कथा : हत्यारा सपनाको राजकुमार

~सविना सिन्धु~

बसपार्कबाट चढेको गाडीले ओरालेको थियो, कीर्तिपुरस्थित विश्वविद्यालय अगाडि। मैले स्टुडेन्ट कार्ड देखाएँ र गाडीभाडा तिरेर ओर्लिएँ। झट्ट अनुपमालाई देखेँ। ऊ मभन्दा केही पाइला अगाडि थिई। “ओई अनुपमा…….पर्खी न”, म दगुर्दै गएँ। युनिभर्सिटीको वरिपरी घामको उज्यालो किरण तँछाडमछाड गर्दै छरिएका थिए। उसको उभ्याइमा उदारता र गम्भीर ब्यक्तित्व देखिन्थ्यो। ठूलो ग्राउन्ड, थुप्रै घरहरु, भुलभुलैया जस्तै बाटाहरु अनि किताबहरुको चाङ्ग भएको पुस्तकालय। यस विश्वविद्यालयको विद्यार्थी हुनुमा पनि गौरव महसुस हुन्थ्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जेल हैन

~आशांक उपाध्याय~

माया कुनै जेल हैन
खुट्टा बाध्ने नेल हैन

यो त एउटा यथार्थ हो
केहि क्षणको खेल हैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

माेतीराम चाैधरी `रत्न´का पाँच थारूभाषी हाइकु

~माेती राम चाैधरी `रत्न´~

१
नङगा हुइटा
डिन-डिने बस्टी
जवान विना ।

२
भाेहर लागठ
आजकाल महि
हमार गाउँ-बस्टी । Continue reading →

Posted in थारू हाइकु | Tagged | Leave a comment

गजल : नयन अश्रु दाग लुकाइ

~रमेश भट्टराई ‘सहृदयी’~

नयन अश्रु दाग लुकाइ हाँसो बाहिरी देखाएर
भाग्य रेखा टुक्रिएको जीवन गीतलाई लेखाएर

सोध्छन् साथी ‘के छ खबर ?’ भन्छु, राम्रो चलिरा’छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सानो पोखरी

~सदानन्द अभागी~

म सानो माछा
मेरो सानो पोखरीको बास
प्रकृतिक सौन्दर्यताको भण्डार
विश्व उच्चताको ठूलो पर्वत
पूण्य सलिलाको पवित्र जलले सिँचित
विश्व बन्धुत्वको भावनाले भरिएका

मेरो पोखरीमा बसेका माछा
विविधतामा एकता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कान्छा जा त्यो बुटो काट्

~देबेन्द्र बस्याल~devendra-basyal

कान्छा कान्छा भनेर एकोहोरो बुवाले एकाबिहानै बोलाउनु हुन्छ । म न्यानो बिस्ताराबाट आँखा मिच्दै हत्पती बाहिर निस्कन्छु । बुवाको आवाज रोकिन्छ । मैले बाहिर हेर्छु, भर्खर दिशाफाट्न लागेको हुन्छ, पूर्वमा बिहानीको रातो लाली निशानी बसेको छ । पारी वनमा कल्चौंडाले गीत गउँदैछ । शिशिरयामको चिसो हावाले मेरो ज्यानमा जिरिङ्ग काँडा उठे । म बुवा सुत्ने कोठाको ढोकामै पुग्छु । बुवालाई प्रणाम गर्छु । बुवाले आर्शिवाद दिनुहुन्छ “ठूलो नेता भएस दीनदुखीको सेवा गरेस ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भेटें मोडमा तिमीलाई

~छविलाल खड्का~

घुम्तीमा भेटें, भेटें मोडमा तिमीलाई
बाँचेकै देखें, उही रोडमा तिमीलाई ।

दोकान थापें, हेर मैले यो पिरतीको
आएको किन्न, देखें तोडमा तिमीलाई । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्दबद्ध गजल : मन रहेछ जिन्दगी

~रिजाल किरण~

छन्द : प्रियंवदा

धनसगै मन रहेछ जिन्दगी
गनगने पन रहेछ जिन्दगी ।

नगदको बमन चाल पाउँदा
नुहिनु नै झन रहेछ जिन्दगी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मुखरनहरू वाणीका

~तेजेश्वरबाबु ग्वंगः~

नभनी सुखै हुन्न । भन्नैपर्ने हुन्छ । मान्छे के हो ? प्रश्न पसारिन्छ । भन्न मन लागिदिन्छ । भनिहाल्छु । मान्छे, आखिर कौतूहल त रैछ । कौतूहल एक प्रवल इच्छा । प्रवल इच्छा-उत्सुकता । उत्सुकता-उत्कण्ठा । उत्कण्ठा कुनै रहस्यमय कुरो जान्न चाहने चाहना, जिज्ञासा । जिज्ञासा सिक्ने मन । जिज्ञासा एक खेल मनको । त्यसैले भन्न मन लागिदिन्छ- मान्छे त खेलाडी रैछ । ऊ खेल खेल्छ । खेलिरहन्छ । खेल्नैपर्छ खेल उसलाई । ऊ भन्नु सब- थोक । ऊ अनेक गर्छ । खेल खेल्न ऊ तेल लाउँछ । अलिअलि आफैँमा, अलिअलि अरूमा । अनि भन्न मनलाग्न थाल्छ ऊ अलिअलि तेल रैछ । तेल मान्छे । मान्छे तेल । सायद यसरी नै तेलिया भइएछ कि मान्छे । जे होस्, उसलाई अलिकति तेल लाउनैपर्ने भैदिन्छ । ऊ एउटा कब्जा हो । तेल नलाए कब्जामा खियापर्छ । खियामा तेल नलाए खिइन्छ कब्जा । खिया परेको कब्जा सहज चल्दैन । बलजफ्ती न्याय बन्छ- अलिअलि उसमाथि । अलिअलि अरूमाथि । कनिकुथी Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

Story : Fascination

~Suraj Shreewastav~

Mid June, 2000 AD, It was Birgunj, the southerner Terai city of Nepal. I was ready for my home. Bus departure time is 3:30 pm. I was waiting too long for holiday, so I was excited to reach my home almost immediately as possible. With some pleasurable bunches of feeling, I was moved for the Bus counter by 3:00 pm. I was booked a ticket for Gaur and enter up in the bus, where there is no any seat no. system in booking area, so just I was curved m Continue reading →

Posted in Story | Tagged | 1 Comment

संस्मरण : बमको छर्रा बोकी मरुभूमितिर

~अनुपम ‘नवोदित’~

एउटा सुन्दर सपना बोकेर ‘जनयुद्ध’को बाटोमा हिँडेको पनि वर्षाैं बितेछ । जिन्दगीको किशोरवयमा मुक्ति र मृत्युको शपथ खाएको पनि हिजै जस्तै लाग्छ । ती आँधीमय दिन सम्झिँदा आज पनि हृदयको एउटा कुनामा पिलो झैँ दुख्छ । मानसपटलमा ती दृश्य क्यामेराको रिल घुमेझैँ फनफनी घुमिरहन्छन् । गणतन्त्र प्राप्तिका निम्ति लडेका योद्धाहरू शरीरभरि गोलीका डोब र छर्रा बोकेर जीविकोपार्जनका लागि बिदेसिन बाध्य छन् । म पनि तिनै युवामध्ये एक हुँ । गौरीशंकरको फेदीबाट आज म यो बिरानो ठाउँमा पसिना बगाइरहेको छु । Continue reading →

Posted in अनुभूति, संस्मरण | Tagged | Leave a comment

कथा : अभिनय

~जीतबहादुर कटुवाल~

संसारका अनेकन मानिसका भीडमा मधुरा नक्षत्रजस्तै पिलिक्क पिल्पिलाउने राजदेवको पहिचान कलासँग गाँसिएको छ । उनी कलालाई पूजा गर्छन् । अभिनयलाई प्रेम गर्छ । नाटक उसको रुचि क्षेत्र हो । राजदेव उत्साहका साथमा नाटकमा अभिनयका लागि गइरहेका छन् । कला त्यसमा पनि अभिनय कला उसको रुचि क्षेत्र र रमाउने क्षेत्र हो । कुनै पहुँच र प्रभाव नभएका राजदेवलाई अलिकति नाम र बिहानबेलुकाको अलिकति छाक टार्न मुस्किलले भए पनि नुनतेलका लागि दाम दिएको छ, यही क्षेत्रले । कलामा उनी आफूलाई यसरी समर्पित गरेका छन् जसरी मृगशावकले अरण्यको तृणभूमिलाई हृदयदेखिनै आत्मीय ठान्छ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कमरेडको जुत्ता

~यकिना अगाध~

युद्धको समय थियो
कमरेड
युद्धको परेडमा लामबद्ध थियो ।
मेरै गाउँ भएर
विजयको यात्रा उँभो लागेको थियो ।

मेरा बाबाको
चिरापरेको नाङगो पैताला देखेर
आफ्नो खुट्टामा रहेको मनपरेको एकजोर चप्पल
कमरेडले उपहार दियो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Espresso

~Prabal Thapa~

sip of espresso
its bitterness is the truth
as you taste with your tongues’s bud
start your day Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : आफ्नै परिभाषामाथि प्रश्न चिन्ह

~कृष्ण बाउसे~

जब म बाटोमा ओहोरदोहोर गर्छु
मेरो स्पर्शमा आउँछ
एकातिर
सधैँ सबैलाई जीवन बाँड्दै हिँडिरहेको निश्चिन्त हावा
र अर्कातिर
सधैँ चिन्तामा डुबिरहेको एउटा मान्छे ।
जब म बाटोमा ओहोरदोहोर गर्छु
मेरो कानमा पर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : सानी जलपरी

~एच सि एन्डरसन~
अनुवादकः शान्तदास

धेरै पर समुद्रमा पानी आकाशभन्दा नीलो र ऐनाभन्दा सफा छ, तर, त्यो ठाउँ यति गहिरो छ कि कुनै पनि पानीजहाजको सबैभन्दा लामो लङ्गरको डोरीले पनि त्यसको पिँध भेटाउनसक्तैन । संसारका थुप्रै धरहरालाई एकमाथि अर्को खप्टयाएर राख्यो भने मात्रै त्यसको पीँधबाट पानीको सतहसम्म पुग्नसकिन्छ । त्यो गहिरो संसारमा समुद्री मानवहरू बस्छन् ।

समुद्रको त्यो गहिरो पीँधमा बालुवै बालुवा छ भनी ठान्नु हुँदैन । त्यहाँ केही पनि उम्रन्न भन्ने कुरा गलत हो । त्यहाँ सबैभन्दा अनौठा रुख बिरुवाहरू हर्ुकन्छन् । तिनका हाँगा र पातहरू यति कम Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

बालकथा : इन्द्रेनी गाई

~विनय कसजू~

होलीको दिन थियो । केटाकेटीहरू रङ हान्ने खेल खेलिरहेका थिए । कोही घरमाथि बुर्जाबाट ब्यालुनमा रङ भरेका लोलाले तल बाटो हिँड्नेहरूलाई हान्दै थिए । कोही पिचकारीमा रङ भरेर आपसमा रङ छ्यापिरहेका थिए । उनीहरूले पिचकारीमा रातो, निलो, पहेँलो, हरियो विभिन्न रङ प्रयोग गरिरहेका थिए ।

रङका लोला र पिचकारीबाट जोगिन मानिसहरू सडकमा निस्कन डराइरहेका थिए । सडकमा होली खेल्ने केटाकेटीहरू मात्रै देखिन्थे । उनीहरू सुकिला लुगा लाएको मानिस आउला र रङले हमला गरौँला भनेर पर्खिरहेका थिए । . Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

थारू भाषी गजल : मुस्कान गजल जैसिन

~मेन्जावीर चौधरी~

तुहार मुस्कान गजल जैसिन
तुहार मुहार कमल जैसिन

तुहार नरम-नरम ऊ ओठ
लागत नसासे भरल जैसिन Continue reading →

Posted in थारू गजल | Tagged | Leave a comment

कथा : तिमीलाई धेरै झपार्नु छ

~राजेन्द्र चोथाले~

तिमीलाई धेरै झपार्नु छ । मिले गालामा दुई-चार थप्पड पनि हान्नु छ । तिमीलाई अरूसामु मेरोबारे बोल्नु के खाँचो, मैले त तिम्रो बारेमा कसैसँग कहिल्यै नराम्रो उच्चारण गरिन बरु तिम्रा गल्तीहरू छोप्दै, बदनामीहरूमा नामको पर्दा हाल्दै सधैँ नै तिम्रो तारिफ गरिरहेँ । तिमीले कहिले सुनेकी छौ मैले बदनाम गरेका शब्दहरू ? मेरो बदनामी र तिम्रो बदनामीलाई फरक देख्ने तिम्रो आँखा कस्तो ? हामी त जोडिएको घाँटी पो । हिलो छ्यापिए दुवै मैलिने, काटे दुवैलाई रगत आउने तर तिमी त छ्या, मान्छे भन्नै मन लागेन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फोटो टाँसिएको छ

~धनकुटे कान्छा~

बजारमा रङ्गीन तिम्रो फोटो टाँसिएको छ
यो नठान कि रङ्गमा हार्दिकता गाँसिएको छ

पोस्टर हो हाँसेछौ बजार हाँसिरहेछ
यो नठान कि पोस्टरले जीवन दिएको छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अत्याधुनिक घैँटो महात्म्य

~नरनाथ लुइटेल~

   म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे छात्र हुँदा टिफिनको समयमा प्राय सबै मेरा दौँतरी उफ्रिपाफ्रीतिर निस्कन्थे । म भने कक्षाकोठामै कुचुक्क परेर बसिरहेको हुन्थेँ । एक पटक मलाई कृष्ण न्यौपाने सरले कक्षाबाट तानेर चौरमा ल्याउनु भयो । सबका सब यस्तो रमाइलो गरी रहेका छन्, तिमी भने कक्षाकोठामै ? लु भएन । विद्यालय जन्मोत्सवको अवसरमा सप्ताहव्यापी खेलकुद कार्यक्रम चलिरहेको थियो । एउटा खेलमा सहभागी बनाउन उहाँले मलाई तानेर ल्याउनु भयो । फराकिलो चौरमा ठूलो घेरा बनाएर मेरै दौँतरीहरू Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : फूल

~शिव अधिकारी~shiva-adhikari

फूल हो सिर्जना विन्दू धर्तिको मन मोहिनी
खोलिएको मिठो हाँसो फूलैको बासना पनि
हास्नु हसाउनु पर्ने किन हो यो फूली फूली
के कर्तव्य गरिराख्ने फूलले जिवनी भुली

किन फूल्दछ यो फूल कस्को लागि फूति रह्यो
फूलले पाउने के हो बरु यै चट्ट काटियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मन यतै भुल्छ

~जे‍ पी लम्साल~

कलेज आयो केटि हेर्‍यो मन यतै भुल्छ
तिमिलाइ देख्दा मेरो मनमा मायाको फुल फुल्छ

तिमि संग मन्दिर अनी डेटिङ्ग जाने इच्छा नभएको होइन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मन्दिर हेर

~छविलाल खड्का~

जुन मान्छेले बनायो, मन्दिर हेर
उस्कै लागि भो निषेध, मन्दिर हेर ।

श्रम चलेछ चलेन, पानी र जात
कस्तो रहेछ उसको, तक्दिर हेर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : हात

~सेरउड एन्डरसन~
अनुवादः बलराम अधिकारी

वाइन्जबर्ग नगरनजिकैको खोलाको किनारमा एउटा सानो घर उभिएको थियो । घरको आधा भत्केको बरन्डामा एउटा सानो गाँठीको पाको मान्छे यताउति गरिरहेको थियो । ऊ अधीर देखिन्थ्यो । घर अगाडि सोतो परेको खेत थियो । क्लोभरको बीउ छरेको त्यो खेत तोरी झारले पूरै ढाकेको थियो । उसले खेतपारिको राजमार्ग हेर्‌यो । स्ट्रबेरी टिपेर घर फर्किंदै गरेकाहरूले भरिएको एउटा ब्यागन अर्थात् मालगाडी गाउँ फर्किंदै थियो ।

गाडीका युवायुवती उत्ताउलो पाराले होहल्ला गर्दै थिए । नीलो कमिज लगाएको केटो गाडीबाट फुत्त हामफाल्यो र एउटी केटीलाई आफूतिर तान्न लाग्यो । केटी चिच्याउँदै उसको हातबाट फुत्कन खोजी । केटाले भुइँमा एक लात्ती हान्यो । उसको खुट्टाबाट उँडेको धुलो बिदावारी हुन लागेको साँझको घाममा टल्कियो । त्यो सोतो परेको Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : म फूल हूँ

~भरत खत्री~

म गुलाफको कोपिला हूँ
टिप्ने कोसिस नगर्दा हुन्छ
म गुलाफको फूल हूँ,
च्यात्ने कोसिस नगर्दा हुन्छ

धेरैले सजाय मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : द्यौरालीमा नपर्ख है मायाँ

~सीता अर्याल~Sita Aryal

आउन पाईन द्यौरालीमा नपर्ख है मायाँ
भर नभाको पर्देशीको नखोज है छायाँ

टूङ्गो केही हुन्न रैछ बिदेशको ठाउँमा
रमाएर बस तिमी आफ्नै प्यारो गाउँमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : स्वार्थ

~गोवर्धन पूजा~Govardhan Pooja

थाहा छ,
तिम्रो फैलावट संगसंगै
बढ्दै जाने छ हाम्रो दूरी
क्षितिजले कोरेको
धर्ती र आकाश बीचको सीमारेखाजस्तै

तर पनि
जून बनेर हामी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : The Tale of a Town and Many Villages

~Pravin Rai Jumeli~

The painted winds of east

gushed, told a tale and vanished

Possessing the blanket knitted by cold and dust

the new flowers hided that tale Continue reading →

Posted in Poem | Tagged | Leave a comment

निबन्ध : उज्यालोको तृष्णा

~जीवनाथ धमला~

आमशिशुझैँ मैले पनि जन्मेकै दिन प्रकृतिप्रदत्त उज्यालोसँग साक्षात्कार गरेको हुनुपर्छ । तर, चेतनाले आकार ग्रहण गरी नसकुन्जेल मलाई त्यसको अर्थ थिएन । नवजातशिशुले आमासँगको अविच्छिन्न साक्षात्कारका साथै अटुट मातृत्वको पोषण प्राप्त गर्ने क्रमसँगै आफूमा चैतन्यको वीजारोपण पनि गर्दै जान्छ र चाँडै नै उसको स्मृतिमा आमाको अनुहार सुरक्षित हुन्छ । शिशुलाई आमाको मुहारसँग अभ्यस्त बनाउँदै स्मृतिमा सुरक्षित बनाउने साधन भनेकै प्राकृतिक उज्यालो हो । स्मृति भनेकै चैतन्यदायी अनुभूतिको एउटा भित्री तह हो, जुन मानव मस्तिष्कमा सञ्चित भइरहन्छ । स्मृति निर्माणको आधार चैतन्य तत्वसँग मिश्रित उज्यालो हो । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : पर्वतकी छोरी हुँ म

~किरण खरेल~

हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ

कालो कालो बादलमा केश फिजाउँछु
कलकल बग्दै म यो देश भिजाउँछु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आयो फेरि नयाँ वर्ष…

~बसन्त चौधरी~

नयाँ वर्ष आएको छ
लट्पट्याउँदै पुराना सम्झनालाई
के गरूँ म
आफ्नो शुभकामनालाई
जुन तिम्रोलागि साँची राखेको छु

तिमीलाई शुभकामना छ
तिम्रालागि जीवन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment