निबन्ध : धर्तिमाताको काख

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

अरुको नकारात्मक कामले जब अन्तर्आत्मामा चसक्क घोच्छ अनि मलाईलाग्छ मेरो मातृभूमिलाई कहिं न कहीं पिडा (बोध) भएको छ । सुरम्य मातृभूमिको काख , भावना स्व– ब्यक्त गर्ने सामथ्र्यहीनतामा हामी कति निष्ठुरी, मातृभूमिको सुरम्य काखमा लडिबडि गर्दा पनि आमाको पिडा थाहापाऊन नसक्ने असमर्थता अर्थात अबुझपन ।

आज साह्रा संसारलाई कुन्नि के के ले हो के के ले एउटै आँगन गराएको छ भन्ने पनि गर्छन् । तर मझेरी त फरक फरक छ आ–आफ्नै छ अलग अलग छ । आ आफ्नो मझेरीमा रहेको मूल अँगेनामा आ आफ्नै स्वादका स्वादिष्ट ब्यञ्जन पाक्छन् ।अर्काको घरको मझेरीमा रहेको मूल अँगेनामा जे सुकै पाकोस् तर आफ्नो घरको मझेरीको मूल अँगेनामा पाक्ने ब्यञ्जन आफु र आफ्ना परिवारकोलागि आफ्नै स्वादको पाक्नु पर्दछ र स्वस्थकर Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जे आउँछ मज्जाले पचाउँछ

~भरत खत्री~

पहिले धेरै दियो खुसि बनायो
पछी सबै लुट्यो दुखी बनायो
समयको खेल हो भन्दै
इतिहासले सदै अन्धो बनायो

पुर्खाहरु लडेकै हुन् देशको निम्ती Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : लाहुरेको स्तूती

~दिल थापा~

सन्देश लिएर आउंछ
हरेकबिहान कलिलो घामले
लाहुरे छोराको स्वाभिमान लिलामी भएको देशमा
मातृभुमि विस्तारवादको घेराबन्दीमा परेको छ भनेर ।
जब निलो आकाशको सीमारेखाहरुलाई
कालो बादलले घेराबन्दीमा पार्छनी ।
अनि घामले किरणको बुलेटहरु प्रहार गर्छ l
कालो बादलमाथि l

आमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

विनीत ठाकुरका चार मैथिली हाइकु

~विनीत ठाकुर~

१.
वर्षाक बुन्द
धरतीक गर्भ सँ
उगल पौध ।

२.
धानक फूल
बसमतिया आरि
खुश किसान । Continue reading

Posted in मैथिली हाइकु | Tagged , | Leave a comment

बहरबद्ध गजल : छिमेक कस्तो

~रिजाल किरण~

बहर : मुतकारिब मक्बुज असलम

बिखालु काडाँ बनेर डस्ने छिमेक कस्तो
मिलेर बस्दा जलेर मर्ने छिमेक कस्तो ।

पहाड पाखा तराई हाम्रो सुगन्ध माटो
सुगेर घाटी घटुक्क निल्ने छिमेक कस्तो । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : बिगन रामको मादल

~राजेन्द्र तारकिणी~

रातभरि पेटीमा जाडोसँग ‘लभ’ गरेर
बिगन राम बिहानै पुलमाथि सरेको छ
कठ्यांग्रिएका औंला ठोक्किएर
मादलको खरी रुन्चे भएको छ !
(मानौं, मादलभित्र छ भोकैभोकको ताल
खस्रा हातको चड्कनसँगै
घिन्ताङ-ताङ… रोइरहन्छ)

जान्दैन ऊ-
साम्प्रदायिकताको राग/राष्ट्रवादको कोरस Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : नाकमा आरूको फुली

~नरनाथ लुइटेल~

मेरो जन्मथलो भोजपुरको सिक्तेल । हाम्रो परिवार वि.सं. २०१९ सालमा भोजपुरबाट मधेस (झापा) बसाइसराई हुँदा म चार वर्षको फुच्चे थिएँ । मधेस झरेपछि ठ्याम्मै पचास वर्षको नेटो काटिसकियो । तर फेरि जन्मथलो भोजपुर पुग्ने अवसर मिलेको छैन । यस पटक मकालु साहित्य समाजले संखुवासभा साहित्यिक महोत्सवको निम्तो दिएर म खाँदबारी र चैनपुर पुगेको थिएँ । यो साहित्यिक यात्राबारे छुट्टै लेख्ने मन छ । लेख्दै गरुँला । खाँदबारीबाट भोजपुरको पूर्वी क्षेत्र सर्लक्कै देखिँदो रहेछ । चैनपुरबाटै पनि देखिने रहेछ । भौतिक रूपमा मैले त्यता पुग्ने अवसर नमिले पनि मनले भने Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

समीक्षा : बी पी कोइरालाका प्रमुख साहित्यिक मान्यताहरू

~डा. विष्णुप्रसाद पौडेल~

प्रस्तुत लेख विश्वेश्वर प्रसाद कोइराला (१९७१–२०३९) ले विभिन्न समयमा आफ्ना लेख, अन्तर्वार्ता आदिमा मूल तथा प्रासङ्गिक रूपमा प्रकट गरेका कला साहित्य सम्बन्धी मान्यताहरूको आ”कलनमा केन्द्रित छ । यस अनुसार कोइराला आफ्नो साहित्यिक लेखनमा वैचारिकता, जीवनप्रतिको आस्था, निर्वाध स्वतन्त्रताको चाहना, रचनात्मक विद्रोह, मान्छेका आन्तरिक पक्षको उद्घाटन, अस्तित्ववाद, राजनीतिक पक्षधरताको नकार, यौनप्रतिको उदार दृष्टि, भाषाशैलीप्रतिको सचेतता, समन्वयवादी सोच, उत्तर आधुनिकतावादी चेतना र कला साहित्यको विशिष्ट सामथ्र्यको पक्षधरतालाई महत्त्व दिने चिन्तकका रूपमा चिनिएका छन् ।

१. विषय प्रवेश
बनारसमा दस कक्षा पढ्दै गरेका विश्वेश्वर प्रसाद कोइरालाको पहिलो साहित्यिक रचना ‘वहा”‘ नामक हिन्दी भाषाको लघु कथा हो । यसको परिमार्जन र प्रकाशनमा शान्तिप्रिय द्विवेदीले सहयोग गरेका थिए । यो प्रेमचन्दद्वारा सम्पादित बनारसबाट निस्कने ‘हंस’ पत्रिकामा १९८७ साल माघमा प्रकाशित भएको थियो Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : सक्तिन म बुद्ध बन्न

~डा. संगीता स्वेच्छा~

म बुद्ध जन्मेको देशमा जन्मेको मान्छे
बुद्ध हुर्केको देशमा हुर्केको मान्छे
सबैले यही पढाए
सबैले यही सिकाए
शान्तिको पथमा हिंड्नुपर्छ भनेर
कि म बुद्ध झैं ज्ञानी बन्नुपर्छ भनेर । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्याह्न

~नरदेन रुम्बा~Norden Rumba_1

यो भन्ज्याङबाट
माथि उठेर आकाशको बीचमा त्यो घाम
एकक्षण रोकिन्छ
त्यसले हिमालहरूलाई छातीले छोएर
एकक्षण स्तब्ध हुन्छ
आफूबीचमा बसेर जब त्यसले मलाई जीवनको
किनारतिर डोर्याउँदै लान्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

जातक कथा : कानो गिद्ध र चराहरु

एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरूमा चराचुरुङ्गीहरू बस्थे ।

एक दिन कानो गिद्ध त्यहाँ बस्न आयो ।अरू चारहरुले उसलाई बुढो भएकोले स्वागत गर्‍यो ।

त्यो कानो गिद्धले जब चराहरूलाई देखेर रमाए र सोचे मलाई यिनीहरूले कति माया गरेको । चराहरूले उसलाई खान दिनेथ्यो र गिद्धले पनि त्यसै गरेर रमाएर बसेका थिए । Continue reading

Posted in जातक कथा | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : भुडी परीक्षण अभियान

~कृष्ण उफान~

तपाईको भुडी कस्तो आकार प्रकारको छ ? कहिल्यै अवलोकन गर्नुभएको छ ? मूल्याङ्कन गर्नुभएको छ ? भुडीको बारेमा कहिल्यै एकान्तमा बसेर घोत्लिनु भएको छ ? यदि छ भने तपाईलाई मुरी मुरी धन्यवाद । कमसेकम जीवनमा अरू केही गर्न नसके पनि आफ्नो भुडीको विषयमा त सोच्नुभएको रहेछ नि । संसारमा कति प्रकारका भुडीवाल मानवहरू देख्नुभएको छ ? कुनैका घ्याम्पे भुडी, कसैका पुटुस्स परेर बाहिर निस्किएको फर्सी आकारको भुडी, कसैका केराका दाम्चा आकारका ख्याप्से भुडी, कसैका माटाका घैटो आकारका घैटे भुडी, कसैका जतिसुकै हसुरे पनि बाहिर नदेखिने सुलुत्त परेको लाम्चे भुडी । मान्छेपिच्छेका फरक फरक भुडी आदि । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : ‘गाँस’ र ‘ग्याँस’

~होमर श्रेष्ठ~

भातको सट्टा चिउरा खाएको तीन दिन भैसकेको थियो… आमाले रिसाउदै भन्नुभयो, Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : भनिएको नयाँ युग

~सदानन्द अभागी~

भनिएको नयाँ युग बनाउने पारा
बोली सुन्दै चकित छन् देशवासी सारा

जनताका रासनको कहीं छैन चिन्ता
देशभरि गुञ्जिदै छन् आन्दोलनी नारा Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : हिंसाको बुद्ध

~हाङयुग अज्ञात~

बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक
कत्ति पनि बुझ्न नसकिरहेको राष्ट्रियता
दिज्यू !
पहेँलो जमराले किन मेरो मन तानिरहेको ?

घुस्न किन नसकेको म ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : While depicting the ‘Life’

~Pravin Rai Jumeli~

A brush dipped in yellow

am walking over the lonesome backdrop of ‘Wheatfield with crows’

are not shivering the Vangogh hands of painter

Words are aching Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : अन्त्यको पर्खाई

~बिपिन शर्मा~

मेरा स्वर्णीम सपनाहरु,
मेरा रंगिन कल्पनाहरु,
भत्किएर, टुटेर, फुटेर
मेरो बाटो भरि छरिएका छन्।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुर

~चोमु शेर्पा “खुशी”~

हरेक बिहान फ्याक्ट्रीको
अत्याधुनिक मेसिनहरूसँगै
मेरो पनि मेसिन सञ्चालन हुनथाल्छ
फरक यति छ कि
मेसिनहरू विद्युतीय तरंगबाट सञ्चालन हुन्छन्
म मेरो दुई छाक टार्नुपर्ने
बाध्यता बाट संचालित हुन्छु ।

बेला बखत मेसिन बिग्रन्छ, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खोज्दैछु एउटा कवि

~कविराज भट्ट ‘बिलौना’~

सारा भूतलको अलौकिक कलाका वाग बस्नेहरु
उच्चा श्वेत हिमाल शंकर शतीका काख बस्नेहरु ।
मिठा कोकिल भाकले हृदयको ढोका उघारी यहाँ
नेपाली पन झल्किने किसिमका सौगात रच्नेहरु ।।

हाम्रो शक्ति र एकता किन एकादेश्को कथा झैँ भयो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँसको फूल

~शरद पोख्रेल~

रहरै रहरमा
लहडै लहडमा
मलिलो बारीको छेउँमा एउटा बिरूवा रोपियो।
उसको उचाई आँकलन गरेर
गाई बस्तुबाट जोगाई जोगाई
मलजल गरी हुर्काइयो। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सौतेनी आमा

~हरि थापा ‘दोलखे’~

आमा बाबुको एक्कासि आएको प्रस्तावले अर्चना झस्किन पुगी । मुटु जोडले काँप्यो । एकछिन मौन रही । केही छिनको मौनतापछि ऊ होसमा आई । उसले अनुरोध गरी ‘आमाबुबा’सँग विन्ति बिसाई । आमा बाबुले पनि छोरीको इच्छालाई मध्यनजर गर्दै छोरीको प्रगति उन्नति हेर्नकै लागि इज्जत प्रतिष्ठा जोगाउनकै लागि केटा पक्षलाई अहिले पढ्दै छे । विवाह गर्दिन भन्छे छोरी सजिलै टार्दिए । ऊ असाध्य गदगद भई । मनमनै धन्यवाद दिई । गर्वले छाती फुलेर बडेमानको भएको महसुस गरी । उत्ता बाआमालाई मनमनै थकथकी लागिरहेको थियो । केटा परिचित कुल घरानको खानदानी थियो । अब यस्तो केटा आउला, नआउला चिन्ता भने यथावत कायम रह्यो । छोरीको इच्छा जायर भएपछि आमाबुबा नै मौन रहे । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : फाटो कथामा अनुभूतिको संरचना

~प्रभा मरहट्टा (कोइराला)~

सार

पश्चिमी चिन्तक रेमन्ड विलियमले विकास गरेको साहित्यको समाजशास्त्रीय अध्ययन गर्ने सैद्धान्तिक अवधारणा अनुभूतिको संरचनालाई मुख्य आधार बनाइ यस लेखमा फाटो कथामा संरचित अनुभूतिहरू खोजी गरिएको छ । फाटो कथामा प्रतिबिम्बित पिढीगत अनुभूतिहरू र प्रभुत्वको परिवेश, अधिनस्थ पिढीका अनुभूतिहरू, दवाबजन्य अनुभूतिहरू तथा तनावजन्य अनुभूति आदिका कोणकाट कथाको विश्लेषण गरिएको छ । यी विविध कोणबाट प्रस्तुत कथा विश्लेषण गर्दा फरक फरक पिढीगत अनुभूतिहरू संरचित भएको पाइन्छ ।

१. विषय परिचय

फाटो कथा (२०३८) का रचनाकार ध्रुव सापकोटा हुन् । उनको पहिलो कथा मृत्युसार २०२८ सालमा प्रतीक Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : विदेशी मित्र

~आन्विका गिरी~Anbika Giri

“तिम्री प्रेमिका क्याथीका आँखी भौ कस्ता छन् रे जेम्स” म यसरी शुरू गर्थे उसलाई चिढ्याउन।

हिउँदको सिरेटोको आक्रमणले आक्रान्त पारेको रातमा जब म निदाउन सक्दिनथे नि, तब ममा उट्पट्याङ्ग कुराहरू आउँथे।

“तिम्रो दाह्रीवाल प्रेमीको भन्दा राम्रो!” उसको जवाफको उद्देश्य पनि मलाई चिढ्याउने हुन्थ्यो, तर म चिढिन्नथे।

सत्ते!

“ऊ मेरो प्रेमी होइन” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मन सकिंदैन रहेछ

~बित्रा आचार्य~

धन र शान दुइ दिनको मात्र
सकिन्छ छिट्टै नचाहेर पनि ।
अहंकार-घमण्ड केही दिनको मात्रै
टुट्छन त्यो नजानेर पनि।।
धन कमाउने शान बढाउने कुण्ठा बोकेर
मान्छे उर्लेको देख्दा हैरान पर्छ। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन र मृत्यु

~कालूसिंह रनपहेंली~

जीवनको किताबमा अन्तिम अध्याय मृत्यु।
जिन्दगी वाक्यको एउटा पूर्ण विराम मृत्यु।
जिन्दगीको दैलोमा अलिकति सास खानुलाई
ढुकिबस्छ मृत्युको भिखारी।।
जीवनको हात जहिल्यै माथिबाट छ।
भिखारी मृत्यु दयाको सिनो खाएर अघाउँछ।
मच्यो भन्छ मान्छेले जीवन लीला समाप्तिलाई। Continue reading

Posted in कविता | Tagged | Leave a comment

समालोचना : नउघ्रेको जून उघारेर हेर्दा

~केदार ‘सङ्केत’~

भनिन्छ, ‘साहित्य मानव जीवनको सामाजिक ऐना हो’ नेपाली साहित्य सिर्जनाका विभिन्न विधामा दुई दशक यताको समयमा ह्वात्त बढेर आएको छ । सबै प्रकाशित विधाहरुका नाम सुन्नसम्म पनि गार्हाै पर्छ । प्रकाशनले आफ्नो लगानी गरेर छापेको हो भनेमात्र हरप्रयास गरेर भिडियो हिट गर्ने तारतम्भ्य रचेको हुन्छन् । त्यसो हुँदा पनि धेरैले हावा खान्छन् किनकि आजको जमानमा पाठकको मन र मस्तिष्कलाई नै जित्न सक्नु पर्नेछ आफ्नो कलाले । भनिनै हाले प्रकाशित सवै विधाहरु हेर्ने हो भने अरु कामलाई थाँती लगाए पनि हुन्छ । तर यसो गरिहाल्न पनि हाम्रो आजको समाजमा सम्भव नहोला । त्यसैले रहरले साहित्य लेख्ने जमान छैन आजको । केही भोगेको, केही देखेको र केही फ्यान्टसी वर्डको कल्पलाशील संसारमा रमेर सिर्जना गरेको साहित्यहरू नै बढी चर्चा या सफल भएको पाइन्छ । Continue reading

Posted in समालोचना | Tagged , | 2 Comments

व्यङ्ग्य कविता : ती अवर्णनीय नेता

~श्रीधर खनाल~

लिने मात्र सधै सोच्छ दिने गर्दैन चिन्तन
भने त्यो पशुको कोही गर्न सक्दैन वर्णन

सेवाको भाव त्यागेर मेवाको मात्र चाहना
गर्दै जो शक्तिको मात्र प्रदर्शन गर्न खोज्दछ Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अजिंगर र सपना

~अविर खालिङ~abir-khaling

सपना तुहिएर सकिएपछि
बाँचेजस्तो गरेर जिन्दगीलाई
कुन घड़ी र मुहूर्त्तसम्म थेग्नु ?
जिन्दगी भनेर समयले थमाइदिएको
यो शोषण झेल्ने श्वास-यंत्रलाई
कुन औजारले मरमति गरेर राख्नु ?
भग्नांशमा बाँचेको रहल जिन्दगीलाई
कुन जिजीविषाको पूलबाट पारि पुरयाउनु? Continue reading

Posted in कविता | Tagged | Leave a comment

लेख : पहिचान, भाषा र मधेस

~कृष्ण धरावासी~Krishna dharabasi

अमेरिका पुगेपछि मैले मातृभाषाको महत्त्व पहिलोपल्ट अनुभव गरेँ । नेपालमा जनजाति, आदिवासी र मधेसीहरूले मातृभाषाबारे सधैँ गर्ने बहसको घनत्व महसुस गरेँ । जब मैले त्यहाँ जानेको भाषामा आफ्ना कुरा चित्त बुझ्ने गरी बताउन सकिनँ र आफूलाई ‘लाटो’ जस्तो पाएँ, तब मैले देशमा उठिरहेका भाषा आन्दोलनको अर्थ बुझेँ । त्यसमा पनि मधेसीहरूको भाषिक माग बढी मार्मिक लाग्यो । र, ती मागको पक्षमा आफ्नो मतलाई सुरक्षित गरेँ । Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : बाँच्न सक्छु म

~छविलाल खड्का~

तिमी विना नि, बाँच्न सक्छु म
माया विना नि, बाँच्न सक्छु म ।

भमरा बिच, फुल्यौ नि आज Continue reading

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू

~तेजेश्वरबाबु ग्वंगः~

कहिले खुट्टाले हिँडाउँछ । कहिले खुट्टालाई हिँडाउँछु । जहिले खुट्टाले हिँडाउँछ, खुट्टामा लीन भइदिन्छु । जहिले खुट्टालाई हिँडाउँछु खुट्टा लीन हुन आउँछ । कुनै बेला खुट्टाको हुन्छु । कुनैबेला खुट्टा भइदिन्छ मेरो । रूपान्तरणको लीला अपरम्पार छ । बुझी नसक्नु । रूपान्तरण-परिवर्तन । रूपान्तरणकै क्रममा परिवर्तन भेटिन्छ । कहिले खुट्टामा म, मेरोमा खुट्टा कहिले । खुट्टामा हिँड्ने उसित ऊ हिँडिरहन्छ खुट्टासितै । उसको खुट्टा हो या ऊ खुट्टाको । खुट्टासित हिँड्दा ऊ खुट्टाकै भइन्छ । खुट्टालाई हिँडाउँदा खुट्टा उसको भइदिन्छ । खुट्टाको अस्तित्वमा ऊ? या उसको अस्तित्वमा खुट्टा ? यत्ति सरल सन्दर्भ तरलतरल बगिदिन्छ । ठाउँअनुसारको हिँडाइ उसको । हुन्छ हिँडाइअनुसारकै गोरेटो Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : ताताे भाेड्का

~डा. विदुर चालिसे~

–“तँ ख्रुस्चेवकाे चेला हाेस् !”

–“आफू नि अाफू ! तैँ हाेइनस् स्टालिनकाे छाउराे ?”

निकै चर्काचर्की गरिरहेकाे कार्यकर्ताहरू Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment