Essay : Desire

~Eagam Khaling~Desire

Why not try to overcome the limitation
That makes us think we could not be perfect.

—Jonathan

We know that the cosmopolitans of twenty-one century have entered into the age where competitions are themselves in their rightful circumstances and are framed by the demand of three factors: Space, time and matter. So far, as we make an approach to the evolution of the Earth we come to know that by the interval of billions of years the faces of this Earth have been transformed. The science o Continue reading →

Posted in Essay | Tagged | Leave a comment

गजल : म त हराउँदैछु

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

बन्धनमा परेर हो कि, म त हराउँदैछु
आशाहरू मरेर हो कि, म त हराउदैछु

आफु आफैमा खोज्नु पर्ने भयो अचेल
प्रयत्नहरू नगरेर हो कि, म त हराउँदैछु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : स्व इच्छामा छैन बाँच्न जीवन

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

न रह्यो चेतना न त मृत्यु ले लग्यो ।
कसैलाई नपरोस् यस्तो जीवन जीऊन ।
लुटीयो स्मृती हर्‍यो सुखद् जीवन ।
बिर्सीयो मुहार बिर्सीयो नाता ईष्टमीत्र ।

आमा आमा य आमा के भट्भट्याई रहनुभएको छ ।

केहि होईन बाबु मनमा गन्ट्याउँक्ना लागेर त्यसै एक्लै भुतभुताई रहेकी छु ।

हैन आमा यस्तो कहिलै पनि गर्नुहुन्थेन ,आज के भयो हजुरलाई , Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एकादेशका राजा

~भुपाल गुरागाइ~

मध्यरातमा भूत मडारिरहेको बेला
एकादेशका राजा मेरो सपनी मा आए
श्रीपेच उतारे
गहना झिके
गोजीका कागज हेरे
र नम्र हुँदै मनमनै भने
म त अब किनार जानू छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : निष्ठुरीको मायामा

~ममता पन्त मिश्र~

निष्ठुरीको मायामा हर रात रोइदिन्छ
आँसुले सिरानी भिजिदिन्छ, रात यसै बितिदिन्छ

कैले सुस्केरामा अल्झी बितिदिन्छ रातहरू
कैले कल्पनामा बल्झी निन्द उडिदिन्छ
घाउ बल्झेर पिडा बढ्छ निष्ठुरीको यादमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ऊ

~दिलिप पौड्याल~

ऊ कैयौँ पल्ट फिनिक्स झैँ
आफ्नै विगतबाट बौरियो
ऐठनले घॉटि थिच्दा
खुट्टा तन्काएर ब्युँझ्यो
मूर्ख सिंहले झैँ आफ्नै छाया नचिन्दा
आफैलाई कैयौपल्ट हत्या गर्‍यो
पुन आफ्नै अस्तुबाट टाउको उठायो
र शिखन्डि झैँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : कटारी पो लुकायो कि

~रिजाल किरण~

बहर : हजज मुसम्मन सालिम

कसैले यो हिया छेवै कटारी पो लुकायो कि ।
नयाँ नौलो दुखी हरदम उसैले पो सतायो कि ।

जता हेर्‍यो उतै लाली झुले मुस्कान छाएर
मनैमा त्यो हुरी ठूलो उनैले पो चलायो कि । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : काम दाइ

~डा. विदुर चालिसे~

जब मलाई वरिपरि परम्पराले घेरेथ्याे
हातहरू उठाउँदै चाउरिन्थेँ ज्यासलमा
घनसँग जीवनकाे कुरा गर्थेँ बाँच्नलाई !

भाेक अनि तिर्खा बारे अचानाेहरू थिए
उनीहरू मैसँग उल्टाे प्रश्न गर्थे बराबर
उस जीवन पाे जीवन याे पनि जीवन ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : दधिराम दम्पतिको दर्द

~कालूसिंह रनपहेंली~

यस गाउँका मण्डलको कुतिया बसेको छ दधिराम। अस्तिदेखि नै मालिकलाई ‘एउटा गाई अधिया पाल्नु पाए हुनेथियो!’ भनेर बिन्ती गरिराखेको थियो त्यसले। आज मण्डलले बोलाएर भने, “क्यानाम! दधिराम एउटा गाई अधिया पाल्छु भन्थिस् बन्दवस्त मिलाइदिएको छु। पाल्छस् होइन?”

दधिरामले खुशी भएर भन्यो, “पाल्छु नि मालिक!”

“तर सुन्! क्यानाम! माउ-बाछी छ। गाईको दूध आधा तेरो, आधा मेरो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अपराध र राजनीति

~मधुवन पौडेल~

नयाँ प्रहरी अधिकारी पहिलो अपरेसन सकेर आफ्नो सिटमा बस्न पनि भ्याएका थिएनन् फोनको घण्टी बज्न थाल्यो,  ‘हजुर’

‘ए ! तपाईँले त हाम्रो पार्टीको कार्यकर्तालाई विनासित्ति थुन्नुभएछ! छाडिदिनोस् नत्र तपाईँ नयाँ मान्छे, भोलि नै हिँड्नुपर्ला फेरी !’

‘हिँड्ने बस्ने त भइरहन्छ, तर उसले जघन्य अपराध गरेको छ, छोड्न मिल्दैन!’ उनले अरू केही नभनी फोन राखिदिए। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लरेनका ड्याडीहरू

~डा. संगीता स्वेच्छा~

‘कविता, ए कविता ! कति झ्यालमा बसेर टोलाइरहेकी ? शनिबारको दिन भयो भने झ्यालमै बसिरहन्छे ।’

उषा आफ्नी ७ वर्षकी छोरीको शनिबार झ्यालमा बसेर टोलाउने प्रक्रिया देखेर छक्क पर्छिन् । उनी जान्दिनन् कविताको बालशुलभ मनभित्र के चल्दैछन् । चिन्ताको खासै विषय पनि थिएन तर चञ्चलताको नमुना मानिने अनि साथीभार्इ कहाँ जाँदा ‘चकचके कविता’ भनिने छोरी आखिर शनिबार किन टोलाउँछे उषालार्इ धेरै थोरै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सिमानाको धार र पाइतालाहरू…

~केदार गुरुङ~

समयको—
हातदेखि चिप्लिएर
लडिरहेछन् केही वस्तुहरू
ठाउँ खोज्नलाई कि टुक्रिनलाई
कोही सही अर्थ लाइरहेछन् कि ?
परिवर्तन भइरहेछ— Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Microstory : A hell of a Story

~Binaya Kasajoo~

As the story goes, the United Nations decided to set up replicas of villages from around the world at its headquarters in New York to give visitors a first hand account of rural life in developing countries. One of the countries chosen was Nepal.

The UN’s planners drew up a blueprint of typical Nepali hill village, simulating living conditions in the Himalayan foothills. Applicants were invited from interested Americans to spend some months in the proposed village doing everyday chores like farming and caring Continue reading →

Posted in Micro Story | Tagged , | Leave a comment

लघुकथा : औपचारिकता

~यकिना अगाध~

बाटोमा हिँड्दै गर्दा एउटा मोटरसाइकिलले ठक्कर दिएर उ गम्भीर घाइते भयो । यो समाचार एकैछिनमा हावासरी सनसनिएर फैलियो ।

उपचारत अस्पतालमा उसको शीघ्र स्वास्थ्यलाभाको कामना गर्न आफन्तजन र शुभचिन्तकहरुको भीड लाग्यो । नर्स तथा त्यहाका कर्मचारीहरुले भीडभाड नगरिदिन गरेको आग्रहलाई समेत वास्त नगरी उनीहरु एकअर्काले उसलाई भेटिरह्यो । आफू पुगेर भेटघाट गरेको प्रमाण देखाउन धेरैजसोले त विमारीको छेउमा Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हामी गधाहरु भारी बोकिरहेछौं

~जगत नवोदित~

समयको प्रत्येक पलसंग
विश्वासको हाम्रो वलियो धरहरा मक्किदैछ
निर्धो वस्तिमा
सन्त्रासको आगो सल्किदैछ
कसरी शान्त भएर बस्न सक्नु हामी
जव एकताको सगरमाथा नै भत्किदैछ

गएका वर्षरु हामीले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रिस

~मोहन कोइराला~

रिस आफैं एक आगो हो
जसले मानिसलाई भित्रभित्रै खाइरहेको छ
रिस एकमात्रै यस्तो आगो हो
तर शान्त गर्न सकिन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुस्ताउँछ सल्लाघारी

~उमेश आचार्य~

अभावको सास फेर्दै,सुस्ताउँछ सल्लाघारी
भोज गर्छ छिमेकी चैँ,दिनौँ जङ्गे पिलर सारी

राष्ट्रीयता धितो राखी,सयौँ बने राहदानी
युवा खोज्दै गुहार माग्दै,रुन्छन् बाँझा खेतबारी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरु

~इन्द्रकुमार श्रेष्ठ “सरित”~

सम्झना गर्दिन भन्दा पनि अतीत पटकपटक उसको अाँखाअगाडि उभिन आइपुग्छ । फुल्न खोज्ने सपनाहरु, पखेटा फिंजाएर उड्न खोज्ने मनका रहरहरु र बादलको माथिमाथि उड्ने एउटा सङ्लो मनको धमिलो आकृति अगाडि आइपुग्छ र समयले गतिकासाथ हिंड्नेक्रममा उडाएको धूलोले छोपिएका पुराना सपनाहरु, चाहनाहरु र रहरहरुलाई एकपटक फेरि खोज्न आग्रह गर्दछ । उसलाई थाहा छ, मुटु चिरिने यो आग्रहका थुप्रैथुप्रै अर्थ छन् । तर समयले दिएको चोट शनैःशनैः खाटामा परिवर्तन हुन लागिरहेको बेलामा जानाजान त्यो खाटालाई कोट्याएर उसलाई फेरि दुखाई भोग्नु छैन ।

Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पढ्न पाइएन

~सदानन्द अभागी~

मन भित्रको वेदनालाई पढ्न पाइएन
जवानीको सुन्दर डाली चढ्न पाइएन

सफल तिम्रो हितको लागि दिलभयो खाली
प्रेमी दिलको मधु–गंगामा गढ्न पाइएन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : माया बस्यो थाहै भएन

~आशांक उपाध्याय~

हिड्दा हिड्दै माया बस्यो थाहै भएन
सुटुक्क नै यो मन उड्यो थाहै भएन

तिम्लाई कहिले भेटें अनि मेरो मन भुल्यो
कहिले हाम्रो आँखा जुध्यो थाहै भएन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : परिवर्तन हुन्छ समय

~सविना सिन्धु~

लेख्यौ कि ….!

कुन कागजमा लेख्यौ मेरा गीतहरु
ती त भिजे पानीमा निथ्रुक्क
तप्प—तप्प जमिनमा झरेका थोपासंगै ।

कि…. कुन पातमा लेख्यौ प्रेमपत्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : क्यान्सर, कमिशन र बा

~बैकुण्ठ ढकाल~

नेपाल हो, यहाँ अहिले पनि गोली खान नपाएर र गोली खाएर मानिस मरिरहेका छन । गोली खाने आर्थिक हैसियत भएकाहरु गोली खान नजानेर मरिरहेका छन । गोली खाने हैसियत नभएकाहरु यसै मर्ने भैहाले । गोली खाएर मर्नेहरु नियोजित रुपमा मरिरहेका छन । यो मराई हुनेखानेहरुको संख्या ठूलो छ । त्यसका पछाडिका कारणहरु धेरै छन, लहरो तान्दा पहरो जान्छ । यहाँ गोली खाएर मरेकाहरुको कुरा हैन, गोली खान नपाएर वा गोली खाने तरिकाले नजारेर मरिरहेकाहरुको कुरा गर्न खोजिएको हो । धेरै जसो नेपालीहरु गोली खानुपर्ने अबस्थामा पुगिसकेको तर खानु पर्छ भन्ने थाहा नपाएर मरिरहेका छन । त्यहाँमाथि क्यान्सर मार्नको लागि त गोली खाएर हुँदैन, झोल नै खानुपर्छ वा करेन्ट लगाउनु Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : तेजाव बेच्छन

~अनन्त लम्साल~

यो जमाना उल्टो रै’छ अत्तर भन्दै तेजाव बेच्छन ।
अचम्म छ मान्छेहरु काँडा चुमी गुलाव टेक्छन ॥

अब तिमी यत्ति धेरै दु:खी हुनु राम्रो हैन ,
यस्तै हुन्छन ब्यस्त मान्छे बोल्दैनन् न जवाफ लेख्छन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

समीक्षात्मक लेख : शुद्धता र मातृभाषा रक्षा : भाषिक आन्दोलन २

~रमेश भट्टराई ‘सहृदयी’~

भाषिक रक्षामा उदारवादी सोच

नेपाली भाषामा असचेत भाषिक मिश्रण तथा मातृभाषाको दोहनसँगै नेपालले मौलिकता र पहिचानलाई माटामा मिलाउँदै छ । आज विकासोन्मुख अवस्थामा भएकाले कमाइतर्फ ध्यान हुनु स्वाभाविक हो तर इतिहासलाई हेर्दा सम्पन्न मुलुकले भौतिक सम्पन्नताबाट असन्तुष्ट भएपश्चात् मौलिकतातर्फ ध्यान दिन थाल्छन् तबसम्ममा ढिलो भइसक्छ । इतिहास मात्र भेट्न सकिएला । नेपालले त्यस्तो दुर्भाग्य भोग्नु नपरोस् । बेलैमा सचेत बन्नुपर्छ । समृद्धि, भौतिक सम्पन्नतातर्फ पाइला त चालिसकेको छ तर भाषाको रक्षाको विषय मामुली मानिदा लापर्वाही भइरहेको छ । विगतमा सञ्चार माध्यमले नै उचाइमा पुर्‍याएको भाषालाई हिजोआज Continue reading →

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

कविता : रातको गङ्गा

~रश्मिशेखर~

जुनकीरीहरू
बत्ती निभाएर जङ्गल पसे
रात झनै अँध्यारो भयो
आँखाहरू धेरैबेर छटपटाए
र
कानेखुसी गर्दै
रातको गङ्गामा फाल हाने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भीम दत्त चाहिएका छन्…..

~केपी अनमोल~

“कि त जोत हलो, कि त छोड थलो”
भन्नु भाथ्यो नि, हो….त्यो,
अहँ,….अझै मानेका छैनन् ।

बरु हाम्रै छातीमा,
दनदनी हलो जोतिरहेछन् ,
यिनले ।।

यी त, सुन्दै नसुन्ने,
निर्जीब मूर्ती हुन ।
थाहा छ ?
जनताले, नुन मात्रै पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : वनवास पसेकी सीता

~रीता खत्री~

म सीता वनवास पसेको पनि तीन-चार महिना भएछ । जसोतसो दिनहरू बितिरहेछन् ।

रातहरू बितिरहेछन् । कल्पिन्छु अहिले, म तिम्रो नजरबाट टाढा छु, धेरै टाढा । तिमीले कल्पिनै गर्न नसक्ने अनकन्टार ठाउँमा छु । अग्निपरीक्षामा छु र रामका लागि वनवासमा छु । यहाँ जन्म दिने मेरा आफन्तहरू, भावनात्मक साइनो लाग्ने मेरा आफन्तहरू, साथीसङ्गी कोही छैनन् । एक्लैएक्लै छु । मेरो अघिल्तिर एउटा चौतारी छ । माथितिर सल्लाहरू आफ्नै गतिमा सुसाउँछन् । मयूर, डाँफेचरी, रानीचरी सल्लाका टुप्पा, हाँगाबिङ्गा, पात सम्पर्ूण्ा भागतिर बसेर नाच्छन्, उप|mन्छन् । एक रूखबाट अर्को रूख, अर्को रूखबाट Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवन – मिठो धुन…

~बसन्त चौधरी~

स्वप्नहरू –
बादल बनेर बर्सिँदै छन्
रातका अँध्याराहरू
सूर्योदय आभा बनेर टल्किँदै छन्
जीवन,
मिठो धुन गुनगुनाउँदै छ
केही नयाँपन,
भित्र भित्रै पलाउँदै छ
यस्तोमा
यो मन किन नरमाओस् ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो पनि माया लाग्छ

~राममान “तृषित”~Dr. Ram man 'Trisit'

तिम्रो पनि माया लाग्छ उनको पनि माया लाग्छ
हुने भए मुटु काती दुवैलाई आधा आधा
बाडीदिउ जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सहर

~जीवनाथ धमला~

अलिकति दुखेको निष्कलङ्क सत्य टल्किरहेछ
सहरको एक छेउबाट देखिएको अग्लो हिमालमा
अलिकति नियास्रो बाध्यता घुमिरहेछ
घण्टाघरका सुईहरूसँगै सडकहरूमा
एउटा एकान्त झुल्कन्छ साँझका बत्तीहरूसँगै
पशुपतिनाथको यस प्राचीन सहरहरूमा
बादलहरूको कुनाबाट एउटा दिव्य सन्दर्भ चियाइरहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : गहुँका गेडा

~महेन्द्र पौडेल~Mahendra Paudel-1

“बाबु, सत्र नम्बर कता हो ?” ब्रसेल्स विमानस्थलमा एक बूढी आमाको स्वरले म झस्किएँ ।

“म नेपाली हुँ भनेर कसरी चिन्नु भो तपाईंले ?” मेरो असहज प्रश्नले उनी मुसुक्क हाँसिन् र भनिन्,
“अघि तिम्ले फोनाँ कुरा गरेथ्यौ केरे नेपालीमा ।”

मैले उनको टिकट मागेँ । ब्रसेल्स–अबुधावी, अबुधावी–काठमाडौँ रहेछ । फ्लाइट अझै चार घन्टा पर्खनुपर्ने । स्क्रिनमा आउने कुरै थिएन ।

मेरो दुई घन्टापछिको फ्लाइट थियो– ब्रसेल्स–लिस्वन । अब यी बूढीआमासँग गफिन पाएँ भने गाउँमै कसैसँग गफिएजस्तो लाग्ला भन्ने भान भयो मलाई । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लोककथा : धानको बाला

~अज्ञात~

धेरै वर्ष पहिले खेतमा धान फल्दा, धान फल्दैनथ्यो, चामल नै फल्थ्यो।

एक दिन एक जना बाहुन खेत हुँदै फर्किएका थिए। कतै श्राद्ध गराएर खाना खाएर फर्किएका उनी आली-आली हिंड्दै थिए। आलीमा हिंड्दै गर्दा उनले झुलिरहेको धान (चामल) Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment