कविता : आकाश र आईमाई

~यकिना अगाध~

आमा भन्नुहुन्थ्यो
आईमाई आकाश हुन्
बाबु !
आकाशलाई कहिल्यै थुक्नु हुन्न
आफ्नै मुखमा छिटिन्छ ।

आकाश
सबैभन्दा
स्वच्छ, निर्मल र सुन्दर हुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुस्मरण

~अलका मल्ल~

मेरो मायालुले पनि सायद
मलाई सम्झि रहेको होला
मैले झै धरधरी एकान्तमा
आँसु बगाई रहेको होला

बालापनको चञ्चलतामा
उसलाई केहि भन्न सकिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय अब नभेटौं

~भुवन कार्की~

प्रिय ! माया सबथोक हो भन्यौ
अगाध स्नेहले सुसुप्त हुन्थ्यौ
मैले लुकाइराख्न खोज्दा
माया कसैले हर्दैन भन्थ्यौ
मैले नजरमात्रै मिलाउँदा
तिमी जीवन मिलाउँ भन्थ्यौ
हामी रुझ्थ्यौं
झरी बिना पनि
लाग्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कुनै एक सन्ध्या मेलिनासँग

~अमीर मगर~

“के म राम्री छैन र?” ऊ म तर्फ हेर्दै हाँस्ने चेष्टा गर्छे। म उसको यस प्रश्नको प्रत्युत्तर दिन असमर्थ हुन्छु। ऊ केहिबेर मेरा ओठहरू हेरिरहन्छे र थौरै उपेक्षाले दृष्टि भूईतर्फ झार्छे।

मेलिना राम्री छैन, मलाई अहिले ऊ वास्तवमै कुरूप लाग्दैछे। तर मेरो किशोरावस्थामा म मेलिनालाई देख्दा भुतुक्कै हुन्थे। सायद उसको यौवन, या त असम्भव आख्यानिक प्रेम-उन्माद प्रतिको मेरो अभिलाषा। अहिले धेरै कुराहरू बदलिसके, सायद त्यसैले मेरा थुप्रै परिभाषाहरू पनि फेरिए। बीचमा त्यत्रो क्रान्ति भयो। राजतन्त्र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : रानी हौ तिमी

~छविलाल खड्का~

सबैको मनमा बसेकी रानी हौ तिमी
आँखा-आँखामा बसेकी नानी हौ तिमी ।

आउने जाने प्यासीको प्यास मेटाउने
झरनाबाट छङ्छङ् झरेकी पानी हौ तिमी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कवि ‘इच्छुक’

~प्रमोद धिताल~

आँधि हुरीसँग खेल्दा खेल्दै
हिम तुषारो र शीतहरु झेल्दै
टाकुरामा फुलेको रातो गुराँस
जति श्रद्धाञ्जली चढाएपनि कहिल्यै नसकिने
आस्थाको एउटा नित्य प्रकाश !

श्वास प्रश्वासहरुले
आजादी गीत गाइरहे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बैँश

~बिक्रमादित्य~

छन्द : वसन्ततिलका

क्या त्यो मुहारभरी वैँशहरु उठेका
हेर्दीछ यूवक अली रसीरा परेका
कालो कपाल अनि ओठ नशालु हेरुँ
त्यो वैश सुन्दर अहा उनको म हेरुँ॥१॥ …

झुल्के अनेक मनमा रसिला विचार
मात्येछ यो मन यसै कसरी उ तीर
हेरेर वैश उसको अलि ओर आए
ती गाजलु नयन हेरी यसै रमाए॥२॥ Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : कुरा छल्किदैछ

~रिजाल किरण~

छन्द : बहरे खफिफ

आज मेरो मनमा कुरा छल्किदैछ ।
सम्झना त्यो काडाँ बनी तड्पिदैछ ।

निष्ठुरीको ढुङ्गा समान मुटुले यो
चोट तीखो छाती भरी बर्सिदैछ ।
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : मायाको संसार

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

भुवासरी वादल क्षीतीजमा उडेको
कान्छीको मुहार पूर्णचन्द्र झैं टल्केको
हा हा पूर्णचन्द्र झैं बैंश फक्रेको मुहार कति खुलेको

उजागर आकांक्षा म भएँ पागल
सजाऊँ कि सिंउँदोमा त्यो रातो सिन्दूर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : पिरतीको दिन थियो

~आशांक उपाध्याय~

चाहनाको मास अनि, पिरतीको दिन थियो ||
तिमीलाई भेटें जब, चन्द्र शीत हिन थियो ||

गगनका तारा सबै, तिम्रो रुप भरि खुल्थे,
सुवासिलो सुन्दरता, साह्रै नै ल’च्छिन थियो || Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : नरुनु तिहारमा

~आशांक उपाध्याय~

यसपाली पनि आएन भनी नरुनु तिहारमा,
जुरेन दिदी तिहारको टिका यसपाली निधारमा !

परदेशको ठाऊँ सकिन आउन बुझाउनु त्यो मन,
मिलेछ भने ल्याऔला ख़ुशी अर्कोसाल मुहारमा ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मायाको पीडा

~आशांक उपाध्याय~

माया छ भनेर नढाट मलाई
मैले त तिमीलाई चिनेकै छैन
सित्तैमा जोवन नाफल खेर
मलाई त तिम्रो चाहनै छैन

आंशुको मूल्य अरुलाई सोध Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : माया छैन तिमीसंग

~आशांक उपाध्याय~

यती मात्र भनिदेउ न माया छैन तिमीसंग,
अरु सबै छुटीसक्यो छैन नाता तिमीसंग !!

हिजो मैले दिल्लगीमा जे जे भूल गरेको थें,
भनिदेऊ न भुलिदिएँ छैन द्वेष तिमीसंग !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी कहाँ हरायौ

~राजेन्द्र चोथाले~

सपना मीठो जगाई तिमी कहाँ हरायौ
मनको नगीज आई तिमी कहाँ हरायौ |

थामेर हात दुबै संगसंगै हिंडेथ्यौं
बीचैमा हात छुटाई तिमी कहाँ हरायौ |
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : एउटै भूलले

~राजेन्द्र चोथाले~

आँखाका सपना जलायो एउटै भूलले
खुशीका सब मूना जलायो एउटै भूलले |

नबुझ्न खोजें व्यहोरा बानी
नछामेरै हेरें मन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीभित्र बसेको

~राजेन्द्र चोथाले~

छ भने कोही तिमीभित्र बसेको
अरु नै छ ममा भनेर बताऊ
तर खाली भए अझै पनि त्यो मन
यो मनलाई त्यो मनको साथी बनाऊ | Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : रोधीभित्र आज

~राजेन्द्र चोथाले~

नांगै खुट्टा गोरेटोमा यताउती भाग्थिन्
मलाई त उनी अझै सानी जस्ती लाग्थिन् |

मेरो ख्यालै गएन छ लजालु बोलीमा
उमेरसंगै फेरिएको चौबन्दी चोलीमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सपना सपनै भो

~राजेन्द्र चोथाले~

मानी आफ्नो जीवनको सार
तिमीलाई सुम्पिए सारा प्यार
सपना सपनै भो |

बिझे यो मनमा बेली चमेली Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : किन म बताऊँ

~राजेन्द्र चोथाले~

म भित्र को दुख्छ किन म बताऊँ
प्यारो छ मलाई त त्यही दुख्ने नाऊँ |

जानी जानी मैले यी ओठ सिएको छु
काँडालाई आफ्नो मुटु दिएको छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नबिझ मनमा

~राजेन्द्र चोथाले~

नबिझ मनमा
के भूल गरें र मैले
सपना भरेर
चोखो माया गरेर |

आँसुले आँखा सहेन
ओठमा हाँसो रहेन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : खै कस्तो सहारा यो

~राजेन्द्र चोथाले~

खै कस्तो सहारा यो, एक्लोपन बढाईदिने
खै कस्तो नसा हो यो, निन्द्रा नै भगाईदिने |

बाहिर छ कुहिरो, छ भित्र जलेको मन
सिरेटो जति चल्छ, जल्छ मन अझै दनदन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : पौडिउँ जस्तो लाग्यो

~राजेन्द्र चोथाले~

तलाउमा त्यो मनको पौडिउँ जस्तो लाग्यो
आज तिमीलाई सिंगो मन दिउँ जस्तो लाग्यो |

कसैले तिमीलाई को हो भनेर सोद्दा
तिमीलाई आफ्नो मान्छे भन्दिउँ जस्तो लाग्यो | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : टाढा भयो भनेर

~राजेन्द्र चोथाले~

किन रोऊँ एउटा टाढा भयो भनेर
संकोच छाडी देउता छाडा भयो भनेर

रोपेको पनि फूल नै हो फुलेको नि फुलै हो
स्वधर्म छोडी तिखो काडा भयो भनेर | Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : कुनै घात छैन

~राजेन्द्र चोथाले~

दुखी छु भनूँ त कुनै घात छैन
सुखी भन्नलाई तिम्रो साथ छैन
यो कस्तो नशा हो मेरो जिन्दगीको
मलाई होश छैन तर मात छैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : गीति बगानमा–थुँगाथुँगा जिन्दगानी

~रुपिन्द्र प्रभावी ‘कटु’~

“कम्तिमा पनि गीत समीक्षाको विषय होइन, गीत अनुभूति हो । अनुभूति गर्न जान्नेले गीतलाई आफैं आत्मसात् गर्छ, नजान्नेले जे पाण्डित्याइँ छाँटे पनि गीतको परिभाषा र मान्यता अपूरो र अधुरो नै रहन्छ ।” प्रसिद्ध गीतकार प्रकट पगेनी ‘शिव’ ले ‘थुँगाथुँगा जिन्दगानी’भित्र लेख्नुभएको यी उद्धरणहरू वास्तवमै सही हुन् । उहाँले भन्नुभएजस्तै मेरा लागि ‘थुँगाथुँगा जिन्दगानी’ समीक्षाका लागि संभव भएन । ओल्टाईपल्टाई हेरें, पटक पटक पढें । र पनि समीक्षाको मेलो पस्न सकिन । गीतहरू पढ्दा कहीं आफ्नैजस्तो त कहीँं आफ्नै परिवेशको जस्तो अनुभूति भयो । समीक्षकको आँखाले पटकपटक हेर्न खोज्दा पनि भित्री हृदयमा अनुभूति भएर गीतहरू फुले तर समीक्षाको मेलो थाल्न सकिएन । त्यसैले यी पंक्तिहरू गीत पढ्दाका अनुभूतिमात्र हुन् , न कि समीक्षा । नेपाली साहित्यको प्रस्तावित केन्द्र Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : के पो हुँदो रहेछ र

~रुपिन्द्र प्रभावी ‘कटु’~

बालुवामा पानी हालेर के पो हुँदो रहेछ र
कुकुरलाई जुरुक्क उचालेर के पो हुँदो रहेछ र

यदि नयाँ केही बनाउन सकिँदैन भने
पुरानालाई मात्र फालेर के पो हुँदो रहेछ र Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : लोकतान्त्रिक आन्दोलनमा पोखरेली श्रष्टा

~रुपिन्द्र प्रभावी ‘कटु’~

जनतालाई मुसा नसम्झ जनता त बाघ हो
जनशक्तिको अगाडि शाहीशक्ति मुलाको साग हो
पटक –पटक अब हामी सधैं आन्दोलन चाहँदैनौं
हाम्रो आन्दोलन सीधै गणतन्त्रको माग हो । (दीपक समीप)

विश्वका हरेक परिवर्तनका पछाडि त्यहाँको साहित्य,संगीत,सस्कृतिको अह्म भूमिका रहन्छ । नेपाली धरतीमा पटक–पटक आन्दोलनका ज्वालामुखीहरू फुटे । तिनले नेपाली जनताका लागि तात्कालीन अवस्थामा केही दिएको आभास भएकै हो । परिवर्तनशील समयसँगै ती प्राप्तीहरूले जनइच्छालाई सम्बोधन गर्न सक्दैनन् र फेरि आन्दोलन उर्लन थाल्छ । जबसम्म जनता जागरूक हुँदैनन् तबसम्म कुनै परिवर्तन वा प्रगति सम्भव हुँदैन Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : मित्रताका नाताहरू

~आशांक उपाध्याय~

आज तिम्ले मेटी दियौ मित्रताका नाताहरू
छाड़ी गयौ मुटुभित्र नमेटिने खाटाहरु

भनेकाथ्यौ नाता हाम्रो अमरताको नमूना हो
यस्तै यस्तै कुरा भित्र लुकाएछौ टाटाहरु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : हिडूं लाग्यो

~आशांक उपाध्याय~

नहिडेको गोरेटोमा हिडूं हिडूं लाग्यो
आज किन नयाँ कुरा छेंडूं छेडूं लाग्यो

तिमीलाई देखे देखि भोक अनि निन्द्रा छैन
तिम्रै साथ तिम्रै छाँया बनू बनू लाग्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : हाँस्न बिर्सिएछु

~आशांक उपाध्याय~

रुंदा आँशु झर्न छोड्यो हाँस्न बिर्सिएछु
टुक्रै टुक्रा भएको मन टास्न बिर्सिएछु

झरी पर्ने नहुने भो मन त्यसै अमिलिन्छ
मनमा छ उसको तस्विर मास्न बिर्सिएछु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बिहे गर्ने

~आशांक उपाध्याय~

लौन बुवा मेरो उमेर पुगीसक्यो, बिहे गर्ने !!
यसपालिको लगन पनि छुटीसक्यो, बिहे गर्ने !!

आमा संग दुख पोखें तेरै बाउलाई भन भनिन,
चाहिने समान तुल्याएर जुटीसक्यो, बिहे गर्ने !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जोगाईराख्न गाह्रो हुन्छ

~आशांक उपाध्याय~

छचल्किएको बैंशलाई जोगाईराख्न गाह्रो हुन्छ
तिम्रो मेरो सम्बन्धलाई बचाईराख्न गाह्रो हुन्छ

कति बाधा व्यवधानलाई गुजारेर आएका छौं
भविष्यमा अझै बाधा हटाईराख्न गाह्रो हुन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment