Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल कथा : झाँक्री हैन अहेवा

~नेत्र तामाङ~ दावा र उसका बा पासाङ चिहानघर कुरिरहेका छन् । चिहानडाँडामा चकमन्न अध्याँरो छ । बेलाबेला चिसो स्याँठले माझघरे झाक्री बा जलाएको चिहानघरबाट केही झिल्का आगो उड्दै खरानी बन्छ । दावाले मोबाइलमा हे¥यो, १२ बज्नै लागेको थियो । चिहानडाँडाको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा: निमाको अनुशासन

~भोला दुलाल~ शनिबारको छुट्टी थियो। निमा,पासाङ,राजु र उर्मिला बुढानीलकण्ठ स्थित शिवपुरी डाडामा रहेको गुम्बामा घुम्न जाने सल्लाह गर्छन। “भोलि बिहान चाडैं आउँ है सबैजना!” राजुले भन्यो। कतिबेला जम्मा हुने हो हामीहरु?” निमाले सोधी। ठीक आठ बजे हामी सबै नारनथानको बसपार्कमा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : तकिया लडाईं

~शाश्वत पराजुली~ रिदमले विमललाई बोलायो अनि भन्यो, “आज तकिया लडाईं खेल्ने है ?” विमल पनि के कम, सिरानीको तकिया उठाएर रिदमको मुखमा फालिहाल्यो । रिदमले बायाँ हातले तकिया रोक्यो । उसले त्यही तकिया विमलको टाउकोतिर हुत्यायो । “ऐया ! कस्तो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित बालकथा : बूढोले जे गर्छ बेसै गर्छ

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास केटाकेटीमा सुनेको एउटा कथा सुनाउँदै छु । यो कथा जहिले सम्झँदा पनि मलाई रमाइलो लाग्छ । किनकि मानिसहरू जतिजति बूढाबूढी हुन्छन् उतिउति असल र बुद्धिमान हुँदै गएजस्तै यो कथा पनि जति परानो हुँदै भयो उति … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

बाल गीत : म त यो शहरकै सुन्दरी

~अलका मल्ल~ दिनमा हेर्छु त्यसै पनि ऐना नचाहेरै पनि घरी घरी सबैको बर्णन चाहिन्छ मलाई म त यो घरकी सुन्दरी कोही भन्छन् कति फुर्कीएकी

Posted in बाल गीत | Tagged | Leave a comment

अनूदित बालकथा : राजकुमारी र केराउको गेडा

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास एक जना राजकुमार थिए । उनी राजकुमारीसँग बिहे गर्न चाहन्थे । तर उनले बिहे गर्ने राजकुमारी साँच्चैको राजकुमारी हुनु जरुरी थियो । सक्कली राजकुमारी खोज्न उनी संसारभरि घुमे । तर खोजेजस्ती राजकुमारी भेट्टाउन सकेनन् । … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित बालकथा : टिनको दरो सिपाही

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास उहिले – उहिलेको कुरो, त्यस बेला एक बीस र पाँच गरी जम्मा पच्चीस जना सिपाहीहरू थिए । ती सबै एउटै टिनका पाताबाट बनाइएका थिए, भनौं तिनीहरू सहोदर दाजुभाइ थिए । प्रत्येक सिपाहीले बन्दुक बोकेको थियो … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित बालकथा : सानी जलपरी

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास धेरै पर समुद्रमा पानी आकाशभन्दा नीलो र ऐनाभन्दा सफा छ, तर, त्यो ठाउँ यति गहिरो छ कि कुनै पनि पानीजहाजको सबैभन्दा लामो लङ्गरको डोरीले पनि त्यसको पिँध भेटाउनसक्तैन । संसारका थुप्रै धरहरालाई एकमाथि अर्को खप्टयाएर … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

बालकथा : इन्द्रेनी गाई

~विनय कसजू~ होलीको दिन थियो । केटाकेटीहरू रङ हान्ने खेल खेलिरहेका थिए । कोही घरमाथि बुर्जाबाट ब्यालुनमा रङ भरेका लोलाले तल बाटो हिँड्नेहरूलाई हान्दै थिए । कोही पिचकारीमा रङ भरेर आपसमा रङ छ्यापिरहेका थिए । उनीहरूले पिचकारीमा रातो, निलो, पहेँलो, … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : जङ्गल र मान्छे

~भोला दुलाल~ आज विद्यालयमा फरक खालको वातावरण थियो।हेडसरले सबै विद्यार्थीलाई जसरी भएपनि विद्यालय आउन भन्नुभएको थियो।त्यसैले म,सुनिता र खुशी एकाबिहानै विद्यालयतिर सोझियौ।मौसम चिसो थियो।आकाशमा बादल लागेर धुम्म थियो।पानी पर्ला पर्ला जस्तै थियो।हामी दगुरेर विद्यालय पुग्यौं।हामी साहेद पहिल्यै पुग्यौं क्यारे हेडसरले … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

अनूदित बाल कथा : सलाई बेच्ने सानी केटी

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास धेरै वर्षपहिलेको कुरा हो । साँझ परिसकको थियो । ठिहिर्याउने जाडो थियो । जोडले हिउँ परिरहेको थियो । त्यो चिसो र अँध्यारोमा एउटी गरिब सानी केटी बाटोमा हिँडिरहेकी थिइन् । उनका खुट्टा र कपाल दुबै … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

Poem : Road

~Himanshu Nibha Kunwar~ Oh! road I wonder Oh! I wonder Where do you stop? Where you go? I think You might stop at the edge of the world

Posted in Poem, बाल कविता | Tagged | Leave a comment

बाल कथा : सुपारीको स्वाद

~विनय कसजू~ एउटा मुसा सिंगै सुपारी बोकेर सकी नसकी दुलोतिर जाँदै थियो । अचानक माथिबाट उल्लुले झम्टन लागेको देख्यो । सुपारी त्यहीँ छाडेर मुसा दुलोभित्र पस्यो । उल्लुको पंजामा सुपारी पर्‍यो । उल्लुले त्यो सुपारी आफू बस्ने रुखको टोँडकामा लग्यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : सानी सानी

~अलका मल्ल~ सानी सानी कान्छी मेरी बोल्छे सधैँ दिती भनी कहिले भन्छे स्कुल जान्न कहिले टिफिन लान्न रातो पिरो गाला उस्को

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : घडीभित्र छडी

~रमेशचन्द्र घिमिरे~ ओरालोमा झरी कैले उकालोमा चढी नथाकेर घुम्छन् सधैँ घडीभित्र छडी कान्छो भाइ जाँगरिलो छिटो फन्का मार्छ अल्छी गर्छ माइलो भाइ खुट्टा ढिलो सार्छ

Posted in बाल कविता | Tagged | Leave a comment

अनूदित जापानी बाल लोककथा : बाँदर र भगेँराको नाच

~प्रा. डा. सुषमा आचार्य~ एकादेशमा जापानको एउटा गाउँमा एउटा बूढो मान्छेको परिवार बस्थ्यो । एकदिन त्यो बूढो मान्छे रुख काट्ने जंगलतिर छि¥यो । एउटा पहाडको फेदीमा पुग्दा बूढोले टाढाबाट आएको गीतको मीठो आवाज सुन्यो र त्यतैतिर अगाडि बढ्यो । बूढो … Continue reading →

Posted in अनूदित कथा, बाल कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

बाल एकाङ्की : ए प्लस

~एकादेशको गगनराज~ (सहरको एक कुनामा एउटा चिटिक्क परेको पक्की घर छ । सुन्दर बस्तीका छेउको यो घरलाई आफ्नो आँखामा नसजाई जाने बटुवाहरू कमै हुन्छन् । यस घरका प्रत्येक कोठाहरू महङ्गा सजावटका सामानहरूले सजाइएको छ । कोठामा टेलिभिजन, दराज, ओच्छ्यान, किताब … Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल कथा : सिंगो लड्डु

~विनय कसजू~ छिमेकीले पूजा गरेको प्रसाद भनेर एउटा लड्डु ल्याइदिएको थियो । आमाले लड्डु दर्ुइ टुक्रा पारिन् र आधा आफूले खाएर आधा कान्छाको लागि बाकी राखिदिइन् । खेलेर थाकेर कान्छा घर आयो । आमाले उसलाई लड्डु दिइन् । आधा मात्रै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : मानिसको परिचय

~विनय कसजू~ मृगले आफ्ना पाठाहरुलाई शिक्षा दिँदै थिई । शिक्षाको मूल विषय हिंसक र अहिंसक जीव कसरी छुटयाउने भन्ने थियो । अन्त्यमा मृगले पाठाहरुलाई सोध्न थाली : मृग : बाघ के हो ? पाठा : बाघ हिंसक जीव हो किनकि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : रिस

~मोहन कोइराला ‘ललित’~ रिस आफैं एक आगो हो जसले मानिसलाई भित्रभित्रै खाइरहेको छ रिस एकमात्रै यस्तो आगो हो तर शान्त गर्न सकिन्छ ।

Posted in बाल कविता | Tagged | Leave a comment

Child Story : The Light of Peace

~Suren Upreti~ My name is Pemba . I was very excited to go on an educational tour with my class to Lumbini, the birthplace of Buddha who is also called Siddhartha Gautam. Lumbini is situated in the western part of … Continue reading →

Posted in Story, बाल कथा | Tagged | Leave a comment

बाल कथा : माछो र कमिलो

~निशा देवकोटा~ कुनै देशमा एउटा यस्तो राजा थिए, जसलाई फूलहरू एकदमै मन पथ्र्यो । उनले आफ्नो दरबारअगाडि पनि विभिन्न किसिमका फूल रोपेका थिए । उनले रोपेका विभिन्न किसिमका फूलहरूले उनको दरबारलाई थप आकर्षक बनाएका थिए । एक दिन राजा भ्रमणका लागि भनेर देशबाहिर घुम्न … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गीत : घिन्ताङ मूनी आयो

~ईश्वर बलामी~ घिन्ताङ मूनी आयो, बच्चा डरायो ! बाघ होइन भालु होइन, किन डरायो ? आकाशमा टिलपील गर्ने ताराले बुबु–माम खान्छन्, मिठो साराले !!

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कविता : पुड्केको बल्छी

~भविलाल लामिछाने~ छप्ल्याङ्ग छपनी पानीमाथि छाल अल्छीलाई बल्छी माछाको काल पानी भयो धमिलो माछा डुल्न थाले बल्छीको चारोमा माछा झुल्न थाले

Posted in बाल कविता | Tagged | Leave a comment

लोक बाल गीत : तारा बजी लई लई

~अज्ञात~ तारा बजी लई लई मामा आए घोडा ! माईजु आईन् डोली

Posted in बाल गीत | Tagged | Leave a comment

बाल गजल : भन्नुस न आमा !

~शेखर ‘अस्तित्व’~ पसल हो कि बाजार, भन्नुस न आमा ! के हो सिंहदरबार ? भन्नुस न आमा ! त्यो संविधान भन्ने, चरा हो कि माछा ? र खै त्यसको अनुहार, भन्नुस न आमा !

Posted in बाल गजल | Tagged | Leave a comment

पौराणिक बाल कथा : चार मित्रहरू

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा एउटा पोखरीको डिलमा बसेर हिरण्यक मुसा, मन्थरक कछुवा तथा लघुपत्तनक काग गफ गर्दै थिए । त्यतिकैमा चित्रा· नाम गरेको एउटा मृग शिकारीको भयले त्रसित भएर कुद्दै त्यहीं आइपुग्यो । तर्सिएर भाग्दै गरेको त्यस मृगलाई आफूतिर आइरहेको … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

पौराणिक बाल कथा : वणिक्पुत्र

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा सागरदत्त नामको व्यापारी बस्दथ्यो । उसको छोराले बजारबाट एक सय रुपियाँ मोल पर्ने एउटा पुस्तक किनेर ल्यायो । त्यस पुस्तकमा लेखिएको थियो– प्राप्तव्यमर्थ लभते मनुष्यो, देवोऽपि तं लङघयितुं न शक्त: । तस्मान्न शोचामि न विस्मयो मे,यदस्मदीयं … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कथा : कमण्डलुको जल

~प्रकाशप्रसाद उपाध्याय~ जाडोको मौसम थियो । एउटा छेपारो बिहानी पखको न्यानो घाम ताप्दै थियो । आफूले घाम तापिरहेको छाप्रोको टाटीसित साधुको छाप्रो थियो । गोठालो आएर दूध दुहुने सुरसार गर्दै थियो । दूध निचोर्न थाल्नुअघि गोठालोले गाईको थुनबाट दूधका केही … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल एकाङ्की : अपाङ्ग मैत्री स्कूल

~एकु घिमिरे~ ( एउटा कक्षामा केही विद्यार्थीहरु बसिरहेका देखिन्छन् । उनीहरु एक आपसमा गफ गरिरहेका हुन्छन् । ) मीरा : आज एन्जिला आउँदिन कि क्या हो ? समीक्षा: को एन्जिला हौ ? हाम्रो कक्षामा एन्जिला भन्ने को छ र ? … Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल कविता : बाटो

~भवानी पाण्डे~ बाटो मेरो नाम हो हिँड्छन् थरीथरीका नबिराई यी आँखा हेर्छन् वरिपरिका स्वभाव थरीथरीका धरतीका प्राणीका

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : हिरो

~ललिता ‘दोषी’~ बिहानको त्यस्तै आठजति बजेको हुँदो हो । आँगनमा उभिएर ढोकातिर हेर्दै गुप्तमायाले बोलाइन् – ‘ए , शोभा नानी ! शोभा नानी ! भित्र कोही छैन कि क्या हो ? ’ बाहिर निस्किएर सुकुल ओछ्याउदै शरद्ले भने –‘ ए … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment