समालोचना : “बसोकसेकिका” कविताकी प्रथम प्रयोक्ता- कल्पना सुबेदी

~होमनाथ सुवेदी~

उत्तर अमेरिकाको नेपाली साहित्यमा “बसोकसेकिका” को प्रथम प्रयोक्ता कल्पना सुबेदी हुन् र यो जापानी वाकाको एक प्रकारको कविताको पुस्तक “निः शब्द जल तरङ्ग” बसोकसेकिका सङ्ग्रह हो ।

बसोकसेकिका र हाइकुको सेतु बनाउने प्रथम प्रयोक्ता कल्पना सुवेदी हुन् । हाइकु लेख्न जानेर वा न जानेर पनि मान्छेले २,४ हरफ पनि कोरेका छन् । जब कि हाइकु २ हरफको पनि हुन्न ४ हरफको पनि हुन्न, यस्तो पनि लेख्न मान्छेलाई लाज लाग्दैन अनि उनीहरू नै बजारमा जान्ने भएर हिडेको पनि निर्लज्ज भएर हेर्नै परेको छ । यो ३ हरफको मात्र हुन्छ भन्नेसम्म ती भाइलाई थाहा छैन। यता कल्पनाले एक दिन मै एक सय हाइकु बनाएर सुनाएको पाएर जिल्ल परेको थिएँ । धेरै दिन पछि उनले ताङ्का समेत रचना गरी हाइकु र ताङ्काको संग्रहको Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : अनि मैले दाह्री पालेँ

~अर्जुन पराजुली~

म किसान हुँ
पाल्ने मेरो पेशा हो
राँगो पालेँ
सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो
भैंसी पालेँ
सुन्दरी प्रतियोगितामा भाग लिन गयो Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : शत्रु

~नारायण तिवारी~Narayan Tiwari

तासको खाल जमिरेहेको छ। हरियाको हात मालिकको खुट्टामा छ, पैतालामा छ। घरीघरी मालिकको पिठिउँमा हात पुऱ्याउँछ हरिया र आफ्नो हातलाई भरिसक्के नरम तुल्याउँदै मालिस गर्दछ।

“एइ मोरा ! खालास् लात्ताले, अलिक बिस्तारो गर् !” मालिकको गर्जनलाई हेक्कामा राख्छ हरिया र लात खानबाट बच्‍ने प्रयत्‍नमा अत्यन्त बिस्तारोसित पैताला थिच्छ, खुट्टा थिच्छ, पिठिउँ थिच्छ।

“एइ मोरा ! तेरो हातमा बल छैन कि क्या हो ! आइमाईको जस्तो के थिच्छस् ? अलिक जोडले थिच्…!” फेरि मालिकको आदेशलाई शिरोपर गर्दै अलिक कडा पार्दछ हात…… Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तिजी गीत :घुम्टो उघारौँ

~आविष्कार कला~

सिमानामा बाँध होइन काडेँतार लगाइदेऊ
सरकारले डुबानको चिन्ता भगाइदेऊ ।

निजीकरण मौलाउदैछ समाजवादको यात्रामा
शिक्षा स्वास्थ्य निःशुल्क त गाईजात्रामा । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लोक दन्त्यकथा : राजकुमारी प्रियम्बदा

~सङ्कलन : प्राञ्जल प्रेम~

एकपटक पाटलीपत्तनमा सत्यविक्रम नाम गरेका राजाले राज्य गर्थे । उनी वीर, पराक्रमी र प्रजावत्सल थिए । परचक्रीहरुको आक्रमणबाट आफ्ना प्रजाहरुलाई रक्षा गर्न उनले आफ्नो देशको सीमालाई अग्लो र बलियो पर्खालले घेरेका थिए । सीमाका नाकानाकामा उनका युद्धविशारद सैनिकहरुले परिक्रमा गरिरहेका हुन्थे ।

पाटलीपत्तन हरतरहले सुन्दर थियो । राजधानीको एकछेउमा राजा सत्यविक्रमको भव्य राजप्रासाद थियो । बाहिरबाट हेर्दा राजप्रासाद कुनै घना वनजस्तै देखिन्थ्यो । त्यहाँ अनेक प्रकारका लताकुञ्ज, फलफूलका रुखबुटाहरुमा बसेर अनेक प्रकारका चराचुरुङ्गीहरु चिरबिर गरिरहेका हुन्थे । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : पहलवानले काँध फेरेको दिन

~राजकुमार बराल~

हजुरआमा !
यस पाला नि पहलवानले काँध फे¥यो नि
कतै गल्यो कि उसको काँध
बढ्यो कि उसको सास
दुख्यो कि छाती
खै कुन्नि के भए छ

हजुरआमा !
माथि तपाइको वस्तीमा त Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे खोजीको नियात्रा

~शिव प्रकाश~

मान्छे – मान्छे देखिने
मान्छेको यो संसारमा
मान्छे नै नभेटेपछि
मान्छे खोजीको यात्रामा हिडेको छु
मान्छे खोजीको मेरो यात्रामा
मान्छे खोज्दै जाँदा
अचानक केही घडीयाल गोहीहरु भेटिए
रक्ताम्य दहमा आहल खेलेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : कति चाँडो !

~विनय कसजू~

आफ्नै टोलका पाँच घरका छानाबाट एका बिहानै कुखुरा बास्न थालेपछि सुँडिनी काम गरेर जीविका चलाउने सीताले Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कौशिला रिसालका पाँच मुक्तकहरु

~कौशिला रिसाल~

आउ न एकैछिन देख्न मन लाग्यो
परेलीमा बगे आँशु छेक्न मन लाग्यो
जरुर मैले भनेको मान या नमान
त्रि्रै लागि दर्ुइ शब्द लेख्न मन लाग्यो ।

हेमन्तको शुष्क शुष्क चिसो बतास सरी Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

केस्रा : सपना

~व्योम जी अवतार~

टुत्यो उत्साहको आँकुरा
लाग्दा दुत्साहको माकुरा

गुज्रियो गुमस्यो भित्र नै
छुन नपाउने भो टाकुरा Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

गजल : तिमी रात सुन्दरी

~आशांक उपाध्याय~

एकान्तको अन्धकारमा आयौ तिमी रात सुन्दरी !
मुस्काउदै आयौ तिमी हल्ल्यो मनको पात, सुन्दरी !

मुस्काउदै आयौ अनि मेरै छेउमा बसी थुचुक्क !
हात मेरो समाएर थाल्यौ मार्न बात, सुन्दरी ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कस्तो अचम्म

~आनन्द श्रेष्ठ~

धुवाँ देखिन्छ आगो देखिन्न कस्तो अचम्म !
मनमा लुकेको कालो देखिन्न कस्तो अचम्म !

गाउँ खाली छ शहर शून्य भो युवा भेटिन्न
जता हेरे नि पाको देखिन्न कस्तो अचम्म ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : कुर्सी अघि पर्छौ नेता

~सदानन्द अभागी~

विकासको भाषण गर्न कुर्सी अघि पर्छौ नेता
आठ दल मात्रै सर्बेसर्बा बन्दै अहङ्कार भर्छौ नेता

शान्तिज्योति निभाउँदा अशान्तिले छो यो आकाश
समाधान गर्नु कतै छैन भाषण मात्रै गर्छौ नेता Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : दीवारको घडीसरी

~आवाज शर्मा~

घुमी रहेछ फनफनी दीवारको घडीसरी
कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदीसरी

रहेछ दाग छातीमा बनेर याद बल्झियो
बढेर जान्छ घाउ झन् ऊ सङ्गको दूरीसरी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : आँखाहरुले रुन नखोजे

~किरण खरेल~

आँखाहरूले रुन नखोजे
ओठहरूले हाँस्न नखोजे
जीवन
कति सुन्दर हुन्थ्यो होला मेरो जीवन

मानिसभित्र किन मन हुन्छ
मनभित्र किन चाहना हुन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : उदायौ कहाँबाट

~मिलन ढुङ्गाना~

पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट ।
छोपिने गरि मेरै मन छायौ कहाँबाट ।

धेरै भा’थ्यो प्रणयका रागहरु नसुनेको
गुञ्जदैछ जताततै गायौ कहाँबाट । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : सबैले भन्थे मायालु फूल

~अम्बर गुरुङ~

सबैले भन्थे मायालु फूल भई आँखमा फुल्छ
कर्मैले हजुर आँसुमा म फुलें
म आफैं भन्थें जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलें Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : डर

~एम् पी केयरलेस~

आकाशमा डम्म बादल छ । पानी पर्ने निश्चित जस्तै  छ । घडी हेर्छु, ३:१७ भएको छ ।

घर अगाडिको सडकबाट घर हेरेँ । रङ उडिसकेको इँट्टाको घर आफ्नो जस्तो नलागे पनि माया लाग्यो । आँगन शान्त थियो, तर मन परेन ।

सोचेँ, ‘के गर्दै होलिन् बूढी माउ, के पकाउँदै होलिन् एक्लो ज्यानलाई !’भान्छाघरको  गारो ठाउँठाउँमा उप्किएको थियो, हत्केलाको छाला उप्के झैं । धुरीबाट धुवाँ निस्किरहेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरानो तस्बिर

~शरद् छेत्री~

छोरो तन्नेरी भइसकेको थियो। त्यससित कुन प्रकारमा बरताव गर्नुपर्ने हो, त्यसको निर्णय ठीकसित गरिने स्थितिमा म नपुग्दै, एक दिन छोरोले सोध्यो, “बाबा! त्यो बलियो फ्रेमभित्रको तस्बिर तपाईंकै हो?”

अत्यन्त गम्भीर मुद्रामा प्रश्न गरिएको थियो। तर, मैले सधैँजस्तै थोरै शब्दहरू चुनेर भनें, – “सधैँ नै भन्दैछु त,… यो मेरै पुरानो तस्बिर हो, चरम-युवाकालको!” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : म निबन्ध भित्र

~योगेन्द्र उपाध्याय “पुष्प”~

मसँग भएका मेरा सम्पुर्ण बौद्धिकताहरु खर्च गरेर एउटा निबन्ध रचना गर्न मन लागिरहेछ मलाइ, म चाहन्छु मेरो निबन्ध त्यस्तो होस् जुन अहिलेसम्म रचित निबन्ध भन्दा फरक धारमा बगोस्, म चाहन्छु मेरो निबन्ध यौटा युगबाट अर्को युगमा प्रवेश गराउने साधन बनोस्, म चाहन्छु मेरो निबन्धमा प्रकृतिको सुगन्ध होस्, म चाहन्छु मेरो निबन्धमा समयको रौद्रता होस्, म चाहन्छु मेरो निबन्ध सुर्यको सप्तरँग होस्, म चाहन्छु मेरो निबन्धले Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : प्रति

~गोपालप्रसाद रिमाल~

ओ युवती, ओ रूपवती,
तिमीसित मेरो घामपानीजस्तो मिलन भयो,
तिमीलाई सम्झना होला-
हामी बादलजस्तै गुटुमुटु पनि भएका छौँ
त्यो बादलमा इन्द्रधनु पर्‍यो,
झरी लाग्यो, हुरी आयो,
अनि हामी अकासजस्तै सङ्ला पनि भयौँ,
तिम्रो गहिराइमा, तिम्रो गम्भीरतामा, ओ सुन्दरी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्षाको कविता

~गगन बिरही~

आज मुटुमा कविता भएर
बर्सिएका छन उन्मुक्तिका
पानीका थोपा थोपा
पातलो पारदर्सी बैजयन्तीसंग
खसेको बदनमा
रिमझिम रिमझिम
सिमसिम सिमसिम
यो एक वर्षाको कविता । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अधुरो सम्बन्ध

~बिनोद दाहाल~

म “मन”का कुरा गर्थे
उनि त्यो “महल” हेरन कत्ती राम्रो छ है भन्दै देखाउथिन !!
म “आशा”का कुरा गर्थे
उनी बजारमा नयाँ फ्लेभर को “आइस्क्रीम”खाएको सुनाउथिन !!
म जुनका कुरा गर्थे
उनी “सुन”को भाउ घटेको बताउथिन !!
Hi भन्दा Bye भन्थिन
के छ खबर भन्दा – तिर्दिने हो रिण छ भन्थिन !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सधै यस्तै गर्नुहुन्थ्यो

~इश्वर देवकोटा~

कक्षा भित्र पसेपछि गर्जन ठुलै गर्नु हुन्थ्यो ।
सधै जसो सबजनाको सातो पुत्लो हर्नुहुन्थ्यो ।
हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो ।

गोफ्ले आँखा लामो जुँगा छड्के टोपि लाउनुहुन्थ्यो
अंग्रेजीको पाठ भित्र मुनामदन गाउनु हुन्थ्यो
हाम्रा गुरू डेढ अक्कले सधै यस्तै गर्नुहुन्थ्यो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

तिजी गीत : अघि बढौं है

~कल्पना पौडेल “जिज्ञासु”~

तिजको लयमा एउटा गीत गाउँछु है
मनको बेदना गीतमै पोख्छु है

जहिले सुकै नारीमाथि अत्याचार भैरहने
कहिलेसम्म लाचार बनि सबै सहिरहने Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दार्जीलिङ अनप्लग्ड

~प्रवीण राई जुमेली~

राजनीति र कलाहरुबाट तिम्रो जीवनलाई
खासै काम लाग्ने केही जीस्ट झिक्न नसकेको मैले
समयदेखि समयसम्मै रबिन्सन क्रुसोको डायस्पोरिक दुख देखिरहेछु
इतिहासको बर्बरता भिरेर सम्विधानको टापुमा
माटो सोधिँदाको बेइज्जतहरु बोकी
एउटा रातो बिगुलको स्वर उपहार दिन चाहन्छौ तिमी
जसभित्र घाउ भएर बसेको छ अन्यायका शोकगीतहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साइँली दिदी

~दीपा राई पुन~Deepa Rai Pun

ए साइँली दिदी
किन पो दुख मान्छौ हौ !
तिमीले डबकामा जाँड बेचेर
आफैलाई बेचेनौ
आत्मालाई साक्षी राखेर
आज रहरैले
थुम्सेको भारी बोकेर
उकाली ओराली गरिरहेछौ
छोराछोरीको भविष्य भन्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भयो फेरि ठूलो मान्छे

~भुवन निस्तेज~

लगायो बाँसका खुट्टा, भयो फेरि ठूलो मान्छे
रहेनन् पाउ धर्तीमा नटेक्ने भो धुलो मान्छे

जहाँ आगो मिल्यो टिप्दै उहीं बस्ती जलाएछ
कहाँ मिल्काई आयो दिल भयो भन्छन् झुलो मान्छे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : अपनत्व

~इस्माली~Ismali

“बिन्देसरजी ! ओ मधेसीजी !! ”
पछाडिबाट आएको आवाज बिन्देसरको कानमा ठोक्कियो र फर्केर हे¥यो । भारती रहेछ , कमलेश । उसैलाई पछ्याउँदै आउँदै रहेछ । सडकबाटो लगभग सुनसानै थियो ,फाट्टफुट्ट मान्छेमात्र हिँडेका देखिन्थे ,त्यो पनि डराई डराई । कर्फ्यु लाग्दैखुल्दै गरेको थियो, अहिले दुई घण्टाका लागि खुलेको थियो ।

दशगजामा धर्ना थियो आन्दोलनकारी मधेसीहरूको । कफर््यु शुरु हुन्थ्यो । पथराउ गर्दै पारिपट्टि भाग्थे,भोजननास्ता गर्थे । कफर््यु खुल्नासाथ चटाइ ओछ्याएर धर्नामा बसिहाल्थे । धेरै दिनदेखि यस्तै चलिरहेको थियो । बाटोमा बौएलाल पनि भेटियो । साइकलमा अगाडिपछाडि ददस लिटर पेट्रोल भरेको चारवटा ग्यालन झुण्ड्याएर पारिबाट आउँदै रहेछ । उसको धन्धा पनि यतिखेर खुबै फस्टाएको थियो । कमाइको दसौंद मोर्चाको स्थानीय नेतालाई बुझाउँथ्यो । दस्तुर नबुझाउने फकिर मियाँको मोटरबाइक हिजो पनि जलाइदिएका थिए । ठाउँठाउँमा आन्दोलन चर्केकै थियो । कहिले लाठी जुलुस निस्कन्थ्यो त कहिले धोती जुलुस । सहभागिता बढाउन सहिदको मोल Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : खाली चेक

एक युवक सधै एक चिया पसलमा जान्थ्यो र आफ्नो भावी योजना त्यहाँ बसेकाहरुलाई सुनाउने गर्थ्यो। ऊ एउटा सफल व्यवसायी बन्न चाहन्थ्यो। काम सुरु गर्नको लागि ऊसंग केही पैसा पनि थियो, तर त्यसलाई बढाउनको लागि, भविष्यमा केही पर्यो भने आफ्नो सहायताको लागि अरु पैसा नभएकोले काम सुरु गर्न नसकेको गुनासो गर्थ्यो।

एकदिन त्यही चिया पसलमा सधै आउने एक वृद्धले उसलाई रकम नलेखिएको चेक दिए र भने, ” बाबु, तिमीले तिम्रो पैसाबाट काम सुरु गर। काम सुरु गरेपछि त्यसलाई बढाउनको लागि, वा केही अप्ठ्यारो परेमा यो Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

गजल : सागर तराइ देऊ न दैव

~गोवर्धन पूजा~Govardhan Pooja

कस्तो हुन्छ प्रेम -सागर तराइ देऊ न दैव
मन मिल्नेसंग माया गराइ देऊ न दैव

रित्तो रित्तो खालीखाली भाछ मेरो मन
एकै पललाई भए पनि भराई देऊ न दैव Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : सुन मेरा पीर व्यथा

~श्रीपुरुष ढकाल~

सुन्न सक्छौ भने मात्रै
सोध मेरो जीवन कथा
सहन सक्छौ भने मात्रै
सुन मेरा पीर व्यथा ।

धेरै चोटि जिन्दगी यो
टनटनी दुःखेको छ
आफ्नाले नै जलाउँदा Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment