~वासु शशी~
बारम्बार म एकबाट छुट्टिएर गइरहेछन्
अनेक कुराहरु—
हातबाट औँलाहरु
आँखाबाट निकटता
खुट्टाबाट पुग्नुहरु !
म एउटा गाँठो, फुस्किँदै गइरहेछु Continue reading
~वासु शशी~
बारम्बार म एकबाट छुट्टिएर गइरहेछन्
अनेक कुराहरु—
हातबाट औँलाहरु
आँखाबाट निकटता
खुट्टाबाट पुग्नुहरु !
म एउटा गाँठो, फुस्किँदै गइरहेछु Continue reading
~महेश पौड्याल~
पहाडजस्तै पुरानो त्यो रुख
र हामी
सगैँ लडेका हौँ, जमिनमा । Continue reading
~डा गोमा देवी शर्मा~
धनमायाले बल्ल-तल्ल आफ्नो लोग्नेको तेह्र दिने क्रियाकर्म सकी । एकातिर सम्झँदा उसलाई असीम सन्तोष लाग्छ भने अर्कातिर चार-चारजना छोराछोरीको विकराल भविष्य देख्दा उसको मुटु काप्छ । पतिको परलोक सुधार्ने क्रममा उसको इहलोक स्वाहा भएको उसलाई पत्तै भएन । अदृश्य आत्मालाई काल्पनिक र्स्वर्गको आनन्द दिने क्रममा आँखाअघिका चार-चारवटा आत्माको जीवन डढेको थाहै भएन ।
मनबहादुर, धनमायाको लोग्ने, सोझो, मिहिनेत, मजदूरी गरेरै भए पनि आफ्नो परिवार पाल्दै थियो । चार छोराछोरी र घर जहान । पैसा नकमाए पनि खान लाउन कमी थिएन । परिवारको गाढी सम्यमित रुपमा Continue reading
~आर.सि.पौडेल~
विद्यार्थी हुनमा छ गौरव जहाँ कर्तव्य पूरा गरे
विद्या हो मनको सफा र हलुका ऐश्वर्य मिल्ने भरे ।
जोगाई अधिकार वैभव सदा हिँड्नेछ बाटो भरी
बढ्नेछन् जगमा नवीन पथमा उड्ने छ चङ्गा सरी ।।
उड्नेछन् पुतली सरी गगनमा कर्तव्य पूरा गरी Continue reading
~निरज भट्टराई ‘मनोरोगी’ ~
सुन्दर थियो बढ्दो उमेर त्यो
घट्दै गरेको तिहुलोक त्यो ,
आकर्षण सब आहुति चढाई
दिन हीनता उपमा बढाई ।
अन्धकारले सब ढाकेर त्यो Continue reading
~शम्भु सुस्केरा~
अनावस्यक गाडिका हर्न । मान्छेका दोहोरीलत्ता । जताततै साइकलमा फलफुल पसल, ठेलामा चटपटे र पानीपुरीले मान्छेको जीवन चर्या धानिरहेको छ सडकै भरि ।
चुच्चे पाटीबाट आरुबारीतिर जानुछ मलाई ।
पासाङ ल्हामुको शालिकदेखि उँभो नजाउँ जस्तो गर्छ मोटर साईकल । थुपै्र चोटी त्यो बाटोको हिलाम्मे सडक देखेर तराइतिर गाडि तान्ने राँगाको आत्मबल घटे झैँ घट्या छ यसको पनि । मेलम्ची खानेपानी आयोजनाले ठूलो Continue reading
~सविना सिन्धु~
“ओई कति बेला आइपुग्छेस् रुपमाँया आइपुगिन् ।” श्रेणितीले फोन गरी
“गेटमै आइपुगेँ ।”, मैले भनेँ अनि मोबाइल प्यान्टको पकेटमा राखेँ।
म कोठामा छिर्दा रुपमाँया आफ्नो कहानी सुनाउन थालिसकेकी थिइन् । मैले डिस्टर्ब गर्नु उचित ठानिँन । त्यसैले झोला साइड लगाएर राखी कुर्सी तानेर बसेँ। Continue reading
~आवाज शर्मा~
दुनियाँले देख्दो रै छ छुरा नजाती ।
नियत खराब हुने नै हो पूरा नजाती ॥
एकैछिनको साथ दियो जुनीभरको याद ।
मनपरेको मान्छेको यही कुरा नजाती ॥ Continue reading
~साधना शर्मा~
गल्ती मेरै खोजी हुन्छ ममाथिनै अति हुँदा
लान्छन लाग्छन् म नै माथि मेरैमात्र खति हुँदा
त्यहाँ मेरै स्वरुपकी दुर्गा किन पुज्छन मान्छे
बुझेर नि बुझ्या’छैनन्, नबुझेकै बुझ्छन् मान्छे
“खराब आमा” नाम दिन्छन्, मैले अघि बढ्न खोजे Continue reading
~भविन धिताल~
मैले उनितिर हेरें, उनी केही नबोली भुँइतिर हेरिरहेकी थिइन्। मलाई सार्है असजिलो अनि नरमाइलो महसुस भइरहेको थियो। मैले बालाई सम्झेँ, आमालाई सम्झेँ तर उहाँहरु यो धर्तिमा हुनु हुँदैनथ्यो । बा मलाई खुब माया गर्नुहुन्थ्यो, मलाई सम्झेर आमा फोनमा पनि रोहिरहनुहुन्थ्यो र भन्नुहुन्थ्यो- “ बाबु! मेरो ठुलोबाबु! कहिले आउँछस्? मलाई तेरो अनुहार र नातिलाई एक पटक हेर्ने इच्छ्या छ।” मैले आमाको इच्छ्या पुरा गर्न सकिन । बा को नजिकै गएर सुख दुखका कुरा गर्न मैलै फुर्सद नै पाईन। न त बा ले नातिलाई काधमा राखि गाउँ नै डुलाउन पाउनु भो। Continue reading
~आशांक उपाध्याय~
अन्जानमा हजुरको मनलाई दुखाएँ कि
अलिकति मुटुभित्र कुविचार लुकाएँ कि ?
आज्ञाकारी बन्नलाई कोशिस त गरेकै थें
अवज्ञाको पाँजाहरु नजानेरै सुकाएँ कि ? Continue reading
~अज्ञात~
शरणार्थी उपन्यासको परिचय :-
नेपाल निवासी नेपाली साहित्य जगतको एक उच्च कोटिको उपन्यासकार हुन् कृष्ण धाराबासी ! उनका उत्कृष्ट रचना हो शरणार्थी ! विश्वका सम्पूर्ण नेपाली जातिलाई समाबेश गरेर लेखिएको कृति हो शरणार्थी उपन्यास ! बिश्वमा आएको नेपाली जातिको संकट जुनबेला विश्वयुद्ध पछि देश -विदेशबाट नेपालीहरुलाई खेदाइने काम भएको थियो त्यस बेला लेखिएको उपन्यास हो शरणार्थी ! Continue reading
~आनन्द पौड्याल~
मेरो शुभ यात्राको दिन हो यो,
कहीँबाट कहीँ हुँदै कहीँ जाँदै छु म,
अरु यात्री सहित अजङ्ख जहाजमा,
यात्राको क्षण कस्तो रमाईलो,
मज्जा मान्दै रमाउँदै उड्दै छु म यहाँ,
जहाजमा वसी अन्तरिक्षमा उड्दा उड्दै,
झल्यास्स केही सोच्न पुग्छ मेरो मन,
केही कुरा सोच्दै कल्पना गर्छु मैले,
कसरी दिमागमा आयो यो जहाज ? Continue reading
~रमेश भट्टराई ‘सहृदयी’~
पिँढी बढारेर मेरी आमाले
घुरेनमा
मात्र कसिङ्गर फाल्नुहुन्थ्यो
हिउँदमा बारीले मुला मौलाउँथ्यो
मल बोकेका दिन
ननुहाए अपवित्र हुने कुरा थाहा छ
म गुम्छु आज
प्याच्च थुकिएको घुरेनझैं Continue reading
~पूर्ण ओली~
“छिटो कयनपानी गैहाल्, गारापारेका डिङाबाछा ग्वालाबाट फर्किने बेला भो, बारीमा पसे भने माटोढुङ्गो केही बाँकी राख्तैनन् ।” आमाले मलाई हकार्नुभयो । कयनपानी खोल्साको छेउमै रहेको हाम्रो बारीमा गाईवस्तु पस्नबाट जोगाउने काम सधैँ ठूल्दाइको हुन्थ्यो, पहिलोपटक हुनुपर्छ, ती गाईवस्तु छेक्न आज म खटाइएँ । आमाको आज्ञा शिरोपर गर्दै म भीमलको घोचो समातेर कयनपानीतिर हस्याङफस्याङ गर्दै उक्लिएँ ।
कयनपानी लघु-वनकुञ्जजस्तै देखिन्छ । पिपल, उत्तिस, गोलाइँची र बाँसका झ्याम्म रुखहरुले ढाकिएको । ठीक बीचमा पानीको मुहान छ र त्यहाँबाट बग्दै किनारमा पुगेको पानी ढुङ्गे धाराबाट धरररर खसिरहेको छ Continue reading
~बिपना ढुङ्गाना~
केही भिन्न बन्दै गयो
उसको जीवनको यात्रा,
कलिला औँला दाँतले टोक्दै
हाँसिने लजालु त्यो मुस्कान देखि,
यथार्थ छल्किने
वास्तविकताको हाँसोसम्म।
केही भिन्न बन्दै गयो Continue reading
~दीपक कुमार ज्ञवाली~
अहिले तिमीले बिर्र्सीयौ विगतका तिम्रा ति कृयाकलापहरु । वास्तवमा अहिलेको तिम्रो जीवन यही समाज ले दिएको वरदान त हो । के तिमीले दृढतापूर्वक होईन भन्न सक्छौ । अझै पनि मैले भन्छु समाजलाई कलुषीत हैन सौहाद्रपूर्ण बनाऊ । खण्डीत हैन अखण्डीत बनाऊ ।
बिचारलाई मन्थन गर, खुब मन्थन गर अनि नौनी निकाल, निस्केको नौनीलाई आगोमा खार, खाटी ध्यू बनाऊ अनि त्यो खाटी ध्यू तिमीले एक्लै नखाऊ देश र समाजमा रहेका नागरिकलाई बाँड, अनि हेर त कति मिठो Continue reading
~लक्ष्मी बिष्ट~
कस्तो अनौठो भयो सपना त्यो बोकी हिड्ने मान्छे म
तितो यथार्थ जिन्दगी झेल्न खोज्ने मान्छे म
एक पल भएपनि खुसीमा जिउने रहर मेरो भयो
चैते खडेरीले गलाएको महसुस गर्ने मान्छे म Continue reading
~स्पन्दन बिनोद~
घरदेखि टाढा छु म घर छैन टाढा म देखि
सहर देखि टाढा छु म सहर छैन टाढा म देखि
माग्छन् सबै के के मन्दिर,मल्जिद,गुम्बा चहारेर
ईश्वर देखि टाढा छु म ईश्वर छैन् टाढा म देखि Continue reading
~कुबेर काका~
देशवासीले अव कुनै आन्दोलन र हडताल गरेर अधिकार खोज्नु पर्दैन । हुकुमी राणा शासन जनताको चाहना अनुसार संघर्ष गरेर हटायौं । कालो पञ्चायतका लागि पनि जनता कै सहयोग लिएर समाप्त गर्न सफल भयौं । देशमा २४० बर्ष जरो फैलाएर बसेको शाह बंशको शासनबाट मुक्ती हुन पनि हामी सफल भयौं । अव हामी लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी सकेका छौं । हामीले कसैका विरुद्ध संघर्ष गर्नु पर्दैन । प्रायश सबै सरकार सञ्चालन गर्ने सवै राजनैतिक दलका नैतृत्व तथा कार्यकर्ताले प्रयोग गर्ने शब्द शुशासन कायम हुनु पर्दछ । Continue reading
~योगेन्द्र उपाध्याय “पुष्प”~
चुक घोप्ट्याइएको एक रात, चकमन्न थियो आँैशिको त्यो रात ! सारा संसार पलभरको लागि श्मशानमा बदलिएझैँ देखिन्थ्यो । मैले सुनेको यथार्थ थाहा छैन, त्यो रातको सामना गर्न नसकेर र सामना गर्ने प्रयासमा कैयाँै दीपहरु असमयमै मृत्यूवरण गर्न बाध्य भएका थिए । म यो कुरामा विश्वास गरुँ या नगरुँ बडो द्विविधामा छु किनकि चन्द्रमा पनि डराएर कतै लुकेको थियो त्यो रातमा तर यो पनि सत्य हो कि दीपको अनुपस्थिती अँध्यारो हो, अँध्यारोको कुनै अस्तित्व हुँदैन र अस्तित्वहीन वस्तुले कसैको अस्तित्व मेटाउन सक्दैन ।
मुटुभित्र चीसोपन विस्तारित गर्ने त्यो रातमा घटेको एक अचम्मको घटना का साक्षी दुईजना मात्र एक म एक भगवान । Continue reading
~ठाकुर मान लामा~
हैन यो कुर्सीको मोह पनि कस्तो कस्तो
जहा गए पनि छोड्न मन नलाग्ने के भा यस्तो
पहिले पहिले भुइमा पलेटी मारेर बस्दा पनि हुने
अहिले एक छिन बस्न नपाउदा ढाड दुखेर आउने
भोज भतेर सेमिनार जहा पनि कुर्सी चाहिने Continue reading
~जीवन थिङ~
आऊ मेरो प्रत्येक हिमाली मुटुहरू
यी हिमाललाई आफ्नो भन्न सकौं
तिम्रा माटाको मुटुमा स्वतःको Continue reading
~बसन्त चौधरी~
तिम्रो मायाको शीतल छहारी मुनि
शितलता पाउने आसमा बसी रहेँ
खोइ किन,
तिमी उजाड हौ वा म आफै राप
मेरो ताप कम हुन सकेन
तिम्रो हाँसोको हलुको मुस्कानमा
खुसी पाउने इच्छा व्यक्त गरेँ Continue reading
~प्रमोद प्रधान~
नेपाली साहित्यमा हास्यव्यङ्ग्य
नेपाली साहित्यका इतिहासकार एवं समालोचकहरूले नेपाली साहित्यमा हास्यकदम्बको अनुवादसँगै हास्यव्यङ्ग्य लेखन आरम्भ भएको बताउँदै आएका छन् । वि.सं. १८५५ मा शक्तिबल्लभ अर्यालद्वारा संस्कृतमा लिखित एवं उनैद्वारा नेपालीमा अनूदित हास्यकदम्ब नाटकसँगै भित्रिएको यो सिर्जनात्मक धारा क्रमिकरूपमा अघि बढेको पाइन्छ । हुन त यसअघि नै \”सुवानन्ददासको कवितामा र पृथ्वीनारायण शाहका दिव्योपदेशका गद्यमा ध्वन्यात्मकरूपले व्यङ्ग्य आविर्भाव भएको\” समालोचक राजेन्द्र सुवेदीको भनाइ रहेको छ । उनका अनुसार त्यसबेला व्यङ्ग्यको आविर्भाव भए पनि कलात्मकरूपले सचेततापर्ूवक गरिने Continue reading
~Shreedhar Sharma~
Translated by : Manu Majil
Ram Sinha is on his death–bed breathing his last. His death is most certain now. Today is his last day on the earth; the doctor’s recommendation also said it. All including children have hung around him. All of a sudden, his eyes shut. The whole house bursts into weeping and wailing. Then his body is laid on the floor. All neighbors and sympathizers rush to the scene. Relatives for away are sent the message promptly. Continue reading
~खुसेन्द्र राई~
जोरथाङ-मल्लीबीचको सर्पेलु सडकमा दीर्घ समय पश्चात अलकत्रा बिछाउने कार्य सुरु भएको छ। त्यो साल वनले ढाकेको एकलासे अलकत्रे बाटो बीच-बीचमा ठूला-मसिना खाल्डाखुल्डी परेर धेरै समयदेखि गाडीको यात्रालाई थप झर्कोलाग्दो बनाएको थियो। तल के भनूँ, यसो हात झारेर नीलो छुनसकिने रङ्गीत नदी जोरथाङ बजारदेखि नै सडकको पूर्वपट्टि लागेर कहीं पनि सडकदेखि ओझेल नभई गाडीसँग-सँगै दगुर्दै यात्रीलाई मानौं यसो भन्नखोज्छ – पथिक, मेरो नीलोपनमा डुब। सब दुःख दर्दहरु भुल। तर अफसोच, त्यसो भन्ने नीलो रङ्गीत नदी पनि सानो नानीले आफ्नो पल्टन फर्केको बाबुलाई केही परसम्म रुँदै पछ्याएपछि भुले जस्तो मात्र Continue reading
~मिलन ढुङ्गाना~
यसपाली नि कुलो सुख्खा सुख्खै रह्यो पाटो हजुर ।
गैरि खेतमै धाँजा फाट्यो जर्जर भयो माटो हजुर ।
नहरहरु प्वालै प्वाल छन्, चुहिन्छ त्यो कुलो पनि
धान झुल्ने फाँटहरुमा कमिलाको बाटो हजुर ।। Continue reading
~नव सापकोटा~
तिमी गएदेखि—
सहरका बत्तीहरू धमिलिएर निभ्दै बल्ने गर्छन्,
बतासका झोक्काहरू मेरा कानमा
एउटा अस्पष्ट भाषामा के–के साउती गर्छन्
मदेखि धेरै माथि अग्लिएको आकाशको आयतनभित्र
जून अल्लरी–अल्लरी टहल्ने गर्छ;
म कल्पनामा आफ्ना दुवैहत्केलाले Continue reading
~किरण खरेल~
सारङ्गीको धूनले, भन्छ मेरो मनले
अब नाचिदेऊ छम छम छम
तिम्रै सपनीले तिम्रै मोहनीले
मलाई बाँध्यो नि झन झन झन
भन्न लाज लाग्छ बोलिदे न फूल
लुकाएका इच्छा खोलिदे न दिल Continue reading
~पुरुषोत्तम ढुङ्गेल~
म
र
म जस्तै
भेडाहरुको बथानले
नाराहरुको ,
घोषणापत्रहरुको ,
आश्वासनहरुको
मोहनिमन्त्र् ले तानेर Continue reading
~शून्य प्रकाश~
दक्षप्रजापतिलाई कैलाश मनपरेन रे !
किन हो खै उसलाई चिसो बतास मनपरेन रे !
मसानमा बस्ने अनि धतुरो,विष,भांग खाने
दिगम्बरको गाँस,बास,कपास मनपरेन रे ! Continue reading