व्यङ्ग्य कविता : कत्रो साइज

~अर्जुन पराजुली~

सकारात्मक संकेतले
“…” कहिले गर्ने हो ?
बिन्तिपत्र चढाउने साइत
कहिले पर्ने हो ?
प्रतिगमन सच्चिन सुरु फेरि
कहिले गर्ने हो ?
प्रतिगमन आधा सच्चिउञ्जेल पर्खिने कि
चौथाइ सच्चिने बित्तिकै
दाम चढाउन लाम लागेर अगाडि सर्ने हो ?
हेलिकप्टरमा सवार साँढेबाट
तपाईँको मुखमा नरिवल कहिले झर्ने हो ?
नेताज्यु दौरा सुरुवाल सिलाउनका लागि
अर्डर अहिले गर्ने कि
अलि पछि गर्ने हो ?
यी सबै कुरा थाहा पाउनका लागि
तपाईँहरुका हातहरु शाही ज्योतिषीका घरमा गएर हेराउनु पर्ने हो
शाही ज्योतिषीलाई हात नहेराइ तपाईँलाई कसरी थाहा हुन्छ
आन्दोलन गर्दा कत्रो साइजको गर्नुपर्ने हो ?
दौराको साइजको
सुरुवालको साइजको
कोटको साइजको
कि गर्ने हो आन्दोलन
तक्माको साइजको ?

(२०६२ साउन २१ शुक्रबारमा आयोजित नागरिक भेलामा कवि अर्जुन पराजुलीका चोटिला व्यङ्ग्य कविता)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.