कथा : शिर्षक दिन नचाहेको एउटा कथा

~आन्विका गिरी~Anbika Giri

“तँ पढेलेखेको बुझेको मान्छे होस्, तँलाई हामीले केही भनिरहनु पर्दैन। हेर देश अहिले सामन्तवादको दलदलमा भासिएको छ। देशलाई मुक्ति दिन हामी जस्ता युवाले ज्यानको माया गर्नुहुन्न। खराब तत्वलाई अहिले नै जरैदेखि उखेल्नुपर्छ। यो तव मात्र सम्भव छ जव सशक्त युद्ध हुन्छ। हामीले आफूलाई यसका लागि तयार गरिसक्यौं। हामीलाई पूरा विश्वास छ तँ पनि तयार हुन्छेस्” मेरो बालसखाहरुका यी कुरा सुनेर म अवाक भए।

जीवन, शेखर र म, हामी तीनजनाको समुह सानैदेखि एउटै थालमा भात खाएर हुर्कियौं। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पुरानै ‘हार’ हुनुन्छ

~बिभोर बराल~

मेरा मित्र उही पुरानै ‘हार’ हुनुन्छ
उहाँ नै मेरो बाँच्ने आधार हुनुन्छ

तपाईकालागि कुरुप पतझड नै सही
उहाँ त मेरा निम्ति बहार हुनुन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पौराणिक कथा : चन्द्रमाको जन्म

~अज्ञात~

मत्स्य एवं अग्नि पुराण अनुसार ब्रह्माजीले सृष्टि रचना गर्ने विचार गरेपछि सबभन्दा पहिला संकल्पको माध्यमले मानसपुत्रको रचना गरे । उनीहरूमध्येका एक मानसपुत्र ऋषि अत्रिको विवाह ऋषि कर्दमकी कन्या अनसूयासँग भएको हो । उनीहरूबाट दुर्वासा, दत्तात्रेय र सोम तीन पुत्र उत्पन्न भए । सोम चन्द्रमाकै अर्को नाम हो ।

पद्मपुराणमा चन्द्रको Continue reading →

Posted in पौराणिक कथा | Tagged | Leave a comment

अनूदित कविता : मध्याह्न

~हो चि मिन्ह~
अनुवाद : सुवास दीपक

कारागारमा
कति राम्रो लाग्छ मध्याह्नमा सुत्नु
घण्टौंसम्म हामी भुसुक्कै निदाएका हुन्छौं
म सपना देख्छु –
पखेटा भएको साँपमाथि चढ़ेर
आकाशमा उड़्दै गरेको।
अनि जब म ब्यूँझन्छु
एकचोटि तर्सेर आफुलाई Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

Translated Poem : To the Star of the Indigo Night

~Bhim Darshan Rokka~
Translation : Maya Watson

To this star of the indigo night
I am looking for solace
I pray my love as well-far from home is looking
to this star of the indigo night Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

गजल : नबोलाऊ कसैलाई यहाँ राति राति

~भिम बिराग~Bhim Birag_1

नबोलाऊ कसैलाई यहाँ राति राति
होशमा हुँदैनन् कोही राति राति

गन्दैन एक्लो जूनलाई कसैले
तारा गन्ने चलन यहाँ राति राति Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरो ढुकढुकीको चाल

~लेखु सहयात्री~

मेरो ढुकढुकीको चाल हौ तिमी
मेरा हर जवाफ अनि सवाल हौ तिमी
आफैँ भन्दा प्रिय प्रिय छौ तिमी
मेरो जिन्दगी हौ तिमी मेरो जिन्दगी हौ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : सफर सुरु भएको छ

~नृपेश उप्रेती~

भर्खर भर्खर सफर सुरु भएको छ
उनीसंग जुध्न नजर सुरु भएको छ

मुस्कुराउँछे डुलाउँदै नजर यताउता
लाग्छ मेरो चाहतको असर सुरु भएको छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : र

~जोतारे धाईबा~

म…
तिमी,
यो बीचमा
पहाडी इलाकाको
लचिलो झोलुङ्गे पुलझैं
अथवा राजमार्गको भेलग्रस्त फेदीमा
एउटा तुइनसमान
अ ल्झिएको छ
र । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~केदार श्रेष्ठ~

न घमण्डले मात्तिएर
फूलेको हो फूल
न रिसले लात्तिएर
फुलेको हो फूल
न कसैको खिस्सी उडाउन फुल्छ
न सुवास छरी लोभ्याउन फक्रिन्छ
न सुन्दरता हानी फसाउन फुल्छ
होइन अहमताले
फक्रेको होइन फूल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो परिधीमा तिमी

~जंगब चौहान~

घाम लाग्दा
तिमीलाई नै सम्झिरहेँ
बादल लाग्दा
तिमीलाई नै सम्झिरहेँ
उजेली र अँधेरी रातहरुमा
सन्नाटा ओढेरै भएपनि
केवल तिमीलाई नै सम्झिरहेँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नारीलाई सलाम अनि सम्मान

~रमेश भट्टराई ‘सहृदयी’~

ढाक्छ्यौ आधा आकाश नारीलाई सलाम अनि सम्मान
आमा, दिदी, बहिनी नारी नै हुन्– कति गर्छौ अपमान ?

युग चल्ने आधार, सृष्टि सार सर्वश्व सशक्तिकृत
घर, सदन, सहर त्यो सरकारमा खै कति सान ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बस्नु हुदैन

~आशांक उपाध्याय~

एकान्तमा टोह्लाएर बस्नु हुदैन
एक्लै हुदैमा खरानी घस्नु हुदैन

कहिले कसैले झुक्याउन खोज्लान
अपरिचितको जालमा फस्नु हुदैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दगी त्येही माटो रैछ!

~राजन कोइराला~

मरेपछि विलीन हुने जिन्दगी त्येही माटो रैछ
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !

जति चोट पाएपनि उसकै याद प्यारो लाग्ने
कलेजिमा त्यै चोटको नमेटिने टाटो रैछ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बिर्सने छैनौ

~सौभाग्य बजगाईं~

उसको निरन्तर प्रयासलाइ बिर्सने छैनौ
केहि बन्छु भन्ने आशलाई बिर्सने छैनौ

सहेर चोट मनभित्र लुकाइएका प्रित हरु
दरले सिर्जित अत्यास्लाई बिर्सने छैनौ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : दीप–शिखा

~अमृता बुढाथोकी~

फागुनको महिना थियो । प्रकृति पनि उजाडिए झैँ देखिन्थ्यो । वनस्पतिले आफ्ना नयाँ पालुवा फेर्नलाई सबै पात झारी सकेको थियो । मानसिक रूपमा विक्षिप्त दीपका बुबा आगनमा बसेर आफ्नै सुरूमा कराउँदै थिए । क्षयरोगले थला परेकी आमा अगेना छेऊको मुल ओछ्यानमा सुतिरहेकी थिइन् । एकाबिहानै दीपको घरमा धेरै मानिस आए । घरमा आगो थिएन । आगो लिन छिमेकीको घरमा पुगेर फर्किदै गर्दा उसको जीवनका सम्पूर्ण खुसीहरू मेटिए । उसको घरमा बज्रपात भयो । एक्कासी आगो लाग्यो । आकाश गड्गडाउँदै, बिजुली चम्केझँै, मेघ गर्जे झैँ, चट्याङ परेझैँ, घरै मास्तिरको भीर वरिपरिबाट बम र गोली बर्साइयो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जागिरले निलेको मान्छे…..

~नितेश श्रेष्ठ ‘अमात्य’~Nitesh Shrestha 'amatya'

अभावको पर्खालले थिचिएर
साघुरो जिन्दगीको गल्लीबाट
निस्कें- म एउटा सुमधुर
यात्राको सफरमा लम्किएँ म
आर्जेको ज्ञान, सिप
दिनभरिको समय
सब साटें- मैले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : मीरावाई

~विजु सुवेदी~

जोधपुरका राठौड रतन सिंहकी एक्ली छोरी मीराबाईको जन्म सोह्रौं शताब्दीमा भएको थियो । मीरावाईको बालमनमा कृष्णको छवि यस्तरी बसेको थियो कि उनले किशोरावस्थादेखि लिएर मृत्युवस्थासम्म पनि कृष्णलाई नै आफ्नो सबैभन्दा नजिक मानेका थिइन् । सानैदेखि नै उनी कृष्णभक्तिमा रमाएकी थिइन् ।

एकदिन छिमेकी कहाँ भएको बिहेमा ठूलो भव्य जन्ती आएको थियो । सबै केटाकेटी, आइमाइहरू छतमा Continue reading →

Posted in पौराणिक कथा | Tagged | Leave a comment

कविता : म

~आनन्द पौड्याल~

म सूर्य हुँ
रवि, घाम, बेला अनि सुर्जे भन्छन् मलाई
मेरा सन्ततिले साष्टाङ्ग डण्डवत् गर्दै
नियमित परिक्रमा गरिरहन्छन् मेरो
प्रकाशद्वारा अन्धकार चिर्छु मैले
सधैँ सधैँ ताप अनि राप दिन्छु मैले
निसर्त वात्सल्य प्यार दिन्छु मैले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आउ भन्छे कान्छी

~अरुण ढकाल~

जुनेली रातमा आउ भन्छे कान्छी
घरी घरी सताउ भन्छे कान्छी

तगारो बन्यो रे छिमेकीको आँखा
सात डाँडा कटाउ भन्छे कान्छी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : औडाहा

~दुर्गा विनय~Durga Binay

शब्दहरू तिनै हुन् । तर पनि कति छिटो छुन्छ । भन्ने तरिकाले सबैलाई असर पार्दोरहेछ । त्यही शब्द कतिखेर कुत्कुताउने भइदिन्छ । त्यही शब्द कतिखेर शुल बनिदिन्छ । कस्तो अचम्मका हुँदा रहेछन् यी शब्दहरू । शब्दले शब्दलाई लात हान्छ, छुरी हान्छ, म्वाइ खान्छ, अँगालो मार्छ, बोकेरै हिंडुला जस्तो गर्छ । ठ्याक्कै मान्छेको बानी छ यसमा । शब्द शब्दहरूको द्वन्द्वबाट निस्केको परिणामलाई अर्थ बुझ्छ मान्छे ।

“आज ठूलो पानी पर्छ जस्तो छ” झ्यालबाट देखिने कालो बादलतिर हेरेर उसले अड्कल काटेकी हो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्रासद विपना

~पद्मावती सिंह~

अक्षराले सुयशको अस्ट्रेलियास्थित अपार्टमेन्टमा लगेज बिसाउँदा रातले धर्तीलाई आफ्नो अँगालोमा बाँधिसकेको थियो । नौलो ठाउँ, नौलो परिवेश र वातावरणले अक्षराको मन मयूर प्वाँख फिजाएर नाच्न थाल्यो । उनी प्रफुल्ल भई अपार्टमेन्टको चारैतिर हेर्न थालिन् । सफा सुग्घर, सुविधायुक्त चारकोठे अपार्टमेन्टले आँखामा शीतलता प्रदान गर्यो ।

हवाइजहाजमै खानपिन सकेको हुँदा पकाउने झन्झट परेन । तातो कफी सुक्र्याएर दुवै शयनकक्षमा पसे । दुईवटा झ्याल भएको डबलबेडको शयनकक्ष चिटिक्क परेको थियो । दुवै आरामदायी डनलपको बेडमा यात्राबाट थाकेको शरीरलाई बिछ्याएर आराम गर्न थाले । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बसन्त

~अशोक थापा~

१
आयो दृश्‍य खुली बसन्त सुकिलो गम्के लता-कुञ्जिका
तन्के पात मुना बनेर तरुनो छैनन् सुकेका फिका
कल्की फूल बुकी गुराँस कलिलो धर्ती नयाँ देखियो
चिर्‌विर् चन्चल गीत मस्त लयमा भाका रमेको थियो

२
को हो!भन्छ बसेर मुक्त मधुरो स्वरै लिई कोकिल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना

~श्रीपुरुष ढकाल~

सम्झना छ अझै ताजा
वालापनको खेलवाड
हाँस्दै खेल्दै मनाएको
रमाइलो चाडबाड ।

काफल टिप्न रूख चढ्थ्यौँ
गाई चराउन जाँदा हामी
ऐँसेलु टिप्दै खान्थ्यौँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा भै चम्कि रहलिन मीरा

~इश्वर देवकोटा~

तारा भै चम्कि रहलिन मीरा सम्झेर हे हरि,
उर्लियो आज आशुको नदि सहन्छौ कसरि !!
चेतना को दियो सल्काउदै तिमि धर्तीमा ओर्लिदा
आशु नि हासो बन्दथ्यो हाम्रो तिमीले बोल्दिदा

अनन्त सम्म हिजोको नाता नभुल्नु हे हरि ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खप्परहरू

~रजिन पनेरु~

तिमी ढुक्क छौ
अब खप्परहरू बौरिन्नन्
ऊ ढुक्क छ
अब खप्परहरू भुक्दैनन्
हामी ढुक्क छौँ
अब खप्परहरू जन्मनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियात्रा

~जीवन शर्मा~

व्यक्तिगत समृद्धिका आकाङ्क्षाभन्दा धेरै पर
आफन्तहरूका अपेक्षाभन्दा पनि अझै पर
मनभित्रको सुन्दर सपनाको संसार भेट्ने रहर बोकेको
अनवरत अविश्रान्त र आनन्दमय मेरो यात्रा
रक्तिम यात्रा ।

बचपनदेखिको एउटा सपना, उदात्त योजना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खुशीले भरिने छ अवश्य

~केशव गाह ‘पाल्पाली’~

चम्किने छ नेपाल छिट्टै खुशीले भरिने छ अवश्य
हटाएर अँध्यारो यहाँ उज्यालो छरिने छ अवश्य

प्रकृतिले दिएको पीडा बिर्सेर हामी सबै नेपाली
देउराली भञ्ज्याङ पुनः मुस्काई झरिने छ अवश्य Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : गणतन्त्रलाई गरौं संस्थागत

~शिवा गिरी~

नयाँ संविधान बनाउने सवैको चाहाना
हरितालिका २०७० को शुभकामना
संघीयताको विरोध गर्दै नाचौं हामी अवत
दिदिबहिनी सम्पुर्णलाई हाम्रो स्वागत Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध त्यस्तो पनि त हुनसक्छ

~कृष्ण बाउसे~

तिमी मेरो मित्र हुन सकेनौ
म कसैलाई शत्रु बनाउने सोचमा छैन
कृपया मलाई निरपेक्ष रहन देऊ…..तटस्थ रहन देऊ ।
मनभरि
मुठ्ठीको माखो बनाउने माकुरेजाल बुन्दै
मलाई
अझ प्रगाढ मित्रता को मन्द विष नपिलाऊ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखाहरू अनि मन

~डा. संगीता स्वेच्छा~

अनिंदो रात बोकेको आँखा
अनि,
पर्खाइमा थकित मन
तर्क र वितर्क बीच
भलाकुसारी गर्छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

महाकाव्य : सिंहवाहिनी

समीक्षात्मक पौराणिक महाकाव्य | सिंहवाहिनी | सदानन्द “अभागी”


सिंहवाहिनी
(समीक्षात्मक पौराणिक महाकाव्य)

सदानन्द “अभागी”
कावासोती ७ शान्तिचोक
नवलपरासी
लुम्वनी अञ्चल, नेपाल
२०७३ (२०१६)

कृति : सिंहवाहिनी
(समीक्षात्म पौराणिक महाकाव्य)
कृतिकार : सदानन्द “अभागी”
प्रकाशक : दाउने सप्ताहिक
प्रथम संस्करण : वि.सं २०३ (२०१६) Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment