समीक्षा : विकलको कथा ‘मेरी सानी भतिजी…’

~नरनाथ लुइटेल~

विकलको परिचय र प्रतिबद्धता

आधुनिक नेपाली कथालेखनको आरम्भिक चरणमै देखापरेका रमेश विकलको जन्म वि.सं. १९८५ साल कार्तिकमा भाइटीकाको दिन काठमाडौँस्थित गोकर्ण, आरूबारीमा भएको हो । नेपाली साहित्यमा रमेश विकलको नामले सुपरिचित उनको न्वारनको नाम भने रामेश्वरप्रसाद चालिसे रहेको छ । बी.ए. बी.एड.सम्मको औपचारिक शिक्षा प्राप्त गरेका विकल भन्सारमा नौसिन्दा, प्रचार विभागको सम्पादक, शिक्षा सामग्री उत्पादन केन्दको सम्पादक, परीक्षा नियन्त्रण कार्यालयको शाखाअधिकृत, शिक्षा परियोजनाको Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : मेरो औकात यहि हो

~अमृत सिङ थिङ~

तिमीले ठिक भन्यौं मेरो औकात यहि हो
बजारमा जे हल्ला सुन्यौं सहि बात यहि हो

भनेको जस्तो परिवर्तन के गर्न सक्छौं ?
काम गर्ने दिन अनि सुत्ने रात यहि हो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Story : The Other Way

~Jiwan Kshetry~Jiwan Kshetry

Sarala has cried countless times in her life. But this night in her forty-fifth year has no similarity with the sad nights earlier. She kept flowing tears that soaked her pillow. She was feeling dizzy and somewhat disoriented as the events in her remote past kept flashing in her mind, one after another.

“The widow will live for ever, that is what she thinks. Otherwise, why such a greed for the property?” These were the words of her sister-in-law spoken in a whispering voice to her husband on that fateful evening. Sarala couldn’t withstand to hear a single word more, went to the room and threw herself to the bed. Continue reading →

Posted in Story | Tagged | Leave a comment

कथा : व्यापार केन्द्र

~अमृता बुढाथोकी~

मलाई त्यो दिन आज पनि याद छ । खुसीले उन्मत्त मेरो मन हावासरी घरीयता घरीउत्ता नाचिरहेको थियो । मेरा लागि त्यो दिन सायद बिहानीले साझलाई र साझले बिहानीको प्रतिक्षा गर्नै हम्मे थियो । दिन र रात लुकामारी खेल्ने क्षितिजमा सूर्यले अनौठो किरण छरेर झैं प्रतीत हुन्थ्यो । कतैं खुसी, कतै उत्साहका लाली भरेझैं आभाष भइरहेको थियो ।

भर्खरै पहिरिएको सिउँदोको सिन्दुर, गलाको मंगलसूत्र, हातका चुराले मलाई कुनै बन्धनमा होइन संसारिक Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तारा गन्न के सक्थेँ र?

~प्रा. जगतबहादुर के.सी.~

आकाशभरि छरिएका तारा गन्न के सक्थेँ र?
मनभरि मेरा मायाका व्यथा भन्न कहाँ सक्थेँ र?

सम्झन्छु सधैँ देउरालीमाथि
पूर्णेको जूनझैँ क्या सुन्दर मुहार।
रात र बिहान सम्झना हुन्छ,
देखूँझैँ लाग्छ, भेटूँझैँ लाग्छ, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : वसन्त काव्यको आमुख

~राजेश्वर देवकोटा ~

म धाएँ धेरै नै तर शरण सत् पाइन कतै
अबेला जागेछौ नभन ममता पाउँ कविते।
तपस्या गर्दैमा कवि कति बिते लागिन पछि
उही कन्था बोकी म पनि अहिले कुप्रिन पुगेँ।।

न पढ्ने मान्छे छन् न त पसलमा बिक्छ कविता
कथा कन्था बोक्यौ न धन यसमा धर्म त कता ! Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : तिमी कहाँ हराइगयौ

~देवराज निरौला~

तिमी कहाँ हराइगयौ बादलुको माझमा
डुविरहें म यहाँ सम्झनाको माझमा

रुख बुट्यान् उजाड लाग्छन् गाउँघर शुन्य लाग्छन्
संगीतका सातै सुर सबै फिका फिका लाग्छन् Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आजकाल सपनीमा

~महेश्वर चापागाई~

धुवाँ उडिरहेको देख्छु
दाउरा थपिरहेको देख्छु
धुवाँमा मान्छेहरु निस्सासिएको देख्छु
आगोमा मान्छेहरु जलिरहेको देख्छु
आजकाल सपनीमा देश जलिरहेको देख्छु
आजकाल सपनीमा देश बलिरहेको देख्छु

टुक्रा टुक्रा छरिएको देख्छु
मालाहरु चुडिएको देख्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो लागि

~कृष्ण राजभण्डारी ~

तिम्रो लागि सजाको छु
छाती भित्र कोमल दिल,
बस्न सक्छौ चाहे जति,
लिनुपर्दैन कुनै पिर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : थ्री एमको क्रेज

~कृष्ण उफान~

समय गतिशील छ निरन्तर चलिरहन्छ । यसलाई न कसैले रोक्न सक्छ । न कसैले छेक्न सक्छ । यसलाई रोक्न वा छेक्ने दुस्प्रयास गरेमा ऊ सधैं समयले लात मारेको अवस्थामा रहन्छ । समयभन्दा धेरै पछाडि धकेलिन्छ । समयको घोडा चढेर हिड्न जानेन भने समयले साउनको भेलमा नदी किनारामा छोडेका मुढाको हविगत हुन्छ । पहिले के के न गर्छु ? कहाँ कहाँ पुग्नेछु भन्दै कोही कसैलाई पनि गणना नगरी त्यसै त्यसै फुर्किएर संसार नै जितौला झै गरी पानीको छालसँगै उफ्रिदै नाँच्दै अग्ला अग्ला पानीका छालसँगै तीव्र गतिमा प्रवाह हुने मुढाको हालत अन्त्यमा किनारामा डङ्रङ्ग पछारिएर रहेको अवस्था खेप्नु पर्ला । तर त्यसो भनेर चुप लागेर बसिरहे पनि आफ्नो उन्नति प्रगति हुने कहिले ? Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : गैंडा हो गैंडा सिमेण्ट यो गैंडा

~कुबेर काका~

सेवा मुखी मुनाफा छ नाफा मुखि छैन
बजारमा खोजी गर्दा भन्छन पाइदैन
जग पिलर र ढलाईमा गैंडा नै लगाऊ
आफू बस्ने घरलाई बलियो बनाऊँ । गैंडा हो गैंडा सिमेण्ट यो गैंडा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : नाम, उपनाम, छद्मनाम

~लीला लुइटेल~

१. विषय प्रवेश

सृष्टित वा कल्पित कुनै पनि वस्तुलाई चिनाउनाका लागि नामको आविष्कार भएको हो । व्यक्तिको पहिचानका लागि नाम अनिवार्य हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो औपचारिक नाम प्रयोग नगरी उपनाम एवं छद्मनामको प्रयोग गर्ने प्रचलन विश्वका हरेक क्षेत्रमा व्याप्त रहेको छ । कुनै व्यक्तिको वास्तविक नामबाट भिन्न नामलाई उपनाम भनिन्छ भने वास्तविक परिचय नै गोप्य राख्ने गरी अर्कै परिचय दिनाका लागि प्रयोग गरिएको नामलाई छद्मनाम भनिन्छ ।

नेपाली साहित्यमा उपनाम एवं छद्मनामको प्रयोग गर्ने चलन नयाँ होइन । नेपाली साहित्यको माध्यमिक कालदेखि नै उपनाम एवं छद्मनामको प्रयोग हुँदै आएको पाइन्छ । माध्यमिक कालीन कतिपय साहित्यकारले Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

अनूदित कविता : बुवाका आँखा

~पवन करण~
अनुवाद : सुवास दीपक

एक दिन पनि ढिलो गरिनँ मैले चिकित्सककहाँ
आफ्नो छोराका आँखा जाँच गराउनमा
चिकित्सकले मसित भने
राम्रो बुवा हुनुहुन्छ तपाईं ढिलो नगरी आइपुग्नुभयो
तर मेरा बुवाले यो अवसर
पैंसठी वर्षपछि मद्वारा त्यति बेला पाए
जब तिनी जीवनको अन्तिम चरणमा उभेका थिए Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

विष्णुबहादुर सिंहका पाँच हाइकु

~विष्णुबहादुर सिंह~

१- जून खोज्दै छु
पूर्णिमाको रातमा
छटपटिँदै।

२- मायाको चिनो
झुण्डिएको भित्तामा
निर्दयी मन।

३- हिमालसँग Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

छोक : पीलो

~विक्रम सुब्बा~

निधारमै पीलो रहेसम्म
पीपैपीपले अनुहार लत्पतिने रहेछ
देख्दैछु म –
काठमाण्डौ, मुलुकको अनुहारमा बसेकोछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग दुई नियाल्दा

~सदानन्द अभागी~

रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएकोमा भाग एकको बारेमा मैले केही धारणाहरू राखिसकेको हुनाले यस लेखमा (भाग दुईमा) विश्वेश्वर प्रसादको राजनीति र साहित्यिक व्यक्तित्वको ऐतिहासिक संक्षेपीकरणतिर लाग्दिन । भाग एकमाजस्तै विभिन्न क्षेत्रका विद्वानहरूबाट साहित्य र राजनीतिक क्षेत्रमा वी.पी.ले पुर्याएको योगदानलाई विविध दृष्टिकोणबाट विश्लेषण गरिएका लेख यस विशेषाङ्कमा पनि अध्ययन गर्न पाइन्छ र ती लेखमा लेखकले वी.पी.को साहित्य र राजनीतिक क्रियाकलापलाई हेर्ने सकरात्मक तथा नकरात्मक पक्षका एक दुई वाक्यलाई अङ्गाल्दै अगाडि बढ्ने अनुमति चाहन्छु । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

छन्द कविता : नेपाल यो स्वर्ग हो

~अर्जुन दुलाल~

छन्द : शार्दुलविक्रीडित

नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँ
जन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमा
के बोल्छौ अब हे महान जन हो होच्याउँदै देश यो
पल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो
!!१!!

आमाकै मनमा म देख्दछु सँधै अगाध छन् प्यार ती Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : ड्रग्स् अनि आमा-बाउ

~बिशोर राई “आश्रय”~

छोरोलाई…
हिज फेरि रिह्याबमा पठायो रे…

अलि-अलि थुपारेको बाकसको पैसा तिरेर पठायो रे..

धनमती र सूर्यमानको एउटै छोरा,
ईश्वरलाई माग्दा माग्दा पाएको छोरा,
सुन्दर सपना र बुढेसकालको लाठी,
जीवन र मृत्युको बिचमा
लम्पसार छ आज त्यो छोरा…! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बलात्कृत

~अर्जुन थापा~

‘अब चाँडै अपरेसन गर्न सकिएन भने तपाईंको श्रीमान्लाई जे पनि हुन सक्छ । गोलीका छर्राहरू धेरै भागमा छरिएर बसेका छन् । चाँडोभन्दा चाँडो निकाल्नुपर्छ । अपरेसन गर्ने नै हो भने अहिलेलाई एडभान्सको रूपमा पाँच लाख काउन्टरमा डिपोजिट गर्नुहोला’ भनेर डाक्टर रूम बाहिर निस्कन्छ ।

‘बहिनी म चाँडोभन्दा चाँडो पैसाको बन्दोबस्त गरेर आउँछु ।’ काउन्टरमा बस्ने स्टाफलाई भनेर हस्पिटल बाहिर निस्कन्छु । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गल्यो मेरो शरिर

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

थाम न मलाई गल्यो मेरो शरिर ।
पृथ्वी कापे झैं भयो थर्थर
पिपलको पात झैं भयो फर्फर ।
झूटो कि साँचो तिमी बोलीरहेको
टट्यायो कान मेरो कति ट्वार ट्वार गरेको ।
जहाँ को तही छु नेटो काट्न सकिन
तर्न नै सकिन यो जीवनको जंघार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : प्रगतिपथ

~रिजाल किरण~

छन्द : द्रुतविलम्वित

प्रगतिका पथमा रथ चल्नु छ
सुख र शान्ति यहीँ अब रम्नु छ ।
मयल यो मनको जब माझ्दछौ
श्रम र सीप गरी तब हाँस्दछौ ।।

लगन चित्त बनी जब लाग्दछौ Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म बिनाको नागरिकता !

~केशव गजुरेल~

रगताम्मे गुराँसका ओठहरू
रगताम्मे नदीका छालहरू
विवेक हराएका मान्छेहरूका भिंडमा
घाइते सिमानामा उभिएर
मौन सगरमाथा हेरेर
चन्द्र -सूर्य झण्डालाई हान्ने बतासले ल्याएको
मृत्युको समाचार सुनेर
म, सोंच्दै छु। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गुरूपूर्णिमा

~दिलिप पौड्याल~

सर्वप्रथम मेरी आमा मेरो सर्वश्रेष्ठ गुरुको चरण चुम्न मन थियो
उहाँले सिकाएको पहिलो शब्द ‘बा’बा’ भन्दै बाबालाई ढोग्न मन थियो
बाबाले मसाएको पाटीमा कखरा सिकाउने सरलाई खादा ओढाउन मन थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीलाई देखेपछि

~रन्जन पौडेल~

आकाशको जुनमा तिमीलाई देखेपछि
धरतिको धुनमा तिम्रो स्वर सुनेपछि ।।

सभ्यताको संसारमा डुल्ने मन थियो
संसारको हाल बुझे तिमीलाई देखेपछि ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : दिदी

~देवराज पौडेल~

तिमी दिदी हौ, म भाइ हुँ,
पहिलेको भयो? दिदी कि भाइ,
भाइले दिदीलाई दिदी भनेको दिन दिदी दिदी भयौ कि
दिदीले भाइलाई भाइ भनेको दिन भाइ भाइ भयो,
दिदी हुम् भनेउ कि? तिमि भाइ हौ भनेउ तिम्ले,
भाइ हुम् भनेँ कि? तिमि दिदी हौ भने मैले,
शुरुमा दिदी भाइको नाता लाग्यो की भाइ दिदीको, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण

~राजेन्द्र गिरी~

विषय परिचय :

‘रातभरि हुरी चल्यो’ इन्द्रबहादुर राई (१९८४) द्वारा रचित कथा हो । उनको यो कथा विपना कतिपय (२०१८) सङ्ग्रहमा सङ्गृहीत भएको छ ।

‘रातभरि हुरी चल्यो’ कथामा दार्जिलिङको ग्रामीण भेग तथा सहरमा बस्ने निम्न वर्गीय प्रवासी नेपालीहरुको सामाजिक अवस्थालाई आधार मानेर लेखिएको छ । एक रातभरि र एक बिहानको समयलाई केन्द्रित यसमा कालेका बाआमाले भोगेको प्राकृतिक स्थिति र पीडादायी मनोदशा समेटिएको छ ।

फ्रान्सेली दार्शनिक हिप्पोलिट टेनका अनुसार साहित्यकारले आफ्नो कृतिको विषय वा सामग्री समाजबाट Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : तीज पहिले र अहिले

~लीला उदासी~

पहिले – पहिले
दर खाने दिन सम्ममा
चेली – वेटी माइत आउथे
दिदी, बहिनी, फुपू भदै भेला हुन्थे
दुख सुखका कुरा गर्थे
रुन्थे
बर्ष भरीका पीडालाई
आँसुले पखाल्थे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भक्तमाला

~भानुभक्त आचार्य~

प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता।
सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता।।
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो।
सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो।।१।।

सिताराम् भज्न्या छू भनिकन प्रतिज्ञा अघि गरी।
गयाको होस् आइस् कति दिन भजिस् भन् अघि सरी।।
यसो भन्नन् ख्वामित् मकन यमराज् तेस् बखतमा।
कसो भन्नू मैले भुलिकन रह्याँ एस् बखतमा।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी एक्लै छैनौ

~भिमदर्शन रोका~Bhim Darshan Rokka

हाम्रो उठबस र कैयौँ सहवासहरुले
बनाएका क्षितिज र कैयौँ आकाशहरुले
धेरै दिनका धेरै धेरै कुरा
कथा, कविता र इतिहासहरुले
साथ तिमीलाई दिइरहेछन्
साथ तिम्रो लिइरहेछन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जब घर फर्किएँ

~विवश वस्ती~

जब घर फर्किएँ
उज्यालियो सेता र सपाट आँगन
छेउमै फुलिरहेको एकदशक पुरानो अज्ञात फूलले
गर्‍यो हार्दिक स्वागत
चम्किन नसकेका घरका नाङ्गो भित्ताहरूलेर्
गर्न थाले अङ्कमाल
अभिवादन गर्न उभियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मिर्मिरे बिहानीमा झस्केर उठेँछु

~म. बि. बि. शाह~

मिर्मिरे बिहानीमा झस्केर उठेँछु
गएर ति सपनीमा यो गीत गाएछु ।

हामी दुई मिलेर हिमाल चुली पुगौँला
हातेमालो गरेर सँगै बसी खेलौंला
स्वर्गको टुक्रा धर्तीमा झरेर सँगै बसौँला
चन्द्रमाको जूनले गोरेटोलाई पोतौँला
मिर्मिरे बिहानीमा ।। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बुझ्नै सकिनौ तिमीले आँखाको भाका

~चेतन कार्की~

बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो
हजार अर्थ अरूले लाएर के गरु
बुझ्नै सकिनौ तिमीले

मुटु मुटुमा गीत बनी भरिन सक्छु म Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment