गीत : मागेर पाइन्न माया खोसेर पाइँदैन

~भीम विराग~

मागेर पाइन्न माया खोसेर पाइँदैन
व्यापार हैन माया किनेर पाइँदैन

छ मिल्ने प्रयत्न जारी उज्यालो अँध्यारोको
अनायास पाइन्छ माया प्रयासले पाइँदैन

लहरले छोएको हुन्न गहिराइलाई कहिल्यै
स्पर्छ बिनाको यस्तो समर्पण पाइँदैन

हृदयसँग यो हृदयको सम्झौता हो माया
जोडिए त तोडिँदैन, तोडिए त जोडिँदैन

मान या नमान कर छैन कसैलाई
लेखेको पाइन्छ रे देखेको पाइँदैन

स्वर, सङ्गीत, शब्द : भीम विराग
एल्बम : दुखेको मुटु

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.