~दीपक सिञ्जाली~
एकदिन
उसले मूर्ति बनायो
सग्लो मूर्तिले उसैलाई
औंला ठड्याइरहेको थियो
त्यो खबरदारी उसलाई चित्त परेन
छिनो लिएर मूर्ति सच्याउन थाल्यो ।
अग्लो कद काटेर केही होँचो बनायो Continue reading
~दीपक सिञ्जाली~
एकदिन
उसले मूर्ति बनायो
सग्लो मूर्तिले उसैलाई
औंला ठड्याइरहेको थियो
त्यो खबरदारी उसलाई चित्त परेन
छिनो लिएर मूर्ति सच्याउन थाल्यो ।
अग्लो कद काटेर केही होँचो बनायो Continue reading
~भोला दुलाल~
आज विद्यालयमा फरक खालको वातावरण थियो।हेडसरले सबै विद्यार्थीलाई जसरी भएपनि विद्यालय आउन भन्नुभएको थियो।त्यसैले म,सुनिता र खुशी एकाबिहानै विद्यालयतिर सोझियौ।मौसम चिसो थियो।आकाशमा बादल लागेर धुम्म थियो।पानी पर्ला पर्ला जस्तै थियो।हामी दगुरेर विद्यालय पुग्यौं।हामी साहेद पहिल्यै पुग्यौं क्यारे हेडसरले “स्याबास!”भन्नु भो।आज विश्व वातावरण दिवस रहेछ।थाहा नै थिएन।अरु सर र मिसहरु पनि आइपुग्नु भयो।सबैले फूलको गुच्छा हात लिएर आएको देख्दा मलाई खुल्दुली लाग्यो।”सर किन सबै सर म्याडमहरुले फूलको गुच्छा समात्नु भएको Continue reading
~सगाेत्री आचार्य~
दाँत छइन्जेल
कागती टोक्दा पनि नरसाउने जिब्राहरू
आजकाल पानी चपाएर स्वाद लिन्छन्
खै के बदलियो कुन्नि ?
तिनका राल ग्रन्थिहरूमा !
आँत छइन्जेल, Continue reading
~दिपेन्द्र सहनी~
इ नेपाल हऽ इहाँ कागज मे बिकास होला।
गाछ बृक्ष काट के जंगल के विनाश होला।
पइसा के आगे तऽ चौकीदार भी आन्हर,
चौकी के सामने से माल वाइपास होला। Continue reading
~प्रमोद अमात्य~
“सुन न, भरे पार्टी जानुपर्छ, मेरा लुगा निकाल्दिराख न है । जुत्ता पनि खोज्दिइराख है त ।”
“एक्लैएक्लै जाने केको पार्टी हो नि ?”
श्रीमतीजीले बिर्सिछ । अस्ति मात्र त्यत्रो रामकहानी सुनाएको; अफिसमा मास्टर डिग्री पढ्न जाने क्यानडाको सिट आएको छ भनेर । श्रीमतीजीले यति चाँडो बिर्सिई । हैन, बूढी भएपछि त मलाई पनि बिर्सन्छे कि के हो ! “अस्ति विवेकको पार्टीमा उसकी श्रीमतीले कस्तो गहना लगाएकी थिई, प्रकाशकी बूढीको साडीलाई कति पर्छ” भनेर सोध्न पर्छ, फ्याट्ट सम्झेर तुरून्तै भनिदिन्छे । Continue reading
~भरत खत्री~
“रिद्दिसिद्दी यातायात” “सुन्धारा सानोगाउ- सानोगाउ सुन्धारा”
म रत्नपार्क देखि बालकुमारी सम्मको यात्राको लागि बसमा बसे। बसमा अरुबेला भन्दा अलि कम यात्री थिए। त्यहीँ पनि बस्ने ठाउँ थिएन खुट्टा राख्ने ठाउँ मात्र थियो। गुरुजी (चालक)को पछि दुइवटा फलमका डन्डी तेर्सिएका थिए, बिचमा केही भाग खाली ठाउँ थियो। त्यो सानो खाली ठाउँलाइ मेरो आवश्यकता परे झै लाग्यो र म त्यहीँ गएर बसे। बस्न त्यति सहज भने पक्कै थिएन। बसमा पुरानो हिन्दी गीत बजिराखेको Continue reading
~एच सि एन्डरसन~
अनुवादकः शान्तदास
धेरै वर्षपहिलेको कुरा हो । साँझ परिसकको थियो । ठिहिर्याउने जाडो थियो । जोडले हिउँ परिरहेको थियो । त्यो चिसो र अँध्यारोमा एउटी गरिब सानी केटी बाटोमा हिँडिरहेकी थिइन् । उनका खुट्टा र कपाल दुबै नाङ्गा थिए । हुन त उनी घरबाट हिँडदा उनका खुट्टामा एक जोडी चप्पल थियो । वास्तवमा त्यो चप्पल उनकी आमाको थियो । तर त्यो चप्पल यति धेरै ठूलो थियो कि उनले बाटो काट्दा दुइटा ठूला गाडीहरू बेतोडले दौडेको हुनाले ती गाडीबाट जोगिन खोज्दा ती चप्पल उनका खुट्टाबाट हराए । एउटा चप्पल भेटिँदै भेटिएन । अर्को चप्पल एउटा केटाले ठूलो भएपछि आफ्नो बच्चालाई डाँडी बनाउन काम लाग्छ भनेर जबर्जस्ती लग्यो । Continue reading
~यकिना अगाध~
उ बिमारी पर्यो । छोराछोरी बाहिर थियो । मुस्किलले कसैले अस्पताल पुर्याईयो ।
अस्पतालमा कुरुवा कोही भएन । चिनेजाने सबैजसोले यो खबर थाहा पाए तर कोही कुरुवा बसिदिन आएन । Continue reading
~देबेन्द्र बस्याल~
म प्रदेशबाट घर फर्कि आउँदा
मेरी आमा
उता कुनामा रोइरहेको देखें
म अरुहरुलाई वेवास्ता गर्दै
आमा बसेको स्थानमा पुगें
आमाले ओडेको घुम्टो उघारेर
आमाको मुहारमा आँशु देखें
आमाको मुहार रक्ताम्मै थियो
टाउकामा चोटैचोट थयो Continue reading
~अलका मल्ल~
छुट्छन् सबका प्रेमीहरु
बिना कारणले प्रेम बाट
झर्छन् यहाँ सब फूलहरु
बिना बतास हाँगाबाट
छुट्छन् सबका प्रेमीहरु
बिना कारणले प्रेम बाट
प्रेमका सुन्दर फुलहरु Continue reading
~प्रयास लामा~
सिलगुडीको कोर्ट मोड़ साधारण मान्छेहरूमा कोर्ट को लागी नभएर बस सट्याण्डको रुप मा प्रचलित ठाउँ हो। यहाँ बाट बिशेष भारतकै दुईवटा अन्तर्राष्ट्रीय सिमावती क्षेत्रको निम्ती बस सेवा चल्ने गरेको छ। पुर्वमा बङ्लादेश अनि पच्छिममा नेपाल रहेको सिलीगुडीले भारतलाई आफ्नो उत्तरपुर्वी राज्यहरूसंग पनी जोडने काम गरेको छ। आफ्नु दफ्तरको केही काम लिएर खोरिबारी जान हिडेको म भारत नेपालको सिमाना पिनीट्याकीं हुदै खोरिबारी जाने बसको माझामाझी, खिडकी पट्टीको सिट लिएर बसेको छु।
“दाई यो सिट खाली छ?” एउटा अपरिचित नारी स्वर म कँहा आएर टक्क रोकियो।
“छैन… मान्छे आउदैछ” भन्नै लाग्दा बसको खिडकी बाहिर आखाँ डुलाएर हेरे तर कोर्ट मोडमै भेटौं है संगै जानु पर्छ भन्ने साथी कतै देखिएन। Continue reading
~अक्कल बहादुर शाह~
जिन्दगीका पानाहरु समेट्दै छु मैले,
एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले ।
कति पाना खालि रहेछन्, कति च्यातिएका,
कति पाना बुझ्नै गाह्रो मसि पोतिएका ।
विगतका जीवन गाथा समेट्दैछु अहिले, Continue reading
~देवराज पौडेल~
ए दिदी, बन्द आँखा, तिम्रै मुहार
हराएँ, भरी मुटु, खुलाएँ, माग्दै गुहार
वरिपरि, दिन् रात्, के छ र बाँकी झैँ
थप् माथी थप् सोच्छु अपुग अझै नै!!
न थियो, न हुन्छ अब, पाएको कुरा Continue reading
~त्रिभुवनचन्द्र वाग्ले~
धेरै टाढाको यात्रा होइन
मलायाको रबडघारीमा दैडिएका दिन
खिया लागेको बन्दुकमा
घुर्मैलो अनुहार देखिन्छ
(अँ छोराले घिऊमा पितृको अनुहार हेर्छ ! )
दिनहरू छायाँ र अनुहारहरू प्रतिविम्ब भएका छन्
जूनकिरीहरू राँको सम्झाउँछन् Continue reading
~जे पी लम्साल~
जब मंसिरको बाजामा खुसी हुनु पर्ने तिमी
आज किन यहाँ छौँ अर्कैको डोलीमा हुनु पर्ने तिमी
रुदै फेरी शरण पर्छो किन Continue reading
~दीपक कुमार ज्ञवाली~
नेपाली हामी बहादुर भनि गर्दछौ हूँकार ।
पुर्खाको विरता गाएर मात्र समय फाल्दछौ ।
अस्मीता देशको लुटीदैछ कहाँ छौं नेपाली ।
सामाजिक सञ्जाल रङ्गाउँदै देखाउँछौं देशभक्ति ।
सुशेली हाम्लाई बिरानो बन्दै त्यो कालीनदीको । Continue reading
~सुरेन्द्र थेगिम~
जीउँदै मरेछु तिमीले मलाई छाडेपछी
मेरो ठाउँमा तिमीले अरुलाई सारेपछी
धन नै ठूलो देखे तिम्रो परिवारले पनि
तिमीपनि खुसी छौ मलाई माया मारेपछी Continue reading
~छविलाल खड्का~
मेरो देशको, कथा छ यौटा
छद्म भेषको, कथा छ यौटा ।
जंगे पिलर, सार्ने राक्षसी
एस् विआइको, जत्था छ यौटा Continue reading
~राजेन्द्र तारकिणी~
ओडारजस्ता भास्सिएका पेटबाट
सिउँडी फुल्ने भीरजस्ता ओठबाट
स्वप्नले आत्महत्या गरेको रित्ता आँखाका दहबाट
या,
कंकाल कलाकृतिजस्तो
निग्रो बालकको हत्केलाबाट
जन्मिन्छ भन्ठानेका छौ टेरोरिज्म ?
महाशय,
यो शताब्दीको टेरोरिज्म
ह्वाइट हाउसको गोरो शुक्राणु Continue reading
~मेन्जावीर चौधरी~
धिरेधिरे आगी बरल भुवा बनगील ।
टिपटिप आँश झरल कुवाँ बनगील ॥
जनचेतना से बञ्चित मोर प्यारा गाऊँ
झनझन जाँड पिके मदुवा बनगील । Continue reading
~राजेन्द्र चोथाले~
प्रस्तुत लेख ‘मधुपर्क’ -२०६५ जेठ मासिक, कथा विशेषाङ्कमा प्रकाशित कथाहरूको समीक्षामा केन्दि्रत रहेको छ । यसरी समीक्षा गर्दा प्रकाशनलाई आधार मानी कथाहरूको विवेचना क्रमशः उल्लिखित भएको छ । यहाा प्रकाशित सामग्रीलाई विधासिद्धान्त, कथाको सन्देश र सामाजिक प्रभाव एवं साहित्यिक चेतनाका आधारमा पाठकलाई पार्ने प्रभावद्वारा ठम्याउने प्रयत्न गरिएको छ ।
‘मधुपर्क’ पत्रिकाको कथा विशेषाङ्क -२०६५ जेठ आकर्षक साजसज्जासहित प्रस्तुत भएको छ । आफूलाई Continue reading
~सदानन्द अभागी~
अगेनाको अगाडि घिउ राख्यो भने पग्लिन्छ भने जस्तै मानव जाति जतिनै विद्वान हओस् ऊ भोग विलासबाट टाढा हुन सक्दैन । काम र वासनामा ग्रस्त मानिसहरू यतिसम्म लम्पट हुन्छन् कि तिनीहरूको कामनालाई पुरा गर्न न त धन, न त दौलत या न त स्त्रीले नै सक्दछन् । यी सबका प्रमाणहरू प्राचिन कालका धर्म ग्रन्थहरूमा पनि उल्लेखित छन् । हामीले हाम्रा ठूला ठूला धर्म ग्रन्थहरू अध्ययन गर्न सक्छौ । महाभारत र रामायणका ती अहम् लीला पढन सक्छौं । ती सबैका धेरै कारणहरू मध्येमा एउटा कारण स्त्री हो भन्न सकिन्छ । रामायणको सिर्जनामा सीताको कारण र महाभारतको सिर्जना द्रौपदीको कारणाबाट भएको हो भन्दा गलत भने जस्तो लाग्दैन । रामायण, महाभारत, पुराण आदिको Continue reading
~सीमा आभास~
मेरो आँगनमा
उसले घाम पठायो
शीत पठायो
खामभित्र चराको सुसेलीसँगै
उसले गुनगुनाउने धून पठायो ।
म मौन बसेपछि
छोडेर गयो
मलाई उडाउन नसक्ने आँधी भनेर । Continue reading
~प्रभा पोखरेल ‘स्वेशा’~
लगातार परेको यो दिक्दारलाग्दो झरिले निथ्रुक्कै भिजायो उफ्! लुगा खोलेर झुन्ड्याउँदै म आफैं भुतभुताँउछु, “कति बर्षिन सकेको हो, बेला न कुबेला बर्षेको छ, बर्षेको छ, यसको के नै जान्छ र!!” म ओछ्यानमा चढेर सिरक भित्रै पसिदिन्छु। इमेल चेक गर्छु, फेसबुक हेर्छु, केहिछैन, सबै पुरानै लाग्छन्। झ्याप्प सबै बन्द गर्छु र एकछिन हातहरु पनि सिरकभित्रै घुसारेर चुपचाप बस्छु। बस्दा-बस्दै कोठै शुन्य लाग्छ, आत्मै शुन्य भएझैं लाग्छ अनि फेरि माइक्रोसफ्ट वर्ड खोल्छु, केहि लेख्न खोज्छु, सक्दिन। याद आइदिन्छ हिजो राति कै, अनि मोनिकाकै, कस्ति हो यो, म बुझ्नै सक्दिन। उससँग पहिलो पटक मेरो भेट बिजयको घरमै भएको हो। बिजय मेरो बाबाको साथिको छोरा, उ र म नेपालमा सँगै हुर्केका र मोनिका उसको दुइबर्ष देखिकी गल फ्रेन्ड, उनिहरु सगैँ बस्छन्। एक बर्ष अघि मात्र अमेरिकाबाट बिजयकै Continue reading
~प्रभा पोखरेल ‘स्वेशा’~
हो, यो चुवाको फुलको बोट पनि मलाइ नै जिस्क्याउन आएजस्तो लाग्छ, काउकुति लगाउन आएजस्तो लाग्छ अनि मलाइ सपनाको, कल्पनाको दुनियामा नचाउन आएजस्तो लाग्छ। तिन तलामाथि म काममा खटेको छु, झ्यालबाट हरपल पलपल यहि चुवाको फुलले सुटुक्क चियाइरहन्छ, बासना छपक्कै छरिदिन्छ अनि म खुट्टाहरु फतक्क गल्दापनि रोमान्चित भैरहेको हुन्छु, दिमाखको बोझ आफैं बिलाइदिन्छ। अरुले टाउको समातेर सबै समस्याहरुको ’boutमा गनगन अनि छलफल गरिरहदा, स्याना ठुला कुराहरुमा दिमाख खियाइरहेको बखतमा नि म चैं रोमान्चित हुदै आफैभित्र पुलन्कित Continue reading
~वासु शशी~
पुग्छु भनेर गएको ठाउँ
पाइलैपिच्छे पर सर्छ !
यताउति घुम्तीहरुमा
आकल झुकल कहिलेकाही
पुगे जस्तो पनि लाग्छ ! Continue reading
~सिर्जना सिंखडा~
जिउन भन्दा नि पिउन मस्ति छ अचेल।
गल्लि भरि भुस्याहाको गस्ति छ अचेल ।।
राम्रो के नराम्रो के पत्तो छैन दुनियाँलाई ।
हुन्नहुन्न भन्दा नि जबरजस्ती छ अचेल।। Continue reading
आज फुटानी चोकमा एक प्राचीन नीतिहरूका अध्येतालाई जिज्ञासुले सोध्यो – ‘राज्य संचालनमा ‘साम’, ‘दाम’, ‘दण्ड’ र ‘भेद’ भन्छन्, के भनेको हो?
अध्येता बोल्यो – गीताको श्लोक ७.५.१९ का अनुसार कुटनीतिका ४ सिद्धान्त १। साम, २। दाम, ३। दण्ड र ४। भेद हुने कुरा गरिएको छ । जुन महाभारत युद्धको सन्दर्भमा आफ्नो दुश्मनलाई जित्न अपनाईने ‘ट्याक्टिस’को रुपमा रहेका छन् । तर, अहिले राजनीति गर्न वा राज्य सन्चालकहरूको निम्ती गरिने ‘ट्रिक’ या ‘छलकपट गर्ने वीधि’ या ‘चालबाजी’का आधारभूत ‘धूर्त नीति’का रुपमा दुनियाभरका शासकहरूले यसको प्रयोग गरिरहेछन् ।
सबैभन्दा शब्दार्थ बुझौँ – Continue reading
~डा. तारानाथ शर्मा~
हाम्रो मातृभूमिमा विचित तीर्थस्थलहरु अत्यन्त धैर्यसाथ हामीलाई पर्खेर ठाउँठाउँमा बसेका छन्। ती तीर्थस्थलहरु मात्र पुग्न पाइयो भने नेपालको प्राकृतिक सौन्दर्यको अवलोकन त राम्ररी गर्न पाइन्छ पाइन्छ, त्यसका साथै हाम्रा विभिन्न स्थलमा बसेका बन्धुहरुको जनजीवनको पनि निकट परिचयले लाभान्वित हुन सकिन्छ।
मेरो सौभाग्यले यसै सालको बैशाख ७ गते देवहरुका पनि देव हाम्रा महादेवसमेत लुकेर बसेको गहिरो गुफामा तिनसित भेट्ने ठूलो मनोकाङ्क्षा लिएर बल्ल म पनि हलेसीतर्फ हिडेँ। यस वाक्यमा ‘हिँडे’ भन्ने क्रियापदले Continue reading
~सगाेत्री आचार्य~
आख्यान नारीका रूपमा परिचित कथाकार, सरस्वती गिरीको कथा सङ्ग्रह “उमेरको इन्द्रेनी”हालै सार्वजनिक भएको छ ।यस कथा कृतिले मातृत्वको महिमा सम्बन्धि केही नविन जिज्ञासाहरू पैदा गरेको छ । साहित्यविद्, स्टेभ माराबोलीले, “आफ्नै कथाहरूको हिरो हुन सकेनौ भने तिमीले मानवतावादको प्रस्थानविन्दु कतै न कतै गुमाएको पाउनेछौ” भनेजस्तै हरेक मान्छेको जीवनवृत्ति पनि केही न केही ज्योतिर्मय जिजीविषाहरूले जेलिएको हुन्छ । उसैगरि सरस्वती गिरीको जीवनयात्रा पनि जिन्दगीका अनेकौँ कठीनम Continue reading
~प्रमोद धिताल~
आक्रमण हुनेछ अदृष्य
अदृष्य हुनेछन् हतियार
भूमिगत हुनेछन् षडयन्त्रहरु
शूक्ष्म किटाणुझैं आक्रमण गर्नेछन्
दुश्मनहरुले अदृष्य मोर्चाबाटै
देखिनेछैन
निशाना लगाएको
हुनेछैन कुनै भिडन्त Continue reading
~सदानन्द अभागी~
आनन्दमय जीवनको परिकल्पना गरिन्छ भने पति पत्नी बीचको सुमधुर सम्बन्ध नै एक उच्च कोटीको बाटो हो । यो उच्चकोटीको सम्बन्ध कायम गरी सृष्टिलाई निरन्तरता दिनको लागि विवाह पहिला नै केटा र केटीका अबिभावकले ज्योतिषी कहाँ गएर चिना हेराउने काम गर्दछन् ।
चिना देखाउँदा नाडीक्षारष्ट (नाडी) लाग्छ लाग्दैन, अल्पआयुका छन् छैनन् टोकाहा (पिराहा) छन् छैनन् । सन्तान बृद्धि कस्तो हुन्छ आदिमा केन्द्रित भएर ज्योतिषीकोमा प्रश्नहरू राख्ने चलन छ । नाडीक्षारष्ट पर्न गएमा Continue reading