अनूदित जापानी बाल लोककथा : बाँदर र भगेँराको नाच

~प्रा. डा. सुषमा आचार्य~

एकादेशमा जापानको एउटा गाउँमा एउटा बूढो मान्छेको परिवार बस्थ्यो । एकदिन त्यो बूढो मान्छे रुख काट्ने जंगलतिर छि¥यो ।

एउटा पहाडको फेदीमा पुग्दा बूढोले टाढाबाट आएको गीतको मीठो आवाज सुन्यो र त्यतैतिर अगाडि बढ्यो । बूढो मान्छे नजिकै पुगेर हेर्दा सयौं बाँदरहरू पिउँदै, गाउँदै र नाच्दै गरेको देख्यो । उसलाई पनि खुब रमाइलो लाग्यो तर त्यहाँ जान सकेन ।

त्यत्ति नै बेला एउटा बाँदरले भरी बोतल बोकेर घर जान्छु भन्दै त्यहाँबाट विदा भयो । त्यो बूढो मान्छेले पनि बाँदरको पछि लाग्ने विचार ग¥यो । निकै पर पुगेपछि बाँदरले बोतल धेरै गह्रौं भएकाले एउटा रुखको टोड्कोमा राख्यो र आराम गर्न थाल्यो ।

यी सबै दृष्य बूढो मान्छेले नियालेर हेरिरहेको थियो । उसलाई पनि यसैबेला त्यो बोतलको चिज धेरै मीठो होला अलिकति माग्न प¥यो कसो नदेला र ? भन्ने विचार ग¥यो ।

बूढो मान्छे बाँदरको नजिकै गएर मलाई पनि अलिकति खान देउन भन्दै एउटा सिसी थाप्यो । बाँदरले यो खुब मीठो रसादी झोल हो ल थाप भन्दै दियो । बूढो मान्छेले घरमा गएर बूढीलाई पनि दिन्छु र खान्छु भनेर घर लिएर गयो ।

यता घरमा पनि बूढीले लुगा धोइराखेको बेला एकदमै हल्ला खल्ला गर्दै नाचगान गरेको सुनी । बूढी त्यही ठाउँमा गएर हेर्न थाली । त्यहाँ सयौं भँगेरा मस्तसँग पिउँदै नाच्दै गाउँदै हल्ला गरिरहेका थिए ।

त्यो देखेर बूढीले पनि भँगेराहरूसँग पिउने कुरा खान मन लागेको बताई । उनीहरूले यो एकदमै मीठो रसादी झोल हो भन्दै अलिकति बूढीलाई पनि दिए । बूढीले पनि आफ्ना बूढा घर आएपछि खान दिन्छु भन्दै लिएर गई ।

एकछिनपछि दुवै बूढाबूढी सँगसँगै घर पुगे । दुवैले आफूले ल्याएको रसादी झोलको विषयको घटना सुनाए । त्यसपछि बूढाले ल्याएको रसादी बूढीलाई र बूढीले ल्याएको रसादी बूढालाई खान दिए ।

रसादी झोल खाएपछि बूढाबूढी दुवै अचम्मसँग हल्लाखल्ला गर्दै नाच्न थाले । बूढा भँगेरा जस्तो गरी नाच्न थाल्यो र बूढी बाँदर जस्तो गरी नाच्न थाली । त्यो हल्लाखल्ला सुनेर छिमेकीहरू आएर हेर्न थाले र सोधे, यो के गरेको ?

बूढा र बूढीले बोतल देखाउँदै आफूहरूले ल्याएको रसादी झोल खाएर नाच्न थालेको बताए । त्यो देखेर छिमेकीले भने, ‘तिमीहरूले गल्तीले पुरुषले खाने नारीले र नारीले खानुपर्ने पुरुषले खाएछौ । अब बोतल साटेर फेरि खाउ अनि ठीक हुन्छ ।’

बूढाबूढीले छिमेकीले भनेझैं गरी बोतल साटेर रसादी खाए । त्यसपछि बूढो बाँदर जस्तो गरी र बूढी भँगेरा जस्तो गरी नाच्न थाले ।

त्यही रसादी झोल खाएपछि लोग्नेमान्छेहरू बाँदर जस्तो बलियो भएर र नारीहरू भँगेरा जस्तै बनेर विभिन्न हाउभाउ गर्दै नाच्न सक्छन् ।

ल त भाइबहिनी हो, कथा कस्तो लाग्यो ? भनत । पाएँ भन्दैमा जे पायो त्यही खान हुँदो रै’छ त ? हुन्न है ।

This entry was posted in अनूदित कथा, बाल कथा, लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.