कविता : देशको सिमाना

~सीमा आभास~

मेरो देशको सिमाना हराएपछि
सप्तकोशी किनारै किनार
सगरमाथा छ छैन थाहा पाउन
बैशाखी टेकेर
म लगडो नागरिक
जादैछु नाम्चेतिर

सप्तकोशी ब्यारेजबाट हुत्तिएर
जब मेरो देश
पारिपट्टिको बगरमा पछारियो
तब दन्दनी बल्न थाले
तेली र मुसहर बस्तीहरु
ब्यारेजमुनिबाटै डुब्न थाले
माझी गाउँहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो कविता होइन भन्ने तिमी को ?

~कुबेर काका~


यो कविता होइन भन्ने तिमी को ?
सम्बृद्ध र सम्पत्रको भान्सामा
भान्सेले पकाएको परिकार जस्तै परै मग्मगाउने
सग्लै निली सकेको भएपनि
बस्तुले उग्राए जस्तै ओकलेर चपाउदा र्‍याल आउने
जिब्रो रसाउने र घाँटीमा नअडकिने
लपक्क पारेर पकाएको बास्मति र चनमचुर चामलको भातजस्तो Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : राजिनामा

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

“श्रीमान मेरो कतारको भिजा लाग्यो राजिनामा पास गरि दिनु पर्यो यसै जाऊँ भने भगौडामा गनिने रैछ सकभर यथासिघ्र स्वीकृत गरि पाऊ हजुर।” भन्ने आवाज सुनियो, हतास हतासमा अनुहारमा केही उदासीपन हतोतसाही र निराशापन मिसीएको एक सिपाइ अगाडी उभिएको रैछ मैलै नम्र बचनमै सोधे “बाबू तिमी किन हतारमा यति ठूलो निर्णय गर्दै छौ ?” हेर्दा साधारण निम्न बर्गिए परिवारकै सदस्य जस्तै देखिने,उसको नानीबाबुहरू होलान बुढा बाबू आमा होला आश्रीत परिवार होलान यसो दुखेसो मेटाउन दुई छाक टार्न छोरा छोरी पढाउन बुबाआमाको ईच्छा अन्य आश्रीत परिवारको इच्छा सायदै सिपाहीको मासिक आयले सुल्झाउन त नसक्ला तर पनि केही त सहयोग गर्छ नि भन्ने सोच र धारणा राखेर मैले जिज्ञासा सहित भने ” भोली सोचे जस्तो भएन भने कतारमा कतै परिस्थितीमा परेर अंगभंग भयौ भने र अयोग्य ठहरिएर फिर्ता आयौ भने नि बाबू के होला ? यो बिषयमा सोचेका छौ ?” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मुगुकी प्रियसी

~अक्कल बहादुर शाह~

निर्मल छिन, निश्चल छिन, चञ्चल छिन
असाध्यै सुन्दर छिन, मुगुकी प्रियसी !

चौवन्दी चोलोमा सजिएकी छिन, निलो सारीले बेरिएकी छिन
यौबनले उन्माक्त छिन, तर साह्रै शालिन छिन,
मुगुकी प्रियसी ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब के हुन्छ यो देशमा ?

~प्रमोद धिताल~

हरेक दिन
लेखकहरु/कविहरु
पत्रकार/प्राध्यापक

चिया गफ होस् या पार्टी
आकस्मिक भलाकुसारी होस् या
सञ्चो–बिसन्चोको समय
हरेक समयमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो आफ्नै बजार भाउ

~सिमियोन रोक्का~Simiyon Rokka

सबैको मूल्य हुन्छ रे,
हजार अर्थ राख्ने मेरा यी शब्दहरूमा
मेरो आफ्नै बजार मूल्य
कति होला ?
बुझ्न मन छ ।
५ रूपेमा नबिक्ने सागको त्यान्द्रो बोकी,
बजार-बजार गल्ली-गल्ली हिँड्ने Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नलगाएको मायाको पिडा

~लक्ष्मी बिष्ट~

पैतालाको धुलो सरी, उडिरह्यो आधा जीवन भरि
सोच्नै सकिन, चोखो माया कुन रहेछ भनी
दुखाइरह्यो, काडाँसरी, धोचीरह्यो तनभरि–नगाँसिएको माया, यस्तै रहेछ जीवनभरि

कहिले–काहीँ हुरी बनी, डुलिरहन्छ वरिपरि Continue reading

Posted in कविता | Tagged | Leave a comment

आधुनिक कथा : जुरेलो बेपत्ता

~सदानन्द अभागी~

कता गयौ जुरेली चरी तिम्लाई सम्झी बचरा रुदैछन्
ऊ जुनीको त्यो कर्म भोगी सारा जीवन आँसुले धुँदैछन्

काठमाडौको व्यस्त सहरले मानव जीवनमा ल्याएको विविधता, साथै प्रदुषणयुक्त वातारणले निम्त्याएको गन्दगी, रोग–व्याधीले सताइएका जीवजन्तु, एक घुड्की पिउनको लागि शुद्धजलको अभावले गर्दा काकाकुल भएका जनता, वागमती र विष्णुमतिमा मिसिएको गन्दगीले गर्दा पवित्र स्थल र पवित्र जलको उपभोगमा कमी, देशमा रोजगारी नपाउँदा उत्पादनशील जनशक्तिको पलायन, आजको विकासको गतिले निम्त्याएको विविध Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी सक्छौ भने भन!

~भरत खत्री~

वास्तविकता सँग म डराउँछु, हराउँछु लम्पसार पर्छु

किनकि वास्तविकता सधैँ तितो, टर्रो अमिलो हुने गर्छ
भएका कुरा लेखिदिन, लेखिएका कुरा देखिँदैन
किन? किनकि असत्यले सत्यलाई जिती सक्यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : धर्मात्म व्यक्ति

~यकिना अगाध~

उ सबैको नजरमा धर्मात्म व्यक्ति थियो । भोका कुकुर र बाँदरहरुलाई उ प्रत्येक बिहान पाउरोटी बाँड्ने गर्दथ्यो ।

सधैंझैं त्यस बिहान पनि उसले पाउरोटी बाँड्दै थियो । त्यही बाटो भएर एकजना भिखारी आईपुग्यो ।

यो दृष्य देखेर भिखारीले सोच्यो, Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : चल्नेको खोजिमा छु

~एकादेशको गगनराज~

सामुहुँदा सिर्‍र बतास चल्नेको खोजिमा छु।
केहि चाहिन्न धप्प रुप बल्नेको खोजिमा छु।

गजलकार भैईयो आफु नत्र पुरेत हुईन्थ्यो,
बसिखान बोटमा पैसा फल्नेको खोजिमा छु। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगीको गणित

~राजकुमार बराल~

तिम्रो उदासिनता पागलपन हो काली !
बैराग्य, निरसता
एक्लोपना, द्घिविधा सब प्रपञ्च
प्रत्येक दिन
भित्ताहरूमा बहुरुपमा देखिने तिमी
फगत एक नाटककी पात्र हौ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : आशामरु

~हरिकृष्ण डंगोल~

टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर प्रतिक्रियाविहीन भएर साक्षी भावमा उसले आफ्नो श्वास प्रश्वासलाई हेरिरह्यो । पाँच, छ मिनेट आनापानी गरिसके पछि ऊ विस्तारै विछ्यौनाबाट उठ्यो । ओछ्यानबाट बाहिर आएपछि उसले एकपटक खाली बिछ्यौनामा हे¥यो र केहीक्षणको हेराइपछि ऊ बिहानको नित्यकर्मतिर लाग्यो । नित्यकर्म सकिएपछि उसले मौसम अनुसार लुगा लगायो र झ्याल, ढोका सबै बन्द गर्दै ऊ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कीरा

~होमर श्रेष्ठ~

विहानीपख मालीले फूलबारीमा सिँचन गर्दै भन्यो, “अहो ! Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कविता : चिठी

~हेङचाङ साङ~
अनुवादः कुमुद अधिकारी

तिम्रो चिठी
गौँथलीझैँ फुर्र उडेर
तिम्रो न्यानो घरबाट
यहाँ आयो

मेरो हृदयको उचाईमा Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लघुकथा : ग्लोबल हाइवे

~विनय कसजू~

संसारलाई एउटै राजमार्गले जोडने अन्तर्रर्ााट्रय योजना बन्यो । राजमार्गले सकेसम्म सबै राष्ट्रलाई छोओस भन्ने उद्देश्य राखेको हुनाले त्यसको सानो हिस्सा नेपालमा पनि पर्ने भयो ।

जुन जिल्ला र गाउँहरु भएर राजमार्ग गुज्रने भयो त्यहाँका जनता निक्कै खुशी भए । अचानक ती ठाउँको महत्व र मोल बढयो । जग्गाको किनबेच बढनथाल्यो । मानिसहरु सपना बुन्न थाले । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : सुगन्धले भर्नुपर्छ मैले

~कौशिला रिसाल~

देशको माटो सुगन्धले भर्नुपर्छ मैले
सीमा रक्षा मेचीकाली तर्नुपर्छ मैले ।

सगरमाथा शिखरमा घामले लाली पोत्दा
नयाँ किरण छर्न तराई झर्नुपर्छ मैले । Continue reading

Posted in गजल | Tagged | Leave a comment

Poem : God, this is an elegy for you

~Pravin Rai Jumeli~

God himself was in wonder

in the uncovered tale of his forms

that from the ages

hearing the moans of unlimited prayers Continue reading

Posted in Poem | Tagged | Leave a comment

गजल : गीत गाउने भए आऊ

~बिभोर बराल~

बिरह हैन खुसीको गीत गाउने भए आऊ
सँगै मिली हाँसोको खोला बगाउने भए आऊ

इच्छा छैन मलाई तिम्रा चोट केलाउने
चहर्याउँदो मेरो घाउमा मल्हम लगाउने भए आऊ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : कर्थले काँईलो

~गगन बिरही~

भ्वाङ्ग्भ्वाङ्ग्ती प्वाल परेको पानी चुहिने छानो
धमीराले मक्किएको ढल्न लागेको घर
मकैको ढिडो,मुलाको तिहुन, खुर्सानी र
एक बटुका कोदोको भ्याबर जाँडले
दुई फुटे सुकुलमा लडाएकोछ
कर्थले काँईलोलाई ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सेतो रिबन

~मिलन ढुङ्गाना~

बाहिर चिसो हिमालि हावा चलिरहेको ऊ भित्रै बसेर अनुभव गरिरहेको छ । हावाले हल्लाएका प्लास्टिकका छानाहरु र पल्लो भोटेको घरको झन्डा हल्लिएको आवाज ऊ भित्रै बसेर सुनिरहेको छ । उसलाई त्यो चिसो हावा कती चिसो छ भन्ने राम्ररी थाहा छ र त ऊ आफ्नो कोठाको झ्याल ढोका डम्म बन्द गरेर बसेको छ सिरकभित्र गुटुमुटु परेर । अली माथिको बाटोमा एक हुल जँड्याहा हरु हल्ला गर्दै हिडेको र गोठमा बाँधिएका खच्चरका घाँटिमा बाधिएका घन्ट दाना चपाउदै गर्दा बजेको पनि कोठा भित्रै सम्म सुनिएको छ । ति जँड्याहाहरु उसको कोठाको छेउको बाटो हुँदै पल्लो गाउँतिर लागेको पनि ऊ चुपचाप सुनिरहन्छ र तिनिहरुको हल्लामा मिसिएका शब्दहरु सुनेर नकारात्मक भावले मुस्काउँछ । आज सोलारले काम गरेको छैन उसको चिम अघिनै निभिसकेको छ तर ऊ हार मान्ने वाला छैन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रश्न

~गोपालप्रसाद रिमाल~

नेपाली तिमी यहाँ किन आयौ?
गो-रखाली हौ,
गो-रक्षाको भार लिई
बढ्दैबढ्दै आयौ? नेपाली…

तिम्रै गुफा कन्दराहरुमा
देखेथ्यो जगले पहिलो सपना, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्ददाह

~सञ्जय वान्तवा~

कविताको मूल चोकमा
वैरागी काईँलाको ‘वसीयत’ जस्तै
एक जोर चश्मा
अनि मफ्लर जस्तै
आँखाहरू उभिरहन्छन्
फर्केर मपट्टि।

गलाभित्र चिसा गीतहरू छन्, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाशको गीत

~पुरुषोत्तम ढुङ्गेल~

सालनाल सहित को घाम
जब
समुद्र मा डुबुल्की मारेर
चोखिन्छ
जब
ढलपल् ढलपल् गर्दै
सुस्त सुस्त बामे सर्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : नेपालका तन्त्रहरु र नेपालीका आशाहरु

~योगेन्द्र उपाध्याय “पुष्प”~

गणतन्त्रको आश देखाएर मलाई झनै गाडिदै छ । मेरो छातिमा खुट्टा राखेर उच्च ओहोदामा पुगेकाहरुले मलाई सँधै सिंढिको रुपमा प्रयोग गरेका छन् । जति जनाको छाति उनीहरुले पाउन सके त्यतिनै उनीहरुले आफूलाई चन्द्रमाको समीपमा लान सक्षम भएका छन् र हामी आज भन्दा भोली र भोली भन्दा पर्सि झनै गाडिंदै गइरहेका छौं । त्यसैले आज लाग्छ डेमोक्रेसीको नाममा नेता (ले दे मोह कुर्सी) भन्दै जनतासँग मात्र कुर्सी मागिरहेका छन् र गणतन्त्रको प्रलोभन देखाएर नेपालीमाथि गाडतन्त्र अपनाइरहेका छन् । Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : ए कान्छा मलाई सुनको

~अम्बर गुरुङ~

केटी :
ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न
केटा :
त्यो तारा मात्र हैन जून पनि झारिदिउँला

केटी :
गलगोरु बाँधेर छिटै भेट्न आऊ न Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नारी…

~बसन्त चौधरी~

नारी,
तिम्रो कथा हो कस्तो ?
फूल-पातमा
शीत बनेर
व्यथा अल्झे जस्तो

तिमी एउटी,
शाश्वत आमा हौ,
मानव-जीवनभित्र
तिमी शक्ति, तिमी विद्या,
तिमी हौ जननी पवित्र
तिमीलाई नै बन्धनमा राख्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लिपुलेक कालापानी जिन्दावाद

~लिला बल्लभ नेपाल~

नेपाल आमा जिन्दावाद
नेपाल आमा जिन्दावाद
लिपुलेक कालापानी जिन्दावाद

हराए ओलीजी प्रचण्ड हराए
कालापानी लिपुलेकमा खुट्टा कमाए
मोदीले नेपाल भूमी क्वाप्प टोक्दा
नेपाल र नेपालीलाइ लाजमर्दो बनाए । Continue reading

Posted in कविता | Tagged | Leave a comment

रेखा पन्तका तीन मुक्तकहरू

~रेखा पन्त~

१.
देखियो त्यस्ता मान्छेका जमात देखियो
छिपाएको भेद उदांगियो औकात देखियो
दोष त मेरा आफ्नै नयनलाइ दिन्छु म
पलाँसका फूललाइ किन पारिजात देखियो !!

२.
कुनै रात किन यति लामा हुन्छन् Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : योजना

~रवीन्द्र तिमसेना~

सपत्नी विदेश गएका उसका साथीहरू कहिले पृष्ठभूमिमा आफू बस्ने गगनचुम्बी अपार्टमेन्ट देखिने गरी त कहिले चिल्ला कारलाई अँगालेका फोटो पोस्ट गर्थे । सरकारी जागिरमा नाम निकालेकी मामाकी छोरीले पनि कार्यकक्षमा काम गर्दै गरेको फोटो पोस्ट गर्थिन् । फुपूका छोराले पनि गैरसरकारी संस्थामा काम गरेर राम्रै दाम कमाएका थिए । ‘कार्यालयको कामले पूर्वी नेपालतिर’, ‘कार्यालयको कामले पश्चिम नेपालतिर’, ‘कार्यालयको कामले हिमाली जिल्लातिर’, ‘कार्यालयको कामले तराईका जिल्लामा’ भनेर उनले एकैनासका स्टाटस पोस्ट गरिरहन्थे । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

विनीत ठाकुरका चार मैथिली हाइकु

~विनीत ठाकुर~

१.
नभ मे उर्जा
सुरुजक लाली सँ
धरती स्वर्ग ।।

२.
वर्षाक बाद
इन्द्रधनुषी रुप
धन्य प्रकृति । Continue reading

Posted in मैथिली हाइकु | Tagged , | Leave a comment

गजल : हरेक युगले केही

~रमेश भट्टराई ‘सहृदयी’~

हरेक युगले केही न केही खोट बोकेर हिँड्छ
कोही उक्सिन्छ तर निर्धोले चोट रोकेर हिँड्छ

बदलिन्छ शहर, मान्छे रहर लिसो चाहनाको
न पुरिन्छ इच्छा उही खोटो लेखोट टोकेर हिँड्छ Continue reading

Posted in गजल | Tagged | Leave a comment