कविता : प्रवासीलाई देशको पत्र

~टोप बहादुर राई~Top Bahadur Rai

सबै उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले गाउं छाड्नु अघि
चौतारीमा विच्छयाइएका बम,
विस्थापित सुन्य गाउं,
कांडेतारले घेरिएका शहर
र डुवान पिडित तराई
सबै उस्तै,उस्तै छन।

संविधान सभाका फुस्रा गफ ,
गाउंमा बाडिएका खोक्रा आश्वसन,
श्रीपेच रहित राजा
र
अन्यौल बीच प्रजा
बांकि सबै उस्तै, उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले देश छाड्नु अघि ।
फाट्दै गएको धार्मिक सहिष्णुता,
विखण्डनका काला योजना,
सत्ता लिप्साका नयां खेल,
र
पुरानै कोट भिरेका नयांहरु,
बांकि सबै उस्तै, उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले देश छाड्नु अघि ।
च्याउ झै पलाएका सयौ आतंक विरुवाहरु,
सडकमा जलेका टायरका मुस्लो,
प्रतिशोधले दोबाटोमा तेर्साइएका गन्धे लासहरु
र
नङ्गयाइएकी नेपाल आमा
बांकि सबै उस्तै,उस्तै छन्
जस्तो थियो हिजो
अनि
अस्ति
तिमिले देश छाड्नु अघि ।

टोप बहादुर राई
संखुवासभा, हाल हङकङ
September 7, 2008

(स्रोत : खोटाङ डट अर्ग)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.