कविता : प्रवासीलाई देशको पत्र

~टोप बहादुर राई~Top Bahadur Rai

सबै उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले गाउं छाड्नु अघि
चौतारीमा विच्छयाइएका बम,
विस्थापित सुन्य गाउं,
कांडेतारले घेरिएका शहर
र डुवान पिडित तराई
सबै उस्तै,उस्तै छन।

संविधान सभाका फुस्रा गफ ,
गाउंमा बाडिएका खोक्रा आश्वसन,
श्रीपेच रहित राजा

अन्यौल बीच प्रजा
बांकि सबै उस्तै, उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले देश छाड्नु अघि ।
फाट्दै गएको धार्मिक सहिष्णुता,
विखण्डनका काला योजना,
सत्ता लिप्साका नयां खेल,

पुरानै कोट भिरेका नयांहरु,
बांकि सबै उस्तै, उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले देश छाड्नु अघि ।
च्याउ झै पलाएका सयौ आतंक विरुवाहरु,
सडकमा जलेका टायरका मुस्लो,
प्रतिशोधले दोबाटोमा तेर्साइएका गन्धे लासहरु

नङ्गयाइएकी नेपाल आमा
बांकि सबै उस्तै,उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले देश छाड्नु अघि ।

टोप बहादुर राई
संखुवासभा, हाल हङकङ
September 7, 2008

(स्रोत : खोटाङ डट अर्ग)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.