कविता : मलामी

~केशव गजुरेल~

आज फेरि,
एउटा आत्मकथा जलिरहेछ
त्यो बिरानो घाटमा।

त्यही भाग्यमानी घाटका
केहि जोर समाजशास्त्र हेर्ने
आँखाहरु साक्षी थिए।
तर, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो पनि देश छ र ?

~मिनेन्द्र भण्डारी ‘निश्चल’~

नदीहरु आफै बगेझैं
फूलहरु आफै फुलेझैं ,
र, चराहरु आफै उडेझैं
म पनि जीवित छु धर्तिमा –
आफ्नै मौलिक युद्दले ।

मेरो प्रिय देश ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम

~सुमन राई~

कसै गुमनाम छ
कसै भने लोकप्रिय
कसै अछुत छ
कसै पुज्नीय
कसै निरुदेश्य छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सिद्धियो

~विशाल सर्घाईँ~

इच्छा त थियो अनेकौँ
सम्झेर बिर्सिदिँदै छु अचेल
खुट्टाले कुल्चेको माटो हेर्दै
भरे – भोलिको भूकम्पले
तहस नहस पार्ने हो कि ?
बर्खा यामको पैह्रोले थिचिदिने पो हो कि?
बस्, यस्तै यस्तै विचारहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नविन ध्यारका चार मुक्तकहरु

~नविन ध्यार~

कामरेड,खै त सुनौलो विहानी ?
आउछ त भन्नु भएकै थियो नि
आखिर खेरनै जाने हो त
सयौको रगतको बलिदानी ।।

*********************

चसक्क मुटु बनाउछन तिम्रा ती नजरले Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नफेर पहिरन

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

उघार दैलो सानु म आउँदैछु घर ।
शरिर जलेको हो आत्मा छ अमर ।
सक्दिन बिर्सन त्यो सुखद् जीवन ।
किन फे¥यौ पहिरन मुहार मलिन ।

नश्वर शरिर आत्मा सधै अमर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कृषिमा अनुदान

~कुबेर काका~

कृषि प्रदान देशको साधारण किसान(किनेर सामान नखाने)को छोरो थिएँ म । स्कूल पढदा लेखा नपढने कृषि शिक्षा पढने भनेर मनसाय राख्दा लेखा पढने साथी रेवती पराजुले प्रश्न पत्र हेर्न नदिएको र खोसाखोस गर्दा च्यातिएकोले पन्ध्र बर्ष बोलचाल नभएको । बाह्र बजेको टण्टलापुर घाममा प्रयोगात्मक परीक्षा भनेर बङ्ग बङ्गी आलु रोप्न खनेको । त्रियुगाको फाँटमा कुलो नलाग्ने सात कठ्ठा भिटामा सञ्चय कोषको ऋण झिकेर पानी निकालेर तीन बाली फसल लगाएको । व्यवसायिक खेती गर्न बारी भरी विजुलीको तार टाँगेर बारी झलमल्ल पारेर महिनौसम्म रात भरी काम गरेको । रसाईनिक प्रयोग गर्दा बारी बाँझिन्छ भनेर कम्पोष्ट मल हाल्न भैसी पालेर कार्तिक मंसिरमा पराल किन्न प्रत्येक साल भौतारिएको । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बन्नु छैन अर्धाङ्गीनै कसैको

~लक्ष्मी बिष्ट~

सारा संसार मस्त, नीदमा सुस्ताउँदा
मध्य रात नभनी, किचनमा काम गरिरहन्थे
चाहे तिम्रो उपलब्धिमूलक काम होस्
वा,
अन्य कामबाट थाकेर आउँदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिशाल मन

~ठाकुर मान लामा~

बिशाल मन कसैको छ ?
तिमी भन्छौ – तिम्रो छ ।
उ भन्छ – उसको छ ।
शायद म पनि भन्छु – मेरो छ ।
तर गर्व साथ छाती फुलाएर
कसैले पनि भन्न सक्दैन
कि मेरो मन बिशाल छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अवतरण अर्थात् फिर्तीको छट्पटी

~मधुवन पौडेल~

कपाल पट्ट फुट्ला जस्तो भएको छ । हिजो राति (आज) अबेलासम्म बस्दा थाहै नपाई खाएको कौसीको शीतले त होला नि ! छ महिना पहिले रामेश्वरले पठाएको अल्कासेत्जर पनि सकियो । अब कपाल समाएर बस्नुको बिकल्प पनि त छैन !

यस्तो बित्यो सन् १९९५ जनवरी १ को पहिलो विहान !

“मोराहरूले कति घिचेका नि ? मालिकको ताल ठीक भए पो ! कहिले चैत लाग्ला जस्तो भइसक्यो, उता Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नलिनी भाउज्यू

~मधुवन पौडेल~

एघार बजिसक्दा पनि जताततै टम्मै कुहिरो लागेको थियो । बस स्टपमा शनिबार भएर होला, पशुपतिको दर्शन गर्न जाने यात्रुहरूको भीडले गर्दा खुट्टा टेक्ने ठाउँसम्म पनि थिएन । शनिबार ढिलोसम्म सुत्ने बानी भएर पनि म त्यो दिन पशुपति जाने आफ्नो परिवारिक टोलीमा सम्मिलित भएको थिएँ । सधैँ एक ढड्डी भएर आफ्नो कुरामा अडान लिए पनि कहिलेकाहीँ त श्रीमतीको संवेदनशीलतालाई विचार गर्नै प¥यो नि ? नास्तिक नभए पनि बाध्यता जस्तै गरी जानुपर्दा मलाई देवस्थान गएर पनि के पो पुण्य मिल्ला र भन्ने लाग्थ्यो । तर यी सब कुरामा श्रीमतीसँग बहस गर्नु नै बेकार थियो ।

म जाडोले स्यू स्यू गर्दै दुवै हात पाइन्टको खल्तीमा राखेर बसस्टपमा टँछाडमछाड् गर्दै बसभित्र पस्न र बसबाट ओर्लन मस्त रहेका यात्रुहरूको भीडलाई हेर्दै थिए । अनायास छेउमा एउटा परिचित अनुहार देखेँ । मुखभरि जबर्जस्ती राम्री बन्ने इच्छाले पाउडर पोतेकी भद्दा देखिने गरी लिपिस्टिक दलेकी, आधा काटेको कपालको एक Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो हेडसर

~राजेन्द्रप्रसाद अर्याल~

दुर्भाग्य !
जे नहुनुपर्ने थियो त्यही भयो
विवेकहीन र निर्दयी कालले पनि
असल मान्छे नै छान्दोरहेछ
अफसोच !
अन्यायपूर्वक अनि बलजफ्ती
जिन्दगीको जागिरबाट
मेरो हेड सरलाई मृत्युले
अल्पायुमै छिनेर लग्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा शब्दकोश

~राइमाण्डु~

एउटा शब्दकोश किन्न मन छ ।
अनि आफुलाइ मन नपर्ने शब्दहरु
छानी छनी मेट्न मन छ ।
जस्तो
समाज ले भन्दा ज्यादा
पानी र आगो ले छुट्याएको
तिमी र म ।
दलित ।
जस्तो तिमिलाइ मैले लाएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दुश्मन पनि यार भइदियो

~अजय विश्वोकर्मा `सीमान्त´~

जबदेखि दुश्मन पनि यार भइदियो
अनि सारा दुनिया बेकार भइदियो

परायालाई विस्वास गर्ने बेला आयो
आफ्नै मित्र छुरा चलाउने गद्दार भइदियो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : अविश्वासको छाप लाग्यो

~समुन्द्रा शर्मा~

तिम्रो-मेरो नाममा अविश्वासको छाप लाग्यो ।
ओत लाग्ने ठाउँ आज खुकुरीको दाप लाग्यो

हिँड्दै जाँदा जीवनका उकाली-ओरालीलाई
आफूमाथि राखिएको चट्टानको खाप लाग्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नाटक : स्माइल प्लीज !

~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~Sirukharke Jetha

दृष्य १

एउटा महँगो कार पक्की सडकमा गुड्दै आउँछ । टाईसूटमा सजिएको एकजना अद्र्धवैँसे मानिस कारको पछिल्लो सिटमा आइप्याड र विभिन्न फाईलहरु हेर्दै बसिरहेको छ । कार ड्राइवरले चलाएको देखिन्छ । एउटा भव्य भवनको अगाडि आएर कार विस्तारै रोकिन्छ । टाईसूटवाला मानिस कारबाट बाहिर निस्कन्छ । उसको झोला, फाइलहरु, आइप्याड आदि सम्हाल्दै ड्राइवर पछिपछि आउँछ ।

त्यो भव्य भवनको मुख्य ढोका बन्द छ र त्यहाँ एउटा रिबन टाँगिएको छ । केही मानिसहरु झुरुप्प भेला भएका छन् । तिनीहरुले उसलाई अतिशय भक्तिका साथ नमस्कार गर्छन् । उनीहरुले एकै स्वरमा अँगे्रजीमा ‘गुड मर्निङ सर’ भन्दाखेरिको आवाज कुनै गुम्बाबाट आइरहेको सामूहिक कोरस गानजस्तो सुनिन्छ । Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : कालो दिन अनि कालै छ छाया

~उमेश सामिप्य कान्छा~

कालो दिन अनि कालै छ छाया…
कालो मनमा कालै छ माया…

जब एकातिर मात्र हुन्छ दियालो…
छायाले आफ्नो रुप लिन्छ… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रुझ्ने रहर छ

~चोमु शेर्पा “खुशी”~

बेमौसमी बर्षातमा रुझ्ने रहर छ
जूनसंग बादलमा लुक्ने रहर छ।

रहरै रहरको खुल्ला आकाशमा
चरी जस्तै स्वतन्त्र उड्ने रहर छ। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : यात्रा त्यही बाटो त्यही

~अम्बर गुरुङ~

यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोली
पाहाड मधेश भञ्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही …..

ठाउँ पनि त्यही हो त्यही हो नाम Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मलाई माया गर्ने ती मायालू

~पुष्पलता आचार्य~

संयोगवश बरण्डाको झ्यालमा हावाले फर्फराइरहेको सेतो पर्दा उघारेर बाहिर सडकतिर हेर्न पुगेछु । मेरा आँखा आफ्नै कम्पाउण्डको गेटमा पुगेर अडिन्छन् । एक तमासको दृश्य र दृष्टिमा केन्दित हुन पुग्छु । बिर्सिसकेको एउटा अनुहार धेरै लामो अन्तरालपछि मेरो अगाडि प्रस्तुत हुन्छ । लाग्छ कहीँ सपना त हैन ?

बिहानको करिब १० बजिरहेको छ । उनी गेटबाटभित्र छिरु कि नछिरु ? को दोसाँधमा उभिरहेकी देखिन्छिन् । मैले उनलाई देख्नासाथ दिल खोलेर मुस्कुराईदिन्छु र बोलाउँछुख-भित्रै आउन । उनी संकोच मानेझैं गरी विस्तारै पाइला गेटभित्र छिराउँछिन् र गेट बन्द गरी सरासर आउन थाल्छिन् । म हत्तपत्त कमिजको टाँक लगाउँदै तल चेनगेट खोल्न ओर्लिन्छु । उनी लजाउँदै आउँछिन् । म चेनगेटको चाबी खोलेर उनीतिर लक्ष्यित हुन्छु । उनलाई भित्र बोलाएर चेनगेट बन्द गर्छु । उनी मलाई हेरेर आँखा रसिला बनाउँछिन् र आफ्नो शिर निहुरयाएर मेरो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कवि कलम

~इश्वर देवकोटा~

यी कलम नाच्छन
कापीका पानामा,
जोडेर अक्षर
कविका तानामा !!

लेकका गुराँस
चेलीका गुनासा , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो हातमा डोको

~केवल बुढाथोकी~

भाइको हातमा कापीकलम मेरो हातमा डोको
मेरो पनि थियो नि बाबा अक्षर चिन्ने धोको

बुझ्ने पाइनँ मैले कोही छोरीको मन रोको
बुझ्ने पाइनँ मैले कोही छोरीको मन रोको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

भलाकुसारी : चर्चित भए पनि म धेरै राम्रो श्रष्टा होइन – नगेन्द्रराज शर्मा

~नगेन्द्रराज शर्मा~
अन्तरवार्ताकार अश्विनी कोइराला

उमेरका हिसाबले ८४ वर्षमा हिँडिरहेका नगेन्द्रराज शर्माले यो साता आफ्नो सम्पादनमा प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ को दुई सयौं अङ्क प्रकाशन गरे । एक्लो व्यक्तिको प्रयासमा निरन्तर साहित्यिक पत्रिका चलाउनु आफैंमा दुस्साहसपूर्ण काम हो ।

नेपाली साहित्य र साहित्यकारका विषयमा मिहिन जानकारी राख्ने व्यक्तिमा पनि शर्मा चिनिन्छन् । समालोचक वासुदेव त्रिपाठीका अनुसार सबै अङ्कमा स्तरीय रचना छाप्न सक्नु ‘अभिव्यक्ति’ को महत्वपूर्ण विशेषता हो । ०२७ सालदेखि बजारमा आएको ‘अभिव्यक्ति’ पत्रिकाको सम्पादन र प्रकाशनको ५० वर्ष पुगेको अवसरमा नगेन्द्रराज शर्माले अवकाश लिने निर्णय गरेका छन् । अब ‘अभिव्यक्ति’ स्वतन्त्र साहित्यिक समूहबाट प्रकाशन हुनेछ । Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

गीत : स्वर्गसरी हुन्थ्यो

~सीता अर्याल~Sita Aryal

स्वर्गसरी हुन्थ्यो जीवन तिम्रो सुन्दर साथ पाए
शान्त शीतल नदी जस्तै सललल बग्न पाए।

अन्जुलीका फूलका थुड्०गा चुल्ठो भरी सिउरी दिन्थेँ
स्नेह गड्०गा तिम्रो दिब्य अधर भरि खन्याईदिन्थेँ। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : रिजवान

~दुर्गा विनय~Durga Binay

राजमायाको मृत्युको खबर पाएपछि उसका आफन्तदेखि बाहेक सबैभन्दा नराम्ररी र अरूलाई पनि रूवाउने गरि रोएको थियो रिजवान । राजमायाको श्रीमान पनि छक्क प¥यो त्यसलाई रोएको देखेर ।

रिजवानको रूवाइ अप्रत्यासित थियो । अकल्पनिय, अविश्वसनीय थियो । रिजवान त्यस हदसम्म दुःखी हुनसक्छ भनेर कसैले नसोचेको हुनाले पनि हुनसक्छ । नत्र त राजमायाकी बुढेसकालकी सखीहरू पनि रोएका थिए । छिमेकीहरूको पनि आँशुको केही अंश त त्यहाँ थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रोइरहेको मेरो देश

~विशाल दर्लामी~

खै किन हो ?
आज–भोलि मेरा आँखाहरूमा
देश रोइरहेको पाउँछु
हिमालका चुचुराहरूमा
पहाडका वनजङ्गल
अनि, तराईका समथर मैदानहरूमा
सयौँ गल्छी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उ पक्कै आउँछ

~रेशम वि.सी.~

आमा उ पक्कै आउँछ
तिम्रो अस्मिता बचाउन
उ पक्कै आउँछ
तिम्रो तनलाई
टुक्राटुक्रा पार्नेहरूका विरूद्ध
भीषण लडाई लड्न
नालापानीमा फन्फनी घुमेका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बधाइ

~एम.एल. ओली~

आमाको आँशु झरेको थियो छातीमा टेकेर
पहिलो बेत गर्भको शिशु तुहेको देखेर
मिलेन सल्लाह बल्झियो काल समय घर्कियो
छिनेको मेरो कम्मरदेखि जगत थर्कियो ।

पहिलो शिशु जन्मेको थियो साहसी वीरको
बुझेन कुरो कलिलो थियो नेपाली शिरको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यदि

~शंकर सोनम ‘वीरसाना’~

म तिमीलाई,
आँखाका नानीहरूमा नदेखुँला ।
तिमीलाई म,
मेरो वरिपरि पनि नदेखुँला ।
तर,
सपनाका पर्दाहरुमा
तिम्रा आँखाका नानीलाई देखेँ भने,
म के गरुँला ?
भैगो,
म हाम्रो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जमरकोटे काइँली

~किरण सिटौला~

जमरकोटे काइँली
हिजो बिस पुगेर आज एक्काइस लागिछिन
उन्माद उनको भख्खरै चढेको वैसमा
हिँड्दै भाँचिएला जस्तो उनको वदनको चालले

पाउला फेरी हलक्कै हल्किएको नुतन बिरुवा जस्तो
हिजो की मुना
आज आकाश छुने वृक्ष्य बनिछिन
बाटोको तोते बोल्ने बच्चाले शुद्ध Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : परदेसि

~भरत खत्री~

(ठाऊँ – परदेसि भुमि , क्वालामपुर …सुत्ने कोठा, आवाज छिकछिक पेन्डुलम घडीको)

अहिले रातिको ९ बज्यो , भुपाल आफ्नो ओछ्यानमा पल्टिएर सुत्ने कोशिस गर्दै छ । बिस्तारै-बिस्तारै वरपरको माहोल शान्त तर्प लम्किदै गर्दा , भुपालले आफ्ना आँखा यताउता डुलाउछ सुत्ने कोशिस गर्छ । एकैछिनमा उसको आँखा टक्क एउटा सुन्दर सेतो रङ्गको पुतलीमा पर्न जान्छ। पुतली नजिकै रहेको बतिको प्रकाशमा (बल्ब भित्र) आफ्नो पुरै शक्ति लगाई भित्र झिर्ने जमर्को गरिरहेको हुन्छ। यस्तो प्रक्रिया केहि क्षेड सम्म पुतलीले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मायालु अनि भेडेटार

~राइमाण्डु~

उफ्फ कस्तो गर्मि बढ्यो हौ ।
हेर त तिम्रो निधार बाट मुल फुटेको मोति दाना ।
उधो तिर गाला घाँटी हुँदै टिलपिल टिलपिल गर्दै झरेको ।
हैन ।

ए… मायालु जुङ्ना हौ माथी डाडातिर ।
जाङ हौ एसो सित्तल खादै माया साट्न ।
मन सङ्ग मन बाध्न ।
अनि खाइदिउला जुनि जुनि पुग्ने कसम ।
त्यो निसाने बाट धरान र सुन फल्ने फाट को भ्यु हेर्दै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment