~बिपना ढुङ्गाना~
गुम्सियो यथार्थ,
टुटाईदिए विश्वास,
रहेनन् कोही आफ्ना,
त्यसैले तोडिदिए सम्बन्ध
जब प्रश्न मेरो संस्कारमा उठाइयो
अनि परिवारभित्रै मलाई
बदनाम ठहर्याईयो।
प्रतिकार गर्न नसक्नु Continue reading
~बिपना ढुङ्गाना~
गुम्सियो यथार्थ,
टुटाईदिए विश्वास,
रहेनन् कोही आफ्ना,
त्यसैले तोडिदिए सम्बन्ध
जब प्रश्न मेरो संस्कारमा उठाइयो
अनि परिवारभित्रै मलाई
बदनाम ठहर्याईयो।
प्रतिकार गर्न नसक्नु Continue reading
~दिल थापा~
मुग्लानी भएको पनि धेरै वर्ष भैएछ् क्या हो।
बाध्यताको ताइफुले जीवनका सपनाहरूलाई
बेजोडले उडाउन खोज्दानी
आशाको मधुसमा राखेर बचाएको पनि धेरै वर्ष भइएछ क्या हो ।
यो परदेशको भूमिमा सेती नदीझैँ
भित्रभित्रै हराएको पनि धेरै वर्ष भइएछ क्या हो ।
सानो छँदा धूलो माटोमा घर बनाई खेल्दा Continue reading
~रमा शर्मा ढकाल~
म त सधैँ तिम्रा बिचारपथमा भौतारिइरहें ,
म त तिम्रा गीतका प्रतिध्वनि सँगै गुञ्जिइरहे,
सभ्यताको सास फेर्ने आसमा
म त तिम्रा खातिर धेरै लडेँ
पटक–पटक लड्दै उठ्दै र भिड्दै
आज सम्म पनि लर्खराँउदै पछ्याइरहेछु तिमीलाई नै
तर अफसोच !
तिमीले मलाई कहिल्यै चिन्न सकेनौ
कोसिस गरेको भए सायद चिनिसक्थ्यौ पहिल्यै मलाई Continue reading
~अमृता बुढाथोकी~
हेरेर चित्र तिम्रो
मन्द मुस्कान भर्दै जुनेलीमा
सजाएछु सपनीमा तिमीलाई
बरु मेरै धरातल भुलेर कल्पनामा ।
उजागर गरेछु मेरा मृत इच्छा आकाङ्क्षाहरू
फन्को मार्दै सम्झनाका तरेलीमा
बचाएर राख्न सकिन आफ्नै अस्मिता Continue reading
~चन्द्र मेघि गुरुङ्ग~
नेपाल आमा तिम्रो काखमा
एउटा भीषण युद्धको खाँचो छ अहिले
यस्तो युद्ध हुनुपर्छ नेपाल आमा
जसले तिमीलाई बलात्कार गर्ने
बलात्कारीको सफाय हुनुपर्छ
देश लुट्ने लुटेरा फसिनुपर्छ
देश बेच्ने दलाल मासिनुपर्छ
तर यस्तो युद्ध होस अब Continue reading
~भुपाल गुरागाइ~
उकाली र ओराली गरियो कति
भिर पाखा देउराली धाइयो कति
खरबारिको पाखामा घाँस काट्न जादाखेरी
सुसेली मारी तिमिलाइ बोलाइयो कति Continue reading
~महेश पौड्याल~
धरतीमा
उचाइको सीमा पनि पानी हो
गहिराइको सीमा पनि पानी ।
ऊ सधैँ भन्छ, त्यसैले- Continue reading
~डा. नवराज सुब्बा~
दुनियाँ !
पराजित नठान मलाई
पोष्टमोर्टम् गर र हेर
आफू जीवनबोध गर
नठान साथ दिने हात घटे
आफू गन्तव्यबोध गर
आखिर जिउने सवालमा मान्छे
अभिनयसिवाय बाँचेको को छ र !
प्रेयसी !
बिछोड र पीडाको प्रतिरूप रहेछौ Continue reading
~अमृत सिङ थिङ~
मलाई मेरै हालतमा छोडेर तिमी जाऊ
केही हुन्न बाचा कसम तोडेर तिमी जाऊ
म परदेशमा भएको बेलामा जाँदैछौ रे
खर्च नहोला सन्दूक फोरेर तिमी जाऊ Continue reading
~शम्भु प्रसाद ढकाल~
मेची महाविद्यालय भद्रपुरमा नेपाली विषयको पहिलो प्राध्यापक (त्यतिखेर प्राध्यापक नै भनिन्थ्यो)मा नियुक्त भएर २०२१ सालको असोज महिनामा भद्रपुर आएपछि भद्रपुरबाट युगज्ञान साप्ताहिक (२०२६ असोज)मा प्रकाशित गर्नु पूर्व साहित्यकार तथा प्राध्यापक चूडामणि रेग्मीले नेपाली साहित्य परिषद्, झापाको —मोती‘ नामको पत्रिका सामयिक सङ्कलन निकाले। झापाबाट निस्किएका सङ्कलनमा धेरै महत्वपूर्ण छ —मोती‘। यसका २०२३ र २०२४ मा चूडामणि रेग्मीका सम्पादनमा २ अङ्क निस्किए। पछि २०३० मा द्रोणाचार्य छेत्रीको सम्पादनमा १ अङ्क निस्कियो। —मोती‘ पछि मेची महाविद्यालयबाट २०२४ मा —धारा‘ नामको सङ्कलन निस्कियो। यसको सम्पादक मण्डलमा चूडामणि रेग्मी पनि थिए। यसै गरी, भद्रपुरमा —कस्तुरी‘ परिवार नाम दिएर त्यसबाट निस्किएका ३ सुगन्ध मध्ये २ सुगन्धको Continue reading
~चूडामणि रेग्मी~
प्रदेश नं १ इलामका एकु प्रदेश नं १कै धरानमा घर र प्रदेश नम्वर १ कै चैनपुरमा ४ वर्ष जति भो जागिरे वसेका। झर्रा मान्छे ! नाना रूपका देखेका मेरा टोड्का !उनको हिंडाइ वोलाइ व्यवहार देखेर उदेक मान्छन्।
उनको वस्ने क्वाटर देखेर भने म रुन मात्रै सकिन। ‘हातका मैला सुनका थैला!’रहे छ धन ! सोख ! उनलाई म राम कृष्ण शर्माले ‘कवि ‘ निवन्धमा भने जस्तोसोचे जस्तो भाषामा भन्छु -एकु झर्रो ! कलाप्रेमी !जन कवि जस्तो ! घुमन्ता!ठुलो भएर होइन सामान्य नेपाली भएर हिंड्न जान्ने मन पनि पराउने यस्तो हुन !हो एक र एउटी जोईका साथ जागिर खाएर उभ्रेको समय नेपाली भाषा साहित्य कला फोटो नेपाली धर्ती को उपासनामा समय दिने ,सुदूर चैनपुरको एक कविको यौटा सँगालो भित्र केही मात्र झर्रो हेर्छु। Continue reading
~Eagam Khaling~
A marriage ceremonial party is going on inside the hotel Seven Seventeen of Darjeeling town. A stranger in a black suit suddenly appears before the busy bride in a narrow space of the hall. The bride smiles touching the man’s soul and slips out her tongue, with glittering eyeballs, “By the way, who are you?” Continue reading
~होमर श्रेष्ठ~
आफूलाई एक्लै कोठाभित्र थुनेर उनी मनोवाद गर्दैथिए: “कुनै समय कोपर्निकस र कोलम्बसका खोजकार्यलाई वाहियात र मूर्खतापूर्ण ठानिएको थिएन र ? अनि कतिपय टपर्टुइँयाका श्वाँठ र सतही बिचारलाई शाश्वत मानिएको थिएन र ? तर आज कता हराए इतिहासका ती बज्रस्वाँठहरू ? खोई, कता विलोप भए ? यस्तो पनि त हुनसक्ला— आजका कतिपय मान्छले स्वाभाविक र उत्कृष्ट ठानेको जीवनशैली भोलि अस्वाभाविक र निकृष्ट होस् ।…” Continue reading
~बिक्रम भक्त जोशी
चकमन्न मध्यान्ह, टन्टलापुर घाम । उसै भर्खरै मनसुनको बिदाई संगै पानी पर्न रोकिएकोले हो कि दशैं नजिकिंदा नजिकिंदै पनि उखरमाउलो घामले छाला डढाउन छोडेको थिएन । त्यसै पनि काठमाडौं पहिला जस्तो रहेन । बाहिरबाट आउनेलाई त चिसै लाग्दो हो । तर यतैको रैथाने म जस्तालाई त यो चरक्कै परेको दिउँसोको घाम औधि सकसपूर्ण हुने नै भो ।
“पानी पाम् न ।” घरबाट लान भुलेकोले बाटो छेउको दुकानमा एक बोटल मिनेरल वाटर किनिमागें।
“कति हो ?” बीस रुपैयाँ भनेर जान्दा जान्दै सोधि टोपलें। Continue reading
~लक्ष्मी बिष्ट~
हाँसिरहनु सधै भरि, तिमीलाई हाँसो सुहाउछ ।
संगाली राख्नु इच्छा सधै, जीवन सुमघुर बढाउँछ ।।
लानु के नै छ र? जल्नु नै छ यस धर्तीमै खुलेर ।।
संघर्षमय जीवन रोज्नु पर्छ, बाटो आफै छानेर ।। Continue reading
~रमेश भट्टराई ‘सहृदयी’~
ढकमक्क फूल्यो गुराँस त्यो पारीको वनमा
माया गहिरो सान्नानीको तर राख्ने मनमा
खोला पारी न्याउली बास्ने खोलावारी कोइली
डाकिरह्यो अँधेरीले हुन्न शान्ति तनमा Continue reading
~Mokshyada Amgai~
”Exam is coming closer. Do hard work and stand first. Then you’ll have internet facility.” asked Ramesh Ivery convincingly.
Ivery studies in grade six now. She always insists on getting internet connected in her own home. However, her parents were concerned since she might spoil her study. Her father convinced her to meet her demand and Ivery became happy. Meanwhile, second term exam was getting closer so she began to study laboriously. Continue reading
~वासु शशी~
यो देश अहिले आफ्नो गौरव गाथा
गाउने मुडमा छैन
यो देश अहिले आफ्नो इतिहास पल्टाइरहने
फुर्सतमा छैन
यो देशमा अहिले दुई वटा हिमालयहरू छन्–
एउटा हिउँको हिमालय,
अर्को, मानवीय दुःख–दरिद्रताको हिमालय Continue reading
~राजेन्द्र पराजुली~
अचानक खस्यो सहिद शुक्रराज शास्त्रीको चस्मा उनको सालिकबाट । चस्माहीन उनको आँखा अनौठो देखिन थाल्यो । नाकको डाँडीमा अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो । उनको आँखा कहिले चिम्सा देखिन्थे त कहिले विस्फारित । नाक कहिले थेप्चो प्रतित हुन्थ्यो भने कहिले लाम्चो । अनुहारको रङ्ग पनि कहिले गोरो, कहिले कालो त कहिले गहुँगोरो देखिन्थ्यो ।
मार्बलमा खसेको उनको चस्मा टुक्राटुक्रा भयो । सडकबीच चोकमा राखिएको दशकौँ पुरानो त्यो सालिक निश्चल उभिरहेको थियो । एक्ला शुक्रराजको सालिकमा कुनै परिवर्तन आएको थिएन । हरेक सालको फागुन ७ को छेउछाउमा एक हुल मान्छे जम्मा हुने र बासी भाषण गर्ने क्रम भने जारी थियो । Continue reading
~Sanjiwan Pradhan~
That morning when the sun`s warm rays were still struggling beyond the horizon hoping to leap beyond the imaginary threshold they were entangled in, I felt cold. The usual warmth I was used to was not within my reach. I was not cocooned in the cozy place between my parents. The embrace of my mom`s hand that wrapped me during the night was unexpectedly lost. And the chill, as it had this advantage, turned more notorious than what it had been before.As I felt, it was into a vengeance so intense that it was trying to tear me apart.
When it was too much to bear, I stretched my hand and glided my body expecting a warm, comfortable place where I could touch either of my parents. Continue reading
~प्रकाश लामिछाने~
‘कोई त भने जहाजमा हरर
कोई त भने पशिना तरर, हाम्रो नेपालमा ऽऽऽऽ
कोईको घरमा डाक्टरको चाकरी
कोई त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा ऽऽऽऽ
कोईको भने धनमाथी धनको रास
कोईको भने घरजग्गा उठीबास्, हाम्रो नेपालमा ऽऽऽऽ’
बाहिर पानी झमझम् परिराख्याथ्यो, झ्याउँकिरीको झ्याउँझ्याउँ आवाजले कर्कश थपेपनि आमैले ग्यालेन Continue reading
~अभय श्रेष्ठ~
ध्वजाले सुशोभित स्वर्णरथमा बसेर टाढाटाढासम्म फैलिएको पर्वत शृंखलाको सुन्दरता नियाल्दै राम अघि बढिरहेका थिए । अचम्मको आन्तरिक आनन्दले उनको अनुहार फुलेको गुलाबजस्तै उज्यालो थियो । शीतल हावाको झोकाले उनको आत्मालाई बारम्बार स्पर्श गरेर जान्थ्यो । क्या आनन्ददायक हावा थियो त्यो < रामले भने, ‘सेनापति, हामी नारदमुनिले संकेत गरेको भूमितिर त आइपुगेनौ, ख्याल गरे है ?’ सेनापतिले चारैतिर आँखा डुलायो । उसका आँखा सुन्दर प्राकृतिक दृश्यले चञ्चल भइरहेका थिए । ‘महाराज, यी पर्वत र शान्त वनको सौन्दर्य स्वर्गको भन्दा कम छँदै छैन । यहाँ त महापापीलाई पनि तपस्या गरुँगरुँ लाग्दो हो ’
प्राकृतिक सुन्दरताले सबै जना मोहित थिए । कति बेरसम्म त घोडा दौडेको र रथको पांग्रा गुडेको बाहेक केही सुनिएन । पर्वतको काखमा फैलिएका स–साना सुन्दर आश्रमतिर देखाउँदै राजपुरोहित वशिष्ठसित रामले भने, ‘गुरुजी, ती सुन्दर लहरा र फूलहरुले ढाकिएका आश्रम कसका होलान् हँ Continue reading
~कमल बाबुरो~
असारको भेल संगै रमाउने दिन
रमाउदै असारे गित घन्काउने दिन
मेलापात परीमले रोपाइ गर्ने खेतमा
परकाले वरकालाई सघाउने दिन Continue reading
~डा. घनश्याम नेपाल~
अहिले म विशाल आर्य-युरोपेली (भारोपेली) परिवारमा जन्मेको यस्तो एउटा भाषाको माध्यमबाट लेख्न लागिरहेछु, जुन भाषालाई धेरै मानिसहरू माया गर्छन् तर यसलाई कसरी लेखे ठीक पर्ला वा यसको कल्याण होला भन्ने कुराबारे थोरै (साह्रै थोरै)-ले मात्र विचार गरिरहेका छन्।
यस्तो कुरा सम्झन लागेको बेलामा जहिले पनि म केही विद्वान् नेपाली लेखकहरूका नाउँ सम्झन पुग्छु र मेरो शिर आफै-आफ गहिरो श्रद्धाले उनीहरूसमक्ष निहुरिन पुग्छ – पारसमणि प्रधान, गोपाल पाँडे ‘असीम’, महानन्द सोपकोटा, पादरी गङ्गाप्रसाद प्रधान, चूड़ीमणि बन्धु, तारानाथ शर्मा – नेपाली भाषा प्रयोग गर्ने मात्र होइनन्, भाषाको स्वभाव र चाला-माला चिनेर प्रयोग गर्न खोज्ने ठूला मानिसका नाउँ हुन् यी। यहाँनेर म ‘टिपेका टिप्पणीहरू’- का इन्द्रबहादुर राई र आजसम्मका राजनारायण प्रधानलाई पनि पटक्कै बिर्सन सक्तिनँ। Continue reading
~जीवन थिङ~
कुसमयमा गर्भपात
गर्भपातमा झरेको
एक मुट्ठी आकाश बोकेर
सन्निपातका रापहरूमा आवेशको घोड़ा
युद्ध जित्न बढ़ेका खिनौरा हत्केलाभरि
हर साँझ, यो आँखाभरि
दौडन्छ – सुनाखरीको प्रत्येक कोपिला कुल्चँदै
म भन्दैछु तिमीहरूलाई Continue reading
~प्रवीण राई जुमेली~
सुनसान कोठाको चिसो भुईंमा एउटा मान्छे बसेको छ
बसेको छ एउटा मान्छे अनुहारविहीन र आवाजविहीन
जबरजस्ती ठेल्दै लगेपछि म-ले
बेस्वादसित हार्दै जान्छ नचिन्नुको सुख त्यहाँ
तर चिमोट्दा उसलाई दुःख्नु आफैसित छ यहाँ
उदासीनताको प्याला उठाएर गटागट पारिदिन्छ Continue reading
~किरण खरेल~
आजभोलि किन हो तिमी
सपनामा देखिन छाडेकी – 2
सँगै बसी गरेका कुर
होकी खाली मलाई ढाँटेकी – 2 Continue reading
~मोहन बन्जाडे~
सन्तान बामे सर्दै गर्दा हुरुक्क हुने बा
ताते ताते गराउंदै
औला समाएर हिड्न सिकाउने बा
कतै लडे
सुस्तरी लडेको भए
देखेको नदेखी गरी Continue reading
~विश्वविमोहन श्रेष्ठ~
जसरी विराजमान गराएर
गएका थियौ देवलको यो भित्री भित्तामा
म अहिले पनि त्यहीं
अडेसिएर बसिरहेछु
मौन,
तिम्रो प्रतीक्षामा………….।
पहिलेपहिले प्रभातमा
घामको कलिला किरणहरू
आउने गर्थे आँगनमा र
परेवाका बथानहरू चरिरहन्थे Continue reading
“सपनाले सिध्यायो सर।”
यति भनेर ऊ थ्याच्च सोफामा बस्यो।
नाम कृष्णकुमार केसी, घर कालीकोट, वर्ण कालो। हिजो यसले मोबाइलबाट कल ब्याक गर्न लगाएर पाँच मिनेट मेरो टाउको खायो। आज निवेदनको चाङमा अर्को एक थान हस्तलिखित पाना थपिदियो।
कालोमैलो पहिरन छ। पहिरन के भन्नु, बल्ल–बल्ल आङ ढाकेको छ। गन्हाइरहेको छ, मैले सेन्ट नलगाएको भए अफिसमा बसिसक्नुहुने थिएन। माओवादी भएकोले मात्र म यो सब झेलिरहेको छु। जीवनमा उपलब्ध हुन आएका सबै राजनीतिक बर्को ओढियो, फ्याँकियो, तर अध्यक्ष माओप्रतिको सम्मान घटेको छैन, मभित्र। मेरो Continue reading