लघुकथा : देश नचिन्नेहरु

~नेकी धनेन्द्र~

नेपालगंजबाट सुर्खेत सम्मको यात्राको क्रममा गाडीले राँझा एयरपोर्ट काटिसकेपछि एक ठाउँमा अकास्मक बेगको गाडी रोकियो । झटपट सिटबाट उठेर के भयो भनी अगाडी हेरेको त ट्राफिक प्रहरीले पो रोकेछ ।

ड्राइभरलाई लाइसन्स निकाल्न लगायो ,ड्राइभरले पनि सोही अनुसार लाइसन्स सानो मनिब्यागबाट झिकेर देखायो तर प्रहरीले गाडी रोक्दा आफूलाई अपमान हुने गरि ब्रेक लगाएको कारण देखाएर गुरुलाई बाहिर बोलायो । करिव १५ मिटर पर हातमा ठेली समातेर बाइकमा बसेको प्रहरी कहाँ पठायो । उसले त्यहा पुगेपछि मनि व्यागबाट पैसा झिकेर प्रहरीलाई बुझायो । खलासी पनिसँगै गएको छ । मैले क्यामरा हातमा लिएर गाडीभित्रैबाट उनीहरुको रमामइलो दृश्यलाई कैद गरे । गाडी चालक पैसा दिइसकेपछि सरासर आएर आफ्नो कार्यालाई निरन्तरता दिन थाल्यो ।

मलाई यो घट्ना असैय भयो अनि मन थाम्नै नसकि सोधि हाले तपाईँबाट किन पैसा लिएको ? उसले जवाफ दियो पछाडीको ब्रेक लगाउँदा राम्रो भएन अरे । यसको मतलब तपाई गाडी हाक्न सक्षम हुनुहुन्न ? उसले जवाफ दियो गाडी हाक्न नजान्ने भए यसरी चलाएको देख्नु भएन त । त्यसो भए तपाईसँग लाइसेन्स छैन हैन् त ? लाइसन्स दिएको देख्नु भएन त । तपाईको लाइसेन्स नक्कली हो की क्या हो ? कसरी नक्कली हुनु । त्यसो भए तपाईले सरासर पैसा किन दिनु भयो त ? उ नजवाफ भयो । फेरि अर्को प्रश्न गरे पैसा कति दिनु भयो ? यसको पनि कुनै उत्तर आएन । बोल्नै छोड्यो गाडीलाई तिब्र गतिमा अगाडी बढाउन थाल्यो । यो सबै कुरा बुझ्दा नक्कली लाइसेन्स रहेछ तर उसलाई पैसाले सक्कली बनाइदियो । यसरी अवैध कार्यमा प्रहरी प्रशासन पनि संलग्न रहेको देखिन्छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.