कथा : एक मनोवाद, एक कथा !!

~उमेश सामिप्य कान्छा~

फेसबुक सायद सबैको दैनिकीमा पर्छ होला… एकसाँझ यसैमा चल्दै बस्दा एउटा Add Request आयो… नाम थियो – सफल पौडेल … प्रोफाइल हेर्ने रहरले उसको नाममा क्लिक गरें… सबै लुकाईएका रहेछन्… मैले करिब २०० friend Request Pending मा राखेको थिएँ… खै के सोच्यो मनले त्यो Request Accept गरें… उसको Wall हेर्न थालें… केही गजलका टुक्राहरु अनि घतपर्दा केही वाक्यांश भेटें.. मन बहलाउन सफल रह्यो…

म काबेरी सिग्देल… काठमाडौँनजिकै एउटा गाउँमा हुर्किएकी केटी… १० सम्मको पढाई उतै सकेर काठमाडौँ छिरें… साहित्यमा रमाउँछु त्यसैले कहिले कहिले कोर्ने पनि गर्छु… योभन्दा बढ़ी आफ्नो परिचय कसरी दिनु? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ईश्वर आएर !

~शेखर बिकल्प~Shekhar Bikalpa

एकदिन पक्कै बोलाउनेछन् ईश्वर आएर !
यस्तै सोँच्छु हरेक बिहान जल चढाएर !

साथी – सुख, दु:ख दुबैलाई मान्न खोजेँ
तर खुशी तर्कि हिँड्छ आँखा जुधाएर ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

संस्कृति परिचय : बिस्केट जात्रा र विक्रम संवत्

~सुभाषराम~

वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्तिलाइ नेवार संस्कृतिमा एक पर्वको रुपमा मनाइन्छ । यस दिन उपत्यकाका धिनाच्व, सिच्व, र पूmच्व डांडाहरु चढ्ने र मेला भर्न जाने गरिन्छ । यहि दिन चिराइतो राखी बनाइएको खाई क्वाति (तीतो क्वाँटी) खाने चलन पनि छ । त्यस्तै मकर संक्रान्ति पनि नेवारहरु क्वाँटी, घिउ, चाकु र पालुंगो खाई महत्वका साथ मनाउ“छन् । यी दुई संक्रान्तिहरु (नेपालभाषामा खाई संल्हु र हाम्वः संल्हु) बाहेक नेवारहरु वर्षभरिका सम्पूर्ण परम्परागत चाड, पर्व, जात्रा, उत्सवहरु चन्द्रंमासको तिथि अनुसार मनाउ“छन् । नेपालमा विक्रम संवत भित्रिनु अघिदेखि नैं संक्रान्ति, पूर्णिमा, अष्टमी आदी मनाउने गरेको कुरा Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

अनूदित लेख : अनुवाद कला – केही आधारगत कुरा

~डा. हरेराम पाठक~
अनुवाद : खडगराज गिरी

मानव सभ्यताको इतिहास जति नै पुरानो छ अनुवादको इतिहास, यसको रेङ्खाकन 3000 ई. पू. भनेर विद्ववानहरूले गरेका छन्, मिस्रको प्राचीन राजधानीस्थित सम्बद्ध अलीफेंटाइना नामक द्वीपमा दुई भिन्न भाषामा खोपिएका शिलालेख यसका साक्षी हुन्, यी सिला लगभग 3000 ई.पू. का मानिएका छन्। निचोरमा भन्न सकिन्छ कि यस संसारमा जहिलेबाट भाषा – साहित्यको विकास हुन थाल्यो, तहिलेबाटै अनुवाद परम्पराको तालनी हुँदै आएको हो। वर्तमान शताब्दीमा विश्व साहित्यको विकसित अवधारणाका लागि अनुवादको विशिष्ट महत्व छ, त्यसैले बीसौं शताब्दीलाई अनुवादको युग भनिएको होला। पाल एन्जिलले भनेका छन् – As the world shrinks, the need for translation expands, it seems likely that, for the Continue reading

Posted in लेख | Tagged , | Leave a comment

गजल : पिपल अनि बर सम्झिएर

~रमेश अधिकारी~

देउरालीको पिपल अनि बर सम्झिएर
जहिले रुन्छ परदेशी मन घर सम्झिएर

भन्नेहरु भन्छन मलाइ भाग्यमानि रैछस
हासोँ उठ्छ यस्तो सुन्दा खप्पर सम्झिएर Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : आमाको उपदेश

~आनन्द पौड्याल~

पैसाको निम्ति नजाउ पर मातृ नै छोडेर ।
अशक्त हुँदा को होला हेर्ने माया नै गरेर ।।
परदेश गई के नै पो होला स्वदेश गुमाई ।
फर्क हे प्यारा आमाको विन्ति बसौँला रमाई ।।

मनुष्य चोला पाएर तिमी खुशी हौ जहिले ।
यो चोला खोजी पाउने छैनौ तिमीले कहिले ।। Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : डोरी बाटौं न प्रिया

~अरुण ढकाल~

जीवन ढलिसक्यो मायाको डोरी बाटौं न प्रिया
एक अर्काको मनपेट छिट्टै साटौं न प्रिया

जोडिएको छ धेरै कुरा तिम्रो र मेरो बिचमा
दुवै परदेशी सँगै मिली डाँडा काटौं न प्रिया Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : गैरी खेत

~नविन काफ्ले अभि~

ए हरी त्यो बिउ फाल्त यता मेरो मेलो पछाडी परि सक्यो । ठुल दिदी माथिल्ला गडाबाट कराईन । जेठको २५ लागि सकेको थियो । बर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो । गाँउ भरिको मुल घर प्रधान ठुला बाको थियो त्यस पछि हाम्रै घर थियो । मेरा बा गाउका मुखीया थिए । मुखीयाको रोपाई भएर होला सायद त्यो बेलामा गाँउभरीका प्रत्येक घरबाट एक जनाका दरले रोप्नेरी पठाई दिने चलन थियो । रोपाईका गडाबाट म दौडिदै विउ गडामा गएर बिउका आँठाहरु रोपाई गडातिर हुर्राए । हाम्रो त्यो जमानामा गैरी खेतका नामले प्रचलित बुढापाकाले तौलीने पाथिको २० पाथि बिउ लाग्ने खोला खेत थियो । खोलाबाट नजिकै र कुलोको मुखमा भएर होला हाम्रो गैरी खेत सधै सधै जेठ महिनामै रोपिन्थ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Micro Story : I don’t know

~Eagam Khaling~

A stranger has come to their house and secretly conversing with husband. Wife is preparing two cups of black tea for them. At the very moment, the husband comes into the kitchen and modestly asks her clarifying the matter,
“The gentleman sitting in our meeting room is a multimillionaire and he wants to buy me at any cost. What do I say to him?” Continue reading

Posted in Micro Story | Tagged , | Leave a comment

कथा : बन्ध्याकरण

~राजु अधिकारी~

गा.वि.स. परिसरमा लागेको तीन दिने स्थायी बध्याकरण शिविरमा बन्ध्याकरण गर्न भनेर जुठीले पनि धेरै पहिले नाम लेखाएकी थिई । कसैलाई सोधेर या कुनै आमा समुहले कर गरेर लगेर होइन ऊ आफै गएर स्वतस्फूर्त नाम लेखाएकी थिई । शिविर शुरु भएको पहिलो दिन मै आफ्नो पालो कुर्न ऊ बिजौरी स्कुलतिर लागी । पहिले जस्तो बन्ध्याकरण गर्न खोजीखोजी मान्छे ल्याउने आवश्यकता अहिले थिएन परिवारको रहर पुगेका महिलाहरु आफै नै खोज्दै शिबिर जान्थे । त्यसैले त्यो तिन दिने शिविरमा पनि मनग्य महिलाहरु सहभागि थिए । सबैजसो आफ्ना परिवारका सदस्यहरु सँग आएका थिए । तर जुठी एक्लै आएकी थिई, ऊ सँग आउने पनि कोही थिएनन् । साहिँला बाजेको छोरो कुमार स्वयंसेवक भएर त्यहाँ आएका चिक्त्साकर्मीहरुलाई सघाइरहेको थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

विचार मन्थन : जीवनमा सफलताको रहस्य के हो ?

~आशिष थापा~

आध्यात्मिक मनोवैज्ञानिक ओशो आफ्नो प्रवचनमा विभिन्न आयाम मा कुरा गर्न रुचाउँथे, त्यस मध्ये एउटा रोचक प्रसङ्ग, जीवन र प्रेम को थियो। उनी भन्थे, एउटा समुन्द्र को जीवलाई सोध्न मिल्छ भने सोध्नु, जीवन के हो ? उसको उत्तर हुन सक्छ, चारै तिर पानी नै पानी छ, जीवन जल नै हो र जल नै जीवन हो। तब उसलाई भन्नु कि जीवन के हो, व्याख्या नगर, भन मात्रै, सायद त्यो क्षण केही असहज हुन सक्छ। वास्तवमा, उनको कुरा ठिक हो। सबै भन्दा प्यारो चिज जीवन को विवेचना गर्न सहज छैन किनकि जुन चिज सबै भन्दा प्यारो हुन्छ, उक्त चिज को व्याख्या गर्न प्राय सबै असमर्थ देखिन्छन्, यदि समर्थ छन् भने पनि त्यो अधुरो हुन जान्छ। खास गरी, जीवन जिउनु नै यसको उच्चतम व्याख्या Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कविता : म

~सौगात भुर्तेल~

म भ्रमको खेती गर्दिन सत्यतामा जिउने प्रण गर्छु
ती फिक्का सपनामा आफ्नै सोचले बुट्टा भर्छु ।
मेरो चट्टानमा पनि फुल फुलाउने ईछ्या छ
किताबमा विश्वास छैन मलाइ किनकि आफै भित्र शिक्षा छ ।।

अनियन्त्रित बनाई नरोक मेरो लक्ष्यलाई
यमराजले लग्या छैन मेरो सैतान पक्षलाई । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो सामु

~अलका मल्ल~

तिम्रो सामु मैले केही
हराएँ जस्तो लाग्छ
नबोलेरै तिमीसँग
भाव पोखुँ जस्तो लाग्छ

लामो त्यो केश फिजाउँदा Continue reading

Posted in नेपाली गीत | Tagged | 6 Comments

स्वदेश गान : देशको माया

~आविष्कार कला~

मायाको गीत गाउँ है साथी देशकै मायाको
तराई पहाड शीतल दिने हिमाली छायाको ।

पूर्वमा बग्ने मेचीमा नदी महाकाली पश्चिम
सुन्दर बनोस् यो मेरो देश नवनोस् सिक्किम । Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गजल : दिल सिलाई दिईन्

~धन बिष्ट~

एउटी आएर मेरो फाटेको दिल सिलाई दिईन्
धेरै धन्यवाद छ जसले यो अवसर मिलाई दिईन्

माया त गर्थे पाउँथेर कहाँ यति धेरै मैले नि
छोडेर गइन दिल तर धेरै माया दिलाई दिईन् Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : उन्यु पुनः टुसायो

~अमृता बुढाथोकी~

चैत्रको महिना, दिउसोको त्यस्तै तीन बजेको हुँदो हो, टन्टलापुर घामले टाउँको खप्नै नसक्ने गरी पोलिरहेको थियो । ललितपुर ज्वागलकको युएन पार्कमा लगाइएका काइयो, मसाला, बकाइनो प्रजातिका वनस्पति एकले अर्कालाई गिज्याउँदै आआफ्ना नयाँ पालुवा फेर्नमै व्यस्त थिए । उनीहरुलाई आफ्नो नियमित प्रकृया अघि बढाउनै आतुर थियो ।

छेउमा लटरम्म फूलेको असारे फूलले आफ्नो काखैमा नयाँ पालुवा हाल्न नसकेर जिङ्ग्राई रहेको उन्युलाई खिज्याइरहेको आभाष हुन्थ्यो । हो त्यही बेला, अनिता आफूलाई उन्युमा समाहित गर्दै थिई । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : पहिलो रात

~अर्जुन थापा~

पात्रहरु :
१. दुलाह
२. दुलही

समय : रातको १० बजे

स्थान : पुरानो घरको एउटा सानो कोठा

दृश्य चित्राङ्कन :

(दुईवटा झ्याल । एकमा पर्दा भएको अर्कोमा नभएको । झ्यालको छेउमा एउटा नयाँ खाट । पुरानो सिरक । ठुलो नयाँ दराज । भित्ताहरुमा किलै किला ठोकिएको । झ्यालका सिसाहरुमा झिङ्गाहरु रमाइरहेका । कोठा बाहिर ठिक्कको बार्दली । दुईटा मेच घोप्टो पारेर राखिएको छ । सफा आकाश । आकाशमा प्लेन उडेको आवाज आईरहेको छ । घरका अरु मान्छेहरु यताउती गरेको आवाज आईरहेको छ । दुलाह त्यही नयाँ Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : यही हो कमल..

~लक्ष्मी बिष्ट~

आज सम्म के–के लेख्यो, कलम यो
सकेन लेख्न, मात्र एउटा शब्द त्यो

नाम अनेक, कोर्ने नै काम एक Continue reading

Posted in कविता | Tagged | Leave a comment

समालोचना : अभीष्टको खोज’ – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास?

~नवीन पौड्याल~

१. आमुख

नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखा परेका हुन्। यद्यपि उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका प्रकाशित पुस्तकाकार कृतिहरूमा तीनवटा उपन्यास ‘अभीष्टको खोज’ (सन् १९९२), ‘द्रोह’ (सन् २००२), ‘विद्रोह’ (सन् २००५), एउटा कथासङ्ग्रह : ‘मेरो मनको साइनो तिम्रो मनलाई’ (सन् १९९२), दुईवटा कवितासङ्ग्रह : ‘समृद्ध व्यथा : कङ्गाल अभिव्यक्ति’ (सन् Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

लघुकथा : अविरल यात्रा

~हरिप्रसाद भण्डारी~

“कठिन यात्रा !” धेरैले यसै भन्थे ।

एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू । थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर ।

कहिले भीरको बाटो, कहिले जङ्गलको बास । यात्रा कहाँ हुन्छ र सुगम ! चितुवा र ब्वाँसाको झम्टाइ, तीखा ढुङ्गा र काँडाको घोचाइ । भोकप्यासका कुरा त सामान्य हुन्छन् यात्रामा । बाटो सजिलो थिएन, आस्था बलियो थियो । आस्था र विश्वासका भ¥याङ चढ्दै, आशा र भरोसाका जङ्घार तर्दै अघि बढ्दै थिए यात्रीहरू । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : वि.पी. कोइरालाका कृतिहरूको अनुवाद

~ईश्वरमान रञ्जितकार~

आधुनिक नेपालको राजनीतिक वृत्तमा मात्र नभई नेपाली आख्यान साहित्यमा पनि एउटा सुपरिचित एवं सुप्रतिष्ठित नाम हो विश्वेश्वरप्रसाद कोइराला । यिनले विभिन्न चरित्रका पात्रहरूको विशिष्ट मनोजगत् उद्घाटनले नेपाली कथासाहित्यमा अभिनवत्व प्रदान गरे । आˆना कृतिहरूको माध्यमबाट उनले जीवन, इतिहास, देश, समाज, साहित्यको साथै धर्म, नीति एवं अध्यात्म विषयमा अनुसन्धान गर्न प्रेरित तुल्याए ।

तर साहित्यकारका रूपमा यिनले आˆनो राजनीतिक सिद्धान्त, वाद, विवाद वा आदर्शको प्रचार भने कहिल्यै गरेनन् । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पत्र कथा : धान भनेको के हो भनेर सोध्छन् तरुनीहरु

~आनन्द पोखरेल~

बा ढोग गरेँ है !

आमालाई पनि ढोग छ, अनि बाइ बहिनीलाई लामो सम्झनाका साथ शुभाशिर्वाद । गाउँलेहरुलाई साइनो अनुसार नमस्कार सुनाइदिनु है ।

म यहाँ आराम नै छु, आशा छ घरमा पनि सबै जना आराम नै होला । Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कविता : म त एक शिक्षक हुँ

~चम्फा गौतम~

नेता हैन अभिनेता हैन न त भ्रष्टाचारिनै हुँ !
खुसी लाग्छ आफैमा म त एक शिक्षक पो हुँ !!
न त म चाकरी र चुक्ली लगाउने खालको हुँ !
म त ज्ञान बाँड्ने एक निस् कपट शिक्षक पो हुँ !!

म आफ्नो स्वार्थको लागी मात्र लड्दिन !
राष्ट्र र राष्ट्रियताका लागि लड्न पनि म पछि पर्दिन ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

केस्रा : दर्द

~व्योम जी अवतार~

मुटूमा भएको पिलो
पाकेर झन भो हिलो

निको बनाउन खोज्दा Continue reading

Posted in केस्रा | Tagged | Leave a comment

गजल : रहर भयो मेरो

~सदानन्द अभागी~

जिन्दगी छोटो ठाने जिउने रहर भयो मेरो
घटना जति घटे घटुन् बाँच्ने ठहर भयो मेरो

खडेरीले जति चुसेचुसोस् ओइल्याउने भा’छु
आखिर पर्दा खडेरी नै सिञ्चित नहर भयो मेरो Continue reading

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य छोक : मन्त्रिमण्डल

~अर्जुन पराजुली~

कुनै घरको भित्तो फोरिएन
कुनै मन्दिरको मूर्ति चोरिएन
कुनै बैंक लुटिएन Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

खोजपत्र : याङसिला : ईतिहास र रोमान्स मिस्रित एक कथा

~विक्रम सुब्बा~

१। प्रारम्भ —

डा. हरिराज भट्टराई[1]रचित पाँचौँ सृजना कृति ‘याङसिला’को पाण्डुलिपी पढेँ । चीनिया सभ्यताका सबैभन्दा प्रख्यात योद्धा, मंगोल पहिचान तथा साम्राज्यका सँस्थापक चंगेज खान[2]का नाती तथा चीनमा वुद्ध धर्म अपनाउँन सुरु गरेका कुब्लाई खान[3] र कुब्लाई खानका पनि नाती टिमुर खान[4] समेत ईतिहासमा नाम चलेका मंगोल सम्राट हुन् । तात्कालिन नेपाल (काठमाण्डु)उपत्यकामा जयरुद्र मल्ल[5] र जयराज देव[6]को शासन काल थियो भने पश्चिम नेपालको जुम्लामा (‘चल्ल’बाट ‘मल्ल’मा फेरिएका) खस[7]हरूका पूर्खा नागराजका सन्तानहरू मध्ये वुद्ध मार्गी भइसकेका खस शासक रिपू मल्ल[8]पछिका आदित्य मल्ल, पुण्य मल्ल र फृथ्वी मल्लहरूको Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

Story : Metamorphosis

~Jiwan Kshetry~Jiwan Kshetry

I had been aware of the odd glance given by everybody else in the crowded jeep. Was it my attire or was it my face that was drawing attention of so many people? Either way, I chose the spot where I would get off and asked the driver to stop the vehicle. Everybody looked startled: much of the day had passed and this part of road lay in the middle of the jungle. Even the driver looked me through the rear-view mirror with doubt in his face. When I firmly said this was indeed where I wanted to get off even though I had paid fare for much more distance, no one could really object. Continue reading

Posted in Story | Tagged | Leave a comment

सूत्रकथा : मौनता

~प्रद्युम्न श्रेष्ठ~

प्रेम गर्दा चन्द्रमुखी प्रेमी, भरखरै विवाह गर्दा परिवारकै उ सूर्यमुखी थिई। समय बित्दै Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

नेवारी समीक्षा : नेपाल भाषाया काव्य

~सुभाषराम~

नेपालभाषा काब्ययात तःहाकःगु इतिहास दुगु ख“ अनुसन्धानं प्रमाणित जुइ धुंकूगु दु । नेपालभाषाया पुलांगु काव्य फुक्क धैथें म्येया रुपय् दु । उकिं पुलांगु काव्ययात पुलांगु म्ये नं धयातःगु दु ÷ धायेगु याः । अनुवाद, टीका ग्रन्थ, तान्त्रिक व धार्मिक कर्मकाण्डया ग्रन्थ च्वयेगु परम्परां हा कयाच्वंगुलिं अबले काव्यया दसि लूगु मदुनि । आःतकया अनुसन्धानं दूगु दक्कले पुलांगु काव्य ख्वपया जुजु प्राणमोल मल्लया पालय् चिनातःगु खनेदु । छुं दँ न्ह्यःतक नं नेपालभाषाया दक्कले पुलांगु काव्य कथं यलया तिभय् जुुजुपिनिगु पालय्या काव्ययात कयातःगु खः । Continue reading

Posted in नेवारी समीक्षा | Tagged , | Leave a comment

लघुकथा : विस्मातको मतो

~खडगराज गिरी~

आगो, पानी, पृथिवी, वायु र आकाश – मानिसभित्रको धुक्धुकीका ओकेक तत्व, यिनीहरू छन् र नै मानिस छ।

आगो, पानी, पृथिवी, वायु र आकाश स्थिर छन् अर्थात् स्वभावगत। तीहरूभित्र मानिसलाई जीवन्त राख्नुपर्छ भन्ने भावना छ – एकार्काले समयानुसारको आशीर्वादका हात शिरमा राखेका छन् – ‘आयुद्रोणसुते Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : न्याय

~जीवन थिङ~

कहिले काँहि मेरो देश सम्झँदा
त्यो देउराली र छर्योतेनको देश सम्झँदा
टाडा-टाडामा शान्तिका प्रतीक ध्वजाहरूको ताँती सम्झँदा Continue reading

Posted in कविता | Tagged | Leave a comment