कविता : म फूल हूँ

~भरत खत्री~

म गुलाफको कोपिला हूँ
टिप्ने कोसिस नगर्दा हुन्छ
म गुलाफको फूल हूँ,
च्यात्ने कोसिस नगर्दा हुन्छ

धेरैले सजाय मलाई
पकेटमा, हातमा, गमलामा
अब मेरो पालो हो
म आफै सजिन्छु

जसले मलाई छुनेछ
म त्यसको हात फोरिदिन्छु
जसले मलाई कु-दृष्टि लाउनेछ
उसको आँखा फोरिदिन्छु

म फूल हू मतलब
म नारी हू, म नारी हूँ
मतलब, म सृष्टिकर्ता हूँ
सृष्टिकर्ता हू, मतलब आमा हूँ

आफ्नो सम्मान चाहन्छु
म अरुको सम्मान गर्छु
लेनदेनको लागि हैन
संसार धान्नको लागि

(नारीहरु प्रति समर्पित कविता)

भरत खत्री
गुल्मी धुर्कोट ३ हाडहाडे

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.