लेख : केही सांस्कृतिक चिनारी

~डा खगेन शर्मा~

 सबै जातिको संस्कृति तथा जातीय पहिचानका आधार संस्कार, भाषा, पोसाक, वाद्ययन्त्र, हात-हतियार ,भाँडाकुँडा, गीत-नृत्य आदि सबै थोक पर्छन्। यहाँ केही विषयको परिचय दिइँदै छ।

1.1 भेष-भूषा

दौरा:  चारतिर तुना बाँधेर पु्रूषले शरीरको माथिल्लो भागमा लगाउने सांस्कृतिक पोषाक हो।

सुरुवाल: पुरुषको पोसाक हो। यसको आकार सुरिलो भएकाले सुरुवाल भनिएको हो। सुरुवालको आदि रूप Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गीत : यती चाँडै कसरी बिर्सुं

~किरण खरेल~

यती चाँडै कसरी बिर्सुं
सिम्सिमे पानीले रुझेको – 2
मोतीजस्तो पानीको थोपा
तिम्रो कालो केसमा तर्केको – 2

सुनसान बाटो थियो सुनबुट्टे रात
हिँड्दाहिँड्दै छोइएथे सुकुमारी हात Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सहर र प्रतिबन्धित प्रेम

~रीता खत्री~

यो मृत सहरमा
प्रतिबन्धित छन् प्रेम कविता ।
प्रिय कवि !
मैले जूनलाई लेखे पनि
तिमीलाई लेखेको हुन्छ ।
घामलाई लेखे पनि
तिमीलाई लेखेको हुन्छ ।
तिमी मेरो कविताको प्रतीक
तिमी मेरो जीवनविम्ब Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भेटिने र छुट्टिनेको कथा

~बिभोर बराल~

केही छुट्टिए
केही भेटिए
जानेहरू याद बने
आउनेहरू प्यार बने
अलिकति जित बने
अलिकति हार बने
सानो यो मुटु भित्र
नमेटिने आकार बने
थुङ्गा-थुङ्गा आकार पछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जान्न सीमा पारी

~राकेश कार्की~

बिस्कुन झैं सुक्दैछु घाममा
छहारी पाइन मेरो आङमा

दौरासुरुवाल ढाकाटोपी
गोलीले च्यातिसक्यो
कम्मरको खुकुरीले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : तारा

~सुनिता राइ ‘यशिन’~

म कार्यालय बाट घर फर्कदै थिए बाटोमा पन्धेरिबाट फर्कंदै गरेकी तारालाई भेटे, साइत पारेकोमा धन्यवाद तर घरमा आमा संग किचनमा हात नबटारी चित्त बुझ्दैन | उनि मुसुक्क मुस्कराइन र आफ्नो घर जान आग्रह गरिन | मैले उनको बचन हार्न सकिन र हुन्छ भन्दै गयेउ…| घरमा उनको दुई छोरी शुभ र शंध्या आमाकै बाटो हेरिरहेका थिए ; हामीलाई देख्न साथ रमाये, ताराले गाग्रो राख्दै भनिन आन्टीलाई नमस्ते गर बा; दुबैले आग्यपुर्बक नमस्ते गरि आमाको पछाडी लुके लजाउँदै…|

ताराले मलाइ बस्ने पीरका ल्याइदिइन र गफै गफमा मिठो चिया पनि | उनि दुई छोरीलाई बेल्काको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गणतन्त्र संस्थागत

~गोविन्दप्रसाद आचार्य~

आगो नबल्नेहरूका चुला खै
हलि गोठालाहरूका कुरा खै
गर्नेहरूका हेर गोजी खाली
आएन कैलै गणतन्त्र लाली

न हर्ष कहीँ न हरियो बनेको
उही पुरानो घमिरा परेको
रोगीहरूले उपचार मागे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अठोट

~नारायण योगी~

न कहिल्यै झुक्ने
न कहिल्यै रुक्ने
म त्यो इन्क्लाब हुँ
हर अन्यायको जबाफ हुँ
गरिबको पसिनाको हिसाब माग्ने
सहिदको सपनाको महल बुन्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो र बुद्धत्व

~दीपा राई पुन~Deepa Rai Pun

बाटो अनि बाटै बाटो
गज्यांगुजुगं किरिगंमिरिंग
पाइतलाहरू हिँडिरहन्छन्
आहतमा पिल्सिएर
रोपिएको मनलाई
मुस्कानले छोपेर
संवेगका मौन जुलुस बोकेर
मनहरू कै ताँती छन्
रहस्यमय यी बाटाहरूमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कथा

~रमेश क्षितिज~

आज सबेरै घरबाट खानासमेत नखाएरै हिँड्या ऊ । एउटा गतिलो कथा लेखेर कुनै पत्रिकामा छपाउन सके एक–दुई सय रुपियाँ पनि आउने, अझ त्योभन्दा बढी थुप्रै पाठकको मन जित्न सके आत्मसन्तुष्टिको मीठो अनुभूति पनि हुने भएकाले उसलाई एउटा कथा लेख्नै पर्ने महसुस भएको थियो । त्यसैले ऊ एकाबिहानै कथाको खोजीमा निस्केको थियो, कसैलाई थाहा नदिएरै ।

क्याम्पस पढ्ने बेला पनि कथा–मुक्तकहरू लेखेर ऊ अत्यन्तै लोकप्रिय थियो । साथीहरू पनि उसलाई औधी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नरदेन रुम्बाका दुई मुक्तक

~नरदेन रुम्बा~Norden Rumba_1

१
मेरा देवताहरु मैले सबै पुजारीलाई दिएँ
मेरा धर्म सबै मैले भिखारीलाई दिएँ
अब खुल्ला छु , नितान्त खुल्ला छु
केही विश्वास थियो सबै प्यारीलाई दिएँ

२ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : आवश्यक काम

~प्रमोद धिताल~

साट्नैपर्ने केहि मौलिक भावना
सोच्नैपर्ने केहि महत्वपूर्र्ण विषय
चाल्नैपर्ने केहि निर्णायक कदमहरु
साँचेको छु कुनै दिनको लागि
बस, यतिखेर मलाई गर्नुछ
आवश्यक कामहरु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : झार्ला कि गाडी

~रिजाल किरण~

छन्द : तिल्जे

मनका वहावै ,फैलेर साथी
कसरी बताऊ ,चर्किन्छ छाती ।

अवतार उन्को ,मान्थ्यौ नि बिष्णु
कहिले नमेट्ने,छापो छ बाकी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आपसमा लड्छन्

~सदानन्द अभागी~

सुकर्मी र कुकर्मी त आपसमा लड्छन्
सुकर्मीमा अग्नि हुन्छ कुकर्मी त डट्छन्

सुकर्म ज्योति हो त्यसमा हुन्छ प्रकाश
विद्वान्ले कर्मथलो बाटो लिई बढ्छन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : घरको सम्झना

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

दैलो पोत्दै होलिन् श्रीमती ले सम्झना मेरो गर्दै ।
सोह्रश्राद्धदेखी नै चहलपहल परदेशी आउने घर ।
प्रतिक्षामा होलिन् खसमको आऊलान् दशैंमा भनी ।
कसरी जाँउ म घरमा साहुको ऋणको भारी बोकी ।
१

सधै सम्झना आउँछ घरको कति कुरा गरौं प्रियसीको ।
एकअर्काको आनी बानी थाहा नहुदै हिडेकोें परदेशतिर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलमायासँग

~अनिल श्रेष्ठ~

आऊ, फुलमाया
तिमी
र म
अब सँगै मिलेर
एउटा आँधी जन्माऊँ

सधैं तुवाँलो लागिरहेको
यो आकाश
र तुवाँलोलाई हटाउन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : रहश्य अपार

~निशा खनाल अर्याल~

छन्द : असारे झ्याउरे

परेलीहरु बिछ्याई हेरे मुटुले तानेर
चोइटियो मन त्यसैलाई बालेँ आत्मा मै हालेर
तपस्वी जस्तै योगले पुग्छु चैतन्य गंगामा
फ़र्कन्छु एक्लै खोजेर प्राण कठोर ढुंगामा

जीन्दगि होइन खेलौना कुनै खेलेर मिल्कायो Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : बजार

~सङ्गीत श्रोता~

गयो जमाना
लेनदेन र ऐंचोपैंचोको
गयो जमाना
आलोपालो र अर्मपर्मको
नयाँ जुग यस्तै छ–
यहाँ हिसाबकिताब हुन्छ नाफाघाटाको
यहाँ कारोबार हुन्छ सधैं किनबेचको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जूनकीरी

~टीकाराम उदासी~Tikaram Udasi

कुनै दिन
उनीहरू पनि थिए जूनकीरी
र, बल्थे अँध्यारोमा हामीजस्तै

हेर्दा हेर्दै निशाचर बने उनीहरू
र, हामी बन्यौ जूनकीरी

अहिले हामीहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निदाएको लहर

~मनु मन्जिल~

ऊ मेरो चिट्ठी पुग्ने यौटा ठेगाना थियो,
हरायो ।
जीवनका अनेक किनारहरूमा
मलाई भेट्न आउने लहर निदायो ।
सम्बन्धको झ्यालमा उदाउने जून अस्तायो ।

उसका आँखामात्रै बचाउन सकिएको भए
पूmलहरूमा सधैं उज्यालो खस्थ्यो ।
मरुभूमिमा नहराएको भए एक तलाउ प्रेम
यो सानो देशका धूले बालकहरूलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : च्यातिएको खल्ती

~सुशांत सुप्रिय~
अनुवाद : प्रमोद धिताल

मेरो देशका
हरेक मानिससँग छ
च्यातिएको खल्ती

भनिन्छ
सारा खल्तीहरुको Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : फैसला

~प्रमोद धिताल~

सल्काउनु छ सपनाको दियो
अन्धकार गुफाहरुमा
रोप्नु छ सपनाकै बीउ
मुर्दाहरुको बस्तीभित्र
पैदा गर्नु छ बेचैनी र छटपटी
हिंउ झै चिसो जिन्दगीमा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘अन्धसत्ता’ सूत्रकथाको सुन्दर कृति

~कुमार काफ्ले~

प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी नेपाली साहित्यिक धरातलमा सुपरिचित नाम हो।कविता,गजल, हाइकु,ताङ्का,सेदोका, मुक्तक,लघुकथा,निबन्ध र समालोचना लगायतका गद्यपद्य विधाका विविध फाँटमा निरन्तर साधनारत उनले गजल,कविता,ताङ्का र सूत्रकविताका सङ्ग्रहणीय कृतिहरूको सिर्जना र प्रकाशन गरेर साहित्यमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।यिनै कृतिहरूको पङ्तिमा एउटा अर्को गहन कृति थपिएको छ ‘अन्धसत्ता’सूत्रकथासङ्ग्रह,जसमा बहत्तर थान सुन्दर सूत्रकथाहरू सङ्गृहित छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पुरस्कृत अन्धसत्तामा अमर त्यागीले विविध समयमा सिर्जना गरेका र पत्रपत्रिकामा प्रकाशित,अप्रकाशित सूत्रकथाहरू समावेश छन् र ती कथाहरू समाजमा विद्यमान राजनीति,शिक्षा,साहित्य, प्रशासन,धर्म,संस्कृति,परिवार,व्यापार, कानून,पत्रकारिता,समाजसेवा,हत्या,हिंसा,आतंक,अपराध,प्रेमादि विषयसँग सम्बद्ध छन्।पाँचौ कृतिको रुपमा Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : सर्वाेत्तम उपहार

~सीता अर्याल~Sita Aryal

पाँच दशकपारिका हिउँदहरूमा
मेरा मनभित्रको जँघारहरूमा
पलाएको एउटा चाहनालाई
आफ्ना कलकलाउँदा प्रतिरूपहरूसँग
अनुरोधपत्र थमाउन मन लागेको छ ।

जब तिमीहरू मेरा अन्तरमा प्रबेश गर्यौ
हर्ष बिभोरले म छताछुल्ल भएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : बहर तथा लयमा गजल लेखन

~घनेन्द्र ओझा~ghanendra-ojha

नेपाली गजल परम्पराको इतिहासले सय वर्ष पार गरिसकेको छ । मोतीराम भट्टकालीन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयका मोतीमण्डलीका सदस्यहरु त्यसपछिका भीमनिधि तिवारी शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आइपुगेर बिक्रमाब्दको २००० को दशकबाट चीरकालीन सुषुप्त अवस्थामा रह्यो । बिक्रमाब्दको २०३० को दशकको अन्त्यतिरदेखि हालसम्मको इतिहास अनुसार ज्ञानुवाकर पौडेलको माध्यमबाट गजलले पुनर्जागृत हुने अवसर प्राप्त गर् यो । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

एकाङ्की : गोरु

~हरिसुन्दर पोतामाहाँ~

पात्रहरु

१) लान्थकू बज्यै : भूकम्पले घर भत्केका बुढी ६५ वर्ष
२) हरिनाराँ बाज्ये : भूकम्पले घर भत्केका बुढा ७० वर्ष
३) सुमन :  हरिनाराँ बाज्येका जेठा सन्तान, पहिले नै भिन्नै बस्न गई ढलानको घरसमेत बनाउन सफल, घरजग्गा खरिदबिक्री गर्ने वर्ष ३७≠
४) सुनिता : सुमनकी श्रीमती वर्ष ३३…
५) सङ्गीता : सुमनकी ठूली छोरी वर्ष १८ …
६) दीपक : सुमनको कान्छो छोरो वर्ष १०

(मञ्चको बिचमा लान्थकू बज्यै बत्ती काढ्दै हुनुहुन्छ । मञ्चको अगाडि १८÷१९ वर्षकी सङ्गीता पुरै अनुहार छोप्ने गरी कपाल छाडेर बस्छिन् जब पर्दा खुल्छ तब ऐना समात्दै सङ्गीता मनमनै गुनगुनाउन थाल्छिन् ) Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

छन्द कविता : आमा

~बिक्रमादित्य~

छन्द : मन्दाक्रान्ता

गर्छौ माया हरपल अनी चूमि ती ओठ प्यारा
भुल्छौ पीडा चलपल गरे बालकैले ति तिम्रा
हास्छौ हासो मधुर जहिले फुल्छ उ भर्भराई
हिड्छौ उस्को पछिपछि तिमी हिड्छ उ लर्खराई …

बोल्छौ बोली त त ति तु गरी बात बुझेर उस्का Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : छायौ कसोरी

~शर्मिला श्रेष्ठ~

छन्द : तिल्जे

दिलमा मसक्कै, छायौ कसोरी
बदनाम झेली, आयौ कसोरी ?

पिरती लगाई, बेहाल भैयो
मुटुमै लुकेको, पायौ कसोरी ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लेख : लोकसाहित्यका केही उपादान

~डा खगेन शर्मा~

गीत-नृत्य

      नेपाली लोक संस्कृतिको चर्चा गर्दा गीत-नृत्यलाई समेटनु पर्ने हुन्छ। विशेषगरी नेपाली लोकगीत-नृत्यमा सम्पू्र्ण जातिको परिचय लुकेको हुन्छ। यहाँ नेपाली जातिका कतिपय गीत नृत्यहरूको छोटो परिचय दिइन्छ।

झ्याउरे:

बाह्रै महिना गाइने नेपाली समाजको सबभन्दा लोकप्रिय मनोरञ्जन प्रधान गीत  हो झ्याउरे । झ्याउरे लोकगीतको साथ मादलको तालमा झ्याउरे नाच पनि नाचिन्छ। कुनै निश्चित कार्यसँग सम्बन्ध नभएको सबै Continue reading →

Posted in लेख | Tagged | Leave a comment

छन्द कविता : म राज तन्त्र देशको

~रिजाल किरण~

छन्द : प्रमाणिका

छ अन्धकार ब्यापक
मडारिदै छ आफत ।
निखार लौन ईश्वर
बनेर केहि तागत ।।

झरी बनेर बग्दछन्
ब्यथा सहेर चल्दछन् । Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : स्वार्थी मान्छे कि काठमाण्डौं

~भरत खत्री~

म सानो छदा हजुर बुवालाइ सोधेको थिए, हजुर बुवा स्वोर्ग कहाँ छ? त्यति बेला हजुर बुवाले भन्नु भएको थियो। बाबु तिम्रा यी आँखाले देख्न सक्ने सबै डाडाहरु काटेर गएपछि एउटा ठुलो खाडल आउछ हो त्यही स्वोर्ग हो। तिमी ठुलो भएपछी त्यहाँ जानु है। म त यो जुनीमा जान पाउदिन जस्तो छ, तिमी त्यहा गयौ भने त्यहा शिवजी हुनुहुन्छ रे उहालाई मेरो दर्शन सुनाइदिनु भन्नु भएको थियो। त्यो रात आकाशमा घुम्म बादल लागेकाले आदा मात्र चन्द्रमा देखिएको थियो। हुन् त त्यो रात पुर्णिमाको रात थियो तर पनि चन्द्रमाले आफ्नो अस्तित्वको मात्र बचाउ गर्यो। हजुर बुवाले भनेको त्यो कुरा र त्यो रात मलाई भरखरै झैँ लाग्छ, त्यो दिन नै अधुरो जस्तो लाग्छ, केही कुराको कमि भएको दिन जस्तो लाग्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : हेर न आमै !

~अलका मल्ल~

च्यङबाले जिस्काको हेर्दिन
आमालाई नभनी छोड्दिन
झिम्काउँछ आँखा भागी हाल्छ
हेरन आमै लुकी बस्छ

हेर न आमै हेर न !
च्यङबाले मलाई फकाउँछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment