कविता : मेरो शुभकामना

~रमेश भट्टराई ‘सहृदयी’~

चैतेदशैँ रामकृपासँगै रामराज्यको कल्पना, आदर्श भावना
नयाँवर्ष २०७६ मा मेरो शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना
यहाँको सद्विचार फलोस्, सद्कर्ममा सफलताको चाहना
हरेक पल हरेक स्वासमा शान्ति मिलोस्- मेरो शुभकामना ।

हिजो बित्यो आज हाम्रो आजकै युग विकास समृद्धिको भावमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रजस्वला नहुने हाम्रो घर

~अमृत सिङ थिङ~

मेरी आमाले चुलो बारेको दिन
भाउजूले पानी नसारेको दिन
दिदी बहिनीहरूले बाहिरै खाएको दिन
हाम्रो घरमा कहिल्यै आएको छैन
त्यसैले हाम्रो घरमा रजस्वला हुँदैन

पसिना तप तप बगाएर खन्न हुने
घाँस ,दाउरा गोठालो जान हुने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रिमोट कन्ट्रोलर

~स्नेह सायमी~

उसलाई
रिमोट चलाउने बानी
परिसकेको छ
इशारामा नचाउने
इच्छामा कुदाउने
रहर बसिसकेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Newspaper

~Bhisma Upreti~
Translation: Mahesh Paudyal

Every day I am doomed to read
on newspapers
titles I always dreamt of averting.

Profound rivers of tears
flow, hewing the banks of letters;
letters come all smeared in blood of maids
molested just now; Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : शान्त शान्ता

~रीता खत्री~

शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्ता पनि छोराछोरी भएनन् । बरू उनलाई एकाएक ब्लडक्यान्सर भयो । समयले आफूमाथि जति नै ठूलो घात गरे पनि विवेककी खानी शान्ता हाँसेर जीवन बिताउँन चाहान्थिन् । व्यथाले खपिनसक्नु गरेर च्यापेपछि मात्र उनको अनुहारमा अँध्यारो छाउँथ्यो ।

“कसरी सक्छ्यौ शान्ता तिमी यतिबिध्न व्यथा खप्न ? आफू त रुघा लाग्यो भने पनि हैँ हँै हुन्छु ।”

“बिन्दु परेपछि चाल पाउँछ्यौ । अहिले निरोगी छौ अनि यस्तो कुरा गछ्र्यौ ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म एउटा च्यातिएको पोस्टर

~डा. वानीरा गिरी~Banira giri

ए मान्छे!
च्यातिएका वाक्यका टुक्राहरूका
पटक-पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।
अगेनाको छेउबाट
मीनपचासको ढिकीमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका चार मुक्तकहरू

~विष्णुबहादुर सिंह~

सरकारको ढुकुटीलाई हामी रित्तो पार्छौं
महँगी बढाई आफ्नो भुँडी हामी मुसार्छौं
कुशासन र भ्रष्टाचारको नमूना प्रदर्शन गरी
हामी जे–जे गर्छौं सबै जनताका लागि गर्छौ ।

*****

कुरी बसेँ तिमीलाई तिमी आउँछौ भनी Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : सिरानी बेचेर मान्छे

~एकादेशको गगनराज~

अनिंदो, बेचैन छ आज सिरानी बेचेर मान्छे
न पाउँछ भविस्य नौलो बिहानी बेचेर मान्छे

को बुझ्छ एकले अर्को पीडा,ब्यथा र घाउलाई
बन्दै छ धनि दिन् दिन् खरानी बेचेर मान्छे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बादल

~गगन बिरही~

सोँच्दै छु,
हामीमाथिको बादल
विलीन भइदिए पनि हुन्थ्यो
पानी पानी भएर कतै बगिदिए पनि हुन्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इलामै जस्तो

~सुवास राई~

ओखलढुङ्गाको डाँडाहरू इलामै जस्तो
साउने भेलमा सुनकोशी अजिङ्गर जस्तो

पहाडमा ढुगांको ओखल ढुगांको लोहोरो
यहाँ भिर पाखा जताततै खोला र पहिरो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम र आकार भन्दा पर…

~बसन्त चौधरी~

तिमी कतै छौ
म कतै छु
जिन्दगीको वेदना
मुटु भित्रै छ
यसलाई के नाम दिऊँ म ?
यो नाम र आकार भन्दा पर छ
माया र मुटुको वर छ

तिमी दृश्यमा छैनौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : बतासले झारेका फुलहरू

~अम्बर गुरुङ~

बतासले झारेका फुलहरू सँगाली
बिरहको आँसुले यिनै फूल पखाली

माला गाँसी राखे है भरे भेट्न आउँला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : दिलले कहाँ हुन्छ यहाँ ?

~हीरारत्न श्रीशा~

मानिस ठूलो जातले हुन्छ दिलले कहाँ हुन्छ यहाँ ?
रेटी रेटी निस्किएको मिठो कहाँ धुन छ यहाँ ?

एक वर्गलाई दबाइरहे उच्च ठान्दो रैछ मान्छे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देशभित्र आगो सल्किरहेछ

~लीला पुन~

तेलजिब्रे नेताहरूले तेलारी
काम गरेपछि
आफ्नो स्वार्थका लागि
विदेशीको पाउ मलेसी
केही दिन, केही महिना, केही वर्ष
मस्ती गर्न पाइन्छ, आफ्नो घर पोलेसी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सरकारमा देखिए

~महानन्द ढकाल~

कोही भन्सारमा कोही सरकारमा देखिए
विचरा बबुराहरु सधैं बगरमा देखिए ।

यी जिन्दगीहरू बगिरहेका छन् उसैगरि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : साम्यवाद

~बिर्ख ‘क्रान्ति’~

शान्ति, सुशासन र समृद्धिको सिला खोज्दै
पहाडका डिल र तराईका फाँटबाट
राता झ्ण्डा फहराउँदै
नागरिकहरू राजधानी पसिरहेछन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आतङ्कवाद

~गोविन्दप्रसाद आचार्य~

आतङ्कवाद भन्दै साना निसाना बन्छन्
शान्ति मलम जपेर तेजाप छिर्किदिन्छन्
वस्तीहरू दुःखाई मस्ति चुसिरहेका
साना मुलुकमाथि बमका गोला झरेका

बेइमानीका विमान खुशी खोसेर उड्छन्
साना मुलुक रगतका खोला बगाई दिन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : दूरी समय कम्ति छ

~केशव गाहा ‘पाल्पाली’~

लामो छ बाटो काट्नु छ दूरी समय कम्ति छ ।
फर्किनु पर्छ गन्तव्य चुमी समय कम्ति छ ।।

अन्याय मेटी न्यायको दीप बाल्नु छ हामीले ।
जुटौँ है अब गरिब–दुःखी समय कम्ति छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : ए स्वयम्भू

~रेशम बी.सी.~

ए स्वयम्भू
एउटा नाङ्गो वालक
सडकको किनारै किनार हिँडिरहेको
तिमीले देख्यौ कि ?
काठमाडौँका ती
गगनचुम्बी महलहरूले
उसलाई देखेनन्
न देख्यो सिंहदरवारले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घीयता चाहिंदैन

~गिरीप्रसाद बुढा~

हामीलाई दुःख बिछ्याएर सपना देख्न मिल्ने
एक एक वटा झुप्रो चाहिन्छ
हामीलाई निष्फिक्री भएर टेक्न मिल्ने
आफ्नै स्वामित्वको आँगन चाहिन्छ
हामीलाई आँगनमा जीवन लुटिने रीति चाहिँदैन
हामीलाई राष्ट्रियता खरानी पार्ने सङ्घीयता चाहिँदैन

हामीलाई आलु रोपेर खान पुग्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आन्दोलनको आगो

~विक्रम सुब्बा~

राजाको शासनमा
मानिसका मुखका पखेटा काटिए
सम्वेदना र भावना मुक्त भएर उड्न नहुने भयो
दु:ख सुखका कुरा चौतारीतिर सुनाउँनु मनाही भयो
मनका कुरा बोल्दा राजाको कानुनका कान ठाडा भए
तर मानिस भित्रका आवेगले ज्वालामुखीको सिम्फोनी रचे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कुहिरो भित्रको डायरी

~लक्ष्मी बिष्ट~

भनौँ भने, कसलाई सुनाऊ–मुटुभित्रको पिडा यो
देख्नेले नै, लगिदिए–जीवनको पल(खुसी) त्यो
यही पल्लो कुनामा, ढुकी बस्ने–जन्जिरले
फर्काइदेऊ, बिन्ती गर्छु–जीवन भरिकै मसी त्यो

थाम्न सके, जिन्दगीकै मृत्युवरण यहाँ–सरीराछ
फर्कादेउ, हस्तलिखित डायरी–मलाई नै कुरे जस्तै लाछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रहरले हैन

~अमृत सिङ थिङ~

हामी परदेश आ’को रहरले हैन
गाउँले जाऊ भन्या हो शहरले हैन

यती धेरै माया गर्छु कसरी देखाऊ
माया मुटुले गर्ने हो नजरले हैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मैथिली कविता : हम

~ब्रज मोहन झा “सोनी”~

हम पत्रकार छि,
कुडा के ढेर पऽ पडल,
बिन तारऽक सितार छि ।

हम कथाकार आ
गित गजलकार छि
आगुमे डा. होइतो अर्थऽक बिमार छि Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

निबन्ध : ‘पहिचान’को शब्दार्थ: एक जिकिर

~विक्रम सुब्बा~

१। (हिन्दु भनिने) सनातनी सभ्यतावालाहरूले आफ्नो पहिचान (जरा वा Root) खोज्दा‘गोत्र’लाई आधारका रुपमा लिन्छन् । सँस्कृतमा ‘गोत्र’ शब्दको अर्थ ‘गाईको बगाल वा झून्ड’ हुन्छ । जसलाई ‘कुनै एक पूर्खाका शाखा-सन्तानहरूको बगाल या झूण्ड वा गण’ भन्ने अर्थमा ‘गोत्र’ शब्दको प्रयोग गरिएको छ । अर्थात, कुन पूर्खा (ऋषि) को सन्तान हो? भनेर प्रष्ट छुट्याउँन आफ्ना पूर्खाको नाम (ऋषि) सँग आफ्नो पहिचान जोड्छन् । जस्तै: अत्री गोत्री (अत्री नामक पूर्खाका सन्तान), कस्यप गोत्री (कस्यप नामक पूर्खाका सन्तान), गौतम गोत्री (गौतम नामक पूर्खाका सन्तान), जमदग्नि गोत्री (जमदग्नि नामक पूर्खाका सन्तान), भारद्वाज गोत्री (भारद्वाज नामक पूर्खाका सन्तान), आदि आदि । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : हर्केको समय

~ठाकुर मान लामा~

हिजोको त्यों गाउँले हर्के
अब त्यों हर्के रहेन
हरिष भनी चिनाउछ आफुलाई
खुट्टा त्यसको भुइमै छैन

छाप्रोको त्यों बास Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खै मेरो गाउँ ?

~राइमाण्डु~

गाउँ त्यहा थ्यो ।
जहाँ म हास्थे अर्गानिक
जहाँ म सास फेर्थे अर्गानिक ।
खान्थे अर्गानिक ।
बस्थे अर्गानिक ।
बात गर्थे लाम्काने बाख्रा सङ्ग
अनि उस्को पाठो पाठी सङ्ग
खेल्थे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : यो कस्तो माया

~दीपक दाहाल~

“तिमिलाई थाहा छ ,झरि परेको दिन मेरा लागि लक्षिण हो “

“कसरि ? “

“जुन दिन मेरो मेट्रिक को रिजल्ट आएको थियो त्यस दिन झरि परेको थियो ,अनि म फर्स्ट डिविजन पास भाकी थिए l” मैले निधार खुम्च्याएर ,ओठ बंग्याएर आरती पटी हेरे, “ए होर्” को भावमा l Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हराएको जहाज

~डा. सबिता सुबेदी~

आमा उ आयो ,हेर त दाइ आयो,साच्चै आयो |
अनवरत आशाहरु कसिलो पोल्टोमा कसेर,
आँखाहरु रसाउँदै, भारी मन लिएर
निन्याउरो अनुहार, मायाको खाँचो दर्शाउदै
तिम्रो काख खोज्दै आयो | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

वाम्बुले राई भाषी कविता : काक्सी

~अप्सन क्याम्पा~

(उतित नुम्बोम आदिवासी जनजाति किराँती)२
ईक याेर,ईक रितुम रान्चो बा:म साँस्कृति

आम जिमी, भुमि ज्याच्चो,तित्चो उतिचोस तिकिम
रितुम बाया क्वाचो,प्वाचो,ज्वाक्चोया उतिचोस बाकिम Continue reading →

Posted in वाम्बुले कविता, वाम्बुले भाषी रचना | Tagged , , | Leave a comment

कविता : तिम्रो समाजवाद !

~जीवनस्पर्शी~

जब म देख्छु
आज पनि जताततै
गाउहरुमा ,बस्तिहरुमा
ढल्न लागेका
कतै टेको लगाइएका
खुइलिएका
लतृएका
बूढो रुखझै
आस्थाका मनहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : मेरो पहिलो प्रेमपत्र

~सुगिता खनाल~

मेरो सपनालाई आफ्नो सम्झी पूरा गरिदिने,
चाहे जे बितोस मनमा, सधैँ हाँसेर मिठो कुरा गरिदिने,
हरेक पिर आफैँ सही संसारका सारा खुसीले हामीलाई भरिदिने,
मन्दिर गै कहाँ खोज्नु भगवान, हजुरकै शरणमा सारा ईश्वर भेटिने।

मेरो प्यारो बाबा,

हजुरप्रतिको मेरो भावना हजुरसँग व्यक्त गर्ने आँट आजसम्म कहिल्यैे पनि मैले गर्न सकिन। त्यसैले आज सोच्दै छु, आफ्ना सबै भावनालाई म यी कापीका पानामा कोरिदिन्छु र हजुरको लागि पहिलो पटक केही लेख्न यो कलम चलाउँदैछु। सायद शब्दहरु कम परिदेलान् वा वाक्यहरु अधुरै बसिदेलान् तर मेरो भावना बस् हजुरको मनसम्म पुगिदियोस्। Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment