने गरेको सुनिन्थ्यो । तर, अचेल वर्षौं लगाएर बनाएको मसलभन्दा एउटा देशी कट्टाका भरमा चलाइने पसल बढी फलिफाप भएकाले होला, सुन्दरहरूको संसारमा मन्दी छाएजस्तो छ । प्रतियोगितै भए पनि अब त अस्त्र- Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सुकुलगुण्डाकाे कहानी

~अज्ञात~

माधव बहादुर एक ठूला खानदानी अफिसरका छोरा हुन् तर बाबु परलोक हुँदा केवल ११ वर्षका थिय । आमाको एउटा छोरा हुँदा र ४०/५० हजार सम्पत्ती हुँदा उस्तो पढनलाई जरुरत पनि आमाले संझिनन् तर देखादेखि वि–ए–बे, वि–आइ–वाइ भनी यक माष्टर आराममानै १८/१८ वर्षका भये खूबै पठ्ठभै माझमा राजमालो । पोसाक पैर्‍ही चिनिञा च्यांटामा सवारले नेपाल शहरको सफर गर्दथे, यस्ता सफरमा २/४ जना अन्तर फुलै नमाव मुसलमान र २/४ जना जेण्टलमेनको पनि सङ्गत भयाको थियो । यस सङ्गतमा माधव बहादुर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्रष्टा जीवनी : स्व. इमानसिंह चेम्जोङ

~इमानसिंह चेम्जोङ~

लिम्बू समुदायमा लेखनको महत्व बुझ्ने यस्तै थोरै व्यक्तिहरुमध्ये एक प्रमुख व्यक्ति हुन्– किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङ । यिनै किरातोलोजिस्ट इमानसिंह चेम्जोङको गुरु मन्त्र थियोः भाषा संस्कृति जातिको पहिचान हो भने इतिहास मुहान हो । हुन पनि उनले आफ्नो सम्पूर्ण जीवन किराती भाषा, संस्कृति र इतिहासको खोजीमा समर्पित गरे । यसर्थ पनि उनी मुलुककै निम्ति एक सम्मानित विभूति हुन् ।

इमानसिंहको जन्म सन् १९०४ जनवरी १ मा कालेबुङमा पिता मेघवरसिंह र माता दावापुहाङ्माको छैटौँ अर्थात् जन्तरे छोराको रुपमा भएको थियो । उनले कालेबुङकै स्थानीय स्कुलबाट म्याट्रीकुलेसन र कलकताको सेन्टजेभियर कलेजबाट आई. ए. उतीर्ण गरे । उनलाई पढाउने क्रममा “किरातीहरु जङ्गली हुन्छन्” भनी शिक्षकले प्रयोग गरेको वाक्यांशले उनको हृदयमा ठूलो चोट Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | 1 Comment

कथा : न्यायको खोजीमा

~सिमा भुजेल~

चरक्क चर्केको भदौरे घाम, त्यो पनि तराइको, पुरै सहर गर्मीले बाफिएको थियो। उभिएको ठाँउमा हेरेँ- आफुभन्दा धेरै लघु आकारको आफ्नै श्यामश्वेत प्रतिलिपी लम्बिन खोजिरहेको। भित्री लुगाहरू भिजेर बाहिरी लुगासमेत भिज्दै थियो पसिनाले। गोजिबाट रुमाल निकालेर अनुहार पुछेँ। नाडिको घडीमा नजर लगाएँ। एक बजिसकेको रहेछ, बस अझै आएको थिएन। जानु थियो काठमाडौ, थिएँ जितपुरमा।

दस पन्ध्र मिनेट कुरेपछी बस आएर रोकियो। बस चढ्दा एक्कासि रापिलो, मान्छेभित्र पाकेको, कुहिएको बाफको गन्ध महशुस गरेँ। थरिथरि पसिनाको मिश्रित गन्ध, भिडबाट मडारिँदै नदेखिने भएर अझ नाक नै पोल्ने Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विनयपत्र

~जोगवीरसिंह उदास~

हामी परेर अलपत्र यहाँ रहेका ।
केही नजानिकन मूढ अती भएका ।।
उद्धार हामीहरुको गरी को छ लीने ?
यै ठाउँमा असल स्वर्ग बनाई दिने ।।१।।

केही छ भाग्य कि त छैन त यो नजानी ।
मानी नमानिकन खालि लिई हरानी ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : नशामा लट्ठ होऊ

~चर्लस बाउडेलैर~
अनुवाद : गणेश राई

सधैँ नशामा लट्ठ होऊ।
यही हो र यो आवश्यक पनि छ।
समयको भयावह चक्रले तिम्रो देहलाई
धुजाधुजा पारि धर्तिको कुनै निष्पट्ट
कालो ओडारमा कोचिदिँदाको पिडा
अनुभव नगर्न भएपनि तिमी उन्मक्त रह ।
के मा त?
ऐला, कविता, सत्कर्म अथवा केहि पनि । Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : अन्यौलताभित्रको कविता

~स्वर्णिम गुरुङ~

कविता त लेखु भन्छु
तर खै ! अन्यौलमा छु,
कविता पो के बारे लेखुँ !
हर दिन महँगा रेस्तराँहरूमा
विभिन्न परिकारहरू,
जिब्रो पडकाउँदै खाएर
अघाएका , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भोटु माझीको भाषण !

~बलराम तिमल्सिना~

सरकार !
मैले के त्यत्रो कुरा मागेको थिएँ र ?
मैले दुवाली थुन्ने खोलामा
मेरा बराजुदेखिको हक छ
त्यो खोलामा दुवाली थुन्न
गणतन्त्रमा पनि पाऊँ भनेको त हो
त्यो खोलै थुनेर सरकारको गाममा लगेपछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~साँज घले~

ममताकी खानी, त्याग-समर्पणकी देवी
यी सबै उपाधिले सुशोभित नारी
बन्द ओठ, आँसुले लेख्दै
कयौं अप्रकाशित पुस्तक झैं आफ्नो कहानी
जोगाएर पुरुष वीर्य आफ्नो गर्भमा
एउटा नवजीवलाई
आकार प्रफान गर्ने क्षमतावान नारी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दम्पतिको प्रेमटक्कर

~सोमनाथ सिग्देल~

पति
प्रेम गराई खुद्रा किन लिन्छयौ मानको मुद्रा ?
देऊ दाग दवाई प्यारी १ मुखचन्द्र चाँदनी छाई ।।१।।

दम्
विधुविंव दिशाविदिशा उदाउँदा ! दिनसमान हुन्छ निशा ।
क्या हो सफाइ आज ! प्राप्त भयो तव त मानको ताज ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फूट्कर कविता

~शम्भुप्रसाद ढुङ्गेल~

म तिम्रो हरे ! आज दुश्मन भयेंछु
अधम् नीच छोटो पनी भै रहेंछु ।
यसले यहाँ मुख तिमीले लुकायौ
अघीदेखि खाली मलाई ढुकायौ ।।१।।

००००

प्रिये ! यता हेरन हेर- छू खडा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Song : I haven’t known how to bloom

~Amber Gurung~
Translation : Manjushree Thapa

I haven’t known how to bloom, I haven’t known how to sway
Laughter came but somehow I haven’t been able to laugh
Tears came always but I haven’t learned to cry

I have one essence: the heaviness of the heart Continue reading →

Posted in Translated Song | Tagged , , | Leave a comment

Translated Poem : Deranged

~Laxmi Prasad Devkota~
Translation : Manjushree Thapa

Certainly, friend! I’m deranged!
Such is my state!
I see words, hear images, taste smells,
touch things that are slighter than the sky.
things whose existence no one admits to,
whose shape the world does not know Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment