अनुभूति : बेलायतमा कोरोना अनुभव र पुनर्जीवन

~भीम राई~

‘यदि ज्ञान बाँड्न सकिंदैन भने त्यो महत्वहीन हुन्छन् ।’

भौतिकशास्त्री मिचीको काकुको उक्त्त भनाइले मलाई जिन्दगीमा यदाकदा घचघच्याइ रहेको हुन्थ्यो । आफ्नो जीवन कालमा मानिसले जे अध्यान एबम अनुभव गरेका हुन्छन् ति सबै बाँड्न सकेभने समाजले राम्रो फाइदा लिन सक्छहोला जस्तो मेरो मनमा लागि रहन्थ्यो । त्यसैलाई आधार मानेर मैले भर्खरै लिएको कोरोना अनुभवलाई अक्षररुपि भाषामा परिणत गर्ने यहाँ जमर्को गरिरहेको छु ।

हुन त यस धर्तिमा जीवनरुपी भरयाङ्गको मैले पचपन्न खुटकिलाहरु पार गरिसकेको थिएँ । तैपनि बास्तविक जिन्दगीको परिभाषा अझै खोजिरहेको थिएँ । झन कुनै कुनैबेला यस्तो लाग्ने गर्दथ्यो । जन्मदेखी मृत्युसम्मको Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

विचार मन्थन : वेदान्त, बुद्ध : विषय र व्याख्या

~गोपाल विरही~

भारतीय राजनीतिकर्मी एवं वेदान्ती करण सिंहका प्रशंसामा शब्द खर्च गर्नुभएछ शारदा शर्मा र डा. भागवत आचार्य आदिले । करण सिंहका लहैलहैमा लागेर ‘बौद्ध दर्शन र उपनिषद्हरुको प्रतिपाद्य विषय एउटै होे’ भन्ने अर्थ लगाउन पनि उहाँहरुले खर्चिएका शब्द पढेर असहमति लेख्न म बाध्य भएको छु । उहाँहरुले प्रसंगवश नेपालको राष्ट्रपति भवनमा तस्विर बनेर झुण्डिएका भारतीय वेदान्ती राधाकृष्णन् र देवघाटका वेदान्तज्ञाता डा. रामानन्द सरस्वतीलाई समेत उल्लेख गर्नुभएको रहेछ । बुद्धका दर्शनमा ईश्वर, आत्मा, ब्रह्म आदि कुनै पनि नित्य ध्रुव पदार्थको गुञ्जाइश नरहँदा– Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

गजल : असल सखिया भइ दिए

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

शीरमा श्री लेख्नै पर्दैन असल सखिया भइ दिए
लोचनबाट मोती झर्दैन असल सखिया भइ दिए

जीवनसाथी,पढाइ साथी,घनिष्ट होस वा अरु कोही
मनको माया मर्दै मर्दैन असल सखिया भइ दिए Continue reading

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : आज्ञाकारी बालक

~मैथिल सुमन~

आज्ञाकारी बालक म
असल मेरो बानी
पढि-लेखी ठूलो भई
बन्नेछु म त ज्ञानी

अनेक छन् प्रतिभा म भित्र
भन्छन सबले सिर्जनाको खानी
चाहना छ मेरो पनि Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

गोधूलि दिनेशका पाँच हाइकु

~गोधूलि दिनेश~

फागुको दिन,
रङ्गिन हल्लाहरू –
मुसो एक्लो म !

क्याफेरिनामा,
फूल काँडाको हाँसो –
हिमाल मौन ! Continue reading

Posted in हाइकु | Tagged | Leave a comment

कविता : समानान्तर दृश्यहरु

~डा.मधु माधुर्य~

आँखा खोलेपछि
रसायनिक प्रतिक्रिया शुरु हुन्छ भित्र-भित्रै
र देखिन थाल्छन् विविध दृश्यहरु
प्रेम र घृणाका प्रकरणहरु
अर्थात् निर्माण र विनासका शृंखलाहरु !

भगवानले मान्छे बनाएको देखेको छैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आडम्बर

~आन्विका गिरी~Anbika Giri

पात्र परिचय:
१. लिंग – महिला
उमेर – पच्चिस वर्ष
शिक्षा – स्नातकोत्तर
पेशा – विध्यार्थी
पहिरन – साधारण आधुनिक पहिरन पाइन्ट र टि-सर्ट
कपाल छोटो, रंग गोरो, स्वाभिमानी विचारधारा
नाम थाहा नभएपनि हुन्छ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : पारिजातको घरमा

~महेश पौड्याल~

हामी मोटरबाटो छोडेर ओरालो लाग्दा साइला धुरा प्राथमिक विद्यालय बायाँपट्टि पर्‍यो । पहाडजत्तिकै पुरानो त्यस स्कुलको भित्तोमा अँगार र चकले लेखिएका किरिङमिरिङ अक्षर देख्दा लाग्यो, यो भित्तो साहित्यकार पारिजातको जन्मकुण्डली हो, जहाँ ग्रहहरू किरिङमिरिङका अतिरिक्त केही पनि देखिँदैनन्, दार्जिजिङमा ।

२०७४ सालको दोस्रो दिन । प्रतिभा प्रेरणा परिषद् बिजनबारी र चिया कविता सिक्किमको निम्तोमा जरा फाउन्डेसनले हामीलाई दार्जिजिङ पुर्‍याएको थियो ।हामी साइला धुरा स्कुलको आडबाट ओरालो लागिरहेका थियौं । सिमसिम पानीले पूरै भिजोको थियो लिंगिया । ओरालो बाटोमा बनाइएका ढुंगाका खुट्किलाहरू निकै Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : गणतन्त्रको मृत्युदिवस

~उज्ज्वल बमजन~

उपसंहार –
चीरहरण भइछाड़्यो
यो युगमा
अल्पसङ्ख्यक आदिवासी द्रौपदीको
बेलतलाको खुल्ला सडकमा।

कृष्णले उपस्थित भई Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा तीब्र बिहान

~इश्वरवल्लभ~

ती तीब्र उज्याला परिवेशहरू
पग्लिन्छन् रेखाहरू भएर, कि शून्य झैँ स्थिर हुन्छन्
तर पनि पग्लिनु स्थिर हुनु होइन,
पानी हुनु हो ।
परिवेश पग्लिँदा नदी हुनु हो । Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : साहित्यमा श्रम विषय

~कुलचन्द्र वाग्ले~

साहित्य सिर्जना स्वयंमा एक प्रकारको श्रम हो । साहित्य सिर्जनाका लागि बौद्धिक र मानसिक श्रमको प्राधान्य रहन्छ भने शारीरिक श्रमको प्रधानता रहने क्षेत्र वा कार्यहरू पनि छन् । यसको अर्थ भौतिक वा शारीरिक श्रम शून्यको स्थितिमा साहित्य सिर्जना हुनसक्छ भन्ने होइन । जुनसुकै श्रम र काम एकाकी अर्थात् बौद्धिक वा शारीरिकमध्ये कुनै एउटाको श्रमदानबाट मात्र पूरा हुन सम्भव छैन । यी दुवै श्रमको योगदान कुनै पनि कार्य सम्पादनका लागि अपरिहार्य छ, प्रधानता दुईमध्ये जसको रहे पनि । बौद्धिक र शारीरिक क्रियाशीलताको धेरथोर तर अनिवार्य संयोजनबाट नै श्रमको परिणामदायी रूपान्तरण सम्भव छ तर साहित्यबाट मिल्ने र लिने प्रथम सन्तुष्टि चाहिँ मानसिक वा बौद्धिक नै हुन्छ । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : कसम फेरि तोड्ने भए

~रवि प्राञ्जल~Ravi Pranjal

किन खानु झूठो कसम फेरि तोड्ने भए
फूल छोडी पत्थर सँग मुटु जोड्ने भए

पारि लान्छु भनी नाउ किन खियाउनु
मझधारमा पर्दा नाउ एक्लै छोड्ने भए Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : हेर्नु छ भविष्य -यो दर्शनको !

~आर.बि. निश्चल~

अस्तित्व -यात्राको एक यात्री म
एकैछिन पृथ्वी ग्रहको भ्रमण गरूँ भनी
मान्छे रूपमा अवतरित भएँ
नाम, जात, भाषा, कर्म अनि धर्म
सबै- सबै मान्छेले नै तोकिदियो
एकैछिन विस्मृतिमा हराएको म
आफू जन्मेको दर्शनको साँचो अनुसार ढालिँदै गएँ
जीवनबाट भने पर-पर फालिँदै गएँ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गोर्खाल्याण्ड

~राजु तामाङ~

बाटो हो कि बगर? चिन्नै नसक्ने
यस्तो बाटो भएर म आउनु, भ आउदिन
‘म गोर्खाल्याण्ड’ पहाड़ धाऊदिन ।

एक टुक्रा रोटीमा राजनीति चल्छ त्यहाँ,
म त सोझो राजनीति जान्दिन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छली मुस्कान

~विमला तुम्खेवा~

तिम्रो आँखामा देखिएको सपना जस्तो
मसँग केही छैन
जीवनको उमंग
छन् त
खालि यी नीला सागर छन्
जसमा सलबलाइरहेछन् अनेक दुःखहरु
यो विरही क्षितिज छ
र केही उदास गीतहरु छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मसानघाट

~सन्जु बजगाईं~

समयमै हरेक काम गर्न सकियोस् भनेर कोठैपिच्छे घडी राखेकी छु घरमा। संसारलाई समय तोकिदिने गि्रनविचसँग खेलवाड गर्न मनाही छ, यो बेलायती सहरमा। त्यसैले हतारिँदै तयार भएर बस चढ्यौँ, आमाछोरी। बस उही पुरानै बाटो भएर गुड्न थाल्यो। जुलाई र अगस्टभर गुडबाई भनिएको यो बाटो सेप्टेम्बर लाग्नासाथ खुलेको थियो, हाम्रा लागि।
मुना पलाएर तरुना भएका फूलका बोटहरू ढकमक्क फुलेछन्। ‘वोक’का बोटहरूमा लटरम्म लागेका दाना झरेर भुइँभरि देखिए। घँघरुका पोथ्राजस्ता लाग्ने बुट्यानमा पनि रातै दाना देखिए। तिनै दाना च्यापेर लोखर्के खुर्र-खुर्र दगुर्न थालेछन्। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पहिचानको अनुष्ठान

~टंक वनेम~Tanka Wanem

पहिचान सहित बाँच्नको लागि
पहाड पर्वत र खोला नालाको देउ देउताहरुलाई
अनुष्ठानको लिङ्गोमाथि जगाउँदै
खप्परभरी शब्दका विरुवाहरु उमारेर
सुनको खुर्मीले गोड्दै
धनु काँड भिर्ने सिकारी देव जस्तो
पहिचानको क्षितिजमाथि
रङ विरङका जामाहरु पहिरिएर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : के थाहा ?

~रुपिन्द्र प्रभावी ‘कटु’~

अचानोको पीर खुकुरीलाई के थाहा ?
झुपदीको पीर त्यो हुरीलाई के थाहा ?

आफन्ताको भीडमा पनि एक्लै भएजस्तो
बाआमाको माया टुहुरीलाई के थाहा ? Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रवासीलाई देशको पत्र

~टोप बहादुर राई~Top Bahadur Rai

सबै उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले गाउं छाड्नु अघि
चौतारीमा विच्छयाइएका बम,
विस्थापित सुन्य गाउं,
कांडेतारले घेरिएका शहर
र डुवान पिडित तराई
सबै उस्तै,उस्तै छन। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी मोह

~देवेन्द्र खेरेस~

घर
र परदेशको दुरी टाढाभए…पनि
आँगनको माया धेरै नजिक
दलानको सम्झना धेरै गाढा
र चुल्हाको चिन्तन धेरै गम्भीर
घरलाई एति धेरै माया
कसैले गर्दैन
जति परदेशीले गर्छ ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक

~राजकुमार बराल~


पसिना पुछ्दै
त्यो उचा ठाउँबाट
तल हेर्छ
तर
देख्दैन मानवता
फगत देख्छ
गगनचुम्बी महलहरु र
पैसाका मान्छे । Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “रुदिना” र शिव प्रधान

~चन्द्र मादेन ‘आन्छन’~

हङकङमा नियमित हुने साझा साहित्यको  ९९ औं श्रृंखलामा साहित्यकार दाजु गुरुङ मार्फत साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास ” रुदिना” हामी उपस्थितहरुलाई निशुल्क वितरण गर्नुभयो । जस्मा दुईतीन जना साथीहरुको हस्तलिखित नामै सम्वोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएकोरहेछ, तर वहाँहरु व्यस्ततालेनै होला यो धारावाहिक कार्यक्रममा कहिलै उपस्थित हुनुभएन ।

हुनत यो भन्दा अघिपनि साहित्यकार प्रधानले मे २६,२०९९ को ८५ औं साहित्यिक श्रृंखलामा चित्रकार एवं Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?

~डा. टीकाराम पन्थी~

‘लीलबहादुर क्षत्रीको पहिलो उपन्यास बसाइँ   (सन् १९५७) ले सामाजिक यथार्थवादी प्रवृृत्तिलाई अँगालेको छ । पूर्वी नेपालका पहाडी किसानको जीवनलाई लिएर लेखिएको यस उपन्यासमा किसानवर्गले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक र याथार्थिक चित्रण पाइन्छ । पहाडी जीवनको यथार्थ उद्घाटित गर्नाका साथै निम्न पात्रका विविध समस्या, विवशता, दुर्बलता र विपन्नताको चित्रण गर्दै मूलतः सामन्ती शोषण, भाग्यवाद र सामाजिक संकीर्णतामाझ अँठ्याइएका दलित र शोषित मानिसको सामाजिक बहिष्कार तथा निष्कासनको याथार्थिक कथा नै बसाइँ उपन्यास हो ।’
(नेपाली साहित्यकोश, ने.रा.प्र.प्र. वि.सं. २०५५ पृ. १५१)

बसाइँ प्रकाशित भएदेखि अहिलेसम्म सयौँ समीक्षा लेखिए, प्रकाशित भए । यसै शैलीमा, शोषक–शोषित Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : मनको क्रान्ति नहोस्

~डम्बर बिकेल~

आफूसागै आफ्नो मनको क्रान्ति नहोस्
मुहारमा कान्ति होस् हृदयमा शान्ति होस्

फूल दिनेहरुलाई काडा नदिऊ म
घृणा दिई अरुलाई माया नलिऊ म Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : के कोलम्बस नै पहिले अमेरिका पुगेका हुन् ?

~भीम राई~

क्रिष्टोफर कोलम्बसको जन्मस्थल इटालीको दुईहप्ता भ्रमणपछि १२ अक्टुबर २०१७ को दिन हामी लण्डनदेखि जमैका जाँदै थियौ । हामीलाई यात्रामा सदाझैं भाई कृष्ण र बहिनी सानुले साथ दिइरहनुभएको थियो । लण्डनदेखि उडेको साँढे दश घण्टापछि मस्याइला पाराको आवाजमा बिमान अबतरण भयो । बिछट्टै सङ्लो सामुन्द्रिक जल र सेतासेता बालुवाद्वारा निर्मित ‘ट्रपिकल ब्लिस बिचको’ दायाँ किनारमा अबस्थित मन्टिगो बे बिमानस्थलमा ड्रिमलाइनर अबतरण हुँदा पानीमाथि अबतरण भएझैं अनुभव गरिरहेका थियौ । लामो समयसम्म आकाशमा उडेर जमैका पुगेको हुनाले मलाई पनि किनकिन कोलम्बसलाई जस्तै अर्कै संसार पुगेझैं लागिरहेकाे थियो ।

हातेघडीको काँटाले स्थानीय समय बिहानीको ठिक एघार बजाएको थियो । बिमान अबतरण भएर मन ढुक्क भएपछि हत्तपत्त बिमानका झ्यालदेखि बाहिर नियाले । दम्साइला डाँडाका थुम्कामा देखिएका हरिया बनजङ्गल अनि निलो आकाशसम्म पुगेर ठोकिएको निलै पानी र सेताम्मे बालुवासँग मस्ती जमैकाको पहिलो नजरले मेरो Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : प्रधानमन्त्रीले जुँगा ट्रिम गर्नुभयो

~कुमार नगरकोटी~

वसन्तपुर दरबार स्क्वायर । प्रातः बेला थियो । घाम उदाइसकेको थिएन ।

दरबारक्षेत्रको एक भागमा एउटा पलङ थियो । पलङछेवै कमोड थियो । कमोड छेवै बाथ–टब थियो । बाथ–टब छेवै यामानको पित्तले गाग्री थियो । गाग्रीछेवै ड्रेसिङ टेबल थियो । ड्रेसिङ टेबलमा काइँयो थियो । कैँची थियो ।

कैंची ? कस्तो कैँची ? बियर्ड ट्रिमिङ सिजर क्या ! दाह्री–जुँगा ट्रिम गर्ने कैँची । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : माइन सेबोटेज

~नन्दलाल आचार्य~

‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि, जे गर्नुपर्छ, गराँैला ।’

श्यामजीको चेतावनीलाई वेवास्था गर्दै भनेको थिएँ, ‘माथिको आदेशले त हामी बिग्रियौँ, भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो । माथिको आदेशलाई घाममा सुकाइदिने हो ।’

विरोधी पक्ष आउँदै थियो । उनीहरूको लाइनको ठ्याक्कै बीचमा पर्ने गरी मैले व्याट्रीमा तार जोडेँ । त्यस Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कथा : पागलको डायरी

~लू शुन~
अनुवाद: दण्डपाणि जैसी

दुइजना दाजुभाइ थिए । उनीहरुको नाम चाँही अहिले नभनौं । उनीहरु मेरो स्कूलका साथी थिए । दुवैजनासँग राम्रो मित्रता थियो तर लामो समयसम्म नभेटेकोले भेटघाटको निरन्तरता टुट्यो । केही महिना पहिले तिनीहरु मध्ये एकजना चाँही निकै बिरामी छ भन्ने सुनेको थिएँ । म आफ्नो गाउँ फर्कँदै थिएँ, सोचेँ, बाटोमा उनीहरुलाई पनि भेट्दै जाउँ । उनीहरुको घरमा पुग्दा एकजना साथी सँग मात्र भेट भयो । उसले कान्छो भाइ बिरामी भएको कुरो सुनायो ।

उसले भन्यो, “धन्यवाद मित्र । हामीलाई सम्झेर त्यति टाढाबाट आयौ । अहिले त भाइको अवस्था ठीकै छ । हाल उसले एउटा सरकारी जागिर पाएर अन्तै गएको छ ।“ Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : पाए त आमा

~सुदर्शन थिङ्ग~

पाए त आमा रोजगारी यँहा बस्थे है हाँसेर
आउने त पक्का थिएन आमा बाकसमा बाँधेर
दशधारे दुधको ऋण है आमा तिर्नलाई यहाँ सकिन बसेर
पलाएन भए विदेश है आमा चिल गाडी चढरे

सुखका भाति दु:खका खेती गर्दैछु कसेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Tree

~Manjul~
Translated by Mallika Shakya

Look at the tree through the window
It looks back at you
Embodying your own self

Standing in the darkness
Alone
Feeling cold Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : गने यसरी गणबहादुर बन्यो

~लक्ष्मीप्रसाद देवकोटा~

यस बर्ष खडेरी परेको थियो ।

आकाश दाता छ । धार्मिक जनता स्वर्गको भरमा अडेको छ । माथि देवताको महफिलमा कुन्नि के खित्रिक्क पर्न गयो । शायद कुनै क्रान्तिकारी दानवले खरो वचन बोल्यो होला । देवताहरूले नागहरूलाई इशारा गरे । नागहरु एकातिर लागे । सगर शीशा भया । दयाले बाफिलो सास त्यस नीलो ऐनामा फेरेन । देशमा सुख्खा लाग्यो ।

यसै ता लडाईं गडबडले अनिकाल पर्ने कुरा चलिरहेको थियो । मानिसको मूर्खताउपर देउताको डाहाडसमेत थपिन जाँदा त, महतारी महीका स्तन सुके । वैशाख बल्यो, ज्येष्ठ जठराग्नि भयो, आषाढ बिलकुल असार भयो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डा ऋषि बस्ताकोटीका एघार मुक्तक

~डा. ऋषि बस्ताकोटी~

न भरोसा अब संविधानको धारामा छ
न त केही होला भन्ने नै फेवा रारामा छ
तिनैले चाहेको तिर धकेलिँदैछौं हामी
जे हुन्छ अन्धा अगुवाको पारामा छ ।

************1****************

समयले कसैलाई राजा बनायो, कसैलाई रानी बनायो, Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment