Tag Archives: माधव ‘सयपत्री’ – Madhab Sayapatri

कथा : दोधार

~माधव सयपत्री~ म आफ्नो काममा तल्लीन थिएँ । उसले कुन बेला यो पत्र मेरो ब्युटिपार्लरअगाडि छाडेर गयो, मैले पत्तो पाइन् । पत्र मेरी बैनी प्रतिभालाई सम्बोधन गरी लेखिएको छ । यो चिठी भेटेपछि म एकदमै दोधारको स्थितिमा छु । के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुसूया

~माधव सयपत्री~ म होटेलभित्र छिर्दा त्यसले आफ्नो अनुहारको आँखामुनिको भाग निलो सलले छोपेकी थिई । आँखैले त्यो युवती ग्राहकसित कुरा गर्थी । आवाज निकाल्दिनथी । सोचेँ ‘अचम्मकी यो युवती साहुनी होली कि कामदार ?’ होटेलवाल्नी ऊ नै रहिछे । ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : निलिमाको नयाँ स्कुल

~माधव सयपत्री~ निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो । गाउँमा ६ कक्षा पास गरेपछि लिमालाई बाबाले सहर लैजानुभयो । आमा पनि सँगै जानुभयो । बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो । नयाँ स्कुलमा पिङ थियो । स्विमिङ्ग … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : मुकुण्डो

~माधव सयपत्री~ त्यो क्षतविक्षत प्रहरी चौकीसँग उसको के सम्बन्ध थियो, कसैलाई थाहा थिएन । घाम डुबेपछि विक्रम घरदेखि १५ मिनेट टाढा भत्केको प्रहरी चौकी जान्थ्यो । घण्टौंसम्म त्यतै हराउँथ्यो, वरिपरि घुम्थ्यो, भक्कानिथ्यो । रात निकै छिप्पिएपछि आउँथ्यो । घर आइपुग्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मखमलीका राजाहरू

~माधव ‘सयपत्री’~ मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- ‘गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।’ नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो । मखमलीको निरक्षर मस्तिष्कले सोचेथ्यो- ‘कृष्ण धनी छन् र सुदामा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तार्किक निष्कर्ष

~माधव ‘सयपत्री’~ भगतसिं दोस्रो पटक गाउँमा आयो बीस वर्षपछि ऊ पहिलो पटक गाउँ भएको थियो । त्यो चोटि भरियासहित आएको थियो । भरियाका पिठ्यूँमा जनतालाईं बाँड्ने चामल होइन, कागजका ठेली थिए । कागजका पन्नामा महफ्वपूर्ण कुरा लेखिएको थियो । साथमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छापामार नबनेर ठीकै गरेँ

~माधव ‘सयपत्री’~ मुटुरोगले च्याप्दैलगेपछि विप्लव ओछ्यान परेको थियो । छोराछोरी हुर्काएर मर्ने उसको इच्छा नै मर्दैमर्दै गएको थियो । श्रीमतीको झर्कोफर्को निकै बढ्न लाग्यो । श्रीमतीको मनले भन्न लागेको थियो, ‘यिनलाई हेरचाह गर्न नपरे म ढुक्कले खेतपाती, वस्तुभाउ गर्दी हुँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पेशल सरको ‘किस्ताको कम्प्युटर’ पठनीय बालकथा

~माधव ‘सयपत्री’~ सुनसरी जन्मथलो भई रामेछापलाई कर्मथलो बनाएर बसेका साहित्यकार पेशल आचार्य बालसाहित्यमा एउटा परिचित नाम हो । एउटा साधु तपस्यामा लीन भएझैँ पेशल पनि दुई दशकदेखि साहित्यमा तपस्यारत छन् । नेपाली साहित्य अध्ययनमा राम्रो दख्खल भएका उनी मोफसलीय साहित्यलाई … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : नाङ्गो सहर र नाङ्गा मान्छेहरू

~माधवप्रसाद उपाध्याय ‘सयपत्री’~ यो सहर नाङ्गो छ । मान्छेहरू नाङ्गा छन् । वातावरण नाङ्गो छ । परिस्थिति नाङ्गो छ । मान्छेहरू नाङ्गो हुनुमा र नाङ्गै हिँड्नुमा गर्व गर्छन् । आफ्नो घरमा नाङ्गिनु, कोठामा नाङ्गिनु, ट्वाइलेट र बाथरुममा नाङ्गिनु, सहवासमा श्रीमान्-श्रीमती … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : फुच्चे घर छाड्दैन

~माधव ‘सयपत्री’~ व्यञ्जना र अनुराग दिदीभाइ हुन् । उनीहरू घरबाट टाढा डेरामा बसेर पढ्छन् । गाउँमा हाइस्कुल नभएर त्यसो गर्नुपरेको हो । व्यञ्जना र अनुरागको घरमा एउटा फुच्चे बिरालो पनि थियो । उनीहरूको बाबा एउटा प्राथमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : वर्णहरूको झगडा

~माधवप्रसाद उपाध्याय ‘सयपत्री’~ एउटा किताबमा स्वरवर्ण समूह र व्यञ्जनवर्ण समूहका अक्षरहरू बस्थे । तिनीहरूले बोली र लेखाइमा कब्जा जमाएका थिए । दुवै समूहलाई आˆनो समूह महìवपूर्ण छ भन्ने ठूलो घमण्ड थियो । तिनीहरू सधैँ झगडा गरिरहन्थे तर सँगै जोडिएर बस्नुपर्ने … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : बधाई छ दीपमाला !

~माधव ‘सयपत्री’~ किनकिन डी.बी. सरलाई महिला चालक भएको टेम्पु चढ्न मान लाग्छ । डीबी अर्थात् दिलबहादुर धामी सर । दिलबहादुर धामी सरको घर नेपालको पश्चिमी जिल्ला दार्चुला हो । जागिर खाने सिलसिलामा उनी रामेछाप पुगे । धेरै वर्ष रामेछाप उनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसरी भत्किए कविजी

~माधव सयपत्री~ अगाडि कवि महेश प्रसाईं छन् र पछाडि म छु । उनी हाकिरहेका छन् आफ्नो दुई खुट्टे अश्व यन्त्र अर्थात् मोटरबाइक । सडकको अस्तव्यस्त ट्राफिक अवस्था र सवारी साधनहरुको कुइरीमण्डल उपस्थितिलाई कविजीले छलाईछलाई आफ्नो साधन हुँइक्याउन पनि भ्याएका छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : आफ्नो आफ्नो काम

~माधव सयपत्री~ ‘दिदी, हेर्नुस् त, कमिलाको ताँती। भित्तामा कमिला, भुइँमा कमिला। जताततै कमिलैकमिला। यी कमिला कहाँ जान हिँडेका होलान्?’ दमनले सोधे। दीक्षाले भनिन्, ‘उनीहरूको पनि आफ्नो काम हुन्छ नि भाइ, हेर न, कसरी मिलेर काम गर्छन् कमिलाले।’ दीक्षा र दमन … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : खाडल

~माधव सयपत्री~ म क्याम्पसबाट घर पुग्दा बैठक कोठामा एक अधबैंसेका साथमा एउटा युवक धुम्धुम्ती बसिरहेका थिए। बुबाको आदेशअनुसार म चिया लिएर बैठक कोठामा प्रवेश गरें। पछि ती युवक मलाई हेर्न आएको कुरा थाहा पाएँ। मेरो बुबा र उनीहरूबीच के कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोहभङ्ग

~माधव सयपत्री~ म मूढजस्तो बनेको शरीरलाई ओछ्यानमा यताउता पल्टाइरहेको थिएँ । शरीर जीर्णजीर्ण बन्दैथियो । औषधिले समेत काम गर्न छाडेको थियो । छोराछोरी हुर्काएर मर्ने मेरो इच्छा मर्दैमर्दै गएको थियो । ओछ्यानले पनि रिस गर्न थालेको थियो । त्यसैले त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसाज सेन्टरमा कथाकार

~माधव सयपत्री~ घाम अस्ताइसकेको थियो । साँझले सहर ढाक्न लागेको थियो । दीपमालाले आफ्नो टेम्पू कोटेश्रमा रोकेकी थिई । टेम्पू भरिएको थिएन । ऊ भन्दै थिई, ‘लगनखेल, लगनखेल । सिट खाली । अब हिँड्नै लाग्यो ।’ ट्राफिकप्रहरीले कर्कश सिट्ठी बजायो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

वाल कथा : थाल

~माधव सयपत्री~ मधु त्यो घरमा काम गर्न बसेको तीन वर्ष भएको थियो । उनले त्यो घरमा धेरै काम गर्नुपथ्र्यो । करलागी परेर मालिकले मधुलाई छैटौं कक्षामा भर्ना गरिदिए । कामको बोझ भए पनि मधु राम्ररी पढ्न थाले । उनी विद्यालयको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : रातो फूल

~माधव सयपत्री~ देवीको मन्दिरमा मेला धुमधामसँग लागिरहेको छ । भक्तजनहरु थालीमा अक्षता, ढकीमा फूल लिएर देवीको शिरमा चढाउन तँछाड–मँछाड गरिरहेका छन् । मानौं, कथित धर्मको हिस्सा भक्तजनहरुलाई आफ्नो भागमा बढीभन्दा बढी पार्नुछ । हितबहादुर विश्वकर्मा, ऊ पनि त्यही धर्मभिरु समाजमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : निरमायाको भोट

~माधव सयपत्री~ चैतको अन्तिमसाता भए पनि भौगोलिक उचाइका कारण केही जाडो थियो । रामेछाप, डडुवा गाविस सुर्के–द्यौराली बुथमा संविधानसभाको चुनाव गराउन खटिएका थियौँ । तीनदिनअगाडि हामी बुथमा पुग्यौँ । सुरुमा हामीलाई बसोबासको समस्या प¥यो । सुरक्षाकर्मीलगायत सबै स्कुलमै सुत्ने भयौँ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : दिग्भ्रम

~माधव सयपत्री~ नीरकलाले औँला भाँचेर लोग्ने भेट्ने दिन गनी। आफ्नै मनलाई भनी, “आज शनिबार। आइतबार एक, सोमबार दुई, मंगलबार तीन, बुधबार चार। आजसमेत चार रात। जाबो चार रात ! चा-चार वर्ष त बिताएँ। अब चारचोटिमा घाम उदाएर अस्ताए भने म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : सीमान्त विचलन

~माधव सयपत्री~ आजकल मेरो मन अत्यन्त उद्वेलित भैरहन्छ । फर्केर आफ्नै भूमिमा जाउँ जाउँ लाग्छ । केको कमी थियो र हामीलाई त्यहाँ ? सबैथोक पुगेको थियो । हामीले देश छोड्न लागेको बेलामा आफन्तहरू आएर धर्धरी रूँदा पनि श्रीमान मान्नुभएन । … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment