~धीरेन्द्र प्रेमर्षि~
जागी–जागी हाम्रा हजुर गजबसँग घुर्नुहुन्छ
जहाजको जमानामा साइकिलमै दगुर्नुहुन्छ
मुटु कति साँगुरो छ त्यसको कुरा नगरौँ भो
जय–जयकार सुन्यो कि त फुरन्दाना फुर्नुहुन्छ Continue reading
~धीरेन्द्र प्रेमर्षि~
जागी–जागी हाम्रा हजुर गजबसँग घुर्नुहुन्छ
जहाजको जमानामा साइकिलमै दगुर्नुहुन्छ
मुटु कति साँगुरो छ त्यसको कुरा नगरौँ भो
जय–जयकार सुन्यो कि त फुरन्दाना फुर्नुहुन्छ Continue reading
~इश्वरवल्लभ~
अनायास कहिलेकाहीं गीतका पंक्तिहरु लेख्न बस्छु, फेरि पनि
– जसको कुनै आवश्यकता छैन
यस्तै आवश्यकता नभएको अभिचार सधैं गर्न खोज्छु,
शायद मलाई लाग्न थाल्छ कि त्यसैले पनि हराउँछन् म भित्र भित्रै
पानीहरुझैं बगेर जान्छन्
तिनका रूपहरू अँध्यारा र अस्पष्ट हुन थाल्छन् , Continue reading
~डा.सोमबहादुर चातेला~
कामहोइ फुर्सद माजेङहि जातिरि लोलि
मन ते उताङ हिघाखे नि जातिरि खाङलि
हाइपालि परिबेस बेला लाम्फाको मान्थु ला
जिसो कोसोङ भ्याइलि गोइका चारपाहाङ माभ्याइखे ला ।
सानाइतिगेलाइ फोन पाखे लोलि दोअ्तेङ Continue reading
~पुष्कर लोहनी~
डढेँलो लाग्दा
पोतेको कालो ढुङ्गा
आफै तर्सिने ।
****************
जुधेको हावा
फूल ओइलाएछ
पानी खोजेको ।
****************
घोडा सम्झिँदा
कुकुरले सुँघेछ Continue reading
~सुजन बुढाथोकी ‘कान्छा’~
मैले हेरेकै हु आँखा अन्तै फर्कायौ,केही छैन
आखिर माया नगर्नेलाई मन परायौ,केही छैन
ए ! मन र मुलुकलाइ माया गर्छु भन्नेहरु हो Continue reading
~कृष्ण बजगाईं~
ग्रीष्म ऋतुको आगमनले बेलायती धर्तीमा खुसीका फूल फुल्न थाले। वसन्ती पालुवा छिपिएर प्रकृतिले हरियालीको बर्को ओढिसकेको थियो। कठ्यांग्रिने जाडोले केही समयका लागि भर्खरै बिदा मागेर गएको थियो। मोटा स्विटर र ज्याकेटको भारी बिसाउन पाउँदा शरीर हल्का थियो। बेलायतको यस्तो मनोरम मौसममा लामो यात्रामा निस्कन मन लालायित भइरहेको थियो।
अचानक मेरो यायावर मनले ‘लेक डिस्ट्रिक्ट’ सम्झियो। उसो त प्राकृतिक सुन्दरताका लागि बेलायतमा प्रसिद्धि कमाएको लेक डिस्ट्रिक्टले धेरै समयदेखि मलाई तानिरहेको थियो। त्यहीँ जन्मेका रोमान्टिक कवि विलियम Continue reading
~गुरुप्रसाद मैनाली~
(स्थान: चामेको घरको आँगन। छेउमा जूठेल्ना र अर्कोपट्टी भैंसीको गोठ छ। समय साँझ पख। चामे खेतमा काम गरेर लखतरान भई धुस्रे-फुस्रे भएर कोदालो भितामा सिउरिएपछि टोपीले निधारको पसीना पुछदै पिढ़ी टुसुक्क बसेर तमाखू बेह्रेर सल्काउंदै स्वास्नीलाई कराउंछ।)
चामे: गौंथली! ए गौंथली!(जवाब नआउंदा ढोकाबाट भित्र चियाउंदै) कहाँ मुंटी?ए गौंथली!
(एक छिनपछि हस्यांग र फ़स्यांग गर्दै पल्लो घरबाट गौंथली आएर गाग्रो टिपेर पंधेरोंतिर पानी भर्न गई। त्यो देखेर चामे अझै आगो भयो।) Continue reading
~Jhamak Kumari Ghimire~
Translation : Manjushree Thapa
Baba! I’ll ask you a question
if you won’t shout it down
for though you can boast
a hundred thousand offspring
I have only one father
Baba! Have you forgotten me
amid the hordes of your offspring Continue reading
~वसन्त शर्मा लुइटेल~
सुन सुन पाँच हो ! म केही भन्छू ।
समुद्रका लहरि झैं मनमा गुन्छु ।।
छोटा बडा सबल् भन् भन् भन्छू ।
कर्मविशेषको काज कहन्छु ।।
क्षत्रि र वैश्य ब्राह्मण जाहाँ ।
उत्पत्ति सबको यही लोकमाहा ।।
जन्मदिने भगवान् स्वरुप छ कस्तो ।
बलियो लीखत जस्ताको तस्तो ।। Continue reading
~पारशमणी सम~
नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्त्व रहेको छ । नेपाली साहित्येतिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र निर्गुण भक्तिकाव्यको रूपमा विभाजन गरिएको छ । सगुण भक्ति काव्यअन्तर्गत रामभक्ति र कृष्णभक्ति अनि निर्गुण भक्ति काव्य अन्तर्गत जोसमनी सन्त परम्पराअन्तर्गतका सन्त साहित्यलाई राखिएको छ । कवि ज्ञानदिल दास यही जोसमनी सन्त परम्पराका महत्त्वपूर्ण सन्त थिए र उनको साहित्य सिर्जनाले नेपाली साहित्यमा विशिष्ट स्थान लिएको पाइन्छ ।
जोसमनी सन्त परम्पराको प्रचार-प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्त कवि ज्ञानदिल दासले Continue reading
~सुधा मिश्र~
हे नुतन वर्ष
हे नूतन वर्ष नवीन उमंग लअबिहा
जीवलेल जीवके नव तरंग लअबिहा
जुरेबा तुहु जुरायल देखि धरती गगन
कलशमे सजाक प्रह्लाद प्रसंग लअबिहा
सभ मायके बेटा तु बनिहे
हर्ष पसरि जाई ओहन काज तु करिहे Continue reading
~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
यो जुनि मात्र हैन अर्को जुनि-जुनि सम्म
मेरो प्रेम तिमीसम्म तिम्रो मसम्म
तिम्रो जीवन-कथा शुरु अनि अन्त्य पनी
जताततै मेरो नाम त्यस्तै तिम्रो पनी Continue reading
~सोमनाथ सिग्देल~
सफर गरी अति टाढा आयें आशा लिई गाढा ।
पाऊँ म आज खास प्रेमसँगै आश (स)पाश (स)मा वास ।।१।।
नगरी नगरी-वास त्यागी कान्तारको त्रास ।
आयें नलिई धन्दा दौडाउँछ कामको फन्दा ।।२।। Continue reading
~रिजाल किरण “अन्जान”~
छन्द : उपजाति
दाह्राहरुमा अब धार लाग्ला
पक्कै अनेकौ कति मिष्ट पाक्ला
चिच्याउँदै त्यो घर आगनीमा
विहान साझै कति कान खाला ।।
बन्ला अनेकौं परिकार चट्ट Continue reading
~बिमला ढुंगाना~
कोरोना कहर गाउँ र शहर छायो है छायो है
न देख्छ आँखा न घुम्छ पाखा के रोग आयो है
लौन …..के रोग आयो है
लागेमा एकलाई परिवार घरका भ्याउँछ जहानै
श्वासमा सार्यो शरीरलाई गार्यो बृद्ध वा जवान नै Continue reading
~सङ्कलक: इमानसिंह चेम्जोङ~
सृष्टिको सुरुमा पृथ्वी थिएन अरे । पानी मात्र थियो अरे । अनि भगवानले पोरोमियोम्फमीलाई पृथ्वीको सृजना गर्ने शक्ति प्रदान गरी भगवान्को चित्त बुझ्दो पृथ्वी बनाउनू भनी आदेश दिए अरे । पोरोमियोम्फामीले आफ्नो शक्तिद्वारा पानीको फेदमा मुसेखा सेखानानामक शक्तिमान् माछो बनायो । त्यस माछामाथि पानीभित्रै उसले अर्को मुजिङ्ना खियोङ्गनानामक शक्तिमान् माछो बनाएर राख्यो । त्यसमाथि पानीभित्रै ओकवानामानामक अर्को माछो बनाएर पृथ्वी थाम्ने शक्ति राख्यो । त्यसमाथि मुगुपुलु्ङ थेगुपुलुङ नाउँको ठूलो पत्थर बनाएर राख्यो । तर, त्यो पत्थर पानीभित्रै रह्यो । Continue reading
~ओ. हेन्री~
अनुवाद : सरिता तामाङ
एकजना प्रहरी सडकको एक छेउदेखि अर्को छेउसम्म हिँडे, बडो जरुरी र जब्बर पारामा । उनी सधैँ यसैगरी हिँड्दथे। उनले आफू कस्तो देखिएको छु भन्ने ख्याल गरेर हिँडेका थिएनन्, उनको यसरी नै ठाँटिएर हिँड्ने बानी थियो । सडकमा थोरै मानिसहरू उनलाई हेर्दै बसेका थिए। रातिको लगभग दशमात्र बजेको थियो, तर जाडो थियो। हावा चलेसगैँ अलिअलि पानी पनि परिरहेको थियो ।
सडक वारपार गरिरहँदा उनी ढोकाहरूमा रोकिँदै थिए, प्रत्येक ढोका त्यो रातको लागि बन्द छन् कि छैनन् भनेर निश्चित गर्न। घरीघरी पछाडी फर्किएर सडकको तल माथी पनि नियालिरहेका थिए। एक सावधान शान्तिको पहरेदार बनेर बडो सतर्कताका साथ उनी आफ्नो जिम्मेवारी वहन गरिरहेका थिए। Continue reading
~पुण्यनाथ लोहनी~
सूधा सरी केहि युरोपि भाषा ।
टाप्टूप बोली युवतीकी आशा।। Continue reading
~खेमराज पोखरेल~
म सम्झिरहेको छु त्यो निकै वर्षअघिको दिन । ती दिनमा म बाबाजी भएर घुमन्ते जीवन यापन गर्दै थिएँ ।
म बाबाजी बन्नुमा पनि एउटा कथा थियो । एउटा व्यथा थियो ।कुरा के भने त्यो वर्ष मैले इतिहासमा एमए सकेको थिएँ । दीक्षान्त समारोहमा विश्वविद्यालयको गाउन लाएर फोटो खिचेपछि हर्षित हुँदै चुलिएको जोस बोकेर घर पुगेको थिएँ । गाउन लगाएको फोटो भित्तामा जतनले टाँगेको थिएँ । स्वाभाविक थियो, घरमा खुसियाली छाएको थियो । म मनमनै घागडान र घनघोर वर्षिरहेको थिएँ । साथीहरूका बधाईहरू आएका Continue reading
~नेकी धनेन्द्र~
नेपालगंज बसेर कुनै पत्रिका चलाउनु भनेको एउटा गरिव परिवारले साँझ विहान छाक टार्नु जतिकै मुस्किल हो । आफ्नो पेट पाल्नका लागि जति संघर्ष गर्नु पर्छ त्यो भन्दा पनि ज्यादा परिश्रम हुँदो रहेछ पत्रकारितामा । तै पनि चौथो आँखा राष्ट्रिय दैनिक पत्रिकालाई अहिले सम्म पनि निरन्तरता दिने काम भैरहेको छ । विभिन्न च्याउ उम्रे जस्तै संचार माध्यामहरु खुलेका छन् भयाङ्कर प्रतिश्पर्धा चलेको छ त्यसैले बढी संघर्ष गरेर फरक पहिचाहान बनाउन मन लाग्दो रहेछ । यता पत्रिका प्रकाशन गर्न लागेको झण्डैं एक महिना मात्र भएको छ कार्याकारी सम्पादकका नाताले यस पत्रिकालाई मैले सबै भन्दा बढी समय दिएर स्तरिय बनाउनु चुनौतिपूर्ण काम हो ।मैले राज्यको चौथो आँखाको रुपमा रहेको पत्रिकाको लागि रगडीनु पनि स्वभाबिकै हो । सधै मान्छेलाई एउटै काममा व्यस्त भएर गणतव्य भेटाउन मन लाग्छ तदनुसार घर परिवारले पनि बुझ्ने अर्थात घररपरिवारलाई बुझाउन सक्नु अर्को चुनौति हो । कयौ समस्याहरु Continue reading
~बिमला ढुंगाना~
पराया देश
डलर को भकारी
बिकेको तन |
बग्यो खहरे
लतार्दै यी परेली
पीडाको भेल |
आँखामा गाउँ Continue reading
~प्रयास लामा~
जिन्दगी त थियो नै गाह्रो।
मलाई छोडी उ हिडी,
मन बुझाउनै साह्रो।
कोरोनाको हावा छ चारैतिर।
कहिले काहिँ त सोच्छु,
पिडा पनी यसरीनै सरी दिए, सायद उसले बुझथ्यो।
हात छुदाँ माया पनी सर्ने भए पुग्थ्यो। Continue reading
~वफा फेल~
मुटुमा रोपिएको तीर निकाल्न सकिँदैन॥
मरिसकेको मान्छेलाई फेरि ब्युँताउन सकिँदैन॥
पोलेका घाउहरू दिनदिनै चर्याइरहन्छन् Continue reading
~Dr. Chandeshwar Yadav~
Thou art fairy of fairish, O Corona dear!
Feel I justice to thee, so you are just
than to whom I trust.
And make them myself for five year,
But these cuttlefishes tie themselves into chair
as if they never come to here,
Loot, boot and shot change me dust,
Make more malfeasance here, O my dear!
Fish without water, I am here Continue reading
~सुधा मिश्र~
नहि डुबैक ककरो भरोसा
नहि टुटैक मोनक आशा
देखबियौ किछु तँ हे दाता
कोना सुतल छी विधाता ?
ककरो खीर परोसल थार
ककरो खायके नहि जोगार Continue reading
~दीपक कुमार ज्ञवाली~
उदाए रवि झमल्ल भएर
संसारै उज्यालो भयो हेर
कहिँ छैन अँध्यारो कुनाकन्दरामा
सुदुर पश्चिमदेखि पूर्व सबै समान
कहाँ छ यस्तो सुख सुबिधा सम्पन्न
रोग भोक अशिक्षा बिहीन समाज
कोहि छैनन् दुःखी मेरो राज माहाँ Continue reading
~आनन्द पौड्याल~
एउटा घनघोर जंगलमा माहुरीको ठूलो घार हुन्छ । हजारौ माहुरीहरु त्यस घारमा बस्छन् । माहुरीका विभिन्न जात हुन्छन् । विभिन्न भौगोलिक अवस्थिति अनुसारका फूलमा सुगन्ध तथा अन्य प्रकारको भिन्नता हुन्छ । तिनीहरु पनि विभिन्न जात जातिका ठूला साना हुन्छन् । माहुरीको प्रमुख व्यक्तित्वको रुपमा रानी माहुरी हुन्छे । माहुरीको घारको पारिवारिक भाषा एक अर्कालाई थाहा हुन्छ । घारका सवै परिवारका सदस्यले रानीको आज्ञा, आदेश, निर्देशन र आचार संहितालाई पूर्णरुपमा पालना गरी काम गर्छन् । माहुरीको समूहमा निकै नै कडाइका साथ अनुशासनको पालना हुन्छ । माहुरीको घारमा रानी, ठेट्ना, डाम्ना र अति मेहनती ज्यामी गरी विभिन्न प्रकारका माहुरी बस्छन् । समूहबाट निर्धारित लक्ष Continue reading
~लकाश पौडेल~
हजज/पंचचामर )
गरी कुकर्म छोपँदै बसेनि ढुक्कछौँ भनी
खुलेर एकफेर यो यथार्थ हुन्छ कैँ पनि Continue reading
~सदानन्द अभागी~
परिचय–
लक्ष्मीकान्त शर्मा पौडेलको साहित्यमा सुप्रसिद्धनाम हो लकास पौडेल । उहाँ बाग्लुङ न.पा. १४नारायणस्थान बलेवामा २००४÷१०÷६मा माता पञ्चकला शर्मा(आचार्य) र पिता पं नीलकण्ठ शर्मा उपाध्यायका पुत्ररत्नको रुपमा जन्म लिनु भयो ।हाल उहाँ भरतपुर नगर पालिका १० दीपेन्द्रचोकमा बसोबास गर्दै आउनु भएको छ । लकासजी देशभक्त कविताबाट आप्mनो साहित्यिक यात्रा थालनी गर्नु भएको र पद्याञ्जलि(कवितासङ्ग्रह २०७०) भावाञ्जलि (कवितासङ्ग्रह २०७०),गतिाञ्जलि (सूक्तिकाव्य २०७०), शौर्यगाथा (महाकाव्य–२०७१), बहरका लहरहरू (गजलसङ्ग्रह–२०७१) फेसबुक सन्देश (मुक्तकसङ्ग्रह), हिमालयदेखि कन्याकुमारीसम्म (यात्रासंस्मरण– २०७२), विनियोग ृ(कवितासङ्ग्रह–२०७४),बाजीकरण (कथासङ्ग्रह–२०७४), सुरालय (रुवाईसंग्रह–२०७५), अपाला (महाकाव्य –२०७७) गरी ११ वटा कृतिहरू नेपाली साहित्यको भण्डारमा थप्नु भएको छ । साहित्य र शिक्षामा सेवापु¥याए वापत लकासजी विभिन्न संस्थाबाट विभूषित हुनु भएकोछ र साथै उहाँको योगदान साहित्यिक मात्र नभएर सामाजिक मानव अधिकार संरक्षण मञ्च,विश्व हिन्दु महासंघ, टोल समिति Continue reading
~भारती गौतम~
धनकुटाको पहाडी गाउँ, फँलाटेमा जन्मिएकी साहित्यकार भारती गौतम हाल अमेरिकास्थित फ्लोरिडा राज्यको जेक्सनभिल सहरमा बस्नुहुन्छ । प्रवासमा रहेर नेपाली साहित्यको विकासमा अति सक्रिय उहाँ विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध हुनुहुन्छ ।
‘आकाशमाथिको सहर’ (कवितासङ्ग्रह), ‘स्मृतिमा भीमू’ (संस्मरण), ‘अमेरिकामा आमा’ (संस्मरणात्मक उपन्यास) जस्ता कृतिहरू लेखेर चर्चित हुनुभएकी गौतमलाई नवीन कृति ‘विगत र बाडुली’ (संस्मरण) ले थप चर्चा प्रदान गरेको छ । विगत र बाडुलीले २०७७ सालको उत्तम शान्ति पुरस्कारसमेत प्राप्त गरेको छ ।
प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले भारती गौतमसँग गरेको कुराकानी कुराकानीको सम्पादित अंश- Continue reading
~सुधा मिश्र~
पावनि कय हम
पियाके दुलारी
सेनुर पिठारक थाप दक
पुजबै वरक गाछ गे
माँगि लेबै अहिबात गे
वर गाछ तर विपहर पुजबै
सउसे पात खोपामे खोसबै Continue reading