कविता : प्रश्न सन्तानलाई

~निलिमा पुन~

हुर्केका सन्तान परदेशी भए
पराइले देशमा आगो सल्काए
खुशीमै सारा सन्तान जन्माएँ
आपतमा आज एक्लै भएँ

कोही अरबमा मारिएका छन
कोही मलेसियामा बलात्कृत छन्
कोही अमेरिकामै हराएका छन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाकाबन्दी

~गोविन्दप्रसाद आचार्य~

निचता नाप्नका निम्ति यन्त्र विश्वमा छ र ?
लौरो भन्दा कतै भाषा सा“ढेले मान्न सक्छ र ?
भा“डुवा गति छाडामा मान्छेको मन हुन्छ र ?
गन्हायो नाकमा गन्ध नथुनी बस्न हुन्छ र ?

मधेश देशमा दाह्रा घस्नेका भा“च्नु पर्दछ
सि“गान नाकको मैलो धोएर फाल्नु पर्दछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र

~लक्षीराम आचार्य~

एउट छुट्टै कोखबाट
प्रसव पीडा सहेर
जन्मिएको हो
अमूल्य प्यारो गणतन्त्र
रोदन र चिच्चाहटबाट
जीवनचक्र पार गर्दै
खित्के हाँसो र बामे सराईसँगै
अगाडि बढ्दै थियो
प्राण प्यारो गणतन्त्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हानथाप चलेको छ

~हीरारत्न श्रीशा~

कस्ले के खाने भन्ने हानथाप चलेको छ
पैसा लुट्ने नेताहरूको नेत्र बलेको छ

सबै जोगि कान चिनेका, कोही छैन राम्रो
जो आँउछ फकाई फुलाई जनता छलेको छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरी कविता

~अजय अलङ्कार~

लेखेँ अबेरसम्म
लेखिरहेँ र, हेरेँ ओल्टाई–पल्टाई

हेरिरहेँ
भैदिएन कविताको जस्तो मुहार
दिएन सौन्दर्यको मुस्कान
अनि केरेँ पटकपटक केरिरहेँ
विचरी ! मेरी कविता !

कति दुःख गर्नुप¥यो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नर्स

~रमेश दियाली~Ramesh Diyali

रहर एउटा सम्झनामा परिणत भयो । मान्छेले सबैभन्दा धेरै बोक्ने भनेकै सम्झना रहेछ, जुन कहिल्यै भारी र बढी हुँदैन अनि मुस्कुराउने आधार पनि त्यही बन्दो रहेछ । दु:ख त त्यतिबेला लाग्दो रहेछ, जब आफ्नै कोखमा नौ महिना राखेर जन्म दिएको सन्तान बिस्तारै पराई बन्दै गएर अरू कसैको काखमा खेलेको देख्दा ।

‘ल दबाई खाने समय भयो ? उठ्नुहोस् ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भित्र्याएकी छोरी

~पुरुषोत्तम खनाल~

कुन्ता बिरामी भएर ओछ्यानमा परेको पनि धेरै दिन भइसक्यो । औषधीले पनि कहिले छोएजस्तो गर्छ, कहिले कामै गर्दैन । डाक्टरहरुले चिन्ता नलिनुस् आमा, आत्मबल बढाउनुहोस्, दुःख सबैलाई पर्छ, बाँच्नेले त्यस्ता कुरामा अल्झिरहनु हुन्न, हरेक मान्छेले जन्मसँगै मृत्यु लिएर आएको हुन्छ, ढिलो–चाँडोको कुरा मात्र हो । बरु छोरा बुहारीहरुलाई छिटो बोलाउनुस् नाति नातिनी खेलाएर दुःख बिर्सिन सजिलो हुन्छ भनी निर्देशन दिएर जान्छन् ।

उता छोरा–बुहारीहरुलाई बोलाउँदा अहिले फूर्सद छैन, हामी पछि आउँछौं, आमाको उपचारमा जति पैसा लाग्छ, हामी पु¥याउला भनी उल्टै निर्देशन दिने पो गर्छन् । उनीहरुका स्वास्नी सुत्केरी हुँदा स्याहार सुसार गर्न आमा चाहियो, अहिले आमा बिरामी हुँदा उनीहरुलाई फूर्सद छैन रे– क्या गजबको जमाना । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Junkeri

~Dweep Mustang~

They say it rained yesterday
Putting the flames to rest
As if overnight someone
Ran an undercover operation
Wiping all evidence and allaying our fears.
But the pelting of stones and
The broken glasses tell a different tale.
Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कौशिला रिसालका चार मुक्तकहरु

~कौशिला रिसाल~

मायाले चुमेको थेँ ती हात हेर
साक्षी थिए अँध्यारा ती रात हेर
छोड्छौ मलाई केही भन्नु छैन
कस्तो होला – विछोडका ती घात हेर ।

तिम्रो माया मुटुभरि साँचेको छु प्रिया Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : हजारौँ चोटि

~ठाकुर मान लामा~

हजारौँ चोटि नियाली हेरे
तिमी आईछ्यौ कि भनेर
तर
भ्रम मात्र रहेछ
बतासको सुस्केरासँगै आउने त
रुखको पात पो रहेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : आँधी उपन्यासको बिश्लेषण

~अज्ञात~

 1. ऑधी उपन्यासको परिचय :-

सन् 1999 मा प्रकाशित लोकनाथ चापागाईको उपन्यास “आँधी” एउटा उत्कृष्ट कृति हो ! जम्मा 121पृष्ठमा आवद्ध प्रस्तुत उपन्यासले असमेली नेपाली जनजीवनको सूक्ष्म रुपमा स्थलगत सर्वेक्षण गरी सामाजिक,आर्थिक,धार्मिक-सांस्कृतिक,शैक्षित पक्षहरुको लेखाजोखा गरेको छ ! रातको समयमा कुदेको गाड़ीको लाइटको फोकसमा देखिएको परिदृश्य झै उपन्यासमा पनि यसको मूल पात्रा नम्रता सँगसँगै विभिन्न ठाउँहरुको सूक्ष्मावलोकन गरिएको छ ! यसको औपन्यासिक क्षेत्र गौहाटीदेखि शिलाङ र असमको सुदुर पूर्वसम्म भूभाग रहेको छ भने यसको कालिक अवधि लगभग दश बर्ष जतिको रहेको देखिन्छ !

2. आँधी उपन्यासको संरचना :-
Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

कथा : कौब्रु

~महेश पौड्याल~

बोलसाङ् लेक्, निकै रमाइलो । पाखामा कताकति एक–दुइवटा घर देखिन्थे । भर्खरै फूलेको तोरीले ढप्प ढाकिएको भिरालो बगान, पहाडको देहमा पहेँलो पछ्यौरा लगाई बिहेको निमित्त सिँगारे जस्तो । माथि, कौब्रु पहाडको टुप्पोमा ढप्प हिउँ परेको, मणिको किरिट लगाएजस्तो देखिन्थ्यो । कताकति लामा छाहारी देखिन्थे, परैबाट नेपालीका गोठ ठम्यायउन गाह्रो थिएन । सिरसिर बगेको लेकाली बतास नगिँचिँदा लाजले लचक्क परी लच्चिकएको लालुपातेको नाच मनमोहक लाग्दथ्यो । पर्वतको आतङ्कित गहबाट टप्प झरेका आँसुका थोपा, समुद्रको विशालताअगि आफ्नो विरह–वेदनाको व्याकुल कथा पोख्न लेक्को बाटो झर्न लागेका । त्यो शान्त सुसेली सुन्दा स्वयं सरस्वतीले आफ्नो वीणमा राग हंसको गुञ्जन गरे जस्तो । बोलसाङ्को झोलुङ्गो पुल दुई क्षितिजका अनन्त किनारहरू पो जोड्छ कि जस्तो ! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : धनको गजल

~आशांक उपाध्याय~

बन्दैछ, पिरती यो धनको गजल
लेख्दैन, मसी कालो जनको गजल

फुर्दैन, कत्ति गर्दा दिमाग घुमाई
झम्टिन्छ, फर्की फर्की तनको गजल Continue reading →

Posted in गजल | Tagged | Leave a comment

वीरकालीन कविता : जनरैल खसम प्रभु !

~सुन्दरानन्द बाँडा~

बलिया हाकिम्ले बल मिचि लियाका सहि भया
कहाँ पाऊँ नीसाप् जनरलविना भूमिभरमा ।
प्रभु स्वामीजीका धरममय अर्द्धागंमुरुती
दुनीयाँका स्रेस्ता दुनिञसित राख्न्या धरमी हुन् ।।१।। Continue reading →

Posted in वीरकालीन कविता | Tagged , | Leave a comment

गजल : थोरै थोरै मरेको छु

~हरि कट्टेल~

आज-भोलि थोरै बाँच्छु थोरै थोरै मरेको छु
मरौँ बाचौँ या के गरौँ दोधारमा परेको छु ।

वैगुनीले साथ छोडिन् जंघारको बीच
आऊ माझी साथ देऊ आधा भेल तरेको छु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : छेपारो

~हरिप्रसाद भण्डारी~

जगते अर्थात् हाम्रो टोलको प्रमुख दादा । मसल देखाएर मान्छेलाई थर्काउनु, मादक पदार्थ खाएर मात्तिनु, अँध्यारोमा कसैलाई एक्लै भेट्यो भने लुटपाट गर्नु यी सबै उसका नानीदेखि लागेका बानी हुन् । ऊजस्तै दुई÷चारजना हुल्याहाहरू उसका पछि लाग्ने हुँदा उसले आफूलाई आफ्नो ग्याङको नायक सम्झन्छ । अनुशासन, नैतिकता, मर्यादा आदि कुरा कहिल्यै अनुसरण गरेन उसले । जब ऊ सडकमा उत्रिन्छ र मात्तिएर चर्को स्वरमा तथानाम बोल्न थाल्छ तब अरू मानिसहरू भित्र पस्न बाध्य हुन्छन्— डर र लाजले । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पुरस्कारमाथि एक कार्यपत्र

~नरनाथ लुइटेल~

पुरस्कारको बजार अहिले खुब गरम छ । पुरस्कार प्राप्त गर्नेहरूको भन्दा प्रदान गर्नेहरूको भाउ निकै बढेको छ । पुरस्कार ग्रहण गर्नेहरू भन्दा प्रदान गर्नेहरू बढ्ता गौरावान्वित हुने गरेका छन् आज भोलि । पुरस्कार सम्बन्धी अवधारणा र सोचाइमै आमुल परिवर्तन आएको छ । यसलाई गलत ठान्ने मुख्र्याइँ मबाट कदापि हुन सक्दैन । अब सज्जन हुनु, राम्रो काम गर्नु, योग्यता प्रदर्शन गर्नु, कुनै क्षेत्रमा विशिष्ट योगदान दिनु जस्ता कार्य पुरस्कार योग्य र प्रशंसनीय कार्य हुन छोडी सके । अब त पुरस्कृत हुन बेइमानी गर्नु पर्दछ, बद्मासी गर्नु पर्दछ, भ्रष्ट हुनु पर्दछ । जो सवभन्दा बढ्ता भ्रष्ट हुन सक्छ, उसैको पुरपुरो प्रष्टसँग पुरस्कारमा गएर ठोकिन्छ । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : शिर्षक विनाको कविता !

~ध्रुव गजुरेल~

नेपालसँग सिमाना जोडिएका शक्तिशाली देशहरु,
दक्षिण, उत्तर हुदै चारैतिरबाट घेरिरहेका छन् ।
आफ्नै अधिकारको लागि बोल्नचल्न नसक्नाले,
उनिहरुले नेपाल र नेपालीलार्इ पेलिरहेका छन् ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

भुवन निस्तेज १३ हाइकुहरु

~भुवन निस्तेज~

१
बिर्सिने यत्न
थपिंदै गैरहेका
सम्झनाहरू!

२
अनिंदो रात
बरालिएका स्वप्न
व्यर्थ प्रतीक्षा! Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

संस्कृति परिचय : मुन्धुमको अर्थ र परिभाषा

~राधा राई~

मुन्धुम किरात धर्म दर्शनको मुल ग्रन्थ हो । मुन + थुम = मुन्धुम, मुन + हल्लनु = थुम जीवन यसरी दुइवटा अलौकीक सन्धीबाट बनिएको अति जीवनशाली ग्रन्थको नाम हो । कहि यसलाई मुन +दुम = मुन्धुम अर्थात मुन हल्लीनु = दुम जोडिनु भनेर पनि व्याख्या गरेको पाईन्छ । मुन्धुम ईश्वरीय शब्द र ईश्वरीय अश्त्र सस्त्र सबै हो त्यसैले मुन्धुम विना यो लोक देवलोक नर्कलोक र स्वर्गलोक केहि छैन । विश्व ब्रम्हाण्ड साराका सारा ज्ञात अज्ञात सम्पुर्ण ज्ञान सुत्र मुन्धुममा वणिर्त छ । त्यसैले मुन्धुम महाशास्त्र, महाज्ञान, तथा महादर्शन पनि हो । मुन्धुमबाट अविछिन्न अविरल रुपमा देव विद्या, राज विद्या, योग साधाना विद्या आदि प्रवाह भईरहन्छ । तसर्थ मुन्धुमको व्याख्या विश्लेषण गर्नु असम्भव मात्र नभई आवर्णनिय छ भन्दा त्याति फरक नहोला। -यासेली योङहाङ) Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कथा : हटारु

~नवीन विभास~

आँधीसहितको असिना परिरहेछ । बिस्र्यो कि भनेर सम्झाउन जसरी बेला–बेलामा चट्याङ पर्छ । उही रातमा मनबहादुर हाटका कुरा सुनाउन आमालाई जिद्दि कसेका छन् ।

‘आज फेरि सुन्न मन छ । हाटका कुरा । हटारुका कुरा ।’

प्रसंगबिना नै मनबहादुरले हाटका कुरा सुन्ने भनेपछि आमा बक्क परेकी छन् । किन सोधेका हुन् ? किन जान्न Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : म अचानो भएछु

~शेखर ‘अस्तित्व’~

समय खुकुरी भो म अचानो भएछु
म आफ्नै शहरमा बिरानो भएछु !

बुवा-आमासंगै गयो मेरो बचपन,
हिजो आज घरको म छानो भएछु ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : ह्यांगओभर

~चिरञ्जीवी आचार्य~

“रमेश ! ए रमेश !! हैन यो केटालाई ढोका खोल्न पनिकति बेर लाग्छ हँ?”

बाहिरबाट आएको आवाजले रमेश झस्किन्छ र हत्तपत्त ढोका खोल्छ ।

“के भयो किन ढोका खोल्न धेरै बेर लगाएको ?” ढोका खोल्नेबित्तिकै रमेशमाथि बाबुको अर्को प्रश्न तेर्सिन्छ । निन्याउरो अनुहार लगाएर बसेको रमेश केही बोल्दैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको आसुमा सहिदको वर्णन

~मिरा सङ्कल्प~

आमा धमिलो बार्दलीको
दाहिने कुनापट्टि बसेर
अलि-अलि धुलोले छोपिएका
चारै फ्रेमका फोटा हेरेर,
टोलाइरहनुभएको थियो
सॅगै आॅसु पनि उक्त फोटाको निधार भरि खस्दै थिए,
तप्प-तप्प गरेर, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मगर भाषी कविता : मोई ङाई आसीक याहनी

~वेगबहादुर आले~

डाबूरूट्की डाबूरूटा मोई नाकोकी
पूरूट्की पूरूटा मोई नाकोकी
हाडो छाला हीर माडाम
चूप्की सम्म चूपा नाकोकी
नाकोङन होसे मोलो ल्याक्च झट्केलो मीजाकै ।
ईला नाकोङ स्वाभीमान Continue reading →

Posted in मगर कविता | Tagged | Leave a comment

कथा : म उन्नाइस, ऊ चौंतीस

~फुर्बान रायमाझी~

आइए पास गरेँ, कमर्सबाट ।

बिकम कसरी पढ्ने होला भनेर दिक्क मान्दै थिएँ । रहरले पढेको कमर्स, बल्लबल्ल १२ सकाएपछि निल्नु न ओकल्नुजस्तो हुँदै थियो । बैंकर भएर टाइसुटको जिन्दगी बाँच्ने रहरले कहिलेकाहीँ पढ्नुपर्छ झैँ लाग्थ्यो । घरकी जेठी छोरी, बेलैमा जागिर खाने रहर पनि उत्तिकै थियो ।

एक साँझ घरमा पाहुना आए । भर्खर बिकम भर्ना हुँदाको महिना । कोठामा किताबको चाङ थियो । घरको Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

गजल : गुरुलाई नमन

~आनन्द पोखरेल~

सावाँ अक्षर सिकायौ, गुरुलाई नमन ।
सबै ठाउँमा टिकायौ, गुरुलाई नमन ।।

सम्पूर्ण गुरुहरुको, यादले सताउँछ सँधै ।
अज्ञानता सबै झिकायौ, गुरुलाई नमन ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

ध्रुव गजुरेलका अठाह्र हाइकुहरु

~ध्रुव गजुरेल~

साउनको ब्रत

पहेंलो चूरा
साउँन महिनामा
हरीयो बस्त्र ।

खुशी भएका
सजाउँदै आफुले
आफु नै दंग ।

शिवको लीङ्ग
पवीत्र हुन गएको
नारीको लागी । Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : हाम्रो भाग्यदाता

~मोहन सिटौला~

नेपाल मेरो, सवको पियारो
फारी धेरै दुख अघी बढेको
आयो नयाँ काल षड्यन्त्र तोडी
स्वतन्त्र—विकाश मितेरी जोडी
समाज होस् उत्तम स्थान मानको
समान सम्मान र न्याय, धर्मको
पियारमा चल्दछ पुर्ण कर्म नै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्कुलको मृत्यु

~जीवनस्पर्शी~

आज स्कुल मरेको छ
यो अचेत अचेत लम्पसार छ
फगत फलामे गेटदेखी सुनसान लाइब्रेरीसम्म ।

स्कुल
ज्ञान निर्माण गर्दैन
लम्पसार छ
अक्षरहरुको सेतो पानामा
स्कुल
नया बाटो पहिल्याउदैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : श्राप

~ईशा शाह~

रचिताले कोठा भित्र पसेर ढोका बन्द गरिन् र बिछ्यौनामा सिरक मिलाएर पल्टिन् । प्रणवलाई कुर्दाकुर्दै बिथोलिएको निन्द्रा अब कति बेला लाग्ने हो उनैलाई थाहा थिएन ।

रचिताले बिछ्यौनामै पल्टिएर रिमोट थिचिन् र टि. भि. अन गरिन तर कुनै च्यानलमा पनि हेरूँ जस्तो कार्यक्रम नभएकोले फेरि टि. भि. बन्द गरेर सुतिरहेकी छोरीको डाइपर छामिन् । उनको स्पर्श पाएर छोरी कुनमुनाइन् । अघिपछि बिस्तारै थपथपाएपछि निदाउने छोरी आज भने आँखा खोलेर हेर्न थालिन् र केहीबेरमै हातखुट्टा फालेर खेल्न थालिन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : किमको देशमा छछल्किएको आँशु

~अर्जुन थापा~

मान्छेको जिवनमा अनवरत जारी रहेको यात्रामा जे जस्ता घटनाहरुले बिथोले पनि कहिले काँही ऐतिहासिक ठाउँ र मनोरम दृश्यहरुसंग खेल्न पाउदा एउटा बेग्लै आनन्द प्राप्त हुने रहेछ भन्ने कुरा भियतनामको यात्राबाट अनुभव भयो । पढाईको सिलसिलामा जापान रहँदा “किम” नाम गरेकी महिला भियतनामी साथीसंग मेरो राम्रो मित्रता गाँसिन पुग्यो । हाम्रो खाली समय भएको बेला भियतनामको संस्कृति, रीति रिवाज, रहनसहन, प्राकृतिक सौन्दर्यता तथा भियतनाम र अमेरिका बीचको युद्धको बारेमा उनकै मिठो स्वरबाट सुन्ने मौका मिलेको थियो । त्यहि बेलादेखि भियतनाम प्रतिको मोह बढेर गएको थियो मलाई । यस पटक समय पनि छ र “किम” को मायालाई फेरी एकपटक ताजा बनाउने उद्देश्यको साथ भियतनाम यात्राको लागि आफुलाई तयार पारेको थिए । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment