किराँती दन्त्यकथा : स्याङ्ग्री बूढीको नाति

~सङ्कलक: इमानसिंह चेम्जोङ~

अघि नेपाल देश घना जङ्गलले ढाकिएको थियो। मानिसहरू कम थिए, ठाउँठाउँमा दानवहरू बस्दथे। तिनीहरू मानिसको मासु खान्थे। वृन्दावन नामको एक ठाउँको छेउमा स्याङ्ग्री नाम गरेकी एउटी बूढी आइमाई बस्थी। ऊसँग दस बर्ष पुग्न आँटेको एउटा नाति थियो। उनिहरू दुवै जना एउटा टुँगमा बस्दथे। टुँगमा चढ्न-ओर्लन एउटा डोरीको भर्‍याङ राखिएको थियो। डोरीको टुप्पो रूखका टुप्पामा बाँधिएको थियो। उनिहरू टुँगमा चढ्न वा ओर्लनासाथ भर्‍याङ उँभो तानेर टुँगमा राख्ने गर्दथे।

एक दिन उनिहरू बसेको टुँगका फेदमा आई एउटी बूढी दानवीले आगो मागी। स्याङ्ग्री बूढीले आगो दिएँ भने Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

Story : The Naked Truth

~Pradipta SJB Rana~

She commences her daily business of mending shoes outside the broken station under the shade of a peepal tree. Not many people disembark at the station. Those who go rarely return. Nobody noticed her and those who did, paid little attention. And why should they, she thought, after all she was an outcast, a chamaar.

She spreads her cloth, in tatters after five years of constant use. The pandit is the first to cross her path. He is a rather plump fellow with a janai around his chest and a saffron cloth printed with “Hey Ram”. It marks his hereditary position as priest. She finds the way he holds his dhoti funny. As usual his pace becomes faster as he approaches her. Continue reading

Posted in Story | Tagged | Leave a comment

यौनकथा : युवती र जरसाहेब

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~

युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ ।

एकछिनपछि युवतीले फर्केर हेरी जरसाहेबको बैठके ऊभन्दा अलि पर पछिल्तिर चुरोट तान्दै आइरहेको थियो । बैठकेले आँखैआँखाले इशारा गर्यो –“ अगाडि बढ्दै जाऊ” । यति गरेर बैठकेले चारैतिर सशङ्कित भएर हेर्यो –कसैलाई त थाहा भएन ऊ युवतीलाई लिएर आइरहेको छ भनेर ।

युवती सुस्तरी हाँसी । अघिसम्म बैठके दाइले रतन दाइको घरमा उसलाई कसरी लोलुप दृष्टिले हेरिरहेको थियो र उसोउसो निहँु झिकेर छुन छुन खोजिरहेको थियो । ऊ बैठकेतिर फर्केर फेरि हाँसी । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : मेरो डायरीमा डायमन

~डा. रामदयाल राकेश~

डायमनशमशेर राणा नेपाली ऐतिहासिक औपन्यासिक आकाशका कहिल्यै पनि नअस्ताउने उपन्यासकार हुनुहुन्छ, उहाँसँग मेरा कटुमधु-अनुभवहरू अनन्त छन् तर सबैको खुलासा यहाँ गर्न सकिन्न । उहाँसँग मेरो कहिले र कहाँ भेट भयो मलाई यकीन थाहा छैन तर उहाँको नातेदार कुपण्डोल निवासीको घरमा भारतको कोलम्बो योजनाअन्तर्गत प्राध्यापन गर्ने प्रा.डा. दीनानाथ शरण मसँगै पद्मकन्या कलेजमा हिन्दी विषय पढाउनु हुन्थ्यो । उहाँसँग मेरो घनिष्ठता हुनु स्वाभाविक थियो । उहाँले ‘नेपाली साहित्यको इतिहास’ हिन्दीमा लेख्नु भएको छ र उहाँले नै डायमनशमशेर राणाको उपन्यास ‘वसन्ती’को हिन्दी अनुवाद पनि गर्नु भएको छ, जुन विहार ग्रन्थ अकादमीद्वारा प्रकाशित छन् । उहाँलाई नेपाली भाषामा त्यति दखल नभएकोले मसित सर-सल्लाह समय समयमा गर्नु हुन्थ्यो । Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

Translated Poem : Third eye – 1

~Dr. Dubasu Chettri~
Translated by Mahesh Poudyal

Enough has been the things
This pair of eyes have seen
I am tired now; stunned too
I am fragmented in myself
I cannot stand to see
My own calamity befalling me
I am trying to puke all darkness
Closing my two Swayambhoo’s-like eyes
I am willing to peek at myself
But then, I am tired
I have been defeated
I want to close the eyelids Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कृष्ण बाउसेका तीन मुक्तकहरू

~कृष्ण बाउसे~

-१-
हदै नाघ्यौ , अब मित्रताको वाटिका कसरी सजाउनु
अँगालो हालेर घाँटी निचोर्नेसँग कसरी मीत लगाउनु
तर्दातर्दैको तुइन काटेर मान्छे कालीमा बगाइदियौ नि पापी !
तिमी बौलाएकै हौ , तर अब कसरी मनलाई बुझाउनु ! Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : परिवर्तनको लालीमा

~कृष्ण बाउसे~

मैले एउटा सपना देखे
डाँडाका चुली – चुलीमा
गीत गाउँदैगरेको देखें।
एउटा हातमा उषाको लाली बोकेर
अर्को हातमा पुर्नेको जून च्यापेकी
भर्खरै फक्रेको फूलजस्तै देखिने
एउटी नव -युवतीलाई देखें। Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : पाथीभरा देवी मुक्कुलुङ

~नवराज सुब्बा~

पाथीभरा नाम लिनासाथ सबैको मन कुम्भकर्ण हिमालको काखमा रहेको अग्लो पहाडमा स्थापित पाथीभरा माताको मन्दिरमा पुग्दछ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा मन्दिरमा जाने भीडमा आजकल आदिवासी किरात लिम्बू जाति भन्दा नेपालका विभिन्न जिल्ला र भारतबाट हिन्दू तीर्थालुको लर्को बढी देखिन्छ । पाथीभरा एक शक्तिरुपा हिन्दू देवी हुन् । आदिवासी किरात लिम्बू जातिले पाथीभरालाई मुक्कुलुङ साम्माङ शक्तिमाताको रूपमा पूजा गर्ने चलन छ ।

कुम्भकर्ण हिमाललाई किरात लिम्बू भाषामा फक्ताङलुङ भनिन्छ । हिमालको फेद अघि किरातेश्वर महादेवको क्रिडास्थल रहेको जनविश्वास रहेको छ । किरात लिम्बू मुन्धुममा यो भूभाग जातीय उत्पत्तिस्थलको रुपमा चर्चित Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

मुक्तक : छवि

~सरोज पाण्डे~

विषय फेरिन्छ कबि एउटै हो,
दिन फेरिन्छ रवि एउटै हो,
गणतन्त्रमा हाम्रो देशको कुरा गर्दा Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : त्यसैले त

~लक्ष्मी बिष्ट~

त्यसैले त,
भनिन्छ जिन्दगीको कुनै भरोसा छैन,
न त, जिवनमा आएका जिवीत मान्छेको नै ।।
आफै भित्र पाल्नुपर्दो रहेछ मधुरो भसोरा,
गन्तव्यमा पुगिदो रहेछ मात्र हमेसा।।
आकाशमा उड्ने चरासग्ग पनि त नक्सा कहाँ छ र,
तरपनि आफ्नो गन्तव्यमा पुगेकै देखिन्छ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

मैथिली कविता : हे नव साल

~सुधा मिश्र~

उत्साह सँग उमंग लक आयब
खुशीक नव तरंग लक आयब
उतिम पहिचान लक आयब
ठोर पर मुस्कान लक आयब

हे नव साल
घावक मरहम बनिक आयब
गीतक सरगम बनिक आयब
धानक पथार बनिक आयब
नेहक पसार बनिक आयब Continue reading

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : पर्खाईमा

~अभागी मिनम घायल असफल~

कहाँ गए मेरा ती मिठा पलहरु
खोज्दा खोज्दै बर्सौ बिताई सकेछु।
कहाँ गए मेरा खुसिका आस्थाहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

खण्ड-काव्य : लक्ष्यवेध

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

पात्रहरु :
ऋतक्रथु
महर्षि भारद्वाज
परमेश्वर (परमात्मा)
सूत्रधार
कवि

सन्दर्भ :
महर्षि भारद्वाजका शिष्य राजकुमार ऋतक्रथु आफ्नो अध्ययन समाप्तिपश्चात् गुरुकुलबाट बिदा हुने बेलामा Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : छिमेकी

~निरज भट्टराई ‘मनोरोगी’ ~Niraj Bhattarai

जब जब म रोगले,सोकले र भोकले ग्रष्त हुन्छु
तिमी छिमेकी
मेरो परिवार जग्गा खाने धमिरा बनि उर्लिन्छौ
बर्खामा मेरो सम्म जग्गा मा मानो खान लाएको धान
तिमी छिमेकी
म डुबि तिम्रो जन धन रक्षा गर्छु अनि तिमि कुर्लिन्छौ
मेरो नापो जग्गा ताछदै नाकेबारी काट्छौ
जब मेरो परिवार आफन्त निरिह हुन पुग्छन्
तिमी छिमेकी
घाउ मा मलम लाउन को सट्टा नुनचुक लिएर उत्रिन्छौ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : राम्रो बानी बसाल्नु

~अलका मल्ल~

सुत नानी सुत अबेर भो
अंधेरी झ्याप्पै छाई सक्यो ।

टि.भी. धेरै हेर्न हुन्न
समयको पालना हुन्न ।

भोली सबेर उठेर
गृहकार्य गर्नु छ । Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : अनौठो भेट

~राकेश कार्की~

पहाड छिचोलेर क्रीक (खोल्से नदी) बगिरहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ थियो। त्यो खोल्से नदीलाई लस्ट हिल क्रीक भन्दथे। त्यो पहाडलाई चाहीँ लस्ट हिल माउन्टेन भन्दथे। त्यो पहाडको नाम किन लस्टहिल भयो होला। पहाड पनि कसरी हरायो होला भनेर कर्णलाई अचम्म लाग्दथ्यो। त्यसबेला पहाडमात्र हरायो कि यहाँ भएका मानिस, जनावर, चराचुरूङ्गी र जलचर सबै हरायो होला भन्ने कल्पना आउथ्यो उसलाई। जे होस पहाड बिशाल र अनौठो थियो। बिकाशको युगमा चाहीँ ठाउँ ठाउँमा घर र बस्तीहरू, स्कूलकलेज, सडक, बिजुली र एउटा शहरलाई आवश्यक पर्ने सबै उपभोगयुक्त चिजबिजले र साधनहरुले सजिसजाउ भइसकेको थियो लस्ट हिल माउन्टेन।

कर्णलाई बिदेश जान त मन थिएन आफ्नो स्वर्गभन्दा पनि प्यारो देश छोडेर। तर उसको साथी घनश्यामले “लु Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता: मेरी उनी

~माेती राम चाैधरी `रत्न´~

मेरी उनी
जिवनकाे सँगीनी,
हाँसाे-खुसि,
जीवन-प्राण,
एक शरीर हामी
सबथाेक उनी मेरी।
प्याराे,
मायालु,
लजालु,
मलाई काले,
भुन्टे,
गाेरे,
माेटु,
भनी बाेलाउने। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : महिला : हाम्रो देशको गौरव

~अविनाश कुमार साह~

पाइने होइन जोतेर, बारी कहाँ बाट ल्याउँछौ?
सीता जस्तो सभ्य नारी कहाँ बाट ल्याउँछौ?

छोरी हुँदा गर्भमै मार्नेहरुलाई मेरो एउटा प्रश्न,
यदि यसो गर्‍यौ भने तिमीले बुहारी कहाँबाट ल्याउँछौ?

महिलालाई श्राप भन्छौ भने किन चाहन्छौ आमाको माया? Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाम्री होलीलाई स्वागत

~रिजाल किरण “अन्जान”~

घर दैलोमा नाच्दै होली आएकिछिन्
यिनलाई हामीले राम्ररी स्वागत गर्नु पर्छ
राम्रो सगँ मेजमानी गर्नु पर्छ
सके रानी बनाएर भित्र्याउनु पर्छ
नसके ठररा बोतलका बोतल नुहाएर स्वागत गर्नु पर्छ
त्यतिले पनि नपुगे गनाउने नाला माथि
लमतन्न बनेर शवाशनमा सुत्नु पर्छ
यसरी नै उनलाई (होली) स्वागत गर्नु पर्छ । Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गंगाराज सुनुवारका दुई ताङ्का

~गंगा राज सुनुवार~


शहर भित्र
हरेक समसाँझ
गीत गाउँछन्
छद्मवेशी ब्वाँशा ती
भाका नी फेरिफेरि ।

Continue reading

Posted in ताङ्का | Tagged , | Leave a comment

विचार मन्थन : जिबन र जगत

~गोबिन्द ओझा~

यो शृष्टिको बारेमा र मानवले आफ्नो जिवनका भोगाईहरुको अध्ययन गरी जिवन र जगतको बारेमा धारणा बनाउन सक्छ । प्रत्येक मानवको जिवनका भोगाईहरु फरक फरक हुन्छन । साना बच्चाहरुबाट बढेर ,किसोर अवस्था पार गर्दै प्रोढ अवस्थामा पुग्छ ? सोच्छौ कल्पना गर्छौ । हामि को हौ ? कहाँबाट आयौ ? जिवनको उदश्ये के हो ? यो शृष्टि कसरी उत्पति भयो ? यस जगतमा प्राणिको उत्पति कसरी भयो ? जिन्दगिको बारेमा धेरै सोच्छौ । मुनुष्यको यो चोला लियौ किन ? अनेक प्रकारका सुख दु:ख र मानव जिवनका भोगाईहरुले जिवन र जगतका रहस्यमय कुराहरु खोज्छ ।आफै भित्र अनेक आकांक्षाले जिवन र जगतका रहस्यमय कुराहरु खोज्छ । आफै भित्र अनेक कल्पना गर्न थाल्छौ । अनेक किसमले जिवन र जगतको बारेमा खोज अनुसन्धान गरेर यो जगतको बिषयमा सम्पुर्ण खोज अनुसन्धान गरि यो मानव हामिले बिभिन्न किसमका सोचहरु बनाउछौ । जगतमा प्राणिको विकास कसरी भएको होला ? जगतमा Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कथा : प्रतिक्षा

~राज अनुराग~

दाङ्ग जिल्लाको घोराहीमा रहँदा धेरै रमाईला र अविश्मरणीय क्षणहरु बिदाउँदै समय बित्दै थियो । मेरो कार्यालयको काम दैनिक कम्प्युटर अगाडी बसेर काम गर्नुपर्ने त्यही भएर होला आँखामा केहि समस्या देखियो । त्यस समयमा दाङ्गमा खासै स्तरीय आँखा अस्पताल थिएन । तापनि राप्ति अञ्‍चल आँखा अस्पतालको रुपमा स्थापना भएको अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने साथीहरुको सल्लाह बमोजिम आँखा जाँच गराउन तुल्सिपुर स्थित राप्ति आँखा अस्पताल जाने निर्णय गरें ।

घोराहीबाट तुल्सिपुरसम्म पुगे पछि तल्सिपुरबाट करिव पाँच कि.मि. टाढा रक्षाचौर भन्ने स्थानमा रहेछ अस्पताल, काठले बनेको भवन त्यति ठूलो नभए पनि सेवा सुविधाको हिसावले राम्रो नै रहेछ ।आँखा चेक गराउने टिकट लिएर म लाइनमा बसे त्यसै क्रममा एक जना नर्स (सेतो एप्रोन लगाएकी महिला) ले नाम Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

थामी भाषी संस्मरण : रामेछापङा तिदु आथाङ चाला चाँडै निपान

~डम्बर थामी ‘अनुपम’~

निको पूर्खा यापती छुकु ङा सुनारी आजीकाई कापुते नातोले फिरी दिगोरे खाम लोङ्सा दाङुन्दुईछ । भुम्या देवाकाई साक्षी नातोले तोवानी खाम कापीते खेम्सा दाङुन्दुईछ । इतिहास ङा निको जातीय पियङ्दु योगदानको खाम । बलिदानको खाम । त्याग ङा तपस्याको खाम । सत्ता टाहुदु खाम । बहादुरीको खाम । गरिब ङा नि उनी लिबी थाईदु मिपालीको पक्षते टानीटापूर उनी थेङेन्दु खाम । निको जातिपाली फिलेङ्दु ठाईपालिङा कुन्दुनी तरीकाए मोसा अकिल लोयङ्नो ? शासकपालीनामा कुन्दुनी तरीकाए लाक्पा नाम्पाताले उस्तेबाङ्को अस्तित्व चिमोएङ्नो ? कावानी खामपालीको साईमासाई उछिन्चै लोङ्सेको भावनापाली खेईसा याङादुईछ । थाङ्मी जातिङा होइ ठाइ-ठाईङा आट्ठे सुरो मिपाली होकेङ्थ्यो । अन्याय, अत्याचारको विरुद्धङा लाक्पा नाम्पायङ्थ्यो । देशेको जैधन्यापालीए, मुल्मीपालीए तोबाङ्को स्युन्दुरी बनईतोले नाहुदु बेरेङ विद्रोहको मेताङ चितियङ्थ्यो । नि उनी लिबी थाईदु Continue reading

Posted in थामी संस्मरण, संस्मरण | Tagged , | Leave a comment

संस्मरण : थामी जाति र विद्रोहको झिल्का उठेको ‘ पिस्कर काण्ड ‘

~डम्बर थामी ‘अनुपम’~

” तपाईं संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस् ।” क. मार्क्स

उक्तोक्ति सर्वहारावर्गका महान गुरु कमरेड मार्क्सको हो । यथार्थमा भन्नु पर्दा संगठित विरोध र विद्रोहले नै आफ्नो हक, अधिकार स्थापित गर्न सकिन्छ । कठोर भन्दा कठोर संघर्षको कारणले गर्दा निरंकुश व्यवस्थाहरु पनि जरैदेखि उखेलेर फालिएका इतिहास छन् । फाल्न सकिन्छ । निरन्तर संघर्षले गर्दा वादशाहलाई पनि घोडाबाट भूईंमा खसालिएका छन् । खसाल्न सकिन्छ । र देशमा जनताको सर्वोत्तम स्थिति बसाल्न सकिन्छ । कमरेड मार्क्सकै भनाइमा ” प्रयास गरेको खण्डमा संसारमा असंभव भन्ने चीज केही छैन ।” जस्तैः अन्तरीक्षमा मान्छे पनि चरा जस्तै उड्नु । मंगल ग्रहको अध्ययन गरेर पानी पत्ता लगाउनु । मानव बस्तीको संभावनाको अध्ययन गर्नु । अनन्त तारामण्डलहरुको अध्ययन गर्नु । मरुभूमिमा अन्न फलाउनु । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : वर्षा ऋतु

~परिजात~Parijaat

अरूको हर्ष र विस्मात् कुनैलाई पनि एकैचोटि सोधिहाल्ने । भनौं, फरासिलो स्वभाव कहिल्यै रहेन आफ्नो त्यसैले यस अनाम घँसिनीलाई केही सोधिनँ । सोधौं पनि के ?

बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्याङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु । चोलीको भित्री मात्र मैलो फाटेको गुन्यूँ, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटी स्वास्नीमान्छे हो त्यो आकृति ।

कहिले उसको हात र हँसिया छायामा छिटोछिटो सलबलाइरहेको हुन्छ र कहिले टोल्हाएकी हुन्छे र कहिले Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : केटाहरू

~आन्तोन छेखभ~
अनुवाद : डा. बलराम अर्याल

भालोज्या आयो ! – कसैले चोक-आँगनमा करायो । भालोजिछ्का आउनुभयो !

– नातालिया चिच्याइन् डाइनिङ् हलतिर दगुर्दै । आहा, हे भगवान ! कराल्योफको सम्पूर्ण परिवार, जो घण्टा घण्टामा आफ्नो भालोज्यालाई पर्खिरहेको थियो, झ्यालतिर हुत्तियो । प्रवेशद्वारनिर स्लेज (बेपहियाँको गाडी) थियो, र यहीँ सेता – सेता घोडाहरूको त्रोइका (तिकडी) बाट बाक्लो तुवाँलो निस्किरहेको थियो । स्लेज खाली थियो, किनकि भालोज्या हलमा पुगिसकेको थियो र राता राता कठाङ्ग्रिएका औँलाहरूले आफ्नो बाहिरी कोट (हुड) खोल्दै थियो । उसको जिम्नाजियमको ओभरकोट, (हिउँ पर्दा लगाउने) टोपी, ओभरशुज्, कञ्चटका रौँ सब बरफले ढाकेको थियो, अनि उसले पूरापूर शीरदेखि पाउसम्म त्यस्तो मीठो हिउँको वासना दिइरहेको थियो, उसलाई हेर्दाखेरि एउटा चिसो अनुभूत गर्न र “बररर् !” भन्न मन लाग्थो । आमा र अन्टी हुत्तिएर म्वाइ Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : तँ ज्योतिमान सुब्बाको पनाति !

~लक्ष्मण राजवंशी~

एक समय थियो, मैले आमाको काखमा फोहोर गर्दा पनि उहाँ कति पनि घिनाउनु हुन्नथ्यो, बाबुको टुप्पी तानी झगडा गर्दा पनि झर्को मान्नु हुन्नथ्यो । दिदीको थालमा पानीको भाँडो घोप्ट्याइदिए पनि ‘कति चकचके’ भनी गालामा म्वाइँ खानुहुन्थ्यो । दाजुको किताब घुजा-घुजा पारी च्यातिदिँदा पनि ‘के गरेको बाबू यस्तो ?’ भन्नुहुन्थ्यो । यत्तिकैमा मेरा सबै कसूरहरू क्षम्य हुन्थे । जुम्ल्याहा दाजु बिते, दिदी त अझ अगाडि नै खसिन्‌ | जिस्कने अब कोसँग ?

एक दिन मैले बाको बगलीबाट पाँच पैसा झिकेँ । अहिलेको डबलभन्दा चाक्लो र बाक्लो तामाको सिक्का, खोपी खेल्दा हान्नलाई चौपट्टै मज्जाको । लुकाउने पो कसरी ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : नवमानव

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~

छन्द : द्रुतविलम्वित

जगतमा नव-मानव भो अरे
फगत-मा-नव मानव जो छ रे ।
छ त कुनै उस-मा-नवता कतै
भन सखे ! मन-मा-नवता भए ।।१।।

पर छ जो उस-मा- नवता-समा
भर छ केवल ऊ रति-रासमा ।
छ लत धेर्‍ उसको मधु-मांसमा
तर नि भन्छ सधैँ छ विवेक् ममा ।।२।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

उपन्यास : चम्पा

~लक्ष्मीप्रसाद देवकाेटा~

नेपाली सामाजिक उपन्यास | चम्पा | लक्ष्मीप्रसाद देवकाेटा

अध्याय १
बालचिन्ता

लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, चिउँडो खस्केको थियो, मुखले अलि जिल्ल परेर वाल्ल हेरे जस्तो भाव लिएको थियो, तर उनका आँखा तीखा देखिन्थे ।

नेपाली सेतो भोटो लगाएका र सेतो सुरुवाल । शरीर सुक्नाले दुवै अलि खुकुलो देखिन्थे । कालो पालिसदार चौपाया खटियाउपर घोप्टिरहेका । रातो सीसाकलम लिएर भागवतको खुला पुस्कमा बराबर चिनो लगाउँथे । बराबर थूक लगाउने बानी थियो । Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : ए, कोही त अघि बढ !

~कृष्ण बाउसे~

फोहोर लेदोले भरिएको खानेपानीको ट्याङ्की
खाल्डाखुल्डीले हिड्नै नहुने भएको अलकत्रे बाटो
बालुवाचोरहरूको प्रतापले लच्किसकेको
खोलाको पक्की पुल

शहरभरि थापिएका घर नाउँका धरापहरू !
उद्घाटन, सम्मेलन र प्रशिक्षणको नाममा
भइरहेका खुल्ला वा गुप्त धन्दाहरू
गन्तव्यमै अलमलिएका पीडक बन्दहरू
र तिनलाई गति दिन भइरहेको जनधनको व्यापक क्षति Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनमायाको हाँसो

~कृष्ण बाउसे~

घर भत्किएर
गाउँ खण्डहर भएको छ
आफन्तका लासहरू गाडेर
आँगनमा तुलसी रोपिएको छ
एक छाक खाने अन्न जोगिएको छैन
पुरिएका एउटै लुगा निकाल्न सकिएको छैन
तर पनि
सुनमाया बारी खोस्रिँदै छिन्
बोटबिरुवा लगाउनु छ भनेर
कोदो फलाउनुछ भनेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अनिर्णयको पीडा

~मधुवन पौडेल~

अविनाशलाई दोहा महानगरमा आएको दिनदेखि नै निस्फिक्री बाँच्न सजिलो भएन ! नयाँ देश, नयाँ शहर, ठूलो ठाउँ, आफुले सोचेभन्दा वेग्लै हावापानी, सबै थोक नयाँ ! उसले यता आउने निर्णय गर्दा कहिल्यै यो ठाउँको जीवन, रहन सहनवारे केही जान्ने इच्छा पनि गरेन ! देश छोड्नु अघि ऊ सँधै आफ्नो बाबुलाई हेर्थ्यो, एउटा मोनोटोनस् जीवन कालको सत्तरीको दशकमा बाँचिरहेका सेवनिवृत्त कर्मचारी थिए उनी ! विचरा विहान दुइ गाँस दालि भात टिपेर हिँड्थे र अनि बेलुकी थकित भएर घरभित्र पस्थे । तर एउटा लक्का जवान, शिक्षित, विवेकशील र परिवारको चिन्ता गर्ने एक्लो छोरो भएर पनि अविनाश कुनै पनि निश्चित काम नभएको एउटा बेरोजगार थियो । त्यसैले गर्दा पनि अविनाशले नचाहेरै बिदेशिइने निर्णय लिएको थियो ! Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment