कविता : तिर्खा

~सङ्गीत नेम्वाङ~

साहब!
तिम्रो शासनको चूङ्गुलमा फँसेर
रासनको आश गरिरहने मान्छे हुँ म।

सोच्थे….
म त्यो एक्लो मान्छे होला
जस्ले भाग्य कोर्ने भाभीलाई गाली दिन्छ, सरापछ
तर यहाँ छन् म जस्ता हजारहजार अरूपनि
जसले रासनलाई शासन सम्झन्छन्
शासनलाई रासन।
मानौं रासन र शासन दुवै शब्दको एकै अर्थ भेटिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मानिसदेखि तर्सी तर्सी म भागिरहेछु

~किरण खरेल~

मानिसदेखि तर्सी तर्सी म भागिरहेछु
मलाई कोही नडाक राक्षस बनाउन
मानिसदेखि तर्सी तर्सी

यहाँ सत्य बिक्छ यहाँ माया बिक्छ
सबैभन्दा सस्तो यहाँ मानिस बिक्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिम्रो उचाइ छुनै सकिनँ

~निलिमा पुन~

म तिम्रो कोखमा हुर्कँदै गर्दा
घलेकीले छोपी छोपी लुकायौ आमा
दश महिना आफ्नै शरीरभित्र
माया गरी गरी बचायौ आमा
म त बयान गर्नै सक्दिनँ
तिम्रो मायाको उचाइ छुनै सकिनँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरा अघिका कल्पना

~अज्ञात~

मेरा अघिका कल्पना कल्पिकल्पी बिलाए
देखेका ती सपना तिमीसँगै हराए

परपरका तारा गनिगनी रात बिताए Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : मेरो देश – मेरो स्वर्ग…

~बसन्त चौधरी~

जस्तै अभाव भए पनि, अर्काको भिख मागिदैंन
मेरो स्वर्ग नेपाल हो, अर्को स्वर्ग चाहिँदैन

मेरो मुटु यो ढुकढुकी, देशको माया राख्ने ठाउँ
यही देश बाहेक अर्को छैन मेरो बाँच्ने गाउँ Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गीत : नआउ जुन कोठामा राती

~रत्न शमशेर थापा~Ratna Shamsher Thapa

आ ……………………….
नआउ जुन कोठामा राती मसँग लाडिन
कसैको भइसकेको मन सक्दैन बाँडिन

सुकिली राम्री सुकुमारी छौ तिमीमा छ जवानी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : के हेरेको छस्

~हिराछवि श्रीशा~

गरिब मर्‍या मरै छ के हेरेको छस् ।
सीमा सर्‍या सरै छ के हेरेको छस ।।

ए सरकार कति बस्छस मूर्ति बनेर ।
बाचा टर्‍या टरै छ के हेरेको छस् ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देशको हाल

~शिशिर शर्मा~

यहाँ देश बनाउने नेताहरूबीच नै मेल छैन
फोहोरी राजनैतिक खेल छ
यहाँ अपराधी र भ्रष्टाचारीलाई जेल छैन
सत्ता र कुर्सीका लागि पेलापेल छ

यहाँ गरिबको घर दुई छाक भात छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पाउनु पर्छ

~दिपेन्द्र “अश्रुमाली”~

खोटाङेले हाम्रो लमजुङ भन्न पाउनु पर्छ
जाजरकोटले इलामेली बन्न पाउनु पर्छ

हाम्रो देश धनि भ’को हेर्ने भए सरकार
मुस्ताङको स्याउले बजार टन्न पाउनु पर्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : क्रान्तिका आवाज

~कृष्णराज पौडेल “सञ्जाल”~

सकारको फेरबदल, जनताका इच्छा मरे
गए सत्ता पाए भक्त आफ्नै लागि पेट भरे
निमुखाका चिसा चुला कुन दिन बल्नेछन्
सामन्तको सरकारलाई जनता आफै ढाल्नेछन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ताप्लेजुङ डाँडैमा

~लता शर्मा~

भुरुरु उडेर गयौं सातैजना, ताप्लेजुङ डाँडाँमा ।
धुरुरु रुवाउँदै फर्कियांै पोको परेर झोलामा ।

दुई हजार पचहत्तर साल, फागुनको पन्दै्रमा ।
बुधवारको दिन थियोे, मौसम पनि डम्ममा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : पेट

~महेश पौड्याल~

उसका कविता र हृदयसरोवरमा भेटिने
प्रेम लहरी र मानवताका गीत
तथा उसले दिनहुँ खोल्ने र बन्द गर्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म दलित हैन नि !

~अमृत सिङ थिङ~

मेरो स्वरहरू तिम्रो जस्तै छ
मैले देख्ने ,तिमीले देख्ने
दृश्यहरू सबै उस्तै छ
आऊँ हेर , पानीलाई छोऊँ
तिमीले छुँदा साङ्लोको साङ्लै
मैले छुँदा धमिलो भाको छ र ?
अनि ! म कसरी दलित ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली कविता : उदासी

~ब्रज मोहन झा “सोनी”~

डेग डेग पऽ गाम सहरमे
सगरो नोर भोकासी अछी,
नोर बहा लोक सुती रहल
तँय हमरो छायल उदासी अछी ।

ओइ दिन ओकरा घर चोर गेलै, Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

भलाकुसारी : नेपालमा नयाँ जे काम गरे पनि पहिलोपल्ट हुन पुग्छ ~ रामकुमार पाँडे

~रामकुमार पाँडे~Ram Kumar Pande

कुनैबेला नेपाली विद्यार्थीले आफ्नो माध्यमिक शिक्षा पूरा गर्न रामकुमार पाँडेको रचना पढ्नैपर्ने बाध्यता थियो । हास्यव्यङ्ग्यमा लाग्नेहरूका लागि त रामकुमार पाँडे सम्पूर्ण कोर्स बुक नै हुन् भन्दा फरक पर्दैन ।

शिक्षा संकायतर्फ पाँडे भूगोलका प्रथम प्राध्यापक पनि हुन् । उनैले विश्वलाई पहिलोपटक ‘उचाइ भूगोल’को विषय दिए । नेपाली भूगोलका विज्ञ टोनी हेगेनले उनलाई नेपाली भूगोलका अद्वितीय प्रतिभा भनेर सांर्वजनिक प्रशंसा गरेका थिए । Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

कथा : नलेखिएका कथाहरु

~बसन्त श्रेष्ठ ‘क्षितिज’~

तप्प !

मेरो दाहिने हत्केलाको छेउमा खसेका थियो ।

‘दुई थोपा आसुँ’

रङ्गबिहिन आसुँ,आकारबिहिन आसुँ र लक्ष्यबिहिन आसुँ । लाग्यो,एक किस्सा बोकेर आएको छ आसुँसँगै । सुस्तरी देब्रे हातको औंलाहरुले आसुँ सम्हालेर मेटिदिए । लुकाइ दिए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अर्चना

~सन्तोष आले~

तिम्रो चोखो प्रेम – जलले
मनको तृष्णा मेटाएको छु
तिम्रो दिव्य सौन्दर्यले
मेरो संसार सजाएको छु।

प्रेमको झरी बर्सिरहनू तिमी
आनन्द मानेर भिजिरहन्छु म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : “………” प्रति

~गोपालप्रसाद रिमाल~

कुन्नि (कुन अल्लारेपनमा)
कुन जून लिपेको सरमा,
कुन सूर्य फुलेको नभमा,
कुन चरीको बोली फुटेको, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : मातृ पूजाको परम्परा

~मित्रदेव शर्मा~

दक्ष्यकन्या सती देवीको कुण्डमा दहेको देह शोक विरहोन्माद महादेवले बोकेर विश्व परिभ्रमण गर्दा शवदेहका गलित अङ्गहरू टुक्रिँदै पृथ्वीमा झर्नथाल्छन्। अङ्ग आभूषण स्खलन भएका स्थानहरू भारतका चारकुनामा चार शक्तिपीठ तथा धेरै अरू स्थान भैरव तीर्थ रूपमा श्रद्धालुहरूका आकर्षण केन्द्र बन्दछन्। पूर्वको कामाक्ष्या, दक्षिणको मीनाक्षी, पश्चिम क्षेत्रको हिङ्गलाज तथा उत्तर क्षेत्रको ज्वालामुखीको ख्याति तथा इतिहास, यही परिघटनासित गाँसिएका छन्। मातृ पूजाको आदि शक्तिपीठ हिङ्गलाज तीर्थ पाकिस्तानको बिलूचिस्थान प्रदेशको लालबेला क्षेत्रमा पर्छ। अरू तीन भारतवर्षमा छन्। Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : “किनाराका आवाजहरू” को अङ्ग्रेजी संस्करण

~नेत्र एटम~

लब्धप्रतिष्ठित कवि मनप्रसाद सुब्बा र भारतीय नेपाली कविता जगत्मा आफ्नै ठाउँ बनाइसकेकी रेमिका थापाका कविताहरूको संयुक्त सङ्कलन किनाराका आवाजहरू-को अङ्रेजी संस्करण सुनचरी प्रकाशनले प्रकाशित गर्दैछ। छापामा गइसकेको यो अंग्रेजी संस्करणमा मनप्रसाद सुब्बाका कविताहरू स्वयं कविले अनुवाद गरेका छन् भने रेमिका थापाका कविताहरूको अनुवाद डा. कुमार प्रधानले गरेका छन्। सुनचरी प्रकाशनको निकट भविष्यमै द भोइसिस फ्रम द मार्जिन-को लोकार्पण गर्नेछ। स्मरण रहोस्, किनाराका Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

अनूदित जापानी बाल लोककथा : बाँदर र भगेँराको नाच

~प्रा. डा. सुषमा आचार्य~

एकादेशमा जापानको एउटा गाउँमा एउटा बूढो मान्छेको परिवार बस्थ्यो । एकदिन त्यो बूढो मान्छे रुख काट्ने जंगलतिर छि¥यो ।

एउटा पहाडको फेदीमा पुग्दा बूढोले टाढाबाट आएको गीतको मीठो आवाज सुन्यो र त्यतैतिर अगाडि बढ्यो । बूढो मान्छे नजिकै पुगेर हेर्दा सयौं बाँदरहरू पिउँदै, गाउँदै र नाच्दै गरेको देख्यो । उसलाई पनि खुब रमाइलो लाग्यो तर त्यहाँ जान सकेन । Continue reading →

Posted in अनूदित कथा, बाल कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

समीक्षा : गंगाका गजलमा भावस्नान

~सदानन्द अभागी~

‘गजलमा अत्यावश्यक पर्ने शिष्ट कोटिको तीक्ष्ण शृङ्गार र तिरोहित व्यङ्ग्य मन मोहक छ’ –शिवप्रसाद सत्याल ‘पीठ’

‘गंगाका गजलमा घरदेशको पीडा र प्रदेशको हाँसोसम्म जन्मभूमिको आह्वान र कर्मभूमिको कर्तव्य जोडिन पुगेको छ । यसैले सगरमाथाको हिउँखोली बगेर समुद्रतलमा पुगेको अनुभूति गंगाले गरेकी छन् ’–गोवद्र्धन पूजा

‘सरल,मीठा र रसिला गजल गंगाले लेख्नुभएको छ’–होमनाथ सुवेदी Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : थाहै भएन

~चम्फा गौतम~

समय चलिरहेछ, चलिरहेछ,
तर कसरी चलिरहेछ, थाहै भएन ।

जिन्दगीको होडबाजीमा अघि बढ्दाबढ्दै,
कहिले उमेर बितिसकेछ, थाहै भएन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के म गलत थिएँ र ?

~सिर्जना सिंखडा~

बामे सर्दै थिएँ बिस्तारमा
अनि कोही आएर तल झारी दिए
माथि जाने कयौ कोशिस गरेँ
सकिन कसै गरेनि सकिन
के म गलत थिएँ र ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समानताको अँध्यारो संसार

~चन्द्र मेघि गुरुङ्ग~

मलाई उज्यालो देखि डर लाग्छ आजकल
जब झलमल्ल उज्यालो हुन्छ
देखिन्छ स्पष्ट सबै
लुक्दैन उज्यालो भित्र
वरिपरिका नमिठो थिचिमिचो
गन्हाएका भ्रष्टाचार
पतित राजनीति
लुटतन्त्र
खान नपाएका ख्याउटे अनुहारहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ए आँधि वेरी तँ त बैरो रहेछस् !

~लता शर्मा~

ए आँधि वेरी तँ बैरो, अनि अन्धो रहेछस् ।।
प्रकृतिको बिनास गरी आफु बन्दो रहेछस् ।

धुलो उड्यो आकाशमा भयो कुईरी मण्डल ।
हाहाकार मच्चियो जताततै भयो खलबल ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेम सेलाएछ

~समिर सोदेम्बा~

प्रेम सेलाएछ दुनियाँमा, यहाँ युद्ध चल्दैछ
मुटुहरू काम्दै डरले, यहाँ वर्तमान चल्दैछ

स्वार्थी दुनियाँमा, आफ्नैलाई मात्र हेर्छन्
प्रेमहीन दुनियाँमा, मृत्युको खेल चल्दैछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ….गल्ली

~गेहेन्द्र अधिकारी~

हर गल्लीहरूमा मन्दिर
देख्ने गरेको छु,
तर विडम्बना बिना पुजारीका,
रात्रिकालीन र झिसमिसेमा धाउने भक्तहरूका साथमा
नत संध्याकलिन आरती हुन्छ
नत बिहानीमा धण्टी नै बज्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अघि बढ

~कुबेर काका~

हुक्के, द्वारे र बैठके, चम्चेका संगमा बसी
बिक्नेकाे शीर गनेरै, काटिन्थाे गाउँमा खसी
सित्तैमा टर्दथ्याे छाक, खान बस्थे घुँडा धसी
सकिन्न लेखेर कैह्ले, सकिन्छ लेखने मसी

चुनाबी लहर मुस्लाेमा, भाेज भतेर चल्दथ्थाे
खाएकाे एक छाकैमा,भविष्य बुझ बल्दथ्याे
खर्चिने श्राेतका लागि,याेजना जब बन्दथ्याे
बरै भतुवा बस्नेकाे, सपना सब मर्दथ्याे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : पाँच-सात-पाँचको गणित ~प्रकाश पौडेल ‘माइला’

~प्रकाश पौडेल ‘माइला’~Prakash Poudel Maila

हाइकु कविता लेखनको एउटा शैली हो। नेपाली साहित्यमा हाइकुले बल्ल साँढे पाँच दशक पार गरेको छ। विसं. २०१९ सालमा शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याएका हुन्। लामो समयदेखि हाइकु लेखिरहेका प्रकाश पौडेल ‘माइला’को नयाँ हाइकु किताब ‘हजार हाइकु’ प्रकाशित छ। उनीसँग गरिएको हाइकु–संवाद :


हाइकु साहित्य के हो ?  यो कसरी लेख्ने ? Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

छोक : माइतीको देश

~महेश पौड्याल~

चेलीले पल्लो डाँडोमा उक्लेर गाइन् गीत—
“त्यै र पापी तमालैले
छेक्यो बरै माइतीको देश !”

घरबाट बूढा बाले भने- Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विवस

~डा. सबिता सुबेदी~

प्रिय ऐना,
तिमी मित्र बनिदेउ |
जब राता गाला, गाजलु आँखा, कालो घना केस
लिएर तिमीलाई दैनिक हजार पटक भेटिरहेकी म
तिमीलाई सच्चा मित्र ठानेर मुस्कुराउँदै
भलाकुसारी पनि गरेकी म
आज मुजा परेका पिडादाइ अनुहार,
कलेठी परेका ओठ Continue reading →

Posted in कविता | Tagged | Leave a comment