कविता : बैनी

~त्रिभुवनचन्द्र वाग्ले~

–––तिहार सन्दर्भ–––

बैनीलाई फौजीकी चिठ्ठी
फौजीकी बैनी !
तिमी खेल्ने आँगनबीच
तिहारको झिलिमिलीमा
मलाई नखोज
म खेल्ने छाउनीमा
तिमीलाई पाउन्न
हारजीतमा पर्व मनाउन यहाँ
बन्दुकको कुन्दालाई
तिहारको ठड्यौरो बनाउनु पर्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्वदेशमा

~रिजाल किरण~

छन्द : अनुष्टुप

कैले हावा हुरी कैले ,चलेकै छ स्वदेशमा
साना ठूला कुराले नै,गाजेकै छ स्वदेशमा ।
कुर्लेकाछन् सधै ठालु ,ताउ दिदै विकासको
पिएकैछौ अझै पीडा , ठाउँ दिदै निकासको।।

कुरो मात्र सधैं ठूला ,प्रगतिमा छ शून्यता
कुर्सी मात्र भए यिन्का ,जीवनको अभिन्नता । Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : परिवर्तन नहुने माया

~अमृता बुढाथोकी~

पतझड जस्तै दुनियाँले तिरस्कार गरेको तिमीलाई
सजीव बनाउन सके भने
माया दिएर जीउन सिकाए भने
म दुनियाँलाई चुनौति दिएर भन्छु म सही छु ।
चारैतिरबाट आक्रान्त तिम्रो जीवन
क्षदविच्छेद तिम्रो पाइलामा
हरपल मलम लगाउन सके भने
म गर्भ गरेर भन्छु म सही छु ।
बेसहारा तिमीलाई सहार दिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

विनीत ठाकुरका चार मैथिली हाइकु

~विनीत ठाकुर~

१)
वन–जंगल
प्रकृतिक श्रृंगार
विनाश रोकी ।

२)
पाकल लीची
घेरल छै जाल सँ
कौवा के घोल । Continue reading →

Posted in मैथिली हाइकु | Tagged , | Leave a comment

कविता : हाय सुन्दरी

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

चपल चञ्चल मृदुल नयन उघारी ।
शरिरका अबयवहरु सुक्ष्म निहारी
गौरबर्ण पुष्टवदन छौ अप्सरासरी
बर्णन कति गरुँ हाय सुन्दरी । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मन दिन्न

~संजय गौतम~

भर्खर पन्र्ध वर्ष पुरा गरेर सोह् बर्ष लागेकि मन्दीन्ना आइरन गेट भनिने एस.एल. सी. को परिक्षामा विद्यालयबाट सर्वोकृट अंक ल्याएर बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेकी थिई । चार दाजुहरुकी एक्ली कान्छि बहिनी मन्दीन्ना आलम एस. एल. सी. सकेर काठमाडौं गएर ‍+२ साइन्स पढी, एम.बी. बी.एस. पढेर डाक्टर बन्न चाहन्थी । छ कक्षामा पढ्दै, आमालाई निमोनियाको लक्षण देखिदा, डाक्टरकोमा जान नमानेको र घरबाट पनि आमालाई डाक्टरकोमा लान् खासै चासो नदेखाएकाले आमा वितेको, उसले आफ्नै आँखाले देखेकी थिई । त्यसैले, आफु डाक्टर बनेर, आफ्नो आमा जस्तै अन्य कयौ आमा तथा अन्य मानिसहरुलाई सेवा गर्ने र आमाको नाममानै एउटा अस्पताल खोल्ने अठोट त्यही समयबाट Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Micro Story : Eyes to Eyes

~Eagam Khaling~

A handsome man enters into a coffee-café. This was his first time in the café. He shouts once, for a cup of coffee, keeping his handbag on the chair beside, then sits on another chair in a relaxed feeling. His eyes suddenly fall on the café-girl. He controls himself but gai Continue reading →

Posted in Micro Story | Tagged , | Leave a comment

कविता : नेपाली युवा आजको दिनमा

~चन्द्र मेघि गुरुङ्ग~

बिचरा उ
मलाई उ देख्दा टीठ लाग्छ
उसले सबै गर्‍यो
जे नगर्नु पर्ने हो सबै गर्‍यो
अध्ययन गर्‍यो
अनुसन्धान गर्‍यो
तालिम गर्‍यो
भ्रमण गर्‍यो
समाज बुझ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : हृदयका पानाभारी

~ममता पन्त मिश्र~

नखोज मलाई अब तिमी
यहाँ जिन्दगी फेरी बल्झेर दुख्छ
आँसु सुकेको सिरानी पनि
फेरी आँसुले रुझेर भिजी दिन्छ
बिलौनामा बित्छ दिनहरू
यहाँ व्यथाहरू फेरी बढेर दुख्छ
सन्तापमा आँसुहरू, तप्किएर फेरी झरी दिन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : फूलमा पनि काडाँ हुन्छ

~नविन ध्यार~

खोलाको साघुरो एक गल्छी भित्र
उनेर सपना माछा झै बन्छी भित्र
एक दिन बित्ला,दुई दिन बिताउला
अझै कतिन्जेल सिरानी भिजाउला ।

फर्केर आउ बैगुनी तिमी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : शहरमा

~भिमसेन थापा मगर~

खोजिन्छ अनिस्चित जिन्दगीको सुनिस्चित भबिस्य निर्माण यो शहरमा
भेटिनछ थुप्रै असफल्ताका तेस्ता सफल प्रमाण यो शहरमा ।।

मैले पनि खोजिरहे सुन्दर सन्सार यहि शहरमा
थाहाछैन मेटिन्छ कहिले एक मुठी प्राण यो शहरमा ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : चाहत

~सुदर्शन थिङ्ग~

मनमा तिम्रा लागि यति छन् माया
तरकेर किन हिड्न खोज्दै छौ माया
आफ्नो मान्दै साटदै छु तिमीमा जीवन
बिताउन चाहन्छु यो अन्त्यसम्ममा जीवन

समाजले गरोस हाम्रो सम्बन्धकै तिरस्कार
बसौला सुखस्दुख गरि बनाई सफल उपकार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नाटक : विवाह

~अर्जुन थापा~

पात्रहरु : अनुप (श्रीमान), सरिता (श्रीमती), सुष्मा (सरिताको साथी), ललिता (सरिताकी आमा)
स्थान : बिहेको रिसेप्सन पार्टीमा ।

(माघ महिना भएकोले साँझको ५ बजे नै झमक्क अँध्यारो छ । पार्टी हलमा ठुलो म्युजिकमा केही नाची रहेका छन् । वेटरहरु स्न्याक्सलाई पाहुनाहरु भएको स्थानमा डुलाई रहेको हुन्छ । वियर तथा हुस्की ग्लासमा खनाउँदै हुन्छ बार ब्वाई । नाची रहेका मान्छेहरुलाई हेर्दै रहेका हुन्छन् सरिता र सुष्मा अलिक पर बसेर ।)

सरिता : (आँखालाई नचाउँदै) हेर न, त्यो केटो कस्तो ह्यान्डसम देखेको । त्यसको चेस्ट र बाइसेप कत्रो हो । Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

छोक : चोट

~जीवन थिङ~

बल्लभ दाई!
तपाईंभन्दा म धेरै अभागी छु
तिम्रो छात्तीमा आमाले आत्महत्या गरेको देश छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : लहर हो लोग्नेमान्छे

~किरण खरेल~

लहर हो लोग्नेमान्छे, ऊ नजिक आउन सक्छ
किनाराहरू अँगाली छोडेर जान सक्छ

उसको निम्ति माया आवेश हो नदीको
उसको निम्ति प्रीति संयोग हो खुशीको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : दौंतरी

~थीरुप्रसाद नेपाल~

किशोरले किताबको झोला कुममा झुण्डायो र पारि पाखातिर औंल्याउँदै उसको साथी दीपेन्द्रलाई हेरेर भन्यो, “क्या घाम लागेछ हगि…! कति छ्याङ्ग भएछ, हिजो यस्तो सफा दिन भएको भए कति आनन्द आउंथ्यो होला नि… क्या मज्जासित घुमिन्थ्यो, हिजो चाहीं दिनभरि सिम-सिम पानी आएर जाड़ो भएर के भएर घुम्नै पाइएन भनेजस्तो। तंलाई साँच्चि घरमा बाबाहरूले गाली त गर्नु भएन? हेर घरमा नसोधी अब चाहिँ कतै पनि नजाऊँ है – मलाई त झण्डै मार्नुभयो आमाबाबाले।”

उनीहरू सड़कै सड़क, तेर्सै तेर्सो स्कूलतिर गइरहेका थिए Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : याद आयो र पिएँ

~पुरुषोत्तम ढुङ्गेल~

बिर्सिएको कहानी याद याद आयो र पिएँ
फेरी त्यो पिउने बानी याद आयो र पिएँ

चिनाजानी थिएन तर ओत एउटै थियो
त्यो रातको हावापानी याद आयो र पिएँ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तथास्तु

~गोपालबहादुर नेपाली~

ब्रह्मपुत्रको छेउमा बसी
म टाढासम्म हेर्छु
नाउहरू जाँदैछन् – आउँदैछन्
नदीका छालहरू – अनुभव गर्दछु
कहाँसम्म पुग्दछन्
गुवाहाटीदेखि बंगोप सागरसम्म
अझै कहाँसम्म? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पूरानो झ्याल

~गगन बिरही~

टाढा धेरै टाढासम्म
झ्याल बन्द भएको धेरै भयो
सुदूर क्षितिजको
अथाह लिपोट्
सुन्दर कलालारिताको भित्तामा
टांगिएको अदभुत
फ्रेम तिमीनै थियौ
पूर्व पश्चिमको
दोहोरो घाममा
सन्दुक भएर
निस्केको धुँवा थियौ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~गोपालप्रसाद रिमाल~

हिजोसम्म रोईरोई बाँचिरहेका थिए।
आज तिनै हाँसीहाँसी मर्न तयार छन्।

हिजोसम्म जसको बोलीमा केही थिएन,
मनको प्रतिध्वनिसम्म थिएन,
मानिसले बोलेजस्तै थिएन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो र वेदना

~रुपिन्द्र प्रभावी ‘कटु’~

बेला कुबेला दुखिरहने टाउको देखेर
पटकपटक दुखिरहन्छ यो टाउको
आज फेरि दुखेको छ– बिरानो ठाउँमा ।
यस पल तिम्रो कोमल हात
ढाडसको उच्च संवेदना सुसेल्दै
निधारतिर सल्बलाएको झझल्कोले
झन्दुखाएको छ टाउको
जब कि
ती हातहरु अचूक औषधी हुन्मेरा लागि । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्मृती प्रेमीकाको

~बिक्रमादित्य~

छन्द : शिखरीणी

बनेकी यो मेरो मन र दिलकी सुन्दर परी
परीको झै हाँसो मुसुमुसु भए घायल सरी
परीजस्ती गोरी बसिछ मनमा नै जुनिभरी
उसैको मायामा लुटुपुटु भयो यो दिलजली॥१॥

सुरीलो बोली त्यो सरलशरमी लाज उ भरी Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : भ्रमको राज्यसत्ता

~रुपिन्द्र प्रभावी ‘कटु’~

उत्पीडनको अन्त्यहीन शृङ्खलाबाट
आक्रान्त देश
उत्पीडितहरुको मौनताबाट
विशृङ्खलित क्रन्दन
हो, त्यही देशमा मौलाइरहेछ
पीडकहरुको साम्राज्य
हो, मेरो देशमा फस्टाइरहेछ
अन्धो राज्यसत्ताको बहिरो शासन ।

राष्ट्रिय स्वाभिमानको प्रश्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको साँझ

~प्रमोद धिताल~

आजको साँझ
एउटा अनौठो साँझ
जसमा एउटा शुभ साइतको घोषणा गरिएको छ
भोलिको विहानदेखि थालनी हुनेछ नयाँ यात्राको

छेपाराले खाएको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : हद

~दीपा दाहाल~

स्वस्थानीको सांगे छ छिमेकमा । आफूलाई भने फुर्सद निकाल्नै गाह्रो । सबै भन्छन्, “खुब जागिरे भा’की, यस्सो मिलाउनू नि !”

घरका मान्छे पूजाका सरसामान जुटाउँदै थिए । आफन्त र छिमेकीहरू खानपिनको व्यवस्था गर्न जुटेका थिए । म पनि काउली काट्ने ठाउँमा गएर मिसिएँ । गाउँमा प्रायः सबैको सधैं भेट भएकै हुन्छ । त्यसैले भेट्दा खबर सोधपुछ खासै हुँदैन । म चलिरहेको गफमा घुलिएँ । त्यहाँ प्रायःको चिनजान भइसकेको रहेछ । मलाई नचिन्ने एउटी दिदीले सोधिहालिन्, “अनि बहिनीको चैं घर कुन हो नि ?”

मैले चोर औंलाको इशाराले देखाएँ, “ऊ त्यो हो ।”

“अनि को–को हुनुन्छ घरमा ?” Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

नियात्रा : कालीघाटका कङ्गाल

~डा खगेन शर्मा~

भनिन्छ भ्रमण गर्दा ज्ञान बढ्छ। तर ज्ञानचाहिं परिपरिका भएकाले कुन खाले ज्ञान बढ्छ भन्न गारो । यस्तै एउटा भ्रमणको चाँजो मिलेकाले हामी सपरिवार नै कलकता गएका थियौं। गुवाहाटीबाट सराइघाट एक्सप्रेसमा २६ अगस्त २०१० का दिन दिउँसो १२-४५ बजे गुवाहाटीबाट यात्रा सुरु गरियो। यो रेलगाडीचाहिं गुवाहाटीबाट गोवालपारा भएर हिँडेको एकैचोटी बङ्गाइगाउँमा पो थामिँदो रहेछ। चुँडिउलाझैं गरेर कुद्दो रहेछ। रेलमा सधैं खुजुरा पैसा बोक्नैपर्छ नत्र केही चिज किनेर खान गारो पर्छ उता हिजडाले धुरुक्क रुवाउँछन्। नभन्दै बङ्गाइगाउँबाट चढेका दुई पार्टी हिजडाले दस दस रुपियाँ Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : सत्य तथ्य भागे हेर

~सदानन्द अभागी~

आज भोलि संसारमा सत्य तथ्य भागे हेर
अमूल्य त्यो यौवन नै बिक्री हुन लागे हेर

सत्यताको मार्गमा संसार यो चल्नु पर्छ
सत्य मार्ग रुक्न गयो धर्मलाई दागे हेर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : ब्याख्या अर्चना

~बिक्रमादित्य~

छन्द : पंञ्चचामर

कपाल कल्पना गरे म पातलो घना घना
निधार अल्प आकृती र नासिका सुहाउना
कपोल पुष्ट रक्त नम्र सुन्दरा मुहार त्यो …
सलक्क कण्ठमा हिरा मुखार ओष्ठ अल्प त्यो

शरीर चट्ट कस्तुरी सुगन्ध रूपमा परी Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : उल्टै बढेर

~रिजाल किरण~

छन्द : सामु

दर्द पीडा कहाँ घट्यो ,उल्टै बढेर
झर्नु नै थ्यो खुरुखुरु ,थोपा बगेर ।

याद चर्को घरीघरी बन्दिन्छ सारो
निष्ठुरीले परै परै ,बस्ने गरेर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जमिन

~प्रमोद धिताल~

आकाश नाप्दै उड्ने अन्तरिक्ष यान
जमिनको आशीर्वाद लिएरै उड्छ
र फर्किन्छ फेरि जमिनतिरै

हरेक शिखर आरोहणहरु
सुरु हुन्छन् जमिनबाटै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पवित्रमूल जान हजुर

~सदानन्द अभागी~

प्रेमसिन्धु केन्द्रविन्दु पवित्रमूल जान हजुर
अन्तर आत्मा मिलनमा महान्ता ठान हजुर

चोरी चोरी हेर्दा मिल्छ मादकस्वाद मीठै मीठो
मादकतामा पूर्ण हुन्छ रम्य संसार मान हजुर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : अन्तिम श्वास

~बिक्रमादित्य~

छन्द : पंञ्चचामर

म सोच्छु सम्झदै पिडा र कष्टरुपि सम्झना
झझल्किरैछ सम्झना मधूर मिष्ठ प्रीतका
चलेछ प्यारको बतास मन्द मन्द मन्मा …
नवीन प्यार एक भो पलाइ प्रीत प्यारमा

रसीक प्रेममा म भै जलेछ छाति प्यारले
जुधेर भावनाहरु बसेछ प्रीत प्यार लौ Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment