कविता : लक्ष्मी संस्मरण

~आनन्द पौड्याल~

जन्मेर हुक्र्यौ जाँगर गर्यौ दिन र रातमा ।
हृदय खोली शब्द र वाक्य कलम हातमा ।।
भाव नि असल आइ नै रह्यो चुरोट साथले ।
मुटु नै छुने सिर्जना दियौ दिमागी हातले ।।

लक्ष्मीले सधैँ मनको भाव लेखेर राखेका । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्भावना

~प्रणेश पाखरिन~

अँ म देख्दैछु अहिले
तप-तप रगतको आँशु चुहाइरहेको आकाश
अनि त्यही रगत
भुईँभरी आहाल भइ
निलीरहेको भुईँको उरवरता।

दश नङ्ग्रा खियाइ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्वदेश घाती

~रिजाल किरण~

छन्द : उपजाति

लुछे सिनो झै यस मातृभूमि
पिए निचोरी सब मातृभूमि
हजार राजा कति धान्नु पर्ने
सेवा उनैको गरि बस्नुपर्ने ।।

बन्यो अचेतै गणतन्त्र आज Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : कविताका सौरम्य स्पन्दन : प्रभा भट्टराई (आचार्य)

प्रभा भट्टराई

~बाजुराम पौडेल~

‘आफ्नो जन्मस्थान र त्यसको परिवेश नै अन्ततः सिर्जनाका प्रेरक स्रोत हुन् ।’ यो कुरा कसैले लेखिदियो । स्वीकार नगर्नु पर्ने कुनै कारण नहुन पनि सक्छ । यथार्थमा त्यही परिवेशको स्मृति शृङ्खालाले नै भोलिका लागि राम्रा कृति सिर्जना गर्दछन् । भनिन्छ– सिर्जनाका लागि प्रेरणा चाहिन्छ र प्रेरणा सतही हुनुभन्दा घोच्ने, पोल्ने, दुख्ने र चर्किने प्रकृतिका भए भने उचाइ र गहिराइका तरङ्ग मापन गर्न सक्दछन् । यहाँ यतिखेर हिमाली, पहाडी, ग्रामीण र सहरी जीवनका संयोग सममूल्यन गर्न लाग्दा हिमाली जनजीवन अत्यन्त कष्टकर भएर पनि कृतिका रूप ग्रहण गर्न नसक्नुमा देखापरेका एक दुईवटा विशेष कारण हामी सबैले स्वीकार गर्नुपर्दछ । अलि फरक परिवेशमा पहाडी र ग्रामीण जनजीविकामा उत्पन्न सङ्कटहरू हामीले पढ्दै र सुन्दै आएका हृदयस्पर्शी वर्णनहरूभित्र पर्दछन् । यहाँ भनिए जस्तै हृदयस्पर्शी Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : विरोधाभास

~बज्रकुमार राई~Bajra Kumar Rai

आज निष्पट अँध्यारो छ
भोलि उज्यालो आउँछ पक्कै
तर, खोइ म के भनु ?
कसरी भनु ?
भोलिसम्म बाँच्नै नसक्ने
यी हर अन्धकारका
अभागी यात्रीलाई

जीवन संघर्ष हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मदनमणि युगको अवसान

~गोविन्द गिरी प्रेरणा~

९३ वर्षसम्मको आफ्नो आयुको अधिकांश समय नेपाली वाङ्मयलाई समर्पण गर्ने वरिष्ठ विद्वान साहित्यकार मदनमणि दीक्षितको अवसानसँगै एउटा युगको अवसान भएको छ, मदनमणि युगको ।

कुनै एउटा व्यक्तिले आफ्नो योग्यता र योगदानले युगको निर्माण गर्नु चानचुने कुरा होइन । समीक्षा पत्रिकाको माध्यमले वनेको एउटा युग, वैदिक साहित्यको अध्ययन र तत्सम्वन्धी लेखनले बनेको अर्काे युग र नेपाली साहित्यमा आख्यान र निवन्ध एवम् आत्मकथात्मक रचनाको समग्रताले बनेको अर्काे युग सहितको तीन युगको समष्टि मदनमणि युग थियो, त्यो अब अवसान भएको छ । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी

~अज्ञात~

औपन्यासिक तत्त्वको आधारमा लङ्गडाको साथीको विश्लेषण

१. शीर्षक औचित्य :-

लेनसिंह बाङ्देलद्वारा स्वरचित उपन्यास लङ्गडाको साथीमा नायक स्वंय लङ्गडो छन् ! दार्जीलिंगका जनमानसलाई वर्गको रुपमा छुटायौ भने चार वर्गको भेद देखा पर्छ १.सक्षम वर्ग २.मध्यम वर्ग ३.निमन वर्ग ४.उपेक्षित वर्ग ! लङ्गडो उपेक्षित वर्गमा पर्छ जसको केही छैन ,परिवार हिन छ ,घृहहिन छ ,वन्धुहिन छ र अर्थिकहिन छ ! दार्जीलिंग समाजमा रहेर पनि लङ्गडो एकलो छ ! उपन्यासकारको दृष्टिमा वासत्वम् हाम्रो समाज पो लङ्गडो छ ! किनभने हाम्रो समाजमा बिभिन्न प्रकारको कुरीतिहरु छ साथै बिभिन्न प्रकारको विसंगति छ ! विसंगतिको कारणले गर्दा हाम्रो समाज लङ्गडो भएको छ ! एक -अर्कामा मानवतावद छैन ,लुटपिट ,झैझगड़ा ,घृणाको दृष्टि मात्र भएको कारण हाम्रो समाजनै लङ्गडो छ ! Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

गजल : पाती गन्धे फुल्यो अरे

~इश्वर देवकोटा~

बाझै बस्यो खेत पाखो पाती गन्धे फुल्यो अरे
धान राख्ने भकारीमा दिउसै मुसो डुल्यो अरे

हलो जुवा बेकामी भो जोत्ने हली नहुदामा
घास काट्ने कोहि छैन बनमा सिरु फुल्यो अरे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : चामे र गौंथली

~कालूसिंह रनपहेंली~

आँगनमा एउटा मुढा राखेर चामे हुक्का गुडगुडाइरहेछ। साँझ खस्नै लागेको छ। स्वास्नी माइत गएकी छ, कचिङ्गल पारेर।

चामेले हेऱ्यो -पारि क्षितिजमा एउटा रेखा कोरिएको छ। छैन र पनि छ भन्ने भ्रम। उसैको झझल्कोजस्तो। घरि – घरि भित्र स्वास्नीले चुल्हामा तिहुन झ्वाइँयय.. पार्दैछे कि भन्ने लाग्छ। फिका चिया डबकामा लिएर निस्कन्छे कि लाग्छ। तर अहँ, क्षितिजको रेखाजस्तो त्यो सोचाइ पनि भ्रमपूर्ण छ, असत्य छ।

आँगनमा एक छेउको नेभारा र अर्को छेउको अम्बकको रूखमा बाँधेर एउटा तार टाँगिएको छ। स्वास्नीले भएभरको गरीबी सुकाउँथी त्यसैमा। त्यो तार आज लुङ्दरको लुगा च्यातिएर बाँस मात्र रहेजस्तो; उनिएका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मेरो बिटुलो विश्वास

~किरण खरेल~

मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ
तिमी ढाटिदेउ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वास

तिमी रोइदेऊ फेरी दुई बुँद आशु पोख्दै Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म हराउँदै छु

~बिपिन शर्मा~

म ओइलिएको गुलाव
हातमा बोकि
अस्ताउन लागेको घाम
नियाल्दै हुन्छु
लाग्छ,
अर्थहिन एउटा पर्खाईको
अन्त्येस्टी हुन लागेको छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गरीबको केही स्न्यापसट

~प्रवीण राई जुमेली~

कतिले भन्छन् नीयतीले ळेख्यो गरीबलाई
कतिले भन्छन् ईश्वरले रच्यो त्यो जीवलाई

देख्दा र पड्दा यो शब्द नि
तीनै शब्दले निर्मित भए तापनि
यसभित्र समाहित अर्थ अनेकौं
निहित व्याख्या सयौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अन्तर कुन्तरमा सलाई

~कमल नेपाली~

लुकाइ हिँड्थ्यौ कि कतै अन्तर कुन्तरमा सलाई
पराई भयौ नि मेरो कोमल मन जलाई

फूल टिप्नु पाप होला भनी बस्थे हेरेर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : छिन्ताङ्ग

~राजेश राई~

भाडाका शाही जल्लादहरुले
मृत्यु आतंकको खेती गरीरहे
भाडाका काला मान्छेहरुले
सुत्केरी आमाहरुलाई बलत्कार गदै
आतकंको संगिनहरु रोपिरहे
तर छिन्ताङ्गहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बिर्सिदेउ समाजलाई

~राजेन्द्र चोथाले~

बक्दै गर्छ समाज यो बिर्सिदेउ समाजलाई
भोलिलाई छोडिदेउ भोलि, मेरी बन आजलाई

मायाभन्दा के छ ठूलो इतिहास पढेर हेर
धेरै भेट्छ्यौ त्याग्ने मुटु श्रीपेच र ताजलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : जाडोमा घुर

~उमाशङ्कर द्विवेदी~

अन्य संसाधनको अभाव भएपनि हाम्रो देशको गाउँठाउँका जनमानसले भने प्रकृतिको असीम मायाका साथ पाउने वर्षको छवटै ऋतुको उपभोग गर्न पाउँछन् । ग्रीष्मको भयड्ढर थप्पड होस् वा कठयाङ्ग्रिदो जाडोको कर्कश आवेश, मुसलधारे वर्षातको ताण्डव होस् वा गुलाफी बास्नादार बसन्तको मलहम, शरदीय उल्लासमय मौसम होस् वा फुङं उडेको पतझरको मौसम होस् छवटै ऋतुहरूको तीतो, मीठो, मोहक तथा कष्टकर मौसमको आश्वादन गर्न पाउनु हाम्रो सौभाग्य नै हो । सुनिन्छ, विदेशमा त्यहाँका जनमानस हामी जतिको भाग्यमानी हुँदैनन् अरे । संसारको कुनै कुनामा छ महिनाको दिन हुन्छ, त कुनै कुनामा छ महिनाको रात हुन्छ । त्यस्तो अवस्थामा जनमानसले बसन्त, ग्रीष्म, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : अभिलासा

~रत्नशम्सेर थापा~

जुनेली रात लेऊ गुलाफी प्रभात लेऊ
आज मनको अनुरोधमा माया सौगात देऊ

लहराझँै मुस्कुराउँदै सुवास छर्दै छर्दै आऊ
छहराझैँ रमाउँदै मिठास भर्दै भर्दै गाऊ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आफ्नै बाटो

~कृष्ण अधिकारी ‘चिन्तित’~

तिमी आफ्नै बाटो हिँड
म आफ्नो बाटो हिँड्छु
तिमी पूर्व लाग
म पश्चिम लाग्छु
पृथ्वी गोल छ भन्छन्
एक दिन न एक दिन
हाम्रो भेट कसो नहोला ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पना

~लक्ष्मी उप्रेती~

कल्पनाको तरङ्गमा
जब सुन्दर भाव आउँछन् आँखामा
तब ममा अटाउन नसक्ने
खुसीका चित्रहरू कोरिन्छन्
सपनामा देख्न नसकेका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बैँस

~टंक वनेम~Tanka Wanem

आम्बेपोंजोमा
बैँस ढालेर
हेँवा खोला बग्दा ओरालै ओरालो
शिबालिक पहाडको टाकुरा पारी
वानायुज घोडाले पर्बत नाँघे झैं
आम्बेपोजोंमाको राजकुमारी संग
जून थियो मन भरी
घाम थियो आङ्भरी ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड अशोक सुवेदीकी श्रीमती

~प्रोल्लास सिन्धुलीय~

एक दिन
कमरेड अशोक सुवेदीकी श्रीमतीले
पतिको मोबाइलबाट फोन गरिन्–
‘बेखा दाइ,
छतमा दुईवटा कोठा थप्नुप¥यो
खर्चको इस्टिमेट दिनुस् न !’
उताबाट
जनआन्दोलनको बेलाको जस्तो चहकिलो स्वर आयो
‘लौ ! कस्लाई गर्नुभा’को ?
म पूर्णविराम हुँ, कवि पूर्णविराम !’
उनी जिल्ल परिन्
‘हरे यो दूरसञ्चार !’ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बोलुँ बोलुँ लागेको छ

~नगेन्द्र ईङ्नाम “आठराईली”~Nagendra Ingnam 'Athraili'

मौसमका उधौली र उभौलीहरूसँगै
उकाली र ओराली गरी रहने यो मन
तिमीले निर्धक्क भएर
सबै सामु सत्य सत्य बोलेको देख्दा
मेरा पनि मनका कुरा खोलुँ खोलुँ लाग्छ
तिमीले बोलेजस्तै मीठो बोलि
मलाई पनि बोलुँ बोलुँ लागेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कोही छ घरज्वाँई बस्ने ?

~बिमल लामिछाने~

हाम्रो दिनहुँ झगडा पर्छ
कहिल मुक्का मुक्की हुन्छ
कहिले फास्स फुस्स मै टर्छ
म डल्लो लोहोरो उचाल्छु
बुढी चेप्टो सिलौटो उचाल्छे
म तातो रोटी उचाल्छु
बुढी रातो तावा उचाल्छे Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सडक नै कारगार भएको छ

~अश्रु सिन्धुलीय~

१.
झ्याउँकिरी कराएर रातमा
चन्द्रमालाई जिस्क्याइरहेका छन् ।
आकाश गङ्गामा आजमात्रै रकेट पसेछ
मान्छेहरू नाङ्गै खुट्टा आकाशमा दौडिरहेका छन्
हिमाल पग्लँदो छ, प्रशान्त महासागर फैलँदो छ
सिल मरिरहेकोमा ठुलो कोलाहल छ
प्रत्येक दिन, प्रत्येक छिन घरघरबाट मान्छे थुतेर
मारिँदा छन्, तर त्यो मौनताको विषय बनेको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : युरोपेली पर्यटकसँग

~अनुज श्रेष्ठ ‘प्रवास’~Anuj Shrestha

महाशय !
यो पेटी भिकारीहरुका लागि हो
र , यो सडक धनी र मन्त्रिका गाडीहरु
कुद् नका लागि बनाईएको हो
मौरी जस्ता यी कर्मशील मान्छेहरु
घाम नछिर्ने गल्लीहरु भित्र बस्छन्
र भोक नदेखिने वस्तीहरु भित्र हराउँछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देउरालीमा फूल साट्ने बैशहरुले पर्खि रहेछ

~आचार्य प्रभा~

परदेशिएर तन टाडिए पनि
अाकाशिएर इछ्याहरु बेलगाम भएपनी
बाध्यताको कठोर मरुभूमिमा
बालुवाको कणहरुसङै
मनका त्रिष्णाहरु उडाएर
म फगत ,निरश जीवन
बांची रहेछु कुनै अर्को भूगोलमा। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : घाऊ नै घाऊ छन

~सौरभ रिजाल~

छाती भरी घाऊ नै घाऊ छन
तीम्रो मायाको नीशानी
सुनीदिने कोही भएनन
मेरो बीछोड़को कहानी

आफ्नो जीवन बिहान बनायौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : I

~Kalpana Satyal~

In every cell of my body
is a living miracle
The wholeness of me
is an infinite miracle
I am that, which no one knows Continue reading →

Posted in Poem | Tagged | Leave a comment

Poem : Road

~Himanshu Nibha Kunwar~

Oh! road I wonder
Oh! I wonder
Where do you stop?
Where you go?
I think
You might stop at the edge of the world Continue reading →

Posted in Poem, बाल कविता | Tagged | Leave a comment

कथा : घर फर्केको ज्यानमारा

~मधुवन पौडेल~

आज पनि मालिकले नलीले हिर्काएको नीलडाम लिएर देवदास घर फर्किरहेको छ । ऊ मनमनै सोचिरहेको छ, घर पुग्नासाथ आफ्नी स्वास्नी गोमतीलाई तातो पानीले सधैँ झैँ सेकाउन लगाउनेछ । जमिन्दारको घरमा उसका बाबु–बाजेले पुस्तौँदेखि चाकरी गरिआएका हुन् । त्यसैले उसको मनभित्र जति विरोधको ज्वाला दन्किए पनि जमिन्दारको दैलोअगाडि पुग्नासाथ देवदासको शिर बेतको हाँगो झैँ निहुरिहाल्छ । आज त उसले अल्छी मानेरै उसको यो हाल भएको भन्ने कुरामा ऊ निश्चिन्त छ । उसका सात पुस्ताले जमिन्दारका खलकका लागि कति पसीना बगाए, कति काम गर्दा गर्दै थलिएर औषधी नपाएरै अकाल मृत्युका शिकार भए, अझ कति सन्तान दरसन्तानले ऊ जस्तै गरी पिटाइमा परेर थलिई एक दिन नश्वर देहबाट बिदा लिनेछन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : देश बनाऔँ

~शिवप्रसाद गौतम~

नेपाली नेपाली बीचमा नबनौँ हामी विकल
मेची-काली हो हाम्रो जन्मभूमि नेपाल ।

यो देश रहे मात्र हाम्रो रहन्छ शान, गौरव
देशकै लागि बाँच्ने नै बन्छन् सच्चा सपुत । Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : तर खुब खास लाग्छन्

~शरद पोख्रेल~

कोही बोल्दै बोल्दैनन् तर खुब खास लाग्छन्
कोही मरिहत्ते गर्छन् तर बकवास लाग्छन् ।

तपाईँलाई यो दुनिया के लाग्छ महोदय?
मलाई आमा धर्ती अनि बा आकाश लाग्छन्। Continue reading →

Posted in गजल | Tagged | Leave a comment