Tag Archives: Jibnath Dhamala

निबन्ध : उज्यालोको तृष्णा

~जीवनाथ धमला~ आमशिशुझैँ मैले पनि जन्मेकै दिन प्रकृतिप्रदत्त उज्यालोसँग साक्षात्कार गरेको हुनुपर्छ । तर, चेतनाले आकार ग्रहण गरी नसकुन्जेल मलाई त्यसको अर्थ थिएन । नवजातशिशुले आमासँगको अविच्छिन्न साक्षात्कारका साथै अटुट मातृत्वको पोषण प्राप्त गर्ने क्रमसँगै आफूमा चैतन्यको वीजारोपण पनि गर्दै … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : सहर

~जीवनाथ धमला~ अलिकति दुखेको निष्कलङ्क सत्य टल्किरहेछ सहरको एक छेउबाट देखिएको अग्लो हिमालमा अलिकति नियास्रो बाध्यता घुमिरहेछ घण्टाघरका सुईहरूसँगै सडकहरूमा एउटा एकान्त झुल्कन्छ साँझका बत्तीहरूसँगै पशुपतिनाथको यस प्राचीन सहरहरूमा बादलहरूको कुनाबाट एउटा दिव्य सन्दर्भ चियाइरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यका गतिहरू

~जीवनाथ धमला~ एउटा कुरुक्षेत्र जितेर म घर आइपुगेको छु, मेरो आगमनलाई— आमाका आँखाहरूबाट बर्सेको हर्षाश्रुका अविरल ध्वनिहरूले स्वागत गरिरहेछन्, आमाको अनुहारमा अहिले सत्य छचल्केको छ, मेरो विजयको अबिर पोतिएको अनुहारलाई यतिखेर आमाको प्रसन्न मातृत्वले देखिरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँसुरीको धुन

~जीवनाथ धमला~ नयाँ बान्की सजिएर लिपिहरू/ध्वनिहरू उभिएका छन् गल्छेँडा, चउरहरूमा पिरो धूवाँको नागबेली लर्को प्रश्नबोधकझैँ टाँगिएको छ छानादेखि छानासम्म ।

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : घोडाहरू हिन्हिनाइरहेछन्

~जीवनाथ धमला~ सहजै अनुमान गर्न सकिन्छ, मानिस र घोडाबीचको सम्बन्ध मानव–सभ्यताको आरम्भदेखि नै रहँदै आएको हो । सिकारी युगमा मानिसले हातहतियार बनाउन जानिसकेका थिए । भाला, धनुकाँडजस्ता हतियार त्यसबेला आत्मसुरक्षा र सिकारका लागि मनुष्यले बनाउन सिक्यो । त्यस युगको अन्त्यसम्म … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : आगो पिएर बाँच्ने

~जीवनाथ धमला~ आगो पिएर बाँच्ने विवश मेरो कथा छ जलेछु भित्र भित्रै छातिभरि ज्वला छ मेरो संसार जहाँ आँसुका भेल हुन्छन् मेरो हिंडाइ जहाँ काँडाहरू भरिन्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रश्नमय पलाहरू

~जीवनाथ धमला~ प्रहर पलाहरू रङ लाउँदै उर्ध्वगामी थिए आकाशमा पलाहरू यात्रारत, बोक्दै थिए भारहीन सपनाहरूलाई, निराकार अघिल्ला प्रहरहरूमा डुबेका गीतहरू क्रमशः डोलिँदै भाखाहरूमा क्षितिजतिर उज्यालो डाक्दै थिए ब्यूँझिएका आँखाहरू विश्रामहरूमा आकाश चढ्न खोज्दै थिए नानीहरू, गौँथलीसँग खेल्दै गरेको सपना देखेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको खोजी

~जीवनाथ धमला~ नीलो आकाशमुनि चिसो हुरी बहँदै थियो आँगनमा/धुरीमा र फूलहरूमा, घाम डुबिसकेपछि बाँकी रहेको अलिकति उज्यालो आकाश देखेर त्यही उज्यालो छुन उड्दै थिए केही पक्षीहरू, मलाई लाग्यो— “डुब्न आँटेको उज्यालो छुन पुग्छन्/पुग्दैनन् तिनीहरू । उनीहरूको अभिलाषा साकार बनिदिए हुन्थ्यो” … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : बेजिङमा घुमघाम

~जीवनाथ धमला~ बेजिङमा जम्मा मेरो बसाइ छ दिनको रहृयो । ती दिनमध्ये चार दिनको दिउँसोको समय वर्कसपमा बितिहाल्यो, म’ख्य काम नै त्यही थियो । ती चार दिनका बिहान बेल’का, प’गेको दिन दिउँसोदेखि साँझसम्म र र्फकने दिन २०६३ असार १० गते … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अक्षरको बिस्कुन

~जीवनाथ धमला~ मनलाई अक्षरहरूमा पोख्ने बानी आफूलाई पुरानो जस्तो लाग्न थालेको छ । निकै भो त्यसो गर्न थालेको । मन लाग्यो कि अक्षरमा पोखिने केहीबेर गीतमा, संस्मरणमा अनि केहीबेर आलेखमा अल्झने गरेको छु । आलेखमा मनलाई पोख्ने अलिबढी खोजीनिती गर्नुपर्छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नियात्रा : क्वालालम्पुरमा वेतिनीको सपना

~जीवनाथ धमला~ दक्षिण पूर्वी एसियाको एउटा सुन्दर सहर क्वालालम्पुरमा झण्डै १८ वर्षपछि पुनः पाइला टेक्ने अवसर मिल्यो । २०६४ साल फागुनको अन्तिम साताका चार दिन म क्वालालम्पुरमा रहेँ । टेलिभिजनसम्बन्धी एक कार्यशालामा सहभागी हुन म त्यहाँ पुगेको थिएँ । प्रसारण … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment