१)
सगरमाथा
सर्वोच्च हिमालय
धन्य नेपाल ।
२)
साँपक अण्डा
निकलय मुँह सँ
सामना करी । Continue reading
१)
सगरमाथा
सर्वोच्च हिमालय
धन्य नेपाल ।
२)
साँपक अण्डा
निकलय मुँह सँ
सामना करी । Continue reading
~चुडामणी वाशिष्ठ~
समालोचक शम्भुप्रसाद ढकालको समालोचना संग्रह “अनुसन्धान र टिप्पणी” २०६८ सालमा प्रकाशित भएको हो। ढकालको यो पहिलो पुस्तकाकार कृति हो । यस भन्दा अगाडि विभिन्न पत्रपत्रिकामा फुटकर समालोचना र सिर्जना प्रकाशित भएको पाइन्छ ।वि सं २०१० सालमा माता अम्विका देवी र पिता पं मुकुन्द प्रसाद ढकालका ज्येष्ठ सुपुत्रका रुपमा झापा चन्द्रगढीमा जन्मनु भएका समालोचक ढकाल केही वर्ष तत्कालिन श्री ५ को सरकारका जागिरे भएर २०४७ साल देखि त्रिभुवन विस्वविधालय मेची वहुमुखि क्याम्पसमा वि स २०७3 सालसम्म प्राध्यापन गरी अहिले सह- प्राध्यापक पदवाट अनिवार्य अवकास भइ निवृत जीवन विताइ रहनु भएको छ ।
सामालोचक ढकालका व्यत्तित्वका विभिन्न पाटा छन् ।सामाजिक क्षेत्रमा वहांको अपरिहार्य भुमिका रहेको छ भने धार्मिक क्षेत्रमा पनि स्मरणीय योगदान रहेको पाइन्छ ।आधात्मिक दर्शन वहांको रुची क्षेत्र हो ।हिन्दु धर्मले Continue reading
~सदानन्द अभागी~
तिम्रो चुरा बजे पछि मेरो निन्द्रा खुल्यो सानु
आकर्षक शरीरले मेरो मन डुल्यो सानु
मान्छे हेर कति छुचो आँखा तानी तानी हेर्छ
दर्शनमा विह्वल भै यो मन मेरो झुल्यो सानु Continue reading
~दिलिप पौड्याल~
कङ्क्रिट लिङ्गहरूको थुप्रोभित्र
निसासिएका अनेकन् रङ्गहरू
सपनाका कुम्लाहरू बोकेर
हतार हतार भाग्दैछन
मानव सभ्यता सूचक सबवेका बङ्करहरू भित्र
र चुपचाप छिर्छन्
सबबहान जस्तै लाग्ने चिसा फलामका डिब्बाहरू भित्र Continue reading
~कवित भुसाल~
यो मनमा रहर भो भनेरै नबन्ने रैछ झुपडी महल जस्तै ।
सपना नबनुन् छिन भरमै फेरिने मौसम अदलबदल जस्तै ।
आकाशमा उड्दै थियो मातृभूमिबाट मुग्लान चरीसँगै ।
नहाेस परदेशीदा प्रिय एर्पाेट छाड्न आएको पल जस्तै Continue reading
~सुभाषराम लाछि~
जयदेव दितियपछि लिच्छवि वंशका अन्तिम राजा मानदेव चतुर्थसम्मको १ सय ४७ वर्षको समयावधिका ऐतिहासिक सामाग्री नपाइएकाले यो समयलाई नेपाली इतिहासमा अन्धकारमय समय भन्ने गरिन्छ। लिच्छवि शासनकालपछि ठकुरी शासनकाल शुरु भएपछि पाटनका तत्कालिन राजा राघवदेवका पालामा ( तत्समय हालको काठमाडौं क्षेत्रसमेत पाटन राज्यमा समाविष्ट थियो ) नेपाल संम्वत्को नाममा एक नया संवत्को प्रादुर्भाव भएको देखिन्छ । Continue reading
~दीपक कुमार ज्ञवाली~
भो म त बस्दिन यो फोहारको डुङ्गुरमा ।
मलाई चाहिन्छ प्रकृतिको सुरम्य सुभाष ।
कहाँ गयो मानिसको दिलमा मानवियता ।
कहाँ गयो नेपालीको त्यो सहृयसद्भाव ।
१
मानिसले मानिसलाई गर्ने ईश्वरीय सत्कार ।
मानिस देख्दा ढोका धुन्नुपर्ने भयो व्यवहार । Continue reading
~कुबेर काका~
१
ए मेरा प्यारा
अन्धभक्त कविज्यूहरु !
किन अन्धकारमा बस्न राजी भई रहेछौ ?
किन मौन छौ तिमीहरु !
शब्दमा विद्युतीय शक्ति सञ्चारित प्रवाहित गर !
तिमी भित्र संसार उज्यालो पार्ने क्षमता छ त !
रटाईएका शब्द ओकलेर
किन आफूलाई प्रतियोगि बनाई रहेछौ ? Continue reading
~अमृत सिङ थिङ~
भेना हरायो साली हरायो
छैन गोठालो बाली हरायो
छानो खोज्न छोरा शहर पस्यो
यता घरमा पाली हरायो Continue reading
~सदगुरु जग्गी वाशुदेव~
अनुवाद : विक्रम सुब्बा
पूर्विय यौगिक सोच अनुसार मानव “मन”का १६ आयाम हुन्छन् । बुझ्न सजिलो होस भनेर यिनलाई ४ कसिममा (Categories) विभक्त गरिन्छ –
१) वुद्धि (Intellect);
२) मानस (Brain);
३)अहंकार (Identity); र
४) चित्त (Intelligence) ।
१) वुद्धि (Intellect) – वुद्धि तर्क र प्रमाणमा मात्र विश्वास गर्दछ । त्यसैले हरेक कुरालाई चिरफार गरेर खोजतलास गरेर सप्रमाण पत्ता लगाएपछि मात्र ‘ठीक’ या ‘बेठीक’ भन्छ । यतिसम्म कि आमाको माया कस्तो छ? भन्ने कुरा सप्रमाण पत्ता लगाएर मात्र विश्वास गर्नको लागि आमालाई काटेर, चिरफार गरेर, आमाको मुटु- Continue reading
~विष्णुबहादुर सिंह~
(एक)
आँखा वन्द गर्दा धेरै सपनाहरु आउछन
जिन्दगीले ताल बेतालका गीतहरु गाउँछन
आफ्नै भन्नेहरुले जव आज भुलिदिन्छन्-
सुखै सुखको आशमा पीडाहरु पाउँछन् ! Continue reading
~कृष्ण उफान~
हिन्दूहरूको बलियो पहिचान टाउकाको बीचमा चुस्स लामो पारेर पालिने कपाल नै टुप्पी हो । टुप्पीले निकै ठूलो करामत देखाउन सक्छ । त्यस्तै टुप्पीधारी पण्डित चट्पटानन्द हुन् । उनी एक पटक मुठ्ठे टुप्पी लर्काउदै काठमाडौंका नयाँ सडकतिर घुम्दै थिए । उनको मुठ्ठे टुप्पी देखेर कुइरेलाई अचम्म लागेछ र तीनछक पर्दै सोधिहालेछ, excuse me please what is this ?
चटपटानन्द पनि के कम, वीर गोरखालीका सन्तति, दिनको सत्र घर डुलेर खीर लप्काएका धूर्त पण्डित कस्सिएर कुइरेले घाँटीमा लगाएको टाई समाउदै This what is this ? भनेर सवाल तेर्स्याएछ ।
विचरा कुइरे वीर गोरखालीको देशमा के हो के हो डरले लुगलुग काँप्दै नम्र भएर जवाफ दिएछ, This is my Continue reading
~पूर्ण ओली~
रात आधा घर्किसकेको हुनुपर्छ । तथापि निद्राले उसको नजिक पर्न अल्छि गरिरहेको छ । टाढाटाढा भागिरहेको निद्रा छोप्न कसैगरी सकेको छैन उसले । कोठा निष्पट्ट अँध्यारो छ । अँध्यारोमा नजर डुलाउनु पनि साह्रै सकसपूर्ण हुँदोरहेछ । अतः उसले टाउकोको नजिकै झुण्डिरहेको बत्तीको स्विच थिच्छ । कृतिम उज्यालो चिम हुँदै कोठाभरि पोखिन्छ । भित्तामा आजै मात्र टाँसिएका पोष्टरहरू उज्यालोले रंगमगिन थाल्छन् । लाग्छ ती पोष्टर सुन्दरता प्रस्तुत गर्न प्रतिष्पर्धामा उत्रिएका छन् । उसको मन चङ्गा बन्छ । नामै प्रेम उसको । उज्यालोको औधि प्रेमी ।
रात उत्कर्षतिर छ अपितु बाहिरको खलबलमा कुनै कमी आएको छैन । यो खलबलको कारणचाँहि उसको दाजु हो । दाजुको बिहे नजिकिँदै जाँदो छ । जतिजति बिहे नजिकिँदै छ बिहेको तयारीको तामझाममा पनि वृद्धि भैरहेको छ । तयारीको समय र चाप दिन दुगुणा रात चारगुणा बढिरहेको छ । खासगरी दिउँसोमा आफन्तजन तथा सहयोगी पुरुषहरु खटिन्छन् भने महिलाहरु अहोरात्र । लोग्नेमान्छेहरुसँग दिनभरि दौडधुप Continue reading
~दीपक कुमार ज्ञवाली~
अनन्त यात्रा जिवनको जङ्घार
पार गर्नु छ कठिन कष्ट हजार
खोज्दछु युधिष्ठीर भेटीन्छन् दुर्याेधन
भैरहेको छ जगतमा हिंसा बलात्कार
को छ र यहाँ एकल कृष्ण भगवान्
कसलाई पूकारुँ भन्दै करुणा निदान
तयार हुन्छन् कंश रावण बन्नलाई
तयार हुन्नन् सत्मार्ग अपनाऊनलाई Continue reading
~नविन ध्यार~
यहाँ आफ्नै श्रीमती पनि, कहिले यौन शोषणमा हुन्छ,
घरमै श्रीमती भएपनि, लोग्ने परस्त्रीको पोषणमा हुन्छ ।
दुःखको मूल्य आशुको धार्नी–बिसौलीमा नजोख
मनुष्यको पिडा भन्ने कुरो पनि, मनको रोदनमा हुन्छ । Continue reading
~भेषराज रिजाल~
आँखामा अलिकति आँसुको गाजल
मुहारमा अलिकति उदासीको बादल
तर ओठमा हरदम स्माइल
मेरी सानी छोरी जस्तै
सुन्दर लाग्छे सनी मलाई !
वेष्ट लेकझैँ नीलो आँखा Continue reading
~रवीन्द्र तिमसेना~
निकटता बढ्दै गएपछि कमलाले अफिसमै विकासको काँधमा टाउको राखिदिई । विकासले अचम्म मानेर फुत्किन खोज्दै भन्यो, “ए, यो तिमीले के गरेको ? अरूले देखे भने के भन्लान् ?” कमलाले निर्धक्कसँग विकासको गालामा हात राखी र लाडे पल्टिएर आँखा जुधाउँदै भनी, “अरूको बालै भएन नि, मलाई तपाईं आफ्नै दाइ जस्तो लाग्छ ।”
भोलिपल्ट विकासले अफिस आउनेबित्तिकै कमलाको कार्यकक्षमा छिरेर उसको टाउको मुसार्दै सोध्यो, “ओहो ! के छ मेरी मायालु बहिनीको हालखबर ?” कमलाले विकासलाई मज्जाले अङ्गालोमा कसेर जबाफ दिई, “सब ठिकठाक छ, अनि हजुरको नि ?” उनीहरूको सम्बन्धमा दाजुबहिनीबिच अपूर्व प्रेम स्फुरित भएको Continue reading
~रेखा पन्त~
१.
असिनाले झारेको फूल सरी बनाएर !!
बर्खा मास गुड भत्केको चरी बनाएर !!
सपना झैँ दर्पण देखाई फर्की गयौ फेरि
मुटुमा चोट दुई नयनमा झरी बनाएर !!!
२.
खुशी होस् सुखी होस् तिम्रो जीवन Continue reading
~Eagam Khaling~
One full moon night, a fully drunken poet visited a lake. There, he managed to get a traditional boat to row around the lake. His thin dog was barking at him from the land. Hearing the dog barking in that way, he shouted from the boat, “Why barking? Damn it! I am not going to die, this early!”
After rowing a little ahead, he remembered from the word ‘die’ that once a poet had died trying to catch the moon on a lake’s water. He got a little angry on thinking of that poet. But after a while, he also found the moon mesmerically Continue reading
~दिल थापा~
दिदी हामी एउटै आमाको कोखबाट जन्मिए पनि |
एउटै आमाको लाम्टा चुसे पनि
एउटै आमाको काखमा खेलेर हुर्किए पनि
तिमीले जन्मघरबाट विस्थापित हुनुपर्ने रहेछ।
युद्धको चपेटामा परेको शरानार्थीजस्तै
सानोमा तिमीले भाइ हाम्रो घर ऊ त्यो भन्थ्यौं नि । Continue reading
~सिमियोन रोक्का~
आज बिहान उठे
सधा झै फेसबुकको वालमा हेरे
जडिया बुवाको ब्लाक इन ह्वाईट फोटो राखिछौ
“लव यू ड्याड” मुनी लेखिछौ ।
अचम्म लाग्यो, Continue reading
~नरदेन रुम्बा~
शुभकामना खाली खाली दिनेलाई दानी भनेर
जाँदैछु लिएर आँचलभरि मायाको निशानी भनेर
पाप-धर्म कसको कति त्यो निसाफ तिमीले गर्नु
मायाको विश्वास ठूलो सानो सब माफ गर्नु Continue reading
~इलामेली टीकाराम दुलाल~
म भित्र पनि त छन खुसीहरू फुल्न नसकेका
रहरहरू छन चाहानाहरू छन भुल्न नसकेका
यत्रतत्र आवेगहरू संवेगहरू कति हो कति छन
आशाका हजारौ ढोकाहरू छन खुल्न नसकेका Continue reading
~लक्ष्मी बिष्ट~
गयो गयो गयो हजुर, दीन ढल्केर
आउँदैन रे फर्केर, आउँदैन रे फर्केर
बसेँ म त कालै पर्खेर, बसैलाई हेरेर, मनको इच्छा मनमै पालेर
स्वार्थी यो संसारमा, लैजानु छ के नै, बुनेर
भरिया नै बनायो, भरिया नै बनायो, Continue reading
~रिजाल किरण~
बहर : मुतकारिब मुसम्मन सालिम
कयौं चोट खेपी ,म हाँसी रहेछु
सधै घाउ सेकि ,म हाँसी रहेछु ।
अहोरात मेरा डुबेको नयन यी
छुपाएर केही म हाँसी रहेछु । Continue reading
~रामेश श्रेष्ठ~
“रामेशजी, तपाईंलाई चीन भ्रमणको सांस्कृतिक निम्तो छ है, साहित्यिक हुनुको नाताले”, रामबाबु सुवेदी सरको फोन आयो एक बजे राति।
“साहित्यिक मात्र होइन सङ्गीतकर्मीलाई पनि निम्तो दिने सोच बनाउनुपर्छ रामबाबुजी”, भन्दै पाँच साथीको नाउँ दिएको थिएँ, केही दिनपछि तीनजनाको मात्र मिलाउन सकेको कुरा गर्नुभयो।
जानुभन्दा केही दिनअघि चिनियाँ राजदूतले जडिबुटी-चियाले स्वागत गर्दै भन्नुभएको थियो, “चीन ठूलो देश छ, विकास त गर्दैछ तर भनेजति गर्न सकेको छैन। कमी कमजोरी प्रशस्तै हुन सक्छन्। गएर आउनुभएपछि Continue reading
~कालूसिंह रनपहेंली~
दिव्याले फेरि आमासित पैसा मागी, मोबाइल रिचार्ज गर्न अनि एयरपोर्ट जान। नेट प्याकको पैसा तुरिनु भनेको कहिल्यै नबिसाउने छटपटी छातीमा कस्नु भएको छ दिव्यालाई। आमाले कराइन्, “तैंले म धाई काम गर्ने आमाबाट कस्तो आशा गर्छेस्? म यसरी दुइ-दुइ दिन वा तीन-तीन दिनमा तँलाई पैसा दिइरहन सक्तिनँ।”
“आमा प्लीज्! आज मेरो एकजना साथी दुबईबाट आउँदैछन्। उसलाई भेट्न एयरपोर्ट जानैपर्छ। अनि नेटप्याक नभए उसलाई कसरी कन्ट्याक्ट गर्ने?”
“को अरे? को आउने अरे?” आमाको जिज्ञासा। Continue reading
~कुबेर काका~
१
वादका नङ्ग्राले चिथोरिएका
पिलिएर पीप निचोरिएका
अभिशप्त विकलाङ्ग र विकृत भएका आकृतिहरू
मक्किएर भाँचिन लागेका निदाल र दलिनहरूबाट जोगिँदै
झस्केला र आँखीझ्यालहरूबाट
चोकका गल्ली गल्लीमा
आत्मरतिमा रमाएर Continue reading
~श्रीराम श्रेष्ठ~
नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने सर्जकहरूको भीड नेपालमा दिनप्रति दिन थपिँदै छ । ती भीडमा मिसिन आएकी एक स्रष्टा हुन्– भगवती खनाल ‘सुनाखरी’ । उनले साहित्य विधातर्फ गीत, गजल र मुक्तकमा जोडदारले कलम चलाउँदै आइरहेकी छन् । उनले गजल मात्रै लेखिनन्– सिङ्गो कृति नै तयार पारिन् । जसको नाम दिइन् ‘माटो बोल्छ’ । यसभन्दा पहिले उनको ‘छुट्याइएका गुच्छाहरू’ गीतिसङ्ग्रह प्रकाशन भइसकेको हुँदा यो कृति दोस्रो हो । कृतिमा रहेका गजलहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित र अप्रकाशित गरी जम्मा एक सय एक थानका साथै अधिकांश गजल पाँच शेरमा लेखिएको छ । गजल लेख्दा पाँच देखि ११ शेरसम्म रहन्छ । दुईवटा पङ्क्तिको एउटा शेर हुन्छ । प्रायः जसो गजलहरूमा बिजोड शेर रहेको हुन्छ । गजल एउटा पद्यात्मक विधा हो । गजल नेपालको भूमिमा जन्मेको होइन । हुन त हाइकु, ताङ्का, सेदोका, मण्डा, मुक्तक, सिजो जस्ता पनि अन्य देशबाट हाम्रो देशमा आयतीत नै हो । तर पनि यी सबै विधालाई सम्मान गरिसक्यौँ । त्यसो त नेपाली Continue reading
~विमल निभा~
एक जोडी पाउजेब
ससाना सुन्दर पयरमा
के तिमी सुनिरहेका छौ
पाउजेबको आवाज ?
हलुका–हलुका ध्वनि
छमछम–छमछम
छमछम–छमछम
सँगसँगै अस्फुट स्वर Continue reading
~झाँक्री खोले~
हिजोआज निकै मान्छे बाड्डो शैली रुचाउँछन्
सोझो वृत्ति नमानेर टेढिँदा दुःख पाउँछन् ।। १
नजानेर सधैं बाड्डी टेढिनाले भयानक
सास्तीपीडा खापिरन्छन् फन्दा पर्छन् अनाहक ।।२
सोझो बन्दा कतै एक प्रहार खप्छ जीवन
बाड्डे बुज्रुकले पाए टेकेपिच्छे प्रताडन ।।३ Continue reading
~होम सुवेदी~
यादवप्रसाद अधिकारी (२०१०) २०५० कै दशकदेखि नेपाली साहित्यमा प्रकाशनहरु लिएर देखिएका एक साधकको नाम हो जसलाई हामी ‘झाँक्रीखोले’ साहित्यिक उपनामबाट परिचित भइसकेका छौं । चारखोलाको रहर नामक कवितासङ्ग्रहबाट २०५९ सालमा उनको नेपाली साहित्यमा प्रकाशन लिएर उदय भएको हो । पौने दर्जन कृतिका रचनाकार झाँक्रीखोलेको साहित्यिक यात्रा अझ २०७० को दशकका चारै वर्षमा चार चार कृति लिएर अघि आएको देखिएकोले उनको साहित्यिक यात्राको यो समय उर्बर र सशक्त बनिरहेको छ भन्ने आधारहरु पर्याप्त देखिएका छन् । निबन्ध कथा र काव्यमा उनको दखल भए पनि उनको सामथ्र्य कवितामा नै बढी देखिन्छ । फुट्कर कविताबाट यात्रा गरेका झाँक्रीखोलेले महाकाव्यसम्म आइपुगेर यो कुरामा प्रमाण जुटाइदिएका छन् । ‘चारखोलाको रहर’बाट आरम्भ भएको प्रकाशन यात्रामा अज पन्ध्र वर्षमै ‘शान अवसान’ नामक महाकाव्य लिएर देखिनुले यो कुरा सिद्ध गर्दछ । म यहाँ उनको पछिल्लो कृति ‘शान अवसान’कै बारेमा प्रवेश गर्न चाहन्छु । Continue reading