गजल : रुनु पनि पर्दो रहेछ

~निशब्द प्रमोद~

जिन्दगि हो कहिले कहिँ रुनु पनि पर्दो रहेछ
मन हो कहिले कहिँ टुटनु पनि पर्दो रहेछ

सधै सङ्गै बाँच्छु भनेर पाईन्छ र कहाँ ?
नलेखे पछि आफ्नो सङ्ग पनि छुट्नु पर्दो रहेछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : ज

~अनुपम ‘नवोदित’~

जतिवेला
अन्यायले सीमा नाघ्दै थियो
त्यतिबेला
पसेको हुँ बाक्लो-बाक्लो जनताको जङ्गल
गाएको हुँ स्वतन्त्रताको गीत
लाएको हुँ वर्गीय प्रीत
लगाएको हुँ जङ्गल जस्तै पाटे लुगा
बोकेको हुँ आफूभन्दा अग्लो बन्दुक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : समर्पित

~अर्जुन थापा~

आकाशमा बादल टम्न लागेको थियो । पानी पर्ने सङ्केत भने थिएन । त्यत्रो फराकिलो आकाश नीला पहाडका असङ्ख्य टाकुराहरूले बाँधेको काठमाडौँभित्र म पीडा लिएर बसिराखेको छु, मैले दोहो¥याएर सोचेँ । सानैदेखि रातो रङ मन पर्ने मलाई । विवाहपछि पनि सधैँ रातै पहिरनमा सजिन मन लाग्थ्यो । सिउँदोमा सिन्दूर, निधारमा रातो टीका, गलामा रातै पोते, हातमा धेरै चुरा र रातै कुर्था । प्रायः मलाई सबैले यही अवस्थामा देख्थेँ । विशाललाई पनि म सधैँ यसरी नै मेकअप गरेर चिटिक्क परेको राम्रो लाग्ने । ऊ अफिस जानुअघि सधैँ मेरो निधारमा माया गरेर मात्र जाने गथ्र्यो । अनि उसको मायाको स्पर्श मेरो निधारमा परेपछि मात्र मेरो शृङ्गारले पूर्णता पाएजस्तो लाग्थ्यो मलाई । छोराछोरीले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : भुलेकै छु सानी

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

छन्द : भुजंगप्रयात / बहर : मुतकारिव

मिठो याद सानी भुलेकै छु सानी
मिठाथे कहानी भुलेकै छु सानी

तिनै याद बोकी म बाच्ने भनेको
निसंकोच् नमानी भुलेकै छु सानी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~चन्द्र मेघि गुरुङ्ग~

मेरो गाउँ गाउँ थियो
जहाँ चरक्क चहर्‍याउने घाउ थियो
हामी सुम्सुम्याउथ्यौं माया गर्थ्यौ ती घाउहरुलाई
अब अहिले
न गाउँ गाउँ रह्यो न घाउहरु रहे
न रहे ती मायालु स्पर्श गर्ने हातहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बगैंचाहरु

~दिल थापा~

मैले हिड्ने बाटोको दायाबायाँ तिरै किन बनाउछन् बगैंचाहरु
मेरै आंखा पर्ने दिशातिरै किन फुल्छन् फुलहरु ।l

टिप्नलाई मनाही छ भनेर लेखेको हुन्छ
फूलनिरको सुचनापाटीमा
टिप्न मनाही छ भन्ने कुरा थाहा हुँदा हुदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : हाइकु – जापानी कविता

~अर्जुन शर्मा~

साहित्यका धेरै विधाहरू छन् गद्य, पद्य, निबन्ध, निःयात्रा इत्यादि । यहाँ यो लेखमा पद्य तथा कविता सम्बन्धी केही चर्चा गरिनेछ । कविताका पनि धेरै रूपहरू छन् । आदि कालमा श्लोकबद्ध कविता लेखिन्थ्यो जो छन्दोबद्ध हुन्थ्यो । समयको अन्तरालसंगै कविताको रूपमा पनि परिवर्तन हुँदै आयो । पहिला लामालामा कविताहरू लेखिन्थ्यो । काव्य, खण्डकाव्य, महाकाव्य धेरै लेखिएका छन् ।

आधुनिक कालमा आएर छन्दोभंग कविता लेख्न थालियो । गद्य कविताहरू लेखिन्छन् आजकल । हिजोआज कवितामा एकरूपता छैन । आजकल देश, काल र परिस्थितिलाई हेरेर कविता लेखिन्छन् । Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : नाटक : सामाजिक र सांस्कृतिक परिवर्तनको एक सशक्त माध्यम

~नैना सुब्बा बराईली~

साहित्यको विविध विधाहरूमध्ये नाटक एक हो अनि यसलाई सबैभन्दा प्राचीन विधा मानिएको छ । काव्यलाई दुई भागमा विभाजित गरिएको छ, अभिनय अर्थात् दृश्य काव्य र पाठ्य अर्थात् श्रव्य काव्य । नाटक यही अभिनय तथा दृश्य काव्य अन्तर्गत पर्छ । जुन रचनाले श्रवणद्वारा मात्र होईन अपितु दृश्यद्वारा पनि दर्शकहरूका हृदयमा रसानुभूति गराउँछ त्यसैलाई नाटक अथवा दृश्य काव्य भनिन्छ । नाटकमा श्रव्य काव्यभन्दा अधिक रमणीयता हुन्छ । लोक चेतनासित यो अपेक्षाकृत धेरै नै घनिष्ठ रुपले सम्बद्ध रहेको हुन्छ ।

विविध प्रकारका कलाहरूका उपयोग गरि लौकिक क्रियाकलापलाई अभिनयको माध्यमबाट दृश्यात्मक रुपमा प्रस्तुत गरिने भएकाले नाटक काव्यहरू मध्ये सर्वश्रेष्ठ मानिन्छ र विश्वको प्रत्येक देश र समाजमा यो लोकप्रिय Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : न म न मन

~श्रीकृष्ण श्रेष्ठ~

यो नाता म र मेरो मनको
कथा यो मन अनि धड्कनको
आफ्नो हर सोचमा उनको हस् छ
सोच मेरो, सोचमा उनैको बस् छ
एक अर्कालाई बुझ्ने हामी दुर्इ आहा॥

यो त रह्यो बितेको पलको कुरा
आज अलग छौँ, सायद उनी बनिन् छुरा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना किन मर्यो ?

~जीवन स्पर्शी~

रातो क्षितिज छुने सपनाहरु
जब मेटिन्छन डस्टरले
पेनका निबहरुले किचिएर
लास बन्छन बाध्यतामा
तिमी सोध्छौ
सपना किन मर्यो ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घर्ष

~तुल्सी श्रेष्ठ~

हरेक रात मेरा मधुर सपनाहरु
पानीमा कोरिएको रेखा झै बिलाए पनि
हरेक दिन म मृत्यूसंग सङ्घर्ष गर्छु ।

यथार्थ खोतल्ने प्रयासको क्रममा
मेरो वर्तमान अतीतमा हराए पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Oh ! my Mother

~Abishek Dhungana~

I can differentiate, I can integrate,
I can use theorem,
I can relate,
I can be precise, I can be accurate,
Give me a pen, and I can deviate, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : एक दिन नारी बन्दा

~बिष्णुमणि अधिकारी~

१७ बर्ष अगाडि सपरिवार यात्रा गर्दै गर्दाको गाडी दुर्घटनामा बाबा आमाको ज्यान गुमेको अलि अलि झझल्को आउँदा आज पनि त्यो दिनले लखेटिरहन्छ साँझ बिहान अनि हर प्रहरमा | ” जिन्दगी खास रुनैको लागि र संघर्ष गर्नैको लागि रैछ” भन्ने अनुभूति आज झन धेरै छ | डिग्री सकेर पनि राम्रो एउटा जागिर नभेट्नु, अनि बिदेश जानको लागि अलि अलि जम्मा भएको पैसा दलालले खाइदिनुले देउता जस्तो दाइ पनि आजकल प्रायः साँझतिरै मातेर कोठा आइपुग्छ | दिक्कको जिन्दगी बिताउदै गर्दा उहीँ १७ बर्ष अगाडि बाबा आमा संगै माथी जानुपाएको भए भन्ने पलपलमा दिमागमा खेलिनै रहन्छ |

बिहानै कलेज अनि दिउँसो मेनपावरको रिसेप्सनको जागिर, त्यसैले पाक्दै छ आजकल कोठामा जाउलो | दाइले के गर्छ कति कमाउछ अनि कतिको जाँड खान्छ भन्नेनै थाहा हु Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : प्यारो छ नेपाल यो

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : शार्दूलविक्रीडित

छानो भव्य हिमालको छ सुकिलो छन् टल्किने चाँदनी
पोत्छन् हर्दम स्वच्छ धार जलले छाँगा परी मोहिनी
आभा दिव्य कहाँ छ तुल्य भवमा स्रष्टा कला शिल्पको
यात्री अन्तरचेतका चरणमा प्यारो छ नेपाल यो ।१।

नानी तुल्य छ रूपमा मृदुल यो मोती छ यो मोलमा
तारा तुल्य छ ज्योतिमा कुसुमको हो बाग भूगोलमा
बाढी मत्त उठी कुनै लहरले तानेर तानिन्न यो
आस्थाको छ विशाल भाव जगमा प्यारो छ नेपाल यो ।२। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : भारी र म

~मनु वि.क.~

म भारी बोकी रहेकै छु
जिन्दगीभरि
थिचिएर मिचिएर
मुटु चर्काउने भारी
हात, गोडा थरथराउने भारी
भारी छ– म छु
म छु– भारी छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृति नै बैरी बनेपछि

~सागर कुँवर~

धरहरा मात्र ढलेको कहाँ हो र ?
बारपाक विरूप बनेको छ
सिन्धुपाल्चोक सुनसान छ
जताततै सन्नाटा छाएको छ
नुवाकोटमा पनि नरुने को छ र ?
धादिङको मुटु पनि धड्केको धडकियै छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सिमानामा कराएर

~केशव गाहा ‘पाल्पाली’~

कहाँ मिल्छ समाधान सिमानामा कराएर ।
कस्तो पहिचान खोज्यौ देशलाई हराएर ।।

माया गर देशलाई तिमी नेपाली हौ भने ।
ठूलो गल्ती गरेका छौ देशै बन्दी गराएर ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मान्छे र सृजना

~गोविन्दप्रसाद आचार्य~

मान्छेले गर्छ जे गर्छ नाश या त्यो विनास होस्
मान्छेले हर्छ या भर्छ सुख या त्यो विलाप होस्
बाटो छेक्दै छ मान्छेले बढ्छ मान्छे ढलाउँदै
मान्छेको हितमा मान्छे बढ्छ बाटो बनाउँदै

हिलो भित्र छ देखेको हाँसेको फुल जिन्दगी
माथि–माथि छ हेरेको अझै माथि छ जिन्दगी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बच्पन टाढा भयो

~कृष्ण कुसुम~Krishna Kusum

जब जोवन् नजिक भइ बच्पन टाढा भयो
तेंहिदेखि आफ्नै घरको ऑंगन टाढा भयो

बा आमा र आफ्नाहरु सबै छोडी हिंडे
यस्तो लाग्यो जीवन बाटै जीवन टाढा भयो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : ठूलो ढुङ्गो

~हरिप्रसाद भण्डारी~

बाटाका किनारमा एउटा ठूलो ढुङ्गो थियो । आवश्यक पर्दा बाटामा हिँड्ने बटुवाहरूले त्यसैको ओत लागेर दिसा–पिसाब गर्थे । जसले गर्दा वरिपरिको वातावरण औधि दुर्गन्धित भएको थियो ।

एकजना सिकारु कलाकारको आँखा प¥यो । जिज्ञासु थियो, ढुङ्गा खोपेर अमूर्त चित्र बनायो । बाटामा हिँड्ने Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आमा ! म अवश्य नेपाल फर्केर आउनेछु!!

~राजन कोइराला~

आमा ! म अवश्य नेपाल फर्केर आउनेछु
यो अमेरिकाको लोभलालचबाट सदासदा तर्केर आउनेछु ।

हरेक वर्षको चाडपर्वमा मेरो बाटो हेरेर बस्छौ रे
अब त छोरो आउँछ भन्दै पात्रो केरेर बस्छौ रे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खतरामा देश छ

~धनकुटे कान्छा~

खबरदार खतरामा देश छ
जनताहरुको इमान्दार संदेश छ

पाइलै पिच्छे देश दुख्छ अचेल
देश दुख्नु अपराधको केस छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आखिर म त गुन्द्रुक न हुँ !

~चेतन कार्की ‘धनकुटे’~

कुन धर्तिको कुन काल्लामा
कस्ले खनजोत गरी सम्याएको बारीमा
अनायसै तोरिका दानाहरु छरिन पुगेछन्
रुवा फुटेर धर्ति भरी हरियै बनि उमृएछन्
शिशिरको कठोर यातना मात्र हैन
बैशाखी पवन र प्रचण्ड रविको यातना सँगै
साउने झरी भदौरे भेल सँगै
क्षितिज छोडेर आकाश उचाली रहेछन् तोरीका कलिला मुनाहरु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो थारू गाउँ

~महेशविक्रम शाह~

पोहोरको दसैं गाउँमा मनाएका थियौं । फर्किने बेला साथी सोनालाल चौधरीले भनेको थियो, ‘और साल पे आइहो । तु आइठ त एकदम मजा लागठ ।’ म धेरै वर्षपछि कैलाली जिल्लामा अवस्थित मेरो गाउँ भंग्रैया गएको थिएँ । गाउँका मुखिया बडघर राजेन्द्रले यसपालि गाउँका युवायुवतीहरूलाई भेला पारेर सखिया नाचको चाँजोपाजो मिलाएका थिए । ‘गाउँका केटाकेटीहरूसमेत बम्बइया सिनेमा भन्यो कि भुतुक्कै हुन थाले । अब कसले नाच्छ सखिया नाच ?’ लोक संस्कृति हराउँदै गएकोमा उनी चिन्तित थिए । तैपनि उनले हरेस नखाई युवायुवतीहरूलाई सम्झाइबुझाई सखिया नाचको समूह Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : एकता

~एकादेशको गगनराज~

(सहरको छेउमा एउटा सानो टोल छ । टोलका केही मानिसहरू टोलकै एउटा घरको कोठाको भुइँमा बसेर तास खेलिरहेका छन् । कोही भने तास खेलेको हेरेर बसेका छन् । कोठाको एकातिर एउटा टेवल छ । टेवलमाथि एउटा टेलिभिजन पनि छ । टेलिभिजनमा विभिन्न राजनीतिक दल र संगठनका मानिसहरूले गरेका भाषणका दृष्यहरू आइरहेका छन् । कोठाका झ्यालहरू खुल्ला छन् । ओच्छ्यान छरपस्ट अवस्थामा छ । कोठामा साना केटाकेटीहरू यताउती गर्दैछन् ।)

लाक्पा : आज राम्रो तास नै परेन ।

कुमार : हो त, मलाई पनि त राम्रो तास नै परेन ।

मण्डल : (टेलिभिजनतिर हेर्दै) हेर त त्यसले हामी मधेसीलाई कस्तो होच्याएर बोलि हाल्या छ …..। यो संविधानमा त हाम्रो अधिकार सुरक्षित गराइहाल्नु पर्छ नि ! Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

Translated Microstory : The Fish out here is really Great

~Binaya Kasajoo~
Translation : Deepak Thapa

This is a tale of a development centre. The centre is a tall, five-storeyed building surrounded by ponds of various sizes. The pond is home of a lot of fish, some frogs, some crabs and other water life.

In the building live people, who are known as “civil servants” in official-speak. Among them are those who barely earn two hundred while there is even someone who makes tow thousand. All of them love the fish very much and make sure that they are lacking neither in food nor in water. Continue reading →

Posted in Micro Story, Translated Story | Tagged , , | Leave a comment

गजल : टाढिँदाको घाउ चर्चरायो

~स्पन्दन बिनोद~

बर्षौ देखि टाढिँदाको घाउ चर्चरायो
बढिरहेथेँ पाईला अचानक लर्बरायो

जिन्दगी यति रङ्गीन भएछ कि साथी
आफ्नै रङ्ग देखेर आफ्नै ऐना थर्थरायो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

आविष्कार कलाका तीन मुक्तकहरु

~आविष्कार कला~

१
देशको रस खाने जुकाहरुको कुनै पार्टी हुँदैन
राष्ट्रको ढुकुटी कुम्लाउनेको सानो घाँटी हुँदैन
भाषणमा चर्को राष्ट्रियता तर सिन्को नभाच्ने
तिमिहरुको पछि अब जनताको ताती हुँदैन । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

निबन्ध : युगपुरुषको खोजीमा छ देश

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

जब म जीवन जगतकोवारेमा मोटो तवरमा अथवा सतहीरुपमा बुझ्न थाल्ने भएको थिएँ त्यो बेला देखि मलाई लाग्नेगथ्र्यो समाज र देशमा नेतृत्वगर्ने मानिसहरु झुटा हुन्छन् र तिनीहरुले समाजमा आफु स्थापित हुनकोलागि अरु कसैको मजबुतसहारा लिईरहेकाहुन्छन् ।

भाग्यबश भनौं मैले राणाशासनको कार्यशैली र बर्बरता इतिहास पढेरमात्र थाहा पाऊने अवस्थामा थिएँ ।अर्काेतर्फ मलाई पश्चाताप पनि लाग्ने गथ्र्याे ब्यक्तीको निरंकुशता भित्र लुकेको कथित राष्ट्रवाद उपयोगको शैली प्रत्यक्ष देख्न नपाएकोमा । Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मुग्लान बसे पछि !!!

~रबिन पुरि~

आमाको चोली फेर्छु भन्थे, प्रदेश पसे पछि !
बा को टोपी किन्छु भन्थे , लाहुरे बने पछि !!
भाइ र बहिनी पढाउँछु भन्थे, शहर बसे पछि !
घर जग्गा किन्छु भन्थे ,मुग्लान बसे पछि !!

आमा र बा लाई खुशी दिन्छु भन्थे, पैसा कमाएँ पछि ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सरी मिना

~कृष्णराज सर्वहारी~

रात धेरै छिप्पिसकेको थियो । म लोकसेवा आयोगको जाँचको तयारीमा थिएँ । यसपालि त जसरी भए पनि नाउँ निकालेरै छोड्छु भनेर घुँडा धसेर लागिपरेको थिएँ । टाउको भारी हुन थालेपछि सुत्ने उपक्रम गर्दै थिएँ, कसैले ढोका ढक्ढक्यायो । ढक्ढक्को आवाजपछि मनमा अनेक शंका–उपशंका खेल्न थाले । आजकल जताजतै माओवादीको बिगविगी छ, उनीहरुकै जत्था हो कि ? आ… ! मैले के बिगार गरेको छु र आउलान् । कि नजिकै डेरा गरी बस्ने रमेश हो, म्याथको प्रश्न सल्भ गर्न नसकेर यति राति आएको । ऊ पनि मान्छे उट्पट्याङकै छ, रातबिरात क्यै थाहा पाउँदैन । बेला न कुबेला Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : चल्दै चल्दैन मुटु मेरो

~लेखु सहयात्री~

चल्दै चल्दैन मुटु मेरो तिमी विना
ढल्दै ढल्दैन रात मेरो तिमी विना
बादलविनाको वर्षा हुन्छु
पङ्खविनाको चरि म हुन्छु
पागल म हुन्छु,एक्लै म रुन्छु
तिमी विना तिमी विना Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment