Tag Archives: इन्द्रबहादुर राई – Indra Bahadur Rai

कथा : रातभरि हुरी चल्यो

~इन्द्रबहादुर राई~ छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ । छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ । घरभित्र छिरेको हावाले हल्लाएको ढिब्रीको धमिलो उज्यालोमा कालेको बाबु र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण

~राजेन्द्र गिरी~ विषय परिचय : ‘रातभरि हुरी चल्यो’ इन्द्रबहादुर राई (१९८४) द्वारा रचित कथा हो । उनको यो कथा विपना कतिपय (२०१८) सङ्ग्रहमा सङ्गृहीत भएको छ । ‘रातभरि हुरी चल्यो’ कथामा दार्जिलिङको ग्रामीण भेग तथा सहरमा बस्ने निम्न वर्गीय प्रवासी … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मिथ इबरा

~राजा पुनियानी~ आईबी राई दार्जीलिङे साहित्यको बाघ “आईबी राई दार्जीलिङे साहित्यको बाघ हो,” केवलचन्द्र लामाले भने। त्यसकै अर्को वर्षतिर यसो पनि भने – “आईबी राई बिना नेपाली साहित्यको के कुरा! राई त फेनमेना हो नि भाइ।” निक्कै पछि यसो पनि भने, “कत्ति मीठो बोल्छ … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : ‘खेलिबस्छु खेल कति’: एक पठन

~इन्द्रबहादुर राई~ समालोचकले लेखकले लेखेको कथा कहिल्यै पढ्दैनन्। पढ्न सक्तैनन्। कुनै दुइ समालोचकले कसै लेखकले एउटै कथाको समालोचना गर्दैननन्। समालोचकले कुनै कथालाई जस्तो बुझ्छन् उनले त्यसै बुझाइको कथाको समालोचना लेख्छन्, आफूले पढेको (बुझेको) कथाको समालोचना। पाठकवर्गले त्यसै गर्छन्। कथाका तटस्थ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रयोगधर्मी कथामा इन्द्रबहादुर राई

~महेश पौड्याल~ इन्द्रबहादुरले कतिवटा कथा लेखे त्यो अध्ययनको एउटा पाटो हो । तर उनले दिएका तीन सङ्ग्रहमा उनी तीनरूपमा प्रस्तुत भए, जसको प्रभाव नेपाली कथासाहित्यमा ठूलो पर्न गयो । विपना कतिपयले राईलाई एउटा सशक्त यथार्थवादी कथाकारका रूपमा प्रस्तुत गर्याे र दार्जिलिङका … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

निबन्ध : पहाड काम, वीर काम

~इन्द्रबहादुर राई~ मलाई हाम्रो प्रतिष्ठानले दार्जिलिङबाट डाकिएकोमा मेरो मनमा संशय प¥यो । मलाई किन उहाँहरूले डाक्नुभयो मनमनै विचार आइहाल्यो । मभन्दा धेरै अधिकार पाउने धेरै अरू लेखकहरू छन्, नेपाली साहित्यको निम्ति मैले भन्दा धेरै बढ्ता योगदान दिनु भएका साहित्यिकहरू यहाँ … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : एक दिनको सामान्यता

~इन्द्रबहादुर राई~ “मूलाको बीउ तिमीले पातलो छरेछौ, माया,” मैले भनेँ। कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले। “अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खीर

~इन्द्रबहादुर राई~ त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिएनँ । घटना -घटना नै भनुँ) यस्तो भएको थियो : हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथा हुँदो धेरै ठाउँ र उपन्यासमा पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment