~रिजाल किरण~
छन्द : सामु
दर्द पीडा कहाँ घट्यो ,उल्टै बढेर
झर्नु नै थ्यो खुरुखुरु ,थोपा बगेर ।
याद चर्को घरीघरी बन्दिन्छ सारो
निष्ठुरीले परै परै ,बस्ने गरेर ।
जिन्दगानी यसै त्यसै जाने भयो नि
साझ रातै विहान मा,भट्टी पसेर ।
हुन्न यात्रा तिमी विना ,यो जिन्दगीको
फुल्नु पर्ने गुलाफ झै मस्ती भरेर ।
भित्र माया छदै छ है सानो दिलैमा ।
रामको भक्त बन्नु के ? छाती चिरेर ।
-विराटनगर -१
छन्द:- सामु
गण :- र र य र गु
छन्द सुत्र:- आदरणीय श्री पोस्ट राज चापागाईं गुरु ज्यू
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
