कविता : म त्यो दिनको प्रतीक्षामा छु!

~मोजेस हृदय त्रिखत्री~

मेरो जातीका वीरताका गाथाहरु
नानी नसुत्दा,
आमाले सुनाउने दन्त्य कथाहरु भएकाछन्।

खुकुरीले पनि,
दापभित्र बस्दा-बस्दै
धारहरु गुमाइसकेछन्।

आन-बान-सान हुने गर्थ्यो पहिले-
हाम्रो पाडे टोपी!
हिजअस्ती पहाड बन्द हुँदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको भद्दा मज्जाक !

~मिनेन्द्र भण्डारी ‘निश्चल’~

हिजो संगै लडेका हौं युद्ध
बसेका थियौं एउटै शेल्टरमा
र,कसेका हौं सयौं मोर्चाहरु ।।

अपशोच !
डराएर क्रान्ति यात्रादेखि
तिमी हराएका हौ जनशिविरबाट
र, बेचेर त्यही अलिकती उपलब्धी
पाएका हौ अवसरको त्यो सत्ता । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : संसारमा कुनै कदर हुँदैन

~मैथिल सुमन~

स्वभिमानीको यो संसारमा कुनै कदर हुँदैन
मित्र! भ्रष्टाचारीहरूका नि:स्वार्थी नजर हुँदैन

तपाईंले गरेका मिहिनेत र समयको लगानीको
अरुले उचित मुल्याङ्कन गर्ने कुनै पहर हुँदैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : त्यो लाहुरे

~अजय विश्वोकर्मा `सीमान्त´~

त्यो लाहुरे
लगातार
समयले
घोक्रे ठ्याक
लगाएर हिडिरहको
जिन्दगीमा विराम लिन
खोजेको त्यो लाहुरे
लगातार
हिडिरहको छ
सकिनसकी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमान परिप्रेक्षमा -२

~भुवन निस्तेज~

वर्तमान परिप्रेक्षमा
अभियुक्त बनेर
कठघरामा
समय उभिएको छ
र फरियादी बनेर
इजलनसमा हाम्रा खुशीहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी आयौ जस्तो लाग्छ

~सीता अर्याल~Sita Aryal

पर बाट जो आएनी तिमी आयौ जस्तो लाग्छ
उतै फर्कि उभिएर हेरी रहुँ जस्तो लाग्छ

समयले नेटो काट्यो कुरी बस्दा तिमीलाई
काँसै सरी शिर फुल्यो पर्खी बस्दा तिमीलाई
क्षितिज् पारी तिमी छौ की कुदी जाउँ जस्तो लाग्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मित्रता,साहारा र लाभ

~नविन ध्यार~

वसन्त यामको न्यानो साथ हराए पछि
हरिया पालुवा झरेर नाङगो बनेको
खोक्रो पतझर रुखसँग
तिमी के मित्रता खोज्छौ,
म यहाँ मित्रता
रक्सीको चुस्कीसँग साटिएको देख्छु
बदामको सितनसँग सादिएको देख्छु
चुरोटको धुवासँग बाधिएको देख्छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : हतियार

~यकिना अगाध~

जब हुनेछ
स्वतन्त्रको हरण
तब खोज्नेछ
जनताले आफ्नो पहिचान ।
वर्षौं वर्ष
भएकोमा दमित Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : संवृद्धि खोज्दैछ उदयपुर

~कुबेर काका~

१
बैँसको उन्मादमा आफूले गरेको कर्ममा
अहमता व्यक्त गर्दै
माहुते नभएको मत्ता हात्तीजस्तै
मन परी विचरण गर्ने
त्रियुगा बरुवा ताउ रसुवा ककरु र यारीहरू
अवसर पाउँदा कुर्लिने खोल्सा र खहरे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म विरुद्ध पक्राऊ पुर्जी तयार पार्दै छ रे?

~दिल थापा~

यो मेरो समाजले
परिवर्तनका शब्द
सुल्टो गरी पढाउँदा नि बुझेन l
उल्टो गरी पढाउँदा नि बुझेन l
वर्षों लगाएर पढाए
बुझेको जस्तो अनुहार कसैको देखिएन ।
त्यसैले दिनहुँ म दिउँसै
लालटिन बोलेर सहरको चोक चोकमा खोजे
तर कतै भेटिन l Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कुर्सी मोह भाग- २

~ठाकुर मान लामा~

मोह त्यो प्यारो कुर्सी अति नै
राष्ट्रपति खाउँ कि प्रधानमन्त्रीको
एउटा बनुँ बन्छु देशको सर्बोच्च नै
अर्को झन् छैन कम्तीको चानचुनको

प्रथम राष्ट्रपति हुन मलाई पनि मन छ Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमीले छोयौ चोखिएँ

~डा. वानीरा गिरी~Banira giri

तिमीले छोयौ
चोखिएँ
यो चोखिनु –
बाह्र वर्षो बाक्लो न्रि्रापछि ब्यूँझेर
सुनकेशरी रानी शीतल, सुगन्धित सरोवरमा नुहाउनु हो
अनुभूतिका असंख्य असंख्य असर्फीलाई
मुटुको कन्तुरमा खुत्रुक खुत्रुक खसाल्नु हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : जसै केश तिमीले फुकायौ

~अम्बर गुरुङ~

जसै केश तिमीले फुकायौ
हावा गजबसँग लहरायो
जिन्दगीले हेर मुस्कुरायो
तिमी कौसीमा आई उभियौ
कसैले त्यो झ्याल उघार्‍यो
जिन्दगीले हेर मुस्कुरायो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अनुहारका भावहरू…

~बसन्त चौधरी~

तिम्रो अनुहारका भावहरूमा
मेरो जीवनको यात्रा निर्धारित छ
तिम्रा नयनका ती अव्यक्त भाका पढेर
कहिले म प्रफुल्ल हुन्छु
कहिले विषारक्त हुन्छु

तिम्रो अनुहार मेरो लागि आकाश हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Tiger

~Manu Majil~
Translated by : Poet himself

It’s quite certain now that some day soon
papers will carry the news
of the tiger’s exodus to history.

The beauty beyond touch will be no more.
The caverns beyond reach will be no more. Continue reading →

Posted in Translated Poem | Tagged | Leave a comment

गजल : त्यो आकाशमै ढलेको छ

~धीरेन्द्र प्रेमर्षि~

उड्दा-उड्दै परेवा त्यो आकाशमै ढलेको छ
चारो छर्ने हातबाटै गोली हजुर चलेको छ

अमृत फल्ने आसमा नै शहीदले रगत सिँचे
तैपनि त्यो फूलबारीमा विषै किन फलेको छ – Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पदपूर्ति

~चोमु शेर्पा “खुशी”~

तिमी मेरो र म तिम्रो हुनुमा
कति गर्व थियो
हाम्रो सम्बन्ध
नदी किनारमा लगाएको
पक्की बाँध भन्दा बलियो लाग्थ्यो
जसलाई न त बाढीले बगाउन सक्छ
न आँधीले भत्काउन
तर म गलत रहेछु
न बर्षाको बाढी चाहियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आँसु र सुस्केराका बाचाहरु

~चाँदनी शाह~

आँसु र सुस्केराका बाचाहरु
त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्
हाँसो र खुसिका कसमहरु
(त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)X2
माया र विश्वासमा कहिले ( बाचा बाँधिन्नन्)X२
साक्षी चाहिन्नन् त्यहाँ किरिया खाइन्न
आँसु र सुस्केराका बाचाहरु
हाँसो र खुसिका कसमहरु
(त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)X2 Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सहारा

~निलिमा पुन~

ए घाम तँ निष्ठुर नबनी दे
म त तेरो तापले बाँचेको छु
तँ मलिन भैदिँदा मेरो शरीर काँप्छ
मेरा दाँतहरू ठोक्किन थाल्छन्
रात त यसै गुज्रिरहेको छ
चकमन्न अँध्यारोमा कसले देख्छ र ? काँपेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कुरा वर्तमानको

~हिराछवि श्रीशा~

सुनाउन देशको कुरा वर्तमानको
के भा’छ कुन्नि कुरा संविधानको

भाटा लिई हिड्दै छौ रे फेरि तिमी
के सुन्नु परेको हो नौजवानको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : एक्लोपन !!

~इश्वर देवकोटा~

सुने पनि नसुने झैँ नाटक बहिरो पनको
गर्छन तिम्रै आफ्नाहरु स्वार्थी सारा मनको
सागर भर आशुले नै पिडा बगाई मनको
तिम्रो दुख तिमि संग सधै एक्लो पनको

स्वार्थी संसार मूल्य छैन मानबता र गुनको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुतेर मात्र हुन्न

~निश्चल क्षेत्री~

मुट्ठी उज्याउ सबै सुतेर मात्र हुन्न
आवाज एकजुट पार फुटेर मात्र हुन्न

विधिको विधान कसले फेरेको छ र यहाँ ?
विधान लेख्न सभासद जुटेर मात्र हुन्न Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : निलो आकाश छोप्न दिने छैन

~गिरिप्रसाद बुढा~

निलो र खुल्ला आकाशमुनि
पहारिलो घाम लाग्ने ठाउँमा
मेरो सानो घर थियो
मेरो घरको मैराबाटै
ऊ पारीको मगर गाउँ
क्या मिलेको देखिन्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के कविता सुनाउ ?

~सुरेन्द्र जोशी~

भन के कविता सुनाउ ?
सुन्ने का लागि सुनाउ
या गुन्नेका लागि सुनाउ
प्रेम वियोगी कविता, प्रेम भोगी कविता सुनाउ ?
हजार चोट का लाख पिडा छन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेतृ जन्माउने रहर

~मनु वि.क.~

आजभोलि म देख्छु
डाँडा, पाखापखेराहरू
हराभरा हुन खोज्दैछन्
पालुवाहरू हुर्कनलाई
हावाहुरी र असिनाको चुटाइसँग पौँठेजोरी खेल्दैछन्
सुतिरहेका नानीहरू
मिर्मिरेको आभासँग उठ्दैछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सडक

~गोविन्द प्रसाद आचार्य~

सडकमाथि पानी हैन पानी माथि सडक बग्यो ।
पानीमाथि बग्दा सडक देशको बजेट पनि लग्यो ।।
बजेट संगै देशमा बस्ने मानिसको जीवन लग्यो ।
बजेटले बनाएको विकासको सडक बग्यो ।।

सडकमा मनपरीको तन्त्र नाँचेको छ ।
सडकको बजेटमा ठेकदार बाँचेको छ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश जोगाउने आन्दोलन

~पवित्रा बुढामगर~

उठ्नुपर्छ अब हामी एक हुँदै देशको निम्ति
लड्नैपर्छ अब हामी योद्दा बनि देशको निम्ति
जुट्नैपर्छ अब हामी कुशासनको सत्ता फाल्न
थाल्नुपर्छ यो देशमा उज्यालोको ज्योति बाल्न

भनिराछन् जवरजस्ती संघीय व्यवस्थामा जान Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छोरो

~नेत्र बहादुर शाही मौशम~

उ– त्यहाँ बसेको त्यो मान्छे
त्यसले परिवर्तनको नाममा धेरै पार्टी बदली सक्यो
अवसरवादका सिद्धान्तले सारा समकक्षी धकेली सक्यो
हत्या र मित्थ्या भाषण गरेर ठूलै नेता बनिसक्यो
अब यो राष्ट्र नै समर्पण गरौं पनि भनिसक्यो
तर यो मोरो, मेरो छोरो– Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ६०१ टाउकाहरु

~राजन कोइराला~

संविधान लेख भन्दा पढ्याछैन भन्छन
म्याद थपेनि तलवचाहिँ बढ्याछैन भन्छन
भत्ता पनि खाछ्न, लत्ता पनि पाछन
देशको चिन्ता गरिबस्दा निन्द्रा चढ्याछैन भन्छन
मै खाऊ मै लाऊ, सुखसयलको जीवन जिउछन Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : दार्जिलिङ कमेण्ट्रीमा चार विद्या चौध चतुर्याइँ

~दीपक सुवेदी~

साँच्चै, हामी मन खोलेर हाँस्न त कहाँ सकेका छौँ र ! हाम्रो हाँसो वैलिएको डुकुको पातजस्तै भइसकेको छ । हामी जसो जसो बाहुन्, उसै उसै स्वाहा गर्दैछौँ । मादल जसरी बज्छ, त्यसरीनै नाच्दैछौँ । कृष्णलाई जस्तै समयले हामीलाई नचाई रहेछ । प्रकृतिले उफारिरहेछ । कलमको नीबवाट सभ्यताको विहानी ल्याउने उभार बोकी अहिलेसम्म चेतनाका भ्रुणरूपी हास्यव्यङ्ग्य निबन्ध संग्रहहरू आइमाईको रिस (१९९२), चारो (२००४), डरको हाउगुजी (२००९) बजारमा ल्याइसकेका कृष्ण प्रधानले पुनः दार्जिलिङ कमेण्ट्री (२०१६) लिएर आएका छन् ।

कुरा सन् २००६ को हो । सिलगढीको उखरमाउलो गर्मीबाट कृष्ण प्रधानलाई दार्जिलिङको रमणीय चिसो Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

निबन्ध : कवि: एक प्रतिपक्षी

~विक्रम सुब्बा~

कवि: एक प्रतिपक्षी

१। विभिन्न विषय र विधाहरूका आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविता साहित्य, सभ्यताको सबैभन्दा पुरानो विधा[1]हरू मध्ये एक हो । गध्य कविता (Free verse[2]), कविता लेखनको एकपछिल्लो स्वरूप (Format[3]) हो । कविता शास्त्रीय छन्दवद्ध हुनु पर्ने संभ्रान्ति(Elite)कृत धारणाका विरुध्द कविता सरल र सर्वसाधारण मानिसहरूतिर पुगेको आधारभूत छलाङ्ग (Paradigm shift)हो गध्य कविता लेखन अभियान । कविताका पनि आफ्नै प्राविधिक शब्दावली हुन्छन् । जुनछुट्याउँन नसके कविताले आफ्नो सुन्दर स्वाभाव गुमाउँछ । भाषा ‘दूध’ हो भने कविता ‘तर’ जस्तो हुनु पर्छ भनि ठान्छु । जुन थोरै र सुस्वादु हुन्छ । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

Poem : Looking in

~Jiwan Kshetry~Jiwan Kshetry

Me and that untouched glass of liquor
late at night,
alone at home,
me and a glass of liquor

Storms come and gone
yet the mountain has not moved
flowing eternally, yet the river is not dry Continue reading →

Posted in Poem | Tagged | Leave a comment