Tag Archives: नन्दलाल आचार्य – Nandalal Acharya

पुस्तक समीक्षा : भीम पौडेल घाँसेको ‘झड्केलो छोरो’

~नन्दलाल आचार्य~ कोशी प्रदेशको उदयपुर जिल्लामा साहित्यिक संघसंस्था थुप्रै छन् । साहित्यकार अनगिन्ती छन् । यद्यपि उपन्यास लेख्नेहरु भने ज्यादै कम छन् । राममणि पोखरेल, पुण्य कार्की, कपिल ठकुरी, विश्वराज ढुंगाना, नन्दलाल आचार्य, सूर्यनारायण चौधरीहरुले यस अघि नै उपन्यास विधामा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लघुकथा : माइन सेबोटेज

~नन्दलाल आचार्य~ ‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि, जे गर्नुपर्छ, गराँैला ।’ श्यामजीको चेतावनीलाई वेवास्था गर्दै भनेको थिएँ, ‘माथिको आदेशले त हामी बिग्रियौँ, भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

थारु लोक कथा : संसारको सृष्टिको कथा

~सङ्कलन : नन्दलाल आचार्य~ एक समय यहाँ चारैतिर अन्धकार र जलमग्न थियो । निरंजन ठाकुर नाम गरेका सत्पुरुष र अन्धाअन्धी दम्पति बाहेक कुनै प्राणी र जमिनको अस्तित्व थिएन । ती तीनै जना पानीमा तैरिएका थिए । तीनै जना शक्तिशाली थिए … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेपाली लघु-उपन्यास : कहाँ छस् ?

~नन्दलाल आचार्य~ १. अधोगतिको मूल जरो : दासत्व मनोवृत्ति मित्र अग्नि ! आज म तँलाई मेरो सेरोफेरो घुमाउँदै छु । मलाई शब्दमा उत्रेको पाएपछि तेरो मन पनि शान्त होला भन्ठान्दै छु । तेरा मनमा उठेका हरेक प्रश्नहरूले जवाफ भेटे भने … Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

लघुकथा : बोर्डिङ्गे माष्टर

~नन्दलाल आचार्य~ अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् । ‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए । ‘कथी भेलौ बौवा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

एकाङ्की : दाइजो

~नन्दलाल आचार्य~ पात्रहरू: दीपेश : (विज्ञान शिक्षक) वर्ष ४५ प्रिन्सिपल : (विद्यालयका संस्थापक) वर्ष ५२ हेडम्याडम : (विद्यालयकी संस्थापिका) वर्ष ४८ लेखापाल : (विद्यालयका कर्मचारी) वर्ष २८ जुनु र मुनु : (दीपेशका छोरीहरू) ९ र १० वर्ष (निजी विद्यालयका प्रिन्सिपलको … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : करार–विवाह

~नन्दलाल आचार्य~ (रङमा टाँगिएको ब्यानरमा ठूलो अक्षरमा ‘करार–विवाह’ लेखिएको छ । त्यहीँ कुर्सीटेबुल राखिएका छन् । त्यहीँ निम्न प्रकृतिका छजना नरनारीहरू बसेका छन् ।) पुण्य : ३९ बर्से विवाहित युवक (शिक्षित–पठित, लेखन र शिक्षण पेसामा आबद्ध) सृष्टि : २३ बर्से … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : देश हराएको सूचना

~नन्दलाल आचार्य~ पात्रहरू: सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसे युवक : ३० बर्से जवान युवक युवती : २८ बर्से युवती वृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको (सुनसानजस्तै सडक, कतै-कतै स-सानो गाइगुइँ आवाजमात्र । सडकभरि टायर बालेका काला … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : परिवर्तन

~नन्दलाल आचार्य~ पात्रहरू : सूत्रधार, देवराज, गङ्गाप्रसाद र पुष्पराज (सामान्य घरको बैठककोठा । बस्ने प्रयोजनका लागि टेबल, कुर्सी, डेक्स र बेन्चहरू राखिएका छन् । भित्तामा विश्व प्रसिद्ध राजनीतिज्ञ, कलाकार, साहित्यकार, दार्शनिक एवं धार्मिक व्यक्तित्वका तस्बिरहरू झुन्ड्याइएका छन् । त्यहाँ महामानव … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : पीडा एक : भाका अनेक

~नन्दलाल आचार्य~ पात्रहरू : सूत्रधार, सन्तोष, युवती, युवक र अधबैँसे आइमाई (सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । कतै सडक रक्ताम्य छ, कतै सडक कालाम्मे छ । कतै सडक सुक्खा छ, कतै पानीले हिलाम्मे छ । एक्कासि सूत्रधारको प्रवेश … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : एकता

~नन्दलाल आचार्य~ पात्रहरू आमा : अढाई शताब्दी पचाएकीले र नाना भाँतीका पीडा झेलेकीले मलिन मुद्रामा हिरण्य : असाध्य अग्लो भौतिक स्वरूप भएको पर्वत : मध्यम उचाइको तर फर्याकफुरुक गर्ने तमोर : सामान्य उचाइको (रङ्गमञ्चको पर्दा बिस्तारै खुल्दै जान्छ । मञ्चमा … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : जस्तो मति उस्तै गति

~नन्दलाल आचार्य~ पात्रहरू प्रभु : पति प्रभा : प्रभुकी पत्नी प्रमोद : प्रभा र प्रभुको छोरो प्रमिला : प्रभा र प्रभुकी छोरी प्रकाश : प्रभा र प्रभुको छिमेकी प्रणिता : प्रकाशकी पत्नी प्रपन्नाचार्य : गाउँका जान्नेबुझ्ने मानिस प्रकृति : प्रपन्नाचार्यकी … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययन

~दिल साहनी~ नन्दलाल आचार्यले मलाई ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को भूमिका कोरिदिनका लागि यस्तै एक वर्षअघि पाण्डुलिपि पठाएका हुन् । उनको भनाइ थियो, मैले पनि नाटक लेख्ने हुनाले उनका नाटकको मर्म बुझ्न सक्छु होला । तर आचार्यले पुस्तक प्रकाशित गर्न केही … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

बाल एकाङ्की : नाम तिम्रो काम हाम्रो

~नन्दलाल आचार्य~ पात्रहरू छात्रहरू : नवीन, नरेश र निमेष छात्राहरू : आयुषी, आभा र प्रिन्सिपल (शिक्षक अनुपस्थित कक्षाकोठा । अघिल्ला डेक्सबेन्चहरू भाँचिएका छन् । अटेसमटेस भएर विद्यार्थीहरू पछिल्ला डेक्सबेन्चमा बसेका छन् । कक्षामा अरू खाली डेक्सबेन्च भए पनि रित्ता छन् … Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : नम्र विनम्र

~नन्दलाल आचार्य~ कर्णनाथ : ४५ बर्से अविवाहित युवक । शिक्षित, पठित र बेरोजगार युवक । बेला न कुबेला बोलिरहने । प्रेमसम्बन्धी विभिन्न विद्वान्को भनाइ ख्याल गर्ने स्वार्थविहीन व्यक्ति । कुरामा कुरा चल्दामात्र नत्र अरू पात्रहरू कर्णनाथका कुरामा ध्यान दिँदैनन् । … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : मुक्त

~नन्दलाल आचार्य~ (ठूलो घडी चित्राङ्कित ठूलो पर्दा झुण्डिएको छ । घडीको केन्द्रमा गोलो घेरा छ । त्यसभित्र लौरो टेकेर टुक्रुक्क बसेको प्रौढ र जवानीमा प्रवेश गर्दै गरेको बाँदर बन्धन मुक्त अवस्थामा रहेको तस्विर छ । प्रौढ त्यसलाई दाने भन्दछ । … Continue reading →

Posted in नाटक | Tagged | Leave a comment

स्रष्टा परिचय : नाटकमा विविधताको खोजी

~कृष्ण शाह यात्री~ नेपाली नाटकमा पछिल्लो दशकमा देखिएको सक्रिय नाम हो– नन्दलाल आचार्य । उनले नाटकसँगै कविता, कथा र निबन्धमा पनि कलम चलाउँदै आइरहेका छन् । मोफसलमा रही निरन्तर साहित्यसाधना गरिरहेका आचार्यको पहिलो नाटकसङ्ग्रह हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘इच्छुक–बकपत्र’लाई नियाल्दा

~मोहनराज शर्मा~ नन्दलाल आचार्य (२०३०) मोफसलमा साधनारत युवा साहित्यिक प्रतिभा हुन् । उनको जन्म उदयपुरमा भए पनि उनले राजविराजलाई कर्म थलो बनाएका छन् । उनी राजविराजमै रहेर शिक्षण र साहित्यलेखन दुवै गर्छन् । शिक्षण उनको पेसा हो भने साहित्यसिर्जना उनको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मैथिल नारीका युगसापेक्ष आवाजः ‘अपन मिथिलाक गीत’ भित्र

~नन्दलाल आचार्य~ जेष्ठ महिनाको प्रचण्ड गर्मीमा ‘नारदी’ नामक मैथिल लोकनाट्य/गायन कार्यक्रममा अतिथिका रूपमा मैले पनि सहभागी हुने सौभाग्य पाएको थिएँ । प्राज्ञ रमेश रञ्जन, बरिष्ठ पत्रकार शिवहरि भट्टर्राई, मैथिल भाषा, संस्कृतिका अभियन्ता तथा मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु मण्डल, मैथिली … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘चाँदनीको व्यथा’मा लुकेको पीडा-प्रलाप

~नन्दलाल आचार्य~ सुदूर पश्चिमाञ्चल भौगोलिकरूपमा दुरुह भए पनि साहित्यको विकासका दृष्टिले समृद्धशाली क्षेत्र हो । इतिहासका पाटालाई केलाउँदा पनि महत्वशाली र गौरवशाली क्षेत्र हो । प्राकृतिकरूपमा समेत मनोरम स्थलले ढाकेको त्यहाँको जनजीवन प्राकृतिकता छ । चाँदनी र दोधारा गाविस नै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘मुक्तिसंघर्ष’को मैदानमा कवि राजेश विद्रोहीको परीक्षा

~नन्दलाल आचार्य~ ‘थोरै साहित्यको निर्माण गर्न धेरै इतिहास लाग्छ ।’– हेनरी जेम्स ‘मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन, मनुष्य समस्त वस्तु र स्वयं स्रष्टा हो, मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।’– म्याक्सिम गोर्की अ. विषय प्रवेश … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘आमाको स्मृतिमा’ बनेको ‘सत्यप्रेमी’को आँसुको दह छिचोल्दा….

~नन्दलाल आचार्य~ सुदूर पश्चिमाञ्चलको साहित्यको रथका एक सारथी रहँदै गीत, गजल र कविता रचनामा सक्रिय जुझारु स्रष्टा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का ‘हाम्रो कर्तव्य र गन्तव्य’ -खण्डकाव्य, २०६३), ‘चाँदनीको व्यथा’ -गजलसङ्ग्रह, २०६८) र ‘आमाको स्मृतिमा’ -शोककाव्य, २०६९) गरी तीन कृतिहरू प्रकाशित भएका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : जनसाहित्यमा थपिएको एक बलियो इँटः ‘रक्तमुच्छेल अंकुरण’

~नन्दलाल आचार्य~ साहित्य र कलाले गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर गरी नयाँ परिवर्तनमा निकै दूरगामी भूमिका खेल्ने गरेको र त्यसमा पनि अहिलेसम्म सामन्ती सत्ताले दवाइराखेका क्रान्तिकारी, समाजवादी, यथार्थवादी साहित्य र कला जनतामा निकै फस्टाइरहेको छ । – रामकुमारी यादव प्रगतिवादी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : युद्ध

~नन्दलाल आचार्य~ १) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस् गरिस्, थुप्रै गरिस् मनमनमा ढ्याङ्ग्रो ठोकिस् जीवनमा पटकपटक भूकम्प ल्याइस् सडक तताइस्, न्रि्रा खोसिस् सपना बाँडिस्, अस्थिर भविष्य दिइस् थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुनाकन्दराबाट र्समर्थन भेटिस्

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : देश हराउँदाको पीडा

~नन्दलाल आचार्य~ प्रिय देश, आज सबैतिर छुट्टी मिलाएको छु । तिमीसँग मनग्यै भलाकुसारी गर्नुछ । हिजोका पात्राहरू उल्टाउनुछ । भोलिका नक्साहरू पल्टाउनुछ । हक्कीसँग बोल्नुछ । ज्यान जोगिने गरी ध्यान राख्नुछ । तिमी मसँग छैनौ र हुँदैनौ पनि । तर, … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : ठगठाग युगाय नमः

~नन्दलाल आचार्य~ सखडेश्वरी भगवती माता ! म भगवती पुत्रीको भक्तिभाव स्विकार गर ! ० निवेदन गर्छु सभक्ति शिर झुकाउँछु । मनमा स्वार्थ छ, त्यसैले पाउ पर्छु जसो भन्छेऊ, त्यसै गर्न तत्पर छु । देवीका चरणमा सविनय नम्र निवेदन यो छ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : देउता

~नन्दलाल आचार्य~ म सानै थिएँ । धेरै कुरो बुझ्ने उमेर पनि भएको थिएन । एकदिन मानिसहरूले देउता ठानेर ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

एकाङ्की : छलछाम छात्ते छ पार्टी

~नन्दलाल आचार्य~ पात्रहरूः अध्यक्ष ः छट्टुराज उपाध्यक्ष ः छत्तीसमान सचिव ः छयालीसबहादुर सहसचिव ः छरितकुमार सदस्य ः छन्नुलाल सदस्य ः छक्कमाया (घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू यत्रतत्र छन् । सरसफाइ र … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : आजका मान्छेहरु

~नन्दलाल आचार्य~ रमाउने इच्छाले प्रेरित मस्तिष्कहरु सृ्क्ष्म निरीक्षण गर्न त्रिनेत्र जड्नेहरु अर्काको मन बुझ्न खोज्ने मनहरु थाहै नपाई नाङ्गिएझै ंशिशीरका वृक्षहरुजस्तो नाङ्गिदैछन् आजका संस्कारवीहिन मानवहरु । कस्तो विडम्बना के नाङ्गिनैपर्छ वसन्त ल्याउन वृक्षहरुले ? के नाङ्गिनैपर्छ सभ्य कहलाउन मान्छेहरुले ?

Posted in कविता | Tagged | Leave a comment

गजल : केही काममा हुन्छु

~नन्दलाल आचार्य~ सधैँजसो केही न केही काममा हुन्छु रावणलाई छाडी म त राममा हुन्छु। धेरै मान्छेसँग काम एकैसाथ गर्दा त्यस्तो भीडभाडमा म त लाममा हुन्छु।

Posted in गजल | Tagged | Leave a comment

कथा : जिउँदो साँढे

~नन्दलाल आचार्य~ भयावह समय तेर्सिएको हुन्छ । जताततै मुखौले कानूनले जरा गाडेको हुन्छ । बोल्न र भन्न पाइन्न । सुन्नु मात्र पर्छ । सुन्दासुन्दा कान पाक्छन् । जुन प्रश्न सोधिन्छ त्यसकै मात्र सटिक जवाफ पस्कनुपर्छ । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : राष्ट्रिय अस्मिता

~नन्दलाल आचार्य~ कहिल्यै नजलेकी यसवर्ष तिमी जल्न पुग्यौ कहिल्यै त्यत्तिविघ्न नगलेकी यत्तिखेर तिमी असाध्यै गल्न पुुग्यौ हुन त हो , कही नभाको जात्रा हाँडी गाउँमा यो पनि यहीँ त्यो पनि यहीँ सबै यहीँमात्र छ र त धुलो उडिरहेछ र पो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment