~अलका मल्ल~
यी मेरा कथाहरूमा
मुटु छुने व्यथा छ
टुसाएका पातहरूमा
तुसारोले छोई झरेछ
यी मेरा…… Continue reading
~अलका मल्ल~
यी मेरा कथाहरूमा
मुटु छुने व्यथा छ
टुसाएका पातहरूमा
तुसारोले छोई झरेछ
यी मेरा…… Continue reading
~भुपाल गुरागाइ~
टुक्रा टुक्रा भएको दिल
आज झसङ्ग भयो
जब
सुने देश नि खण्ड-खण्ड हुँदै छ
र अखबार को पहिलो पाना हेरे
बालुवाटार बेचियो । Continue reading
~इलामेली टीकाराम दुलाल~
यादहरू र सम्झनाहरू बारबार आउँछ
त्यही पलको झझल्को लगातार आउँछ
मझेरीवाट फर्की फर्की गह भरि आँसु लिई
आफ्नै घर छोडेको दिलमा झङ्कार आउछ Continue reading
~यकिना अगाध~
दिनहरू असाध्यै रमाइलो थियो । जाडो सकेर फागुनले आफ्नो तातो अनुहार फैलाएको हप्ता दिन पुग्दै थियो । प्राणी र मान्छेहरूमा न्यानोपन बढ्दै थियो । माइगेन पनि फुर्सदमा थिइन् । भखरै एसएलसी सकेर घरमा आएकी थिइन् । बस्तुभाउ लिएर मरिन खोलाको काँसे बगरे मैदानमा आफूभन्दा साना उमेरका भाइ बहिनीहरू सँगसँगै गोठाला जान्थिन् ।
यस्तै रमाइलो गरी केही दिन बित्दै थियो । गोठालोको सूचीमा टुप्लुक्क अर्को नयाँ अनुहार झुल्कियो, माथिल्लो घरको च्याङबा ज्योज्यो । गोठालाको हुलमा च्याङबा ज्योज्यो अरू दौतरी भन्दा एकाध वर्षको दाइ थियो । यसले झन् रौनक थपियो । ऊ मिठो बाँसुरी बजाउँथ्यो अनि नयाँ नयाँ कथा सुनाउन सिपालु थियो । किताब पढ्न खुब मन पर्याउँथ्यो । Continue reading
~चन्द्र मेघि गुरुङ्ग~
म तीन शब्द भित्र
धेरै कुरा भेट्छु
उ भाषण गर्छ
रासनको चारो फ्याक्छ
सट्टामा हामी
शासनको डण्डा सुम्पन्छौं
जब हामी रासन माग्दै भाषण गर्छौं Continue reading
~मनिस वशिष्ठ~
बग्ने त्यो खोलालाई सोधें
फूल्दै गरेको फूललाई सोधें
मेरि मायालुलाई देख्यौ कि भनेर
कहाँ गइ लुक्यो मेरो प्रीत खै भनेर Continue reading
~सरोज धिताल~
कोही भन्थे
ऊ चित्रकार हो
अरु भन्थे
बुद्धकै अवतार हो ।
उही दुई आँखा हो आँफुसँग त
तिनैलाई सके सम्म च्यात्दै,
घाँटी तन्काउँदै
हातमा भएको सानो ठुटो Continue reading
~Tika Bhai~
Translation : J.S. Simick
“Man”
was what a beautiful animal called himself.
Ages ago he had a tail.
Pleased with this noble creature
Time, one day, quietly took away Man’s tail.
Man felt his rear. The tail was not there.
He searched here, there, everywhere. Continue reading
~मोहन कोइराला~
कारखाना, अनुसन्धानशाला र उत्पादनक्षमताका विम्बमा
लक्ष्य गर्दा,
ढिलो सुतेको छिटो उठाउँदा मान्दैनन् आज
घुइँचो भए पनि बासी गन्ध भेटिन्छ बिहान
बस चल्छ, विद्युत खपत बढ्छ
कोठा, घर, कार्नेस उज्यालो बन्छ, अरू कुनै हुँदैन खलबल हुन्छ, Continue reading
~दिनेश सुवेदी “विकल्प”~
मृत्यु शैयामा लमतन्न एक सिपाही
यत्रतत्र छरिएका लासका डङ्गुरहरू
बारुदको नाकमा विस्फोटक गन्ध
मनमा आक्रोश र बलिदानीको आभास
उ कुरूप बनेको छ गोलीका छर्राले Continue reading
~राजु स्याङतान~
आज देशकै खास मान्छे मरेछ
सिङ्गारिएको छ आर्यघाट
गरिबको विवाह मण्डपभन्दा धेरै ।
लाम लागेका छन् मलामीहरू
भावविह्वल छन् आफन्तजन
साइरन बजाउँदै आइपुग्यो
देशकै अर्को ठूलो मान्छे
ओढाइदियो झन्डा
अग्लो भुँडी छोपिनेगरी । Continue reading
~Bhim Darshan Rokka~
Translation : Maya Watson
Had it not been spring,
had you not been singing that song,
had you not so shyly blushed,
the rhododendrons wouldn’t seem so red. Continue reading
~सुकान्त राई नामदुंग~
जब अन्तहीन आकाशमा मरुभूमि पाउँछु
लाग्छ सयकडौं वर्षको बञ्जर धरतीलाई
नयाँ हरियो साडी र कंगन दिइरहेछु
जब कालो बादल, घृणाले होइन
जीवनको मेघदूत सम्झन्छु
फेरि आफैले वर्तमानलाई पराकाष्ठामा पुऱ्याए Continue reading
~ठाकुर मान लामा~
मरेको छैन त्यो जीउदो छ अझै
देशको निम्ति मर्नेहरु अमर हुन्छ सधै
एउटा तारा खसेर के भो
असंख्य तारा भेटिन्छन्
देशको रक्षार्थ निम्ति कयौं Continue reading
~अनिता मे~
अनुवाद : विक्रम सुब्बा
मेरा बितेका दिनहरू झुर थिए
था’छ मलाई राम्रै था’छ
मैले गर्दा नै तेस्तो भएको हो
कसैले भनेका ‘कुरा’हरू मैले लिएँ
त्यसबाट धारिलो हतिया बनाएँ, र मैले
आफैभित्रको मानिसलाई पटकपटक काटेँ Continue reading
१. सुनखानी पुगेँ:
मेरी नातिनी नुमा (माइलो छोराकी छोरी जसलाई अरुले “नाओमी” भनेर बोलाउँछन् । यो नाम जापानिज गुरुले दिएको नाम हो ।) र मैले “नूमा” (लिम्बुः राम्री) नाम राखेँ । आजसम्म मेरो (‘ईङवाबा’) परिवारकी सबैभन्दा (उमेरले) सानी । मेरी पहिली नातिनी ।) १ वर्ष पुगेपछि अमेरिकाको क्यालिफोर्निया राज्य, माडेरा काउन्टीको कोर्शगोल्ड अर्थात २२२१ फिट को उचाईमा अवस्थित ‘सुनखानी’ (अप्रिल १४, २०१५) पुगेँ । काठमाण्डू-ढाका-हङकङ-लस एन्जेलस हुँदै फ्रेस्नो अन्तर्राष्ट्रिय हवाई अड्डामा ओर्लेर १ घण्टाको टोयोटा गाडीको ड्राईभ पछि माइलो छोरो द्रोणले उसको घर पुर्यायो । हरिया र जंगला डाँडाको विचमा ३.५ एकडको एरियामा उसको घर रहेछ । Continue reading
~प्रकाश लामिछाने~
‘ओए पर्कासे ! आईज माछा मार्न जाम् ।’
बसन्तेले हाँक मार्यो ।
नगई सुखै छैन । बसन्तेले गोदिहाल्छ !
देख्दा लुरे भएपनि बसन्ते मभन्दा दुईबर्ष जेठो थियो । अटेर गरेमा हात बटारेर पछाडी लगि कुहिनाले ढाडमा हान्न उ सिपालु थियो । बसन्तेको युद्धकलाको भुक्तभोगी म उसको आदेशको अटेर गर्ने कसरी साहस गर्थेँ र !
बसन्ते र म दुबै समान पाँच कक्षामा पढ्थ्यौँ ।
बसन्ते पढाईमा अलि कमजोर थियो, आफ्नो ज्यानजस्तै रुन्चे लागेको । Continue reading
~रमेशचन्द्र घिमिरे~
ओरालोमा झरी कैले उकालोमा चढी
नथाकेर घुम्छन् सधैँ घडीभित्र छडी
कान्छो भाइ जाँगरिलो छिटो फन्का मार्छ
अल्छी गर्छ माइलो भाइ खुट्टा ढिलो सार्छ Continue reading
दूध चुस्ने बालक थिएँ
केवल आधा माना दूध भए पुग्थ्यो
सैसोला र थुमथुम्याइसँगै
बाबुआमाको इच्छामा बढे
र आधा माना चामल खान सक्ने भएँ
एउटै कोठामा/ एउटै खाटमा सुत्थ्यौँ
छुट्टै कोठा छुट्टै खाट माग्ने भएँ Continue reading
~राकेश कार्की~
सूर्य तिम्रो रुप प्रचण्ड
नबिराए पनि के को दण्ड
उफ् भतभत पोल्ने गर्मी
ग्रीष्म ऋतु रहेछ अधर्मी
तालु ताती ओठ सुक्छन्
योद्धाहरु मुर्छा पर्छन्
मीठो जीवन सल्की दन्दन् Continue reading
~दीपा राई पुन~
तिमीलाई भनी साँचेर हिँड्दै थिए
बाटैमा सकिएछ जीवनको श्वास
रहरले भर्न सकिन
तिमीलाई भेट्ने चाह थियो
त्यही पनि भन्न पाइन
कस्तो छटपट्टी थियो मनमा Continue reading
~ललिता कार्की~
हजारौं सपुतको बलिदानले पनि
फेरिएन काचुली यो देशको
रगतको खोला बगिरहेपनि
भएन भावना एकताको
फुस्रो आस्वसनको भाषाण ठोकेपनि Continue reading
~बिपिन शर्मा~
अचुक एउटा प्रहार गर
धारिलो अझै तरवार गर
म भाग्न सक्छु उम्केर
मजबुत तिम्रो छेकबार गर Continue reading
~विश्वविमोहन श्रेष्ठ~
हरे। कति कोतर्छौ
यो पहरालाई ?
जति कोतरे पनि निस्कने त
ढुङ्गा न हो, ढुङ्गा
फगत ढुङ्गा ।
त्यही ढुङ्गा
जसलाई खोपेर शिल्पीहरूले
मूर्ति बनाए र मन्दिरमा सजाए Continue reading
~अविनाश श्रेष्ठ~
जब पनि यन्त्रणाहरुमाझ घेरिएर
भएको छु हताश–हताश;
एउटी कुशल प्रेयशी झैँ Continue reading
~विनोदप्रसाद धिताल~
व्यर्थैको रिसम परेर शिव हा ! तेरो टुटयो अङ्ग नी !
बिर्सेरै उपयोग आज किन, भो तेरो ठूलो नाश नी !
केही छिर्विर विन्दु-पूर्ण हुनगै तैले अही विश्वमा
जे गर्छस् सब काम ती भुलिदिंदा सड्ने भइस् भूमिमा ।।१
एकै पंक्ति लिएर विश्वभरमा शान्तिप्रभा तर्दछस्
त्यस्तै पीर विचारलाई संग ली विरत्व नै भर्दछस् ।।
तेरो नै रचना गरेर पहिले मान्छे बने सभ्य यी
तैंमा नौरस काव्यको भरि सदा बाँचीरह्छन् कवि ।।२ Continue reading
वैकुण्ठ ढकाल-
बाबा, मलाई दिदी कहिले बनाउनुहुन्छ ?
कार्यालयबाट घर पुग्ने बित्तिकै छोरीले यही प्रश्न गर्थिन, अलि पछि छोरी भनेर म पन्छाउँथे तर पनि छोरी प्रश्न गर्न छाड्दिनन ।
ममीलाई पनि सधैं यही प्रश्न गर्दिरहिछन । अब प्रश्न हामी दुबैलाई एक साथ हुन थाल्यो ।
बिद्यालयबाट फर्किदा सधैं हाँसीखुशी फर्कने छोरी आज डाँको छाड्दै आईन । संयोगले म पनि कार्यालयबाट सधैंभन्दा अगाबै घर पुगेको थिएँ । घर पुगेपछि छोरी अनुपमाको डाँको झन ठूलो भयो । कारण थाहा भएन, बाहिरी चोट कहिं थिएन । आमा बाबुले पनि बाहिरी चोट मात्रै देख्ने रहेछन ! Continue reading
~प्रवीण राई जुमेली~
मेरो र म जस्तैहरुको यो डायास्पोरामा भिज्नअघि
कुनै एल्डोराडोको सपना बोकिएको थिएन आँखामा
साँपले काँचुली छाडे जस्तै
पास हुनेहरुले स्कुल छाडे जस्तै
त्यस्सै छाडियो गाँउ
त्यस्सै छाडियो गाँउ
गाँउसित ‘गाँउ’ शब्दको टियारा मात्र थिएन
एकान्त र अभावको स्यास पनि थियो Continue reading
~हरिहर खनाल~
पछाडितिर निलो नदी त्यसको निरन्तर गतिशील प्रवाहमा बगिरहेको थियो । वारिबाट पारितिर जाने र पारिबाट वारितिर आउने मानिसहरूले भरिएका स्वचालित यन्त्रजडित मध्यमखाले डुङ्गाहरू नदीमा ओहोरदोहोर गरिरहेका थिए । बिहान सबेरैदेखि बेलुकी साँझसम्म नदी किनारमा स्नान गर्ने, लुगा धुने र दृश्यावलोकन गर्ने बहानामा टहलिँदै हिँड्ने मानिसहरूको उपस्थितिले त्यस वरपरको वातावरणमा जीवन्ततालाई प्रदर्शन गरिरहेको थियो । निकै परतिर नदीको बीच भागतिर माछा समात्न तल्लीन मछुवारहरू तिनीहरूका ससाना डुङ्गाबाट जाल हानिरहेका देखिन्थे । त्यसरी नै अझ परतिर जलविहारमा रमाइरहेका पर्यटकहरूलाई बोकेर ससाना छत्तर भएका रङ्गीचङ्गी डुङ्गाहरू Continue reading
~लता शर्मा~
आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले ।।
आमा पुर्याउँछ तिम्रो सामु मनको हुलाकीले ।
०००
आमाको काखमा बस्दा स्वर्ग सरी दिन थियो ।।
आमाको सम्झना आउँदा आँसु झरी रह्यो ।
आमाको साथ पाउँदा म संसारकै सुखी थिएँ ।। Continue reading
~महेश पौड्याल~
हेरिरह्याे उसले
अाफ्नै वृत्तमा चक्कर काटिरहेकाे
घडीकाे काँटालाई
एक फन्काे मारुञ्जेल । Continue reading