गजल : मुटु छुटिने बात आउँछ

~दीपा ढकाल~

जब दुई मन र मुटु छुटिने बात आउँछ
समर्थन गर्न अपाङ्गको पनि हात आउँछ

धनिहरुले गरिवलाई च्यापिरहे पैतालाले
सोचेनन कहिल्यै दिन ढलेपछी रात आउँछ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : नितान्त एक्लाे

~‘अभिलाषी’ शारदा राई~

बिरामी भई अस्पतालकाे शैयामा छु अामा
काेही छैन अासपास मेरा अाफन्त
अनि काेही छैन मेराे सामु कस्ताे छ भन्ने
छु त एक्लै म याे शहरकाे भिँड भित्र
चिनेकाे छैन कसैलाई मैले यहाँ
छु म नितान्न एक्लाे यिनै भिँड भित्र
शहरी रणसंग्राम भित्र Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यका गतिहरू

~जीवनाथ धमला~

एउटा कुरुक्षेत्र जितेर म
घर आइपुगेको छु,
मेरो आगमनलाई—
आमाका आँखाहरूबाट बर्सेको हर्षाश्रुका अविरल ध्वनिहरूले
स्वागत गरिरहेछन्,
आमाको अनुहारमा अहिले सत्य छचल्केको छ,
मेरो विजयको अबिर पोतिएको अनुहारलाई
यतिखेर आमाको प्रसन्न मातृत्वले देखिरहेछ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : ए फूल ए वसन्त

~राममान “तृषित”~Dr. Ram man 'Trisit'

ए फूल ए वसन्त यसरी न पिछा गर्नु
फुर्सद त दिनु पलभर रोएर सुखी बन्न
ए फूल ए वसन्त

पंक्षिको मिठो गाना तर श्राप यहाँ बन्छ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मेरो संवाद झूठो हो

~बिपिन शर्मा~

प्रथम तिमीसँगको मेरो संवाद झूठो हो
प्रेम छैन यसमा, मेरो यो हात झूठो हो

बादल काला-कालै मेरो आकाशमा अझै
देखेको तिमीले चाँदनी रात झूठो हो Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : सफल हुनसक्छ

~अमृत सिङ थिङ~

प्रयास गरेर हेर सफल हुनसक्छ
एक बदमास पनि असल हुनसक्छ

हरेक व्यक्तिसंगको भेट सम्झने गर
जिन्दगीलाई बदल्ने पल हुनसक्छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गीत : मुखले नबोले पनि

~ठाकुर मान लामा~

मुखले नबोले पनि आँखाले बोलिदिन्छ
जति टाढा होऊ तिमी सम्झना चै मनमै हुन्छ

भुल्न खोजेपनि भुलिदैन माया
जता हेर्‍यो उतै तिमी देख्छौ मेरै छाया Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : प्रजातन्त्रका लहरहरू

~विक्रम सुब्बा~

हार्डभार्ड विश्वविद्यालयका राजनीतिक शास्त्री सामुएल पी. हन्टिङटनले The Third Wave: Democratization in the Late Twentieth Century शिर्षकमा एउटा लेख लेखे जुन उनको १९९१ को पुस्तकमा पनि राखियो । हन्टिङटनले १९ औँ सताब्दीदेखि आइरहेका प्रजातन्त्रका लहरहरूलाई हेर्ने र निकट भविश्यमा त्यो लहर कस्तो होला भनेर हेर्ने एउटा Frame स्थापित गरे । उनका अनुसार प्रजातन्त्रका लहरहरू निम्नानुसार आए र आउँनेछन् ।

१। १९  औँ सताब्दीमा अमेरिकाका राष्ट्रपति एन्ड्रु ज्याक्शन र उनका समर्थकहरुले मिलेर (१८२८ तिर) ‘सर्वसाधारण जनताको निम्ती महान प्रजातन्त्र’ भन्ने सिद्धान्त निकाले । जुन सिद्धान्त अमेरिकाका केही पुस्ताका निम्ती विश्व दृष्टिकोण नै हुन पुग्यो । यही सिद्धान्तले गर्दा अमेरिकाको ‘सिविल वार’ नै चल्यो जसले Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मेरो देश के भाको …?

~इश्वर देवकोटा~

बाबु छिरी, आप्पा र
पासांग ल्हामु आङरिता…
पेम्बा पनि पुगेथे
हिउले नाम लेखेथे
देशको झन्डा साथमा
पसिना धारा माटामा
के खान्थे तिनले था छैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तार लगाएर

~कल्पना पौडेल ‘जिज्ञासु’~

सबै सिमाना ढाक्ने गरी तार लगाएर
बचाउँ हाम्रो मातृभूमि बार लगाएर

अन्यायका विरुद्धमा लड्दै अब हामी
छाड्नै पर्छ शोषकलाई पार लगाएर Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : गणतन्त्र आको हजुर

~दुर्गा शर्मा~

जनताको बलिदानले गणतन्त्र आको हजुर
जनता सँधै भोका नाड्ड्गा नेता धनि भाको हजुर

पर्खिरा’छन् इसारालाई दक्षिण हो पश्चिमको Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : भन्छन् पारिजात सधैं

~मनु ब्राजाकी~Manu Brajaki

फुलेपछि झरिजान्छ भन्छन् पारिजात सधैं ।
जीवनभरि रहँदैन कसैको नि साथ सधैं ।

दिनदिनै डढाउने तातो घाम सहे पनि
सहन पो सकिँदैन जुनेली यो रात सधैं । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : संविधानसभा

~रेशम वि.सी.~

संविधानसभा तिमीलाई
साढे सातको दशा लागेछ
नेतालाई कुर्सी र भत्ता
त्यसको लागि सत्ता
कर्मचारीलाई घुस
व्यापारीलाई कालो बजारी
अपराधीलाई राज Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्काइसौँ सताब्दीको मान्छे

~शशिधर भण्डारी~

नीलो आकासमुनि उभिएको
एक्काइसौँ सताब्दीको मान्छे
अन्धविश्वासको जगमा खडा भएको
रुढ कर्मकाण्डका अगाडि गोरु जस्तै नारिन्नँ
एक्काइसौँ सताब्दीको त्यो मान्छे
अन्ध परम्पराको फाइल फुल्याउने, कारिन्दा होइन
ऊ जीवनमुखी चिन्तक हो, त्यसैले
मृत्युपछिको जीवनमा अनित्य देख्दछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँच्ने पल हामी खोज्छौँ

~राजेन्द्र खरेल~

चट्याङभित्र जीवन बाँच्ने पल हामी खोज्छौँ
बारुदको घेरा तोड्ने बल हामी खोज्छौँ

सुख सबै अँगाले दुःखको अस्तित्व के
मरुभूमिमा खनेर जल हामी खोज्छौँ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : विरामी देश अनि विष

~राहुल पुन~

विरामी देश
उपचारको बहानामा
विदेशीको चाहनामा
परिवर्तनको तीब्र आशामाथि
संविधानको उच्च लालसामाथि
चलखेलका अनेकौं भेषमा
भ्रम र डलरको आवेशमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : एसिड प्रहार भो

~हीराछवि श्रीशा~

हजुर मेरी बैनिमाथि, एसिड प्रहार भो
पाँच वर्षे छोरीमाथि बलात्कार भो

कानुन अचेल अन्धोको साथ बहिरो पनि भा’छ
लौ न मलाई न्याय दिलाउँ अत्याचार भो Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : सामना

~अनिलकिशोर घिमिरे~

यस पटक प्रकृति पनि मात्तियो
क्रुर बनेर सबै सोत्रान्न पार्‍यो
क्षत विक्षत माटोभित्र
सिङ्गो बस्ती गुट्मुटाइदियो
डाँडादेखि फेदसम्म केही सग्लो रहेन
आकाशका चम्किला ताराहरू पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छानो चुहिने बलेनी

~केशव गाहा ‘पाल्पाली’~

झुपडी सानो खरको छानो चुहिने बलेनी
सकेको छैन टिनले टाल्न जति नै गरे नि ।१।

गाह«ो छ सारै जीउन यहाँ दुःखीको जिन्दगी
बाँच्ने छ गाँठे तैपनि अझै कर्मले ठगे नि ।२। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो घर

~गोविन्दप्रसाद आचार्य~

तिम्रो घरमा बुढा बाउको टुप्पी घोटेका छौ
अनाहकमा भाइ मारेर अंश जोडेका छौ
नमस्ते साइनो पनि तिम्ले तोडेका छौँ
खाउँ बस आरामले अंश जोडेका छौँ

मिलाउँदिनँ हात पनि रगत लागेको छ
आउँदिनँ म तिम्रो घरमा रगत पाकेको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सुनको मृग

~महेन्द्र महक~

सीता अनिन्द्य सुन्दरी थिइन् ।

राम सुशील र भद्र थिए ।

दुवैले एक अर्कालाई मन पराएका थिए ।

यद्यपि जनक आफ्नी एकमात्र छोरी सीता दशरथको छोरालाई दिन हिच्किचाएका थिए तर पनि रामको असल स्वभाव र दशरथको सामाजिक प्रतिष्ठाको कारणले इन्कार गर्न सकेनन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गित : तिमी फुलझै पहरामा

~जीवनस्पर्शी~

तिमी फुलझै पहरामा फुल्न सक्नु पर्छ
तिमी जुनझै अधेरीमा बल्न सक्नु पर्छ

जति जल्छ जल्न देउ दु:खको अगेनिमा
जति गल्छ गल्न देउ आसुको परेलिमा
जलेर तिमी स्पात बन्नु पर्छ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : गजल हुँदैन

~शेखर ‘अस्तित्व’~

मनपरी शब्द घुसाउँदैमा गजल हुँदैन,
“क़ाफ़िया” मात्र मिलाउँदैमा गजल हुँदैन।

“शे’र” मा “प्राण” हुनुपर्छ, मन छुनुपर्छ,
शब्दको भीड़ लगाउँदैमा गजल हुँदैन। Continue reading

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जङ्गबहादुरसँग पुनर्मिलन

~अर्जुन पराजुली~

पुन्टे, भुन्टे, वसन्ते र सन्ते
तिमीलाई व्यापारमै व्यस्त छ भन्थे
अनि
कोतपर्वको दोस्रो संस्करण निकाल्न
कसरी भ्यायौ ?
जङ्गबहादुर ! तिमी आयौ ?

अनुहार पनि सर्लक्कै फेरिएछ Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

एकाङ्की : आधुनिकताको एउटा पात्र

~अर्जुन थापा~

पात्रहरु :
१. निता (वर्ष ३०)
२. कविता (वर्ष ३८)

समय : साँझ
स्थान : झमेलको कुनै एक रेस्टुरेन्ट ।
निर्देशन : (पर्दा विस्तारै खुल्दै जान्छ । रेस्टुरेन्टको बाहिर पट्टी रहेको मेचमा बसेर कविताको प्रतिक्षा गरी रोखेकी हुन्छिज् निता । हिन्दी गीत बजी राखेको हुन्छ भित्र । एक ग्लास पानी र खानाको मेनु टेबलमाथि राखेर वेटर भित्र पसिसकेको हुन्छ । टाउको यता उती घुमाएर हेरिराखेको हुन्छिन् निता । टाढैबाट हात हल्लाउँदै निताको अगाडीपट्टी रहेको मेचमा आएर बस्छिन् कविता)

कविता : कतिखेर भो आको ? आउन ढिला त गरिन नी मैले ? Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

गजल : गीत गाउने चरी तिमी

~अर्जुन खनाल~

मिर्मिरेमा भाका हाली गीत गाउने चरी तिमी
सुकोमल सुकुमारी स्वर्गकी हौ परि तिमी

अलौकिक, अद्वितिय माया बर्साइदियौ
सुख्खा मन भिजाउने प्रेमरुपी झरी तिमी Continue reading

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : धुलिखेलको प्रेम

~विक्रम सुब्बा~

म आफ्नै किसिमले घुम्छु भन्ने थाहा पाएर कहिले काहीँ सोध्छन् – ‘नेपालमा तपाइँको फेवरेट ठाउँ?’ म जवाफ दिन्छु – ‘पोखरा, गोदावरी र धुलिखेल ।‘ सोध्ने – ‘किन, कारण के हो?’ म – ‘यी ठाउँ सफा छन् । मेरो निम्ती सफा-सुग्घर भएर बस्ने मानिस सभ्य हो । यी तीन ठाउँमध्ये धुलिखेल पुगेपछि मेरो परिवारकै जस्तो होटल सन्चालकसँग बसेर खान्छु । उनका कुरा सुन्छु । उनका व्यवहारहरू अध्ययन गरेर होटल व्यवसायीका राम्रा पक्षहरु र सुधार गर्नु पर्ने पक्षहरू थाहा पाउँछु, सिक्छु ।‘ सोध्ने – ‘अरे किविजी, के त धुलिखेलमा फोहोर कतै कहीँ पनि छैन? धुलिखेलमा तपाइँलाई घरकैजस्तो खाना खुवाउँने को हो तेस्तो Guest friendly  होटल व्यवसायी?’’ Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : एउटा बटारिएको अनुहार

~अशोक पौडेल ~

यमराज जि आज्ञा गर्नुहुन्छ
भन्नुहोस चित्रगुप्त जि,
उ त्यो
पालो परेको,
एउटा
बटारिएको अनुहार
कस्को हो?
को हो?

उत्तर: Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पँधेरीमा भेटौंला

~अमृत सिङ थिङ~

पानी पिउने वहानामा पँधेरीमा भेटौंला
तिमी धागो म तेल साथै अँधेरीमा भेटौंला

आउँदा जाँदा खेरी बाटोबाट सिट्ठी नफुक
मेला जाने निहुपारी खेत बारीमा भेटौंला Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता: द्‌याम्बुली त ओढल्याँहा पो गएछ !

~दिल थापा~

मंसिरे रोगी शीतको मिठो स्पर्शसँगै
लेकबाट झरेका दयारिहरु
दाइँ हाल्न श्रीगणेश गर्छन् ।
खलाको समीपमा रहेको कुन्नीयोलाई फोडेर ।
जाँडको तरुनी छोक्‍र्रालाई सम्झँदै
रक्सीको पेन्सन पत्तालाई सम्झँदै
कुहिरो लागेको फाँटतिर बसेर ।
घामले कुहिरोलाई चिर्ने आसमा । Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अन्तिम यो भेट हो ?

~भेषराज रिजाल~

छन्द : शार्दूलविक्रीडित

गायो कोयलले मधूर स्वरले तानी दियो यो मन
हाँस्यो त्यो वन कुञ्जका अधरमा सौन्दर्य फैलाउन
फैलेथ्यो रविको सफा किरण त्यो छायो नयाँ जीवन
देख्दैछौँ भन ! आज लाल नयनै आँसू लिएको किन ?

नौलो त्यो पथमा नयाँ प्रहरमा हिँड्यौँ र पो भेटियौँ
साथै भै छिचल्यौँ अनेक पिरलो हामी चुलीमा पुग्यौँ Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : समयले दिएको रोग

~लक्ष्मी बिष्ट~

रोड–रोडमा हिँड्ने, रोगी झैँ बनेर ।
कसैले चिन्दैन आज, फल्ना हो भनेर ।।
चित्कारलाई सोध्छु, बाध्यता हो भन्छ ।
समयलाई सोध्छु, बिवसता हो भन्छ ।

हिजोको मुस्कान, खै कता हरायो ? आज यो के देख्नु पर्‍यो
तिमीलाई साँझी राखी, सधै मुस्कुराउँन कालै पर्‍यो Continue reading

Posted in कविता | Tagged | Leave a comment