कविता : मेरो अनुहार

~प्रकाश सायमी~Prakash Sayami

मेरो अनुहार
मेरो भएर पनि मेरो होइन
यो रगतको प्रतिविम्ब मात्र हो ।

मेरो गीत
मेरो भएर पनि मेरो हुन सकेन ।

मेरो स्वर
मेरो आँसु
मेरो पसिना
यो बादलको बद्लिँदो रूप मात्र हो
म रुन सक्छु
म बोल्न सक्छु
म हाँस्न सक्छु
तर यो मेरो बौलाहापन मात्र हो
मेरो अनुहार
मेरो समय
मेरो भएर पनि मेरो होइन
म हारेको छु ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.