समीक्षा : नेपाली लोकछन्द : विगत र वर्तमान

~गोविन्द अर्याल~

विषय प्रवेश
शास्त्रीय छन्दका कुनै पनि नियम–अनुशासनहरुमा नबाँधीकन आप्mनै नेपाली लोकसंस्कृति, प्रकृति, जातीय परम्परा र स्थानीयताका आधारमा स्वस्फूर्तरुपमा पैदा भएका मौलिक छन्द नै लोक वा जातीय छन्द हुन् । यसमा नेपाली ग्रामीण जनजीवनका मेला, चाडपर्व, मिलन–बिछोड, आँसु–हाँसो, भाव–अभाव आदि विभिन्न विषय र सन्दर्भहरुको सुन्दर अभिव्यक्ति पाइन्छ । यस्ता नेपाली लोकछन्दहरुमा तल उल्लिखित छन्दहरु मुख्य छन् :

क) झ्याउरे (क)
दुई हरफको एक श्लोक मानिने र एक हरफमा १६ अक्षर हुने लोकछन्दलाई भ्mयाउरे छन्द भनिन्छ । यसलाई असारे भ्mयाउरे छन्द पनि भनिन्छ । ग्रामीण परिवेशसँग सम्बन्धित यस छन्दलाई लोकलय वा लोकछन्द पनि भन्ने गरिएको छ । देश, काल, परिस्थिति र कवि हृदयअनुसार छन्दको स्वरुप–संरचना निर्माणमा एकरुपता रहेको पाइँदैन तापनि यसका हरेक पाउमा ३+२+३+२+३+३– १६ अक्षर हुन्छन् । यसका हरेक पाउको पाँचौँ, दसौँ र सोह्रौँ अक्षरमा यति वा विश्राम हुन्छ । यसमा अन्त्यानुप्रासको प्रयोगमा ज्यादा जोड दिइने गरिन्छ । मूलतः यस छन्दलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्यमार्फत लोकप्रियताको शिखरमा पु¥याएका छन् । एउटा उदाहरण हेरौँ–
क्षेत्रीको छोरो यो
पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले
हुन्छ जातले हुँदैन ।।

क) झ्याउरे (ख)
सबै भाव र विषयमा सुहाउने तथा कविता, गीत र गजलहरु पनि लेखिन सक्ने अर्को लोकप्रिय लोकछन्दलाई पनि झ्याउरे नै भनिन्छ । यसका हरेक पाउमा ४+४+४+४ गरी जम्मा १६ अक्षर नै हुन्छन्, जस्तै ः
सपनाको पूmलबारीमा
फेरि आगो लाग्न थाल्यो
आशा डुल्ने आकाशमा
बादलले ढाक्न थाल्यो
देवी नेपाल (छन्दपराग)

ख) सवाई
सवाई जीवन र जगत्का मह¤वपूर्ण र ऐतिहासिक घटनाको वर्णन गरिएको नेपाली समाजमा ज्यादै प्रचलित छन्द हो । यो वर्णनात्मक तथा गेयात्मक पारामा भनिने एवम् गाइने छन्द हो । यसलाई गाइने भ्mयाउरे लय पनि भनिएको छ । यस सवाईको अन्त्यमा माथिल्लो कथनको सारवस्तु, लेखकको परिचय, बिन्ती बिसाउ राख्ने गरेको पाइए पनि यो नियम बनेको पाइँदैन । सरल एवम् सरस शब्दावलीको उपयोग गरी बढीभन्दा बढी गेयात्मक तुल्याउनु यस लयको मुख्य विशेषता हो । १४–१४ अक्षरको एउटा उदाहरण हेरौँः
सुन सुन भक्तजन
तीर्थ गर्ने बाटो ।
घुमिफिरी अज्ञानको
हर सबै टाटो ।।
(तीर्थराज, तीर्थवलीको सवाई)

तीजे भाका
तीजको समयमा विशेषगरी चेलीबेटीहरुले आप्mना जीवनमा भोगेका दुःख र पीडाहरुलाई गीतका माध्यमबाट व्यक्त गर्ने लोकछन्दलाई तीजे छन्द भनिन्छ । छन्दकुञ्जमा यसका हरेक पाउमा ४+३+४+३+३ गरी जम्मा १७ अक्षर हुने र छन्दपरागमा पहिलो र तेस्रो पाउमा १५ अक्षर (४+४+४+३) र दोस्रो र चौथो पाउमा १३ अक्षर (४+४+२+३) हुने (नेपाल, २०७५ : २६७) उल्लेख गरिएको छ, जस्तैः
आमा दिदी बहिनी नारी
स्वतन्त्र निम्ति लडेमा
पुरूषझैँ हामी छौँ
उन्नतिको शिखर चढेमा
(चन्द्रप्रसाद न्यौपाने, छन्दकुञ्ज)
घाँसे गीत/घाँसे भाका/नेपाले गीत/नेपाले भाका/काँठे भाका
घाँसेगीत वनमा या भीरपाखाहरुमा गई घाँसदाउरा गर्ने समयमा गाइने लोकछन्दलाई घाँसेगीत छन्द भनिन्छ । यसलाई काँठेभाका, नेपाले गीत, नेपाले भाका पनि भनिएको छ । काठमाडौँ र त्यसवरिपरिका क्षेत्रमा गाइने लोकलय नै घाँसेगीत हुन् । १९ अक्षरीय लयका हरेक पाउमा ४+२+४+२+४+३ गरी जम्मा १९ अक्षर नै हुन्छन्, जस्तैः
आपूm एक मरी बचाउने
लाख तिनी महामानव
नमस्कार मेरो क्रान्तिकारीलाई
देशका हौ वैभव ।।
(चन्द्रप्रसाद न्यौपाने, छन्दकुञ्ज)

सिलोक
विवाहमा घर र माइतीतर्पmका सिलोकेले जुवारी खेल्दा गरिने प्रश्न र उत्तरात्मक लोकछन्दलाई सिलोक भनिन्छ । यसका हरेक पाउमा ३+३+३+३+२+२+३ गरी जम्मा १९ अक्षर नै हुन्छन्, जस्तै ः
कखरा पढेर सिपालु हुनेछ्यौ
राम्री तिमी सुन्दरी
यो धूलो माटामा नबस
यसरी हुन्छ दुःख बेसरी ।।
(चन्द्रप्रसाद न्यौपाने, छन्दकुञ्ज)

कर्खा
कर्खा नेपाली लोकसाहित्य परम्परामा जन्मिएको अत्यन्त लोकप्रिय छन्द हो । यसका हरेक पाउमा जम्मा २० अक्षर नै हुन्छन् ।
बैगुनी बन्छ सुखमा दुःख
मित्रता गाँस्छ दुःख सुख रे
छ विपरीत के भन्नु मैले
दुःख सुख संयोग बन्यो के ।।
(चन्द्रप्रसाद न्यौपाने, छन्दकुञ्ज)

रोइला
रोइला नेपालको मध्यपश्चिम क्षेत्रअन्तर्गत पहाडी इलाकामा गाइने अत्यन्तै लोकप्रिय लोकछन्द हो । यसमा कविता, गीत र भजनहरु पनि लेखिने गरेको छ । यसमा तीन पाउको एक श्लोक हुने र पहिलो पाउमा ६ अक्षर, दोस्रो र तेस्रो पाउमा सात–सात अक्षर हुन्छन् (देवी नेपाल, पूर्ववत्, पृष्ठ २६६ र २६७) । यसमा पहिलो हरफमा ४+२ गरी ६, दोस्रामा ४+३ गरी ७, तेस्रामा ४+३ गरी ७ अक्षर हुन्छन् ।
बस गुँदरीमा
धुलो मैलो सर्दैन
पैसा तिर्नु पर्दैन ।

ग) भजन
देवीदेवताको नाम तथा यशको विशेषता गाउँदै बजाउँदै गरिने स्तुतिलाई भजन भन्ने गरिन्छ । यसमा देवीदेवताको गुणानुवर्णन गरिएको हुन्छ । देवीदेवताको गुणगान गरिएको गीतलाई पनि भजन भन्ने गरिएको छ । कतिपय भजनहरु गीतका संरचनामा पनि प्रस्तुत भएका छन् । यसमा भक्तिभाव अत्यन्त तरल बनेर प्रवाहित भएको हुन्छ । यहाँ खेमराज केशवशरणद्वारा लिखित ‘समर्पण’मा प्रस्तुत भजन उदाहरणका रुपमा प्रस्तुत गरिएको छ ः
बजाऊ प्रेमको वंशी
सुनाऊ मन्त्र त्यो कुन हो ।
तिमीमै आउने मोहन
बताऊ साधन कुन हो ।। बजाऊ ।।
(पुष्प तेईस, खेमराज केशवशरण (समर्पण) मारूनी)
मारूनी नाचमा छिटोछिटो लयमा गाइने छोटो लयलाई मारूनी भाका भनिन्छ । अजन्त शब्दको हलन्त र इ, उ अक्षरको अद्र्धस्वर उच्चारण हुँदा ९, ११ र १२ अक्षरमा पनि यसको संरचना देखिए पनि ४+३+३ गरी १० अक्षर संरचनामा यसको निर्माण हुने गर्दछ ।
राजा रानी बैगुनी हुँदामा
गरिबीले आकाश छुँदामा
क्रान्ति भई रगत बग्दछ
आँसुमाथि झन् आँसु थप्दछ ।।
चन्द्रप्रसाद न्यौपाने

छोक
‘छोटो कविता’ अर्थात् ‘छोक’ नेपाली कविता परम्परामा सबैभन्दा छोटो आकारमा लेखिने कविता हो । यो दुई, तीन वा चार हरफमा सकिनुपर्छ, अर्थात् यसको संरचनात्मक आकृति दुईदेखि चार हरफसम्मको हुन्छ । वर्तमानमा छोक लेख्ने प्रचलन निकै बढेर गएको छ ।

एलाक
‘एलाक’ अर्थात् ‘एक लाइने कविता’ पनि नेपाली कविता परम्परामा २०४३ सालमा इलामबाट आरम्भ भएको हो । यसलाई डम्बर पहाडी, होम भट्टराई र शिशिर खरेलले आरम्भ गरेका हुन् । सात शब्दमा नबढाई लेखिने यस कवितालाई पूर्णविराम दिई संरचना पूरा गरिन्छ । यसको शीर्षक अन्त्यमा दिइने चलन छ ।

मुक्तक
मुक्तक साहित्यको अत्यन्त लोकप्रिय विधा हो । यो मुक्त र बद्ध दुवै लयमा लेखिन सक्ने भएकाले चारदेखि आठ हरफसम्म रहेका हुन्छन्, तथापि चार हरफचाहिँ यसको न्यूनतम संरचना हो । यद्यपि, मुक्तक दुई हरफदेखि आठ हरफसम्मको संरचनामा संरचित हुन्छ । पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रास रहे पनि चौथो हरफमा अनुप्रास अपेक्षित रहन्न बरू यो स्वतन्त्र हुन्छ । पहिलो हरफमा भावको थालनी र उत्सुकताको सुरूवात गर्ने, दोस्रामा भावलाई गति दिँदै उत्सुकतामा वृद्धि गर्ने, तेस्रामा वैचारिक निष्कर्षका लागि परिवेश निर्माण गर्ने र चौथामा लेखकीय अभिमत र विचारको तर्कपूर्ण स्थापना गर्ने कार्य गरिन्छ

लोकपद्य
लोकपद्य भनेको नेपाली लोकजीवनमा युगौँयुगदेखि प्रयोग हुँदै आएका सिलोक हुन् । विशेषगरी विवाह, व्रतबन्ध र पावन पर्वहरुमा यस्ता पद्यहरु गाइने गर्दछ । विवाहमा वधूपक्षले प्रश्न गर्ने र वरपक्षले उत्तर दिने सन्दर्भमा लोकपद्यहरु रचिएका हुन् । यो प्रश्नोत्तर शैलीमा मात्र नभएर विषयको वर्णन र सूचना सम्प्रेषण गर्ने शैलीमा पनि लेखिने गर्दछ ।

कवित्
कवित् भनेको नेपाली लोकलयमा संरचित पद्य हो । कुनै शास्त्रीय नियम वा संरचनामा आबद्ध नभएर लयमा आबद्ध हुन्छ । यसमा संरचनात्मक आबद्धताभन्दा पनि विषयवस्तुको प्रस्तुतीकरणमा जोड दिइएको हुन्छ । स्त्री सौन्दर्यको वर्णन संवादात्मक, प्रश्नोत्तर आदि विषयहरुमा पनि लेखिने गर्दछ (देवी नेपाल, पूर्ववत्, पृष्ठ १०) । यी शिष्ट र अशिष्ट दुवै परम्पराबाट प्रभावित रही लेखिने गर्दछ ।

कूटपद्य
कूटपद्य भनेको नेपाली लोकजीवनमा प्रचलित लघुतम संरचना हो । यसमा उत्तरदातालाई उत्तर दिन अतिशय कठिन हुने गरी प्रश्नहरु तयार पारिएको हुन्छ । कूटपद्यको मुख्य उद्देश्य भनेको श्रोतालाई उत्तर दिनै नसक्ने बनाउनु हो (देवी नेपाल, पूर्ववत्, पृष्ठ १०) । कूटपद्यको रचना र प्रयोग यसप्रकार हुन्छ ः

सायरी
ऊर्दू तथा हिन्दी कविता परम्पराका विभिन्न विधामध्ये शायरी एउटा अत्यन्त लोकप्रिय विधा मानिन्छ । ऊर्दूमा शायरी लामा लामा लेखिने गरे पनि वर्तमानमा छोटो संरचनामा पनि लेखिने गरेको छ । यसमा शक्तिशाली विद्युतीय झड्का हुने, प्रायः दुई हरफमा आप्mनो चोटिलो भाव सम्प्रेषण गर्न सक्ने शक्ति हुने, यसको शक्ति पछिल्लो हरफमा वा त्यसको हरफको कुनै एउटा शब्दमा लुकेको हुने, बद्ध र मुक्त दुवै लयमा रचना गर्न सकिने, अनुप्रासमूलक झड्का अनिवार्य मानिने, दुई वा चार हरफ हुन सक्ने, गजलको मतला, गीतको स्थायी वा एउटा मुक्तक नै एउटा शायरी हुन सक्ने नियम रहेको छ ।

दोहा
दोहा संस्कृतको मात्रिक छन्दअन्तर्गत अद्र्धसम मात्रिक छन्दभित्रको एक छन्द हो । यसमा अयुक् (विषम) चरणमा १३—१३ अक्षर र युक् (सम)मा ११–११ मात्रा हुन्छ । यसको अन्त्यका मात्रा गुरू र लघु अक्षर हुनु आवश्यक छ । यो ऊर्दू, हिन्दी र भोजपुरीमा ज्यादा लोकप्रिय रहे पनि नेपालीमा खासै लेख्ने गरिएको नपाइए पनि गोपाल अस्कले लेख्ने गरेको देखा पर्दछ (देवी नेपाल, पूर्ववत्, पृष्ठ १२) । यसमा यति अन्त्यमा हुन्छ ।

केस्रा
केस्रा नेपाली कविता परम्परामा देखा परेको एउटा नवीनतम विधा हो । ६० को दशकको अन्त्यतिर देखा परेको यस विधा प्रवर्तन गर्ने मौलश्री लिम्बू हुन् । यसको संरचना ६ हरफको मात्र हुने, पहिलो हरफमा एउटा अनुप्रास प्रयोगको थालनी हुने, दोस्रो हरफमा पहिलो हरफको अनुप्रासमा मिल्दो शब्दको प्रयोग गरिनुपर्ने, तेस्रो हरफमा अनुप्रासरहित स्वतन्त्र शब्दको प्रयोग हुने, चौथो हरफमा पहिलो र दोस्रो हरफमा प्रयोग भएको जस्तै नयाँ अनुप्रासयुक्त शब्दको प्रयोग गरिने, पाँचौँ हरफमा पहिलो हरफको अनुप्रासको पुनरावृत्ति गरिने, छैटौँ हरफमा मिल्दो नयाँ अनुप्रासका साथ चोटिलो कथनका साथ समापन गरिने, केस्रा लघुतम संरचनाअन्तर्गत पर्ने गर्दछ ।

खिचडी
खिचडी विधाभन्दा पनि छन्दका रुपमा प्रयोग गरिएको रचना हो । यसको पहिलो प्रयोग कवि एसबी थापाले गरेका हुन् । यसको संरचनात्मक ढाँचा निम्नलिखित रहेको छ– एक अक्षरदेखि सात अक्षरसम्मका सात हरफमा लेखिने, पहिलो हरफको अनुप्रासीय निरन्तरता अन्तिम अक्षरसम्म रहने, छनोट गरिएका निश्चित आधार पाउहरु र तिनको संख्यात्मक गुणनफलबाट सम्पूर्ण सङ्ख्या निर्धारण गरिने र यो पिरामिडजस्तै देखिने गर्दछ ।

फाँचल
फाँचल नेपाली कविताको परम्परामा पैदा भएको नयाँ विधा हो । यसको प्रवर्तन सिन्धुपाल्चोकका जीतेन्द्र श्रेष्ठ ‘रसिक’ले गरेका हुन् । आठभन्दा बढी हरफमा लेखिने हुनाले यो कविताको लघुरुपअन्तर्गत पर्ने, गजलका शेरहरुजस्ता देखिए पनि हरेक दुई हरफलाई फाँचलमा विथि भनिने, फाँको, फेत, विथि, उँजाइ, पुच्छ, उठानचुली, जडानकुशल, पुञ्ज र महापुञ्ज यसका मुख्य त¤वका रुपमा रहने, फाँकोमा अनुप्रास अनिवार्यरुपमा रहने, फेत फाँचलको उठानचुली र जडानकुशललाई पूर्णता दिने त¤वका रुपमा रहेको, हरेक दुई हरफलाई विथि भनिने, फाँचलको पहिलो विथिलाई उँजाइ भनिने, पहिलो विथिपछि आउने अरु विथिहरुलाई पुच्छ भनिने, विथिको पहिलो हरफलाई उठानचुली र दोस्रो हरफलाई जडानकुशल भनिने, फाँचलको सिङ्गो एकाइलाई पुञ्ज र विषयवस्तुको विस्तारलाई महापुञ्ज भनिने गर्दछ ।

गीत
गीत भनेको अनुभूतिको गेयात्मक अभिव्यक्ति हो । गीतका आप्mनै खाले संरचनात्मक स्वरुप हुने भए पनि अनुभूतिको प्रबल प्रवाह हुने भएकाले यसलाई कविताअन्तर्गत समेट्ने गरिएको छ । गीतको थालनीमा आउने दुई हरफलाई स्थायी भाग भनिन्छ । यो प्रत्येक पछिल्ला अभिव्यक्तिभन्दा पछाडि दोहोरिएर आउने गर्दछ । यसैले यसलाई सिङ्गो गीतको प्रतिनिधित्व हुन सक्ने सूक्तिपूर्ण हरफ मानिन्छ । गीतको मध्यभागमा आउने प्रायः चार हरफको संरचनालाई अन्तराभाग भनिन्छ । यसमा स्थायी भागमा व्यक्त विचारलाई पुष्टि गर्ने खालका विचार प्रस्तुत गरी पुनः स्थायीभागसँग यसलाई संयोजन गर्ने कार्य गरिन्छ । एउटा सुन्दर र पूर्ण गीतका लागि एउटा स्थायी र दुइटा अन्तरा अपरिहार्य हुन्छ । गीतमा अन्तराको विस्तार जति पनि हुन सक्छ तर आधुनिक गीतमा एउटा स्थायी र दुइटा अन्तरा भएको गीतलाई उत्तम, तीनवटा अन्तरासम्मको गीतलाई मध्यम र त्यसभन्दा लामो गीतलाई उपयुक्त मानिएको देखा पर्दैन ।

कोपिला
मौलिक नेपाली काव्यविधा कोपिलाको विकास तथा विस्तार गर्ने अभिप्रायले कोपिलामाली र कोपिलाप्रेमीहरुको सामूहिक सहमतिमा कोपिला साहित्य समाजको घोषणा सामाजिक सञ्जालमार्फत २०७७ साल वैशाख १ गते भएको हो । गिरिराज डल्लाकोटी र अन्य सहभागीहरुले यसलाई प्रयोगमा ल्याएका हुन् । बराबर अक्षर भएका र अनुप्रास तथा स्थायी भएका दुईवटा खपातहरुको बीचमा एउटा तुलनात्मकरुपमा लामो भावपूर्ण मुना राखेर कोपिला लेखिने, पातहरुमा उच्चारणअनुसारका ३ देखि १५ र मुनामा ४ देखि १८ अक्षरसम्म राख्न सकिने, सामान्यतया विविध भाव, रस र विषयका ५ वटा कोपिलाहरुको एउटा डाली बनाएर कोपिला लेखिने गर्दछ ।
जलाउने सलाई
जल्ने दियालो थियो
निष्पट्ट अँध्यारो
पर्खिरहेको थियो पर्दाभित्र
मात्र बारूदको घर्षणमा
बियाँलो थियो ।
(गिरिराज डल्लाकोटी (चितवन पोष्ट दैनिक, २०७७ श्रावण १७, शनिबार)

बाछिटा
बाछिटा प्रकृतिसँग सम्बन्धित पद्यसाहित्यको एक लघुतम विधा हो । तीन पाँच तीन अक्षरका तीन पङ्क्तिबीच एकापसमा अर्थगत सामञ्जस्यसहित प्रत्यक्ष÷परोक्षरुपमा प्रकृतिसँग सम्बन्धित भएर आउने विविध स्वरुप वा झलकलाई बिम्बको रुपमा प्रयोग गरी प्रतीकात्मक प्रस्तुतिका आधारमा लेखिएका पद्यरुपलाई बाछिटा भनिन्छ । यसको प्रवर्तन अमर त्यागीले गरेका हुन् । अमर त्यागीका अनुसार बाछिटाको स्वरुप लघुतम र चित्रात्मक हुने, तीन, पाँच र तीन अक्षरीय पङ्क्तिपुञ्ज रहने, तीन पङ्क्तिबीच अर्थगत सामञ्जस्य रहने, यसको विषयवस्तु सूक्ष्म र गहन हुने, यसमा विषयको उठान, विस्तार र मर्मस्पर्शी निष्कर्ष हुनुपर्ने, बाछिटाको शाब्दिक अर्थ बाङ्गो छिटा भएकाले यसको प्रस्तुति बाङगो वा प्रतीकात्मक हुनुपर्ने, बाछिटा प्रकृतिपरक पद भएकाले यसमा प्रकृतिको बिम्ब व्यञ्जनात्मकरुपमा आउनुपर्ने, भावनाको तीक्ष्णता, लक्षणात्मक वा व्यञ्जनात्मकरुपमा आएको हुनुपर्ने तथा यसको भाषा सरल, सरस, तरल र व्याकरणिक हुनुपर्ने नियम रहेको छ ।

नेपाली वार्णिक छन्द
लोकले गाउँदै आएको वार्णिक छन्दलाई लोकछन्द भनिन्छ । यसमा वर्णमात्रिक छन्दमा वर्ण र मात्रा दुवैको हिसाब गरिने भए पनि नेपाली वार्णिक छन्दमा वर्णको मात्र हिसाब हुन्छ, मात्रा मिलाइरहनु पर्दैन (न्यौपाने, पूर्ववत्, ८८) । यसअन्तर्गतका केही भेद निम्नलिखित छन् ः

बालौरी
बालौरी भनेको बालबालिकालाई खुशी तुल्याउन गाइने लोकछन्दमा आधारित बाल लय हो (नेपाल, पूर्ववत्, २६२) । यो सरल शब्दमा संरचित हुन्छ । यसमा ३, ४, ६, ७ र ८ अक्षरसम्मका हुन सक्तछन् (न्यौपाने, २०७५ ः ८८) । जसको प्रत्येक हरफमा ४+२ गरी ६, वा ४+३ गरी ७ अक्षर हुन्छन् । एउटा सात अक्षरीय बालौरीको उदाहरण हेरौँ ः
आमा बाबा ठूला
बाली दिन्छन् चूल्हा
पृथ्वी माता आमा
आकाश हुन् बाबा ।।
(चन्द्रप्रसाद न्यौपाने, छन्दकुञ्ज)

युगल बालोरी
सात अक्षरीय बालोरी छन्दका दुई हरफलाई एउटै हरफ बनाएर चौध अक्षरमा लेख्दा युगल बालोरी छन्द बन्दछ । यो बालगीत बालकविता र कवालीमा पनि प्रयोग हुने गर्दछ । यसमा भाव र अनुप्रासको निरन्तरता अपेक्षित छ (नेपाल, २६३ र २६४) । यसको प्रत्येक हरफमा ४+३,+४+३ गरी १४ अक्षर हुन्छन् ।

भैलो
भैलो नेपाली परम्परामा निकै लोकप्रिय छन्द हो । यसको चारपाउ सात आठ अक्षरका हुन्छन् भने अन्तिमको पाँचौँ हरफचाहिँ घुमाउने हुन्छ (न्यौपाने, पूर्ववत्, ८९) । जसको प्रत्येक हरफमा २+२+३ गरी ७ अक्षर हुन्छन् ।
पाँच सात घुमेर
साथी भाइ रमेर
मागौँ माना पाथी त्यो
भैलो खेलौँ साथी हो ।।
हे औँसीबार गाईतिहार भैलो ।।
(चन्द्रप्रसाद न्यौपाने, छन्दकुञ्ज)

सेलो
तामाङहरुले तामाङ भाषामा गाउने सात आठ अक्षरको हरफ हुने छन्दलाई सेलो भनिन्छ । यसमा सात आठ अक्षरको हरफको हुने लोकछन्द हो । जसको प्रत्येक हरफमा ४+३ गरी ७ अक्षर हुन्छन् (न्यौपाने, पूर्ववत्, ८९), जस्तै ः
उहिले बाजेको पालामा
रूपियाँ गन्थे डालामा
अहिले हाम्रो पालामा
मकई छैन डालामा ।।
(लोकगीत)

भदौरे
वर्षा ऋतुको उत्तराद्र्ध र शरद ऋतुको आगमनपूर्व गाइने वा शारदीय चाडहरुको आह्वान गरिने नेपाली लोकछन्दलाई भदौरे छन्द भनिन्छ । यसको प्रत्येक हरफमा २+२+२+२ गरी ८ अक्षर हुन्छन् (न्यौपाने, पूर्ववत्, ८९), जस्तै ः
दुःखकष्ट हट्दै गयो
आहा ! चाडबाड आयो
हिलो मैलो पर भयो
आहा ! पूmल बास्ना चल्यो ।।
(चन्द्रप्रसाद न्यौपाने, छन्दकुञ्ज)

मारूनी
मारूनी नेपाली लोकसाहित्यमा अत्यन्तै लोकप्रिय छन्द हो । यसलाई मारूनी नचाउँदा गाइने चलन छ । यसका प्रत्येक पाउमा ४+३+३ गरी १० अक्षर हुन्छन् (न्यौपाने, पूर्ववत्, ८९) ।

सँगिनी
चाडपर्व र विवाह उत्सव आदि उल्लासमय क्षणहरुमा महिलाहरु वरिपरि घुम्दै गाउने लोकछन्दलाई सँगिनी भनिन्छ । यसको प्रत्येक हरफमा ३+२+३+२ गरी १० अक्षर हुन्छन् (न्यौपाने, पूर्ववत्, ८९) ।
क्रान्तिले मान्छे मा¥यो बरी लै…!
गरिब निम्ति दिनेछौँ मुक्ति
सामन्त फालौँ खेलेर कुस्ती
लाएर उर्दी गरेका फूर्ति
नेताले लिन्छ घुमाउने कुर्सी
गरिबै आखिर म¥यो बरी लै…!
(चन्द्रप्रसाद न्यौपाने, छन्दकुञ्ज)

सवाई
सवाई नेपाली लोकसाहित्यका दृष्टिले अत्यन्त प्राचीन वा प्रारम्भिक छन्द हो । यसमा धेरै गीत लेखिएका छन् र खण्डकाव्यहरु पनि यसमा सृजित छन् । यसमा चौध अक्षरको एक पाउ बन्दछ । यसको प्रत्येक हरफमा ४+४+३+३ गरी १४ अक्षर हुन्छन् ।

निष्कर्ष
यस प्रकार नेपाली लोक वा जातीय छन्द समृद्ध सशक्त र उन्नत रहेको छ । सँगसँगै वार्तमानिक परिवर्तित फाँचल, छोक, एलाक, कोपिला, डाली, बाछिटाजस्ता नितान्त मौलिक जातीय छन्दहरु पनि देखिएका छन् । यसले नेपाली लोकछन्द उत्तरोत्तर गतिशील र समृद्ध बन्दैछ । यसबाट नेपाली लोकछन्दको व्यवृत्ति र स्वर्णिम भविष्य रहेको स्पष्ट हुन्छ ।

(स्रोत : ईचितवनपोष्ट डट कम)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.