~कुमार काफ्ले~
प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी नेपाली साहित्यिक धरातलमा सुपरिचित नाम हो।कविता,गजल, हाइकु,ताङ्का,सेदोका, मुक्तक,लघुकथा,निबन्ध र समालोचना लगायतका गद्यपद्य विधाका विविध फाँटमा निरन्तर साधनारत उनले गजल,कविता,ताङ्का र सूत्रकविताका सङ्ग्रहणीय कृतिहरूको सिर्जना र प्रकाशन गरेर साहित्यमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।यिनै कृतिहरूको पङ्तिमा एउटा अर्को गहन कृति थपिएको छ ‘अन्धसत्ता’सूत्रकथासङ्ग्रह,जसमा बहत्तर थान सुन्दर सूत्रकथाहरू सङ्गृहित छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पुरस्कृत अन्धसत्तामा अमर त्यागीले विविध समयमा सिर्जना गरेका र पत्रपत्रिकामा प्रकाशित,अप्रकाशित सूत्रकथाहरू समावेश छन् र ती कथाहरू समाजमा विद्यमान राजनीति,शिक्षा,साहित्य, प्रशासन,धर्म,संस्कृति,परिवार,व्यापार, कानून,पत्रकारिता,समाजसेवा,हत्या,हिंसा,आतंक,अपराध,प्रेमादि विषयसँग सम्बद्ध छन्।पाँचौ कृतिको रुपमा Continue reading →